धर्मशास्त्रहरू
अल्मा ५७


अध्याय ५७

हेलामानले अन्टिपराह लिएको र आत्मसमर्पणको र पछि कुमेनीको सहरको सुरक्षाको विवरण दिन्छन्—उनका अम्मोनी नवयुवकहरूले साहसका साथ लड्दछन्; सबै घाइते हुन्छन्, तर कसैको पनि बध गरिन्न—गिदले लमानी कैदीहरूको बध र भगाइको विस्तार गर्छन्। लगभग ई.पू. ६३।

अनि अब यस्तो हुन गयो कि मैले, राजा, अम्मोरोनको पत्र प्राप्त गरेँ, यसो भन्दै कि यदि हामीले लिएका ती युद्धका कैदीहरू मुक्त गऱ्यौँ भने कि उनले हामीलाई अन्टिपराहको सहर दिनेछन्।

तर मैले राजालाई एक पत्र पठाएँ, कि हामी निश्चित थियौँ हाम्रा फौजहरू अन्टिपराहको सहर हाम्रो फौजद्वारा लिन पर्याप्त थिए; अनि त्यो सहरका निम्ति कैदीहरू दिएर हामीले आफैँलाई बुद्धिहीन ठान्नेछौँ र हामी हाम्रा कैदीहरू साट्नमा मात्र दिनेछौँ।

अनि अम्मोरोनले मेरो पत्रको अस्वीकार गरे, किनकि उनले कैदीहरू साट्न मानेनन्; त्यसकारण हामीले अन्टिपराहको सहरविरुद्ध जान तयारी गर्न थाल्यौँ।

तर अन्टिपराहका जनले सहर छाडे र उनीहरूको अधीनमा भएका उनीहरूका अन्य सहरतिर तिनलाई बलियो बनाउन भागे, अनि यसरी अन्टिपराहको सहर हाम्रा हातमा पऱ्यो।

अनि यसरी न्यायकर्ताहरूको शासनको अठ्ठाइसौँ वर्ष अन्त्य भयो।

अनि यस्तो हुन गयो कि उनन्तीसौं वर्षको प्रारम्भमा, हामीले जरहेम्लाबाट र वरिपरिका भूमिहरूबाट बन्दोवस्तीका सामानहरू आपूर्ति र आफ्ना बन्धुहरूसँग, मेरा दुईहजारको सानो समूहसँग सम्मिलित हुन आएका अम्मोनीहरूका साठी छोराहरूबाहेक लगभग छ हजार मानिसहरू, हाम्रा सेनामा थप पनि, प्राप्त गऱ्यौँ। अनि अब हेर, हामी बलिया भयौँ र हाम्रा लागि बन्दोबस्तीका सामानहरु पनि ल्याइएको थिए।

अनि यस्तो हुन गयो हाम्रो चाहना कुमेनी सहरको सुरक्षा गर्न राखिएका सेनाहरूसँग लड्नु थियो।

अनि अब हेर, म तिमीहरूलाई देखाउनेछु कि हामीले तुरुन्तै हाम्रा चाहना पूरा गऱ्यौँ; हो, हाम्रो बलियो फौजका साथ, अथवा हाम्रो फौजको एक बलियो भागका साथ, हामीले, रातिमा, उनीहरूले बन्दोवस्तीका सामानहरू प्राप्त गर्नुभन्दा छोटो समयअगाडि कुमेनी सहरलाई घेऱ्यौँ।

अनि यस्तो हुन गयो कि हामीले सहर वरिपरि धेरै रातहरूसम्म बास बस्यौँ; तर हामी हाम्रा तरबारहरूका साथ सुत्यौँ र रक्षकहरू राख्यौँ, कि लमानीहरू रातिमा हामीमाथि आउन नसकून् र हामीलाई बध गर्न नसकून्, जुन उनीहरूले धेरै पटक प्रयास गरे; तर उनीहरूले जति पटक यो प्रयास गरे उनीहरूको रगत पोखियो।

१० केही समयपछि उनीहरूका बन्दोवस्तीका सामानहरू आइपुगे र उनीहरू रातमा सहर प्रवेश गर्न लागेका थिए। अनि हामी, लमानीहरू हुनुको सट्टामा, नफीहरू थियौँ; त्यसकारण, हामीले उनीहरूलाई र उनीहरूका बन्दोवस्तीका सामानहरूलाई लियौँ।

११ अनि यसप्रकारले लमानीहरू उनीहरूको जीविकाबाट अलग्गिएता पनि, उनीहरू अझै सहर कायम राख्न निश्चित थिए; त्यसकारण यो आवश्यक भयो कि हामीले ती बन्दोवस्तीका सामानहरू यहूदातर्फ र हाम्रा कैदीहरू जरहेम्लातर्फ पठाउनु पर्दछ।

१२ अनि यस्तो हुन गयो कि लमानीहरूले सहायताको सम्पूर्ण आशा गुमाउन थाल्नुभन्दा पहिले धेरै दिन बितेका थिएनन्; त्यसकारण उनीहरूले सहरलाई हाम्रा हातमा समर्पण गरे; र यसरी हामीले कुमेनी सहर प्राप्त गर्नमा हाम्रा योजनाहरू पूरा गऱ्यौँ।

१३ तर यस्तो हुन गयो कि हाम्रा कैदीहरू यति अनगिन्ती थिए कि, हाम्रा सङ्ख्याको विशालता हुँदाहुँदै, हामीहरूले हाम्रो सबै फौज उनीहरूलाई राख्न, अथवा उनीहरूलाई मृत्यु दिन प्रयोग गर्न बाध्य हुनुपरेको थियो।

१४ किनकि हेर, उनीहरू ठूलो सङ्ख्यामा आउँथे र ढुङ्गाहरूका साथ र गदाहरूका साथ, अथवा उनीहरूले जेमा उनीहरूका हातहरू लाउन सक्थे त्यसका साथ लड्थे, यतिसम्म कि उनीहरूले युद्धका कैदिका रुपमा आत्मा समर्पण गरेपछि हामीहरूले उनीहरूका दुई हजारभन्दा बढीको बध गऱ्यौँ।

१५ त्यसकारण हाम्रा लागि यो आवश्यक भयो, कि हामीले उनीहरूको जीवनको अन्त्य गर्नुपर्दछ, अथवा उनीहरूको रक्षा गर्नु पर्दछ, तरबार हातमा लिएर, जरहेम्लाको भूमिसम्म; अनि हाम्रा बन्दोवस्तीका सामानहरू पनि हाम्रा जनलाई पर्याप्त भन्दा बढी थिएन, लमानीहरूसँग हामीले लिएको हुँदाहुँदै।

१६ अनि अब, ती संबेदनशील परिस्थितिहरूमा, ती युद्धका कैदीहरूका बारेमा निर्णय गर्नु एक गम्भीर विषय बन्यो; तैपनि हामीले उनीहरूलाई जरहेम्लाको भूमिसम्म पठाउने निर्णय गऱ्यौँ; त्यसकारण हामीले हाम्रा मानिसहरूको एक भागलाई छान्यौँ र उनीहरूलाई हाम्रा कैदीहरूमाथि जरहेम्लाको भूमिसम्म लैजाने अधिकार दियौँ।

१७ तर यस्तो हुन गयो कि उनीहरू भोलिपल्ट फर्के। अनि अब हेर, हामीले कैदीहरूका बारेमा उनीहरूलाई सोधेनौँ; किनकि हेर, लमानीहरू हामीमाथि थिए र उनीहरू हामीलाई तिनीहरूका हातहरूमा पर्नबाट बचाउनका लागि समयमै फर्के। किनकि हेर, अम्मोरोनले बन्दोवस्तीका सामानहरूका नयाँ आपूर्ति र सेनाका अनिगिन्ती मानिसहरू पनि पठाएका थिए।

१८ अनि यस्तो हुन गयो कि ती मानिसहरू जसलाई हामीले कैदीहरूसँग पठायौँ उनीहरू लमानीहरूलाई रोक्न समयमा आइपुगे, किनभने उनीहरूले हामीलाई जित्न लागेका थिए।

१९ तर हेर, दुई हजार र साठीको मेरो सानो समूह सबभन्दा तीब्रताका साथ लडे; हो, उनीहरू लमानीहरूअगाडि स्थिर थिए र उनीहरूका विरुद्धमा आउने ती सबैलाई उनीहरूले मृत्यु प्रदान गरे।

२० अनि जब हाम्रा बाँकी सेनाले लमानीहरूअगाडि बाटो दिन तयार भए, हेर, ती दुईहजार र साठी स्थिर र निडर थिए।

२१ हो, अनि उनीहरूले आज्ञाका प्रत्येक वचन यथातथ्यका साथ पालना गरे र निगरानी राखे, हो र उनीहरूको आस्थाअनुसार त्यो उनीहरूमा गरिएको थियो; अनि मैले उनीहरूले मलाई भनेका वचनहरू सम्झेँ कि उनीहरूका आमाहरूले उनीहरूलाई सिकाएका थिए।

२२ अनि अब हेर, यी मेरा छोराहरू र कैदीहरूलाई लिएर जानका निम्ति चुनिएका ती मानिसहरू थिए जसप्रति हामी यो महान् विजयका निम्ति ऋणी छौँ, किनकि उनीहरू नै थिए जसले लमानीहरूलाई हराए; त्यसकारण लमानीहरूलाई मन्टीको सहरतिर धपाइयो।

२३ अनि हामीले हाम्रो कुमेनी सहर राख्यौँ र तरबारद्वारा हामी सबैको विनाश गरिएको थिएन; तैपनि, हामीले ठूलो क्षति सहेका थियौँ।

२४ अनि यस्तो हुन गयो कि लमानीहरू भागेपछि, मैले तुरुन्त आदेश दिएँ कि घाइते भएका मेरा मानिसहरूलाई मृतकहरूमाझ बाट लगिनु पर्दछ र अह्राएँ कि उनीहरूका घाउहरूलाई सफा गरेर पट्टि बाँध्नुपर्छ।

२५ अनि यस्तो हुन गयो कि मेरा दुईहजार साठीमध्ये, दुई सय थिए जो रगत गुमाएको कारण बेहोस भएका थिए; तैपनि परमेश्वरको कृपाअनुसार, अनि हाम्रो आश्चर्यका निम्ति र हाम्रो पूरै सेनाको खुशीका निम्ति पनि, त्यहाँ एउटा पनि जीवात्मा थिएन जसको नाश भयो; हो, न त त्यहाँ तिनीहरूमाझ एक जीवात्मा थियो जसलाई धेरै चोटहरू लागेको थियो।

२६ अनि अब, उनीहरूको संरक्षण हाम्रो पूरै सेनाका लागि विस्मयकारी भयो, हो, कि उनीहरूलाई जोगाइनुपर्छ जब कि हाम्रा बन्धुहरूमध्ये हजारको बध गरिएको थियो। अनि हामी यसलाई न्यायोचित रुपमा उनीहरूलाई विश्वाश गर्न सिकाइएको प्रति उनीहरूको अत्यन्त आस्थाका कारण परमेश्वरको आश्चर्यजनक शक्तिको फल हो भन्छौँ—कि परमेश्वर न्यायी हुनुहुन्थ्यो, अनि जसले शङ्का गर्दैन, कि उनीहरूलाई उहाँको आश्चर्यजनक शक्तिद्वारा संरक्षण गरिनेछ।

२७ अनि यो मैले बोलेकाहरूको आस्था थियो; उनीहरू कलिला छन् र उनीहरूको मस्तिष्क स्थिर छ र उनीहरूले आफ्नो भरोसा निरन्तर रुपमा परमेश्वरमाथि राख्छन्।

२८ अनि अब यस्तो हुन गयो कि हामीले हाम्रा घाइतेहरूलाई हेरचाह गरेपछि र हाम्रा मृतकहरू र लमानीहरूका मृतकहरू, जो धेरै थिए, उनीहरूलाई गाडेपछि, हेर, हामीले गिदसँग कैदीहरूका बारेमा सोध्यौँ जससँग उनीहरू जरहेम्लाको भूमितिर जान सुरुगरेका थिए।

२९ अब उनीहरूलाई तल भूमिसम्म संरक्षण गर्न नियुक्त गरिएको समूहमाथिका मुख्य कप्तान गिद थिए।

३० अनि अब, गिदले मलाई भनेका वचनहरू यी थिए: हेर, हामी हाम्रा कैदीहरूसँग जराहेम्लाको भूमितिर जान थाल्यौँ। अनि यस्तो हुन गयो कि हामीले हाम्रा सेनाहरूका जासुसहरूलाई भेट्यौँ, जसलाई लमानीहरूको शिविरलाई हेर्न पठाइएको थियो।

३१ अनि उनीहरूले हामीसामु कराए, यसो भन्दै—हेर, लमानीहरूका सेनाहरू कुमेनीको सहरतर्फ अगाडि बढ्दैछन्; अनि हेर, तिनीहरू उनीहरूमाथि जाइलाग्ने छन्, हो, अनि हाम्रा जनलाई विनाश गर्नेछन्।

३२ अनि यस्तो हुन गयो कि हाम्रा कैदीहरूले उनीहरूका आवाजलाई सुने, जसले उनीहरूलाई साहस लिने कारण दियो; अनि उनीहरू हाम्रा विरुद्ध विद्रोहमा उठे।

३३ अनि विद्रोहका कारण यस्तो हुन गयो हामीले अह्रायौँ कि हाम्रा तरबारहरू उनीहरूमाथि पर्नु पर्दछ। अनि यस्तो हुन गयो कि उनीहरूसामुहिक रुपमा हाम्रा तरबारतिर दौडे, त्यसरी, उनीहरूमध्ये धेरैको बध गरियो; अनि उनीहरूमध्ये बाँकिले हाम्रो घेरालाई तोडे र हामीबाट भागे।

३४ अनि हेर, जब उनीहरू भागेका थिए र हामीले उनीहरूलाई उछिन्न सकेनौँ, हामीले हाम्रो दौडलाई कुमेनी सहरतर्फ मोड्यौँ; अनि हेर, हामी सहरको संरक्षण गर्नमा हाम्रा बन्धुहरूलाई सहयोग गर्न सक्ने समयमा आइपुग्यौँ।

३५ अनि हेर, हामीलाई फेरि हाम्रा शत्रुहरूका हातहरूबाट मुक्त गरिएको छ। अनि परमेश्वरको नाउँ आशीषित छ; किनकि हेर, यो उहाँ हुनुहुन्छ जसले हामीलाई मुक्त गर्नुभएको छ; हो, जसले हाम्रा निम्ति यो महान् कुरा गर्नुभएको छ।

३६ अब यस्तो हुन गयो कि जब म, हेलामानले गिदका वचनहरू सुनेको थिएँ, हामी सबैको नाश नहोस् भनी हामीलाई सुरक्षा गर्नमा परमेश्वरको कृपाका कारण म अत्यन्तै खुशीले भरिएँ; हो, अनि म भरोसा गर्दछु कि बध गरिएकाहरूको जीवात्माहरू परमेश्वरको विश्राममा प्रवेश गरेका छन्।