धर्मशास्त्रहरू
अल्मा ३


अध्याय ३

अम्लिसीहरूले अगमवाणीका वचनअनुसार आफैँ चिन्ह लगाएका थिए—लमानीहरू उनीहरूको विद्रोहका लागि श्रापित भएका थिए—मानिसहरूले आफूमाथि आफ्नो श्राप ल्याउँछन्—नफीहरूले अर्को लमानी सेनालाई हराउँछन्। लगभग ई.पू. ८७–८६।

अनि यस्तो हुन गयो कि युद्धका हतियारहरूद्वारा बध नगरिएका नफीहरू, बध गरिएकाहरूलाई गाडेपछि—अब उनीहरूको सङ्ख्या धेरै भएको कारण, बध गरिएकाहरूको सङ्ख्या गनिएन—उनीहरूका मृतकहरूलाई उनीहरूले गाडेपछि उनीहरू सबै आफ्ना भूमिहरूतिर र आफ्ना घरहरूतिर र आफ्ना पत्नीहरूतिर र आफ्ना छोराछोरीहरूतिर फर्के।

अब धेरै स्त्रीहरू र बालबालिकाहरूको र उनीहरूका बथान र उनीहरूका झुण्डहरूको पनि तरबारद्वारा बध गरिएको थियो; र उनीहरूका जमिनका अन्नको पनि विनाश गरिएको थियो, किनकि तिनलाई मानिसहरूका सैन्यहरूद्वारा किचिमिची पारिएको थियो।

अनि अब लमानीहरू र अम्लिसीहरूमध्ये सिदोन नदीको किनारमा बध गरिएकाहरूलाई सिदोनको पानीमा फ्याकियो; अनि हेर उनीहरूका हड्डीहरू समुद्रका गहिराइमा छन् र तिनीहरू धेरै छन्।

अनि अम्लिसीहरूलाई नफीहरूबाट छुट्याइएका थिए, किनकि उनीहरूले आफैँ उनीहरूको निदारमा लमानीहरूका जसरी रातो चिन्ह लगाएका थिए; तैपनि उनीहरूले लमानीहरूझैँ टाउको खौरिएका थिएनन्।

अब लमानीहरूका टाउकाहरू खौरिएका थिए; र उनीहरू उनीहरूको कम्मरमा लगाइएका छाला र उनीहरूको उनीहरूले भिरेको कवच र उनीहरूको धनु र उनीहरूका वाणहरू र उनीहरूका ढुङ्गाहरू र उनीहरूका गुलेलीहरू र अरु यस्तै बाहेक नाङ्गा थिए।

अनि लमानीहरू काला थिए, उनीहरूका पितापुर्खाहरुमाथि तोकिएको चिन्हअनुसार, जुन उनीहरूका बन्धुहरूका विरुद्धका उनीहरूका उल्लङ्घन र उनीहरूका विद्रोहका कारणले, जो न्यायिक र पवित्र मानिसहरू नफी, याकूब र योसेफ र साम थिए।

अनि उनीहरूका बन्धुहरूले उनीहरूलाई विनाश गर्न खोजे, त्यसकारण उनीहरूलाई श्रापित गरियो; र परमप्रभु परमेश्वरले एक चिन्ह तोक्नुभयो उनीहरूमाथि, हो, लमान र लमुएल र इश्माएलका छोराहरू पनि र इश्माएली स्त्रीहरूमाथि।

अनि यो गरिएको थियो कि उनीहरूका सन्तति उनीहरूका बन्धुहरूका सन्ततिबाट छुट्टिन सकून्, कि त्यसबाट परमप्रभु परमेश्वरले आफ्ना जनको संरक्षण गर्न सकून्, कि उनीहरू मिश्रित नहोऊन् र गलत परम्पराहरूमा विश्वास नगरून् जसले उनीहरूको विनाश प्रमाणित गर्नेछ।

अनि यस्तो हुन गयो कि जसले उसका सन्तति लमानीहरूका सन्ततिसँग मिसायो उही श्राप उसका सन्ततिमाथि ल्यायो।

१० त्यसकारण, जसले लमानीहरूद्वारा अगुवाइ गरिनका लागि आफूलाई सहे उनीहरूलाई त्यो शीर्षक मुनि बोलाइयो र उनीमाथि एक चिन्ह तोकिएको थियो।

११ अनि यस्तो हुन गयो कि लमानीहरूका परम्परामा विश्वास नगर्नेहरू तर यरुशलेमको भूमिबाट ल्याइएका अभिलेखहरूमा र उनीहरूका पितापुर्खाहरुको सही परम्परामा पनि विश्वास गर्नेलाई, परमेश्वरका आज्ञाहरूमा विश्वास गरेर पालना गर्नेहरूलाई, यस समय अघिदेखि, नफीहरू अथवा नफीका जन भनियो—

१२ अनि यी उनीहरू थिए जसले अभिलेखहरू राखेका थिए जुन उनीहरूका जनको बारेमा, लमानीहरूका जनका बारेमा पनि सत्य छन्।

१३ अब हामी अम्लिसीहरूतिर पुन: फर्कनेछौँ, किनकि उनीहरूमाथि पनि उनीहरूले एक चिन्ह तोकेका थिए; हो, उनीहरूले आफैँमाथि एक चिन्ह तोकेका थिए, हो, उनीहरूको निदारहरूमाथि एक रातो चिन्हसमेत।

१४ यसरी परमेश्वरका वचन पूरा भएका छन्, किनकि उहाँले नफीलाई भन्नुभएका वचनहरू यी हुन्: हेर, मैले लमानीहरूलाई श्रापित गरेको छु, अनि म यस समयदेखि उपरान्त र सदासर्वदा, उनीहरूमाथि एक चिन्ह तोक्नेछु कि उनीहरू र उनीहरूका सन्तति तिमी र तिम्रा सन्ततिबाट अलग्गियून्, उनीहरूले आफ्नो दुष्टताको पश्चात्ताप गरेर ममा फर्केर मैले उनीहरूमा कृपा गरे बाहेक।

१५ अनि फेरि: म उसमाथि एक चिन्ह तोक्नेछु जसले उसका सन्तति तिम्रा बन्धुहरूसँग मिसाउँछ, कि उनीहरू पनि श्रापित होऊन्।

१६ अनि फेरि: म तिमी र तिम्रा सन्ततिविरुद्ध लड्नेहरूमाथि एक चिन्ह तोक्नेछु।

१७ अनि फेरि, म भन्दछु तिमीबाट प्रस्थान गर्नेलाई अरु बढी तिम्रा सन्तति भनिने छैन; र तिमीलाई र तिम्रा सन्तति भनिनेलाई म आशीषित गर्नेछु, यस उपरान्त र सदासर्वदा र परमप्रभुले नफीसामु र उनका सन्ततिलाई गरेका बाचाहरू यी हुन्।

१८ अब अम्लिसीहरूलाई थाहा थिएन कि उनीहरूले परमेश्वरका वचनहरू पूरा गर्दै थिए जब उनीहरूले आफैँलाई आफ्नो निधारहरूमा चिन्ह लगाउन थाले; यद्धपि उनीहरू परमेश्वरविरुद्ध खुल्ला विद्रोहमा आएका थिए; त्यसकारण यो उचित थियो कि श्राप उनीहरूमाथि परोस्।

१९ अब म चाहान्छु कि तिमीले देख्नु पर्दछ कि उनीहरूले आफैँमाथि त्यो श्राप ल्याए; अनि प्रत्येक श्रापित मानिसले आफैँमाथि उसको आफ्नो तिरस्कार ल्याउँदछ।

२० अब यस्तो हुन गयो कि जरहेम्लाको भूमिमा, लमानीहरू र अम्लिसीहरूद्वारा, लडिएको लडाइँ पछि धेरै दिन नहुँदै, कि अम्लिसीहरूलाई पहिलो सेनाले भेटेको ठाउँमा, लमानीहरूको अर्को सेना नफीहरूका जनमाथि आए।

२१ अनि यस्तो हुन गयो कि उनीहरूलाई आफ्नो भूमिबाट धपाउन एक सेना पठाइयो।

२२ अब अल्मा आफैँ एक घाऊबाट ग्रसित भएकाले यस समयमा लमानीहरूविरुद्ध लडाइँ गर्न गएनन्।

२३ तर उनले उनीहरूविरुद्ध अनगिन्ती सेना पठाए; र उनीहरू गए र लमानीहरूमध्ये धेरैको बध गरे र उनीहरूमध्ये बाँकीलाई उनीहरूको सिमानाहरूबाहिर धपाए।

२४ अनि तब उनीहरू फेरि फर्के र भूमिमा शान्ति स्थापना गर्न थाले, उनीहरूका शत्रुहरूले केही समयका लागि अरु दु:ख नदिएकाले।

२५ अब यी सबै कुराहरू गरिएका थिए, हो, यी सबै युद्ध र कलह न्यायकर्ताहरूको शासनको पाँचौ वर्षमा आरम्भ भएर अन्त्य भएका थिए।

२६ अनि एक वर्षमा हजारौँ र दसौँ हजार जीवात्माहरूलाई अनन्त संसारतिर पठाइयो, कि उनीहरूले आफ्ना कार्यहरूअनुसारको पुरस्कार पाऊन्, असल भए पनि र खराब भए पनि, अनन्त खुसियाली अथवा अनन्त दु:ख पाऊन्, उनीहरूले पालना गर्न रोजेको आत्माअनुसार, त्यो असल आत्मा भएपनि र खराब भएपनि।

२७ किनकि प्रत्येक मानिसले उसले आज्ञाकारी हुन रोजे अनुसार आफ्नो ज्याला पाउँछ र यो अगमवाणीको आत्माका वचनहरूअनुसार; त्यसकारण यो सत्यताअनुसार होओस्। अनि यसरी न्यायकर्ताहरूको शासनको पाँचौ वर्ष अन्त्य भयो।