धर्मशास्त्रहरू
अल्मा ९


अल्माका वचनहरू र अमुलेकका वचनहरू पनि, जुन अम्मोनीहाहको भूमिमा रहेका जनसामु घोषणा गरिएको थियो। अनि उनीहरूलाई कारागरमा फ्याँकियो र उनीहरूमा भएको परमेश्वरको आश्चर्यजनक शक्तिद्वारा मुक्त गरियो, अल्माको अभिलेखअनुसार।

अध्याय ९ देखि १४ सम्म

अध्याय ९

अल्माले अम्मोनीहाहका जनलाई पश्चात्ताप गर्न आज्ञा दिन्छन्—परमप्रभु अन्तिम दिनहरूमा लमानीहरूप्रति कृपालु हुनुहुनेछ—यदि नफीहरूले त्यो प्रकाशलाई त्यागे भने उनीहरूलाई लमानीहरूद्वारा विनाश गरिनेछ—परमेश्वरका पुत्र छिट्टै आउनुहुनेछ—पश्चात्ताप गर्ने, बप्तिस्मा लिने र उहाँको नाउँमा आस्था हुनेहरूलाई उहाँले उद्धार गर्नुहुनेछ। लगभग ई.पू. ८२।

अनि फेरि, म, अल्मा, परमेश्वरबाट आज्ञा गरिएकाले कि मैले अमुलेकलाई लैजानुपर्दछ र अघि जानुपर्छ र यी जन, अथवा अम्मोनीहाहको सहरमा रहेका जनसामु पुन: प्रवचन दिनुपर्छ, यस्तो हुन गयो जब मैले उनीहरूसामु प्रवचन दिन थालेँ, उनीहरू मसँग झगडा गर्न थाले, यसो भन्दै:

तिमी को हौ?के तिमी ठान्दछौ कि हामी एउटा मानिसको गवाहीमा विश्वास गर्नेछौँ, उसले हामीलाई प्रवचन दिए कि पृथ्वी बितिजानेछ?

अब उनीहरूले आफूले बोलेका वचनहरूलाई बुझेनन्; किनकि उनीहरूलाई थाहा थिएन कि पृथ्वी बितिजानेछ।

अनि उनीहरूले यो पनि भने: हामी तिम्रा वचनहरूको विश्वास गर्नेछैनौ यदि तिमीले अगमवाणी गऱ्यौ भने कि यो महान् सहरको एक दिन विनाश हुनुपर्छ।

अब उनीहरूलाई थाहा थिएन कि परमेश्वरले त्यस्ता विस्मयकारी कार्यहरू गर्न सक्नुहुन्छ, किनकि उनीहरू कठोर हृदय भएका हठी जन थिए।

अनि उनीहरूले भने: परमेश्वर को हुनुहुन्छ, कि यी जनमाझ एक जना मानिसभन्दा अरु अधिकार पठाउनु हुँदैन, यस्ता महान् र अद्भूत कुराहरूको सत्यताको घोषणा गर्न?

अनि उनीहरू मलाई हात हाल्न अगाडि खडा भए; तर हेर उनीहरूले हालेनन्। अनि म उनीहरूसामु घोषणा गर्न साहासका साथ खडा भएँ, हो, मैले उनीहरूसामु साहासका साथ गवाही दिएँ, यसो भन्दै:

हेर, हे तिमी दुष्ट र पथभ्रष्ट पुस्ता, तिमीहरूले कसरी आफ्ना पितापुर्खाहरुको परम्परालाई बिर्सेका छौ; हो, तिमीहरूले कति छिट्टो परमेश्वरका आज्ञाहरूलाई बिर्सेका छौ।

के तिमीहरू सम्झँदैनौ कि तिमीहरूका पिता, लहीलाई परमेश्वरको हातद्वारा यरुशलेमबाट ल्याइएको थियो? के तिमीहरू सम्झिदैनौ कि उनीहरू सबैलाई उहाँद्वारा उजाड स्थान हुँदै अगुवाइ गरिएको थियो?

१० अनि के तिमीहरूले त्यति छिटै बिर्स्यौ हाम्रा पितापुर्खाहरुलाई उहाँले कति पटक उनीहरूका शत्रुहरूका हातबाट मुक्त गर्नुभएको थियो र उनीहरूका बन्धुहरूका हातहरूबाट समेत विनाश हुनबाट उनीहरूको संरक्षण गर्नुभएको थियो?

११ हो, अनि यदि हामीप्रतिको उहाँको अतुलनीय क्षमता र उहाँको कृपा र उहाँको धीरता नभएको भए, अवश्य हामीहरूलाई यो समय अवधि आउनुभन्दा धेरै अगाडि पृथ्वीको सतहबाट अलग्याइने थियो र सम्भवत: अनन्त दु:ख र शोकको अवस्थामा पठाइने थियो।

१२ हेर, अब म तिमीहरूसामु भन्दछु कि उहाँले तिमीहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुभएको छ; र तिमीहरूले पश्चात्ताप नगरेमा, तिमीहरूले कुनै हालतमा परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनौ। तर हेर, यति मात्र होइन—उहाँले तिमीहरूलाई पश्चात्ताप गर्न आज्ञा दिनुभएको छ, अन्यथा उहाँले तिमीहरूलाई पृथ्वीको सतहबाट पूरै विनाश गर्नुहुनेछ; हो, उहाँले तिमीहरूलाई उहाँको रिसमा भेट्नुहुनेछ र उहाँको भयङ्कर रिसबाट उहाँ फर्कनुहुनेछैन।

१३ हेर, के तिमीहरू उहाँले लहीसामु बोलेका वचनहरू सम्झँदैनौ, यसो भन्दै कि: जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरू पालना गर्नेछौ, तिमीहरूले यस भूमिमा उन्नति गर्नेछौ? अनि फेरि यो भनिएको थियो कि: जहाँसम्म तिमीहरू मेरा आज्ञाहरू पालना गर्नेछैनौ तिमीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याइनेछ।

१४ अब म चाहान्छु कि तिमीहरूले सम्झनु पर्छ, कि जहाँसम्म लमानीहरूले परमेश्वरका आज्ञाहरू पालना गरेका छैनन्, उनीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याइएको छ। अब हामी देख्न सक्छौँ कि परमप्रभुका यी वचन यी कुराहरूमा पुष्टि भएका छन् र यसभूमिमा उनीहरूको उल्लङ्घनको प्रारम्भदेखि लमानीहरूलाई उहाँको उपस्थितिबाट अलग्याइएको छ।

१५ तैपनि म तिमीहरूसामु भन्दछु, कि उनीहरूलाई न्यायको दिनमा तिमीहरूलाई भन्दा धेरै सजिलो हुनेछ, यदि तिमीहरू आफ्ना पापहरूमै रह्यौ भने, हो, यो जीवनमा समेत उनीहरूलाई तिमीहरूलाई भन्दा धेरै सजिलो हुनेछ, तिमीहरूले पश्चात्ताप नगरे।

१६ किनकि लमानीहरूलाई धेरै वाचाहरू उपलब्ध गराइएका छन्; किनकि उनीहरूका पितापुर्खाहरुको परम्पराका कारणले उनीहरूलाई उनीहरूको अज्ञानताको अवस्थामा रहन लगायो; त्यसकारण परमप्रभु उनीहरूसामु कृपालु हुनुहुनेछ र यो भूमिमा उनीहरूको अस्तित्वलाई लम्ब्याउनु हुनेछ।

१७ अनि कुनै समयावधिमा उनीहरूलाई उहाँका वचनको विश्वासमा र उनीहरूका पितापुर्खाहरुका परम्पराहरूको गल्तीको ज्ञानमा ल्याइनेछ; र उनीहरूमध्ये धेरैलाई बचाइनेछ, किनकि परमप्रभु उहाँको नाउँ पुकार्नेहरूप्रति दयालु हुनुहुनेछ।

१८ तर हेर, म तिमीहरूसामु भन्दछु कि यदि तिमीहरू आफ्नो दुष्टतामा जिद्दी गर्दछौ कि यस भूमिमा तिमीहरूका दिनहरू लम्ब्याइने छैन, किनकि लमानीहरूलाई तिमीहरूमाथि पठाइने छ; अनि यदि तिमीहरूले पश्चात्ताप नगरे उनीहरू तिमीहरूले थाहा नभएको समयमा आउनेछन् र तिमीहरूलाई पूरै विनाशका साथ भेटिनेछ; र यो परमप्रभुको भयङ्कर रिसअनुसार हुनेछ।

१९ किनकि उहाँले सहनु हुनेछैन कि तिमीहरू उहाँका जनको विनाश गर्न तिमीहरूको दुष्टतामा जिअ। म तिमीहरूसामु भन्दछु, सहनुहुन्न, बरु उहाँ सहनुहुन्छ कि उहाँ नफीका जन भनिने उहाँका सबै जनलाई लमानीहरूले विनाश गरून्, यदि यो सम्भव भए कि उनीहरू पापहरूमा र उल्लङ्घनमा पतन होऊन्, यति धेरै प्रकाश र परमप्रभु उनीहरूका परमेश्वरको यति धेरै ज्ञान उनीहरूले पाए पछि पनि;

२० हो, परमप्रभुबाट यति धेरै कृपा पाएका जन भएपछि; हो, अन्य प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जनभन्दा बढी प्रिय भएपछि; भएका, भइराखेका र आगामी सबै कुराहरू, उनीहरूको इच्छा र उनीहरूको आस्था र प्रार्थनाहरूअनुसार उनीहरूसामु ज्ञात गराएपछि;

२१ परमेश्वरको आत्माद्वारा भेटिएर; स्वर्गदूतहरूसँग वार्तालाप गरेर र परमप्रभुको आवाजद्वारा सामु बोलिएर; र अगमवाणीको आत्मा र प्रकाशको आत्मा र धेरै उपहारहरू पनि, भाषाहरू बोल्ने उपहार र प्रवचन गर्ने उपहार र पवित्र आत्माको उपहार र अनुवादको उपहार पाएर;

२२ हो, अनि यरुशलेमको भूमिबाट परमप्रभु परमेश्वरका हातद्वारा मुक्त गराइएर; अनिकालबाट र बिरामी र सबै प्रकारका प्रत्येक किसिमका रोगहरूबाट जोगाइएर; र उनीहरूलाई लडाइँमा बलिया बनाइएर, कि उनीहरूको विनाश नहोस्; पटक-पटक दासत्वबाट मुक्त गरेर र अहिलेसम्म बचाइएर र संरक्षण गरिएर; र सबै प्रकारका कुराहरूमा उनीहरू धनी नभइन्जेलसम्म उनीहरूको उन्नति भएको छ—

२३ अनि अब हेर म तिमीहरूसामु भन्दछु, कि यदि परमप्रभुको हातबाट यति धेरै आशीषहरू प्राप्त गरेका यी जन उनीहरूसँग भएको प्रकाश र ज्ञान विपरीत उल्लङ्घन गर्दछन् भने, म तिमीहरूसामु भन्दछु कि यदि यो अवस्था भए, कि यदि उनीहरू उल्लङ्घनमा पतन भए, लमानीहरूलाई उनीहरूलाई भन्दा धेरै सजिलो हुनेछ।

२४ किनकि हेर, परमप्रभुका वाचाहरू लमानीहरूलाई उपलब्ध गराइएका छन्, तर यदि तिमीहरूले उल्लङ्घन गरे त्यीती तिमीहरूसामु छैनन्; किनकि के परमप्रभुले स्पष्टरुपमा वाचा गर्नुभएको र दृढताका साथ उर्दी जारी गर्नुभएको छैन, कि यदि तिमीहरूले उहाँविरुद्ध विद्रोह गर्छौ भने कि तिमीहरूको पृथ्वीको सतहबाट पूरै विनाश गरिनेछ?

२५ अनि अब यसकारणका निम्ति, कि तिमीहरूको विनाश नहोस्, परमप्रभुले उहाँका जनलाई भेट्न उहाँका दूत पठाउनुभएकोछ, उनीहरूसामु घोषणा गर्दै कि उनीहरू अघि जानु पर्दछ र यी जनसामु शक्तिपूर्वक कराउनु पर्छ, यसो भन्दै: तिमीहरूले पश्चात्ताप गर, किनकि स्वर्गको अधिराज्य नजिकिँदै छ।

२६ अनि परमेश्वरका पुत्र उहाँका महिमामा आउन अब उपरान्त धेरै दिन छैनन् र उहाँको महिमा पिताबाट जन्माइएका एकमात्र पुत्रको महिमा जस्तो हुनेछ, अनुग्रह, समानता र सत्यताले भरिएको, धीरता, कृपा र शहनशीलताले, उहाँका जनको पुकारा सुन्न र उनीहरूको प्रार्थनाहरू सुन्न व्यघ्रताले भरिएको।

२७ अनि हेर, उहाँ उहाँका नाममाथिको आस्था मार्फत्, पश्चात्तापका निम्ति बप्तिस्मा लिनेलाई उद्धार गर्न आउनुहुन्छ।

२८ त्यसकारण, तिमीहरू परमप्रभुका मार्ग तयार गर, किनकि सबै मानिसहरूले आफ्ना कार्यहरूको इनाम पाउने समय नजिकै छ, उनीहरूले गरेकोअनुसार—यदि ती धर्मी भए, उनीहरूले येशू ख्रीष्टको शक्ति र मुक्तिअनुसार उनीहरूले आफ्ना आत्माहरूको मुक्ति पाउनेछन्; र यदि ती खराब भए, सैतानको शक्ति र दासत्वअनुसार आफ्ना आत्माहरूको अभिशाप पाउनेछन्।

२९ अब हेर, जनसामु कराउने, यो स्वर्गदूतको आवाज हो।

३० अनि अब, मेरा प्रिय बन्धुहरू, किनकि तिमीहरू मेरा बन्धुहरू हौ, अनि तिमीहरू प्रिय हुनुपर्छ र तिमीहरूले पश्चात्तापका लागि योग्य कार्यहरू ल्याउनु पर्छ, परमेश्वरका वचनविरुद्ध तिमीहरूका हृदयहरू कठोर भएको देख्दा र तिमीहरू हराइएका र पतित जन भएको देख्दा।

३१ अब यस्तो हुन गयो कि जब म, अल्माले यी कुराहरू बोलेको थिएँ, हेर, ती जन मसँग क्रुद्ध भए किनभने मैले उनीहरूसामु भने कि उनीहरू कठोर हृदय भएका हठी जन थिए।

३२ अनि यो पनि कि किनभने मैले उनीहरूसामु भने कि उनीहरू हराएका र पतित जन थिए उनीहरू मसँग रिसाए र ममाथि हात हाल्न प्रयास गरे, कि उनीहरूले मलाई कारागारमा फ्याक्न सकून्।

३३ तर यस्तो हुन गयो कि परमप्रभुले उनीहरूलाई सहनुभएन कि उनीहरूले मलाई त्यो समयमा लैजाऊन् र कारागारमा फ्याकून्।

३४ अनि यस्तो हुन गयो कि अमुलेक अघि गए र खडा भए र उनीहरूसामु प्रवचन पनि गर्न थाले। अनि अब अमुलेकका वचनहरू सबै लेखिएका छैनन्, तैपनि उनका वचनहरूको एक भाग यो पुस्तकमा लेखिएको छ।