धर्मशास्त्रहरू
अल्मा १२


अध्याय १२

अल्माले जीस्रोमसामु बोल्दछन्—आस्थावानहरूलाई मात्र परमेश्वरका रहस्यहरू दिइन्छ—उनीहरूका विचारहरू, विश्वासहरू, वचनहरू र कार्यहरूअनुसार मानिसहरूको न्याय गरिन्छ—दुष्टले आत्मिक मृत्यु सहनुपर्नेछ—यो मरणशील जीवन परीक्षणकालीन अवस्था हो—उद्धारको योजनाले पुनरुत्थान र, आस्था मार्फत् पापहरूको एक छुट्कारा ल्याउनेछ—पश्चात्तापीले जन्माइएका एक मात्र पुत्र मार्फत् कृपामा दावा पाउँछन्। लगभग ई.पू. ८२।

अब अल्मा, अमुलेकका वचनहरूले जीस्रोमलाई शान्त बनाएको देखेर, किनकि उनले हेरे कि अल्माले उसलाई उनलाई नाश गर्ने उसको झुटो र छक्याइमा समाते र उसको दोषको चेतनामा काम्न थालेको देखेर, उनले उनको मुख खोले र उससामु बोल्न थाले र अमुलेकले बोलेका वचनहरूको स्थापना गर्न र कुराहरूको थप व्याख्या गर्न, अथवा धर्मशास्त्रको अमुलेकले गरेको भन्दा थप खोल्न थाले।

अब अल्माले जीस्रोमसामु बोलेका वचनहरू वरिपरिका जनले सुनेका थिए; किनकि भीड ठूलो थियो र उनले यस प्रकारले भने:

अब जीस्रोम, तेरो झुट र कपटमा तँ समातिएको देखेर, किनकि तैँले मानिसहरूसामु मात्र ढाँटेको छैनस् तर तैँले परमेश्वरसामु ढाँटेको छस्; किनकि हेर्, उहाँलाई तेरा विचारहरू सबै थाहा छ र तँ देख्छस् कि तेरा विचारहरू हामीलाई उहाँका आत्माद्वारा अवगत गराइएको छ।

अनि तँ देख्दछस् कि हामीलाई थाहा छ कि तेरो योजना सूक्ष्म योजना थियो, सैतानको सूक्ष्मताअनुसार, यी जनलाई ढाँट्न र छल्नका निम्ति कि तैँले उनीहरूलाई हाम्रा विरुद्ध, हाम्रो निन्दा गर्ने र हामीलाई निकाला गर्ने बनाउन सक्छस्—

अब यो तेरो शत्रुको एक योजना थियो र उसले आफ्नो अधिकार तँमाथि अभ्यास गरेको छ। अब म चाहान्छु कि तिमीहरूले सम्झनु पर्छ कि म तेरासामु जे भन्दछु म सबैलाई भन्छु।

अनि हेर म तिमीहरू सबैलाई भन्छु कि यो शत्रुको जाल थियो, जुन उसले यी जनलाई समात्न थापेको छ, कि उसले तिमीहरूलाई उसको अधीनमा ल्याउन सकोस्, कि उसले तिमीहरूलाई उसका साङ्लाहरूमा बाँध्न सकोस्, कि उसले तिमीहरूलाई चीरस्थायी विनाशमा बाँध्न सकोस्, उसको बन्धनको शक्तिअनुसार।

अब जब अल्माले यी वचनहरू बोलेका थिए, जीस्रोम अत्यन्त काम्न थाल्यो, किनकि उसले परमेश्वरको शक्तिमा बढी भन्दा बढी विश्वास गऱ्यो; अनि उसले यो पनि विश्वास गऱ्यो कि अल्मा र अमुलेकलाई उसको बारेमा ज्ञान थियो; किनकि उसलाई विश्वास भयो कि उनीहरूलाई उसको हृदयका विचारहरू र इच्छाहरूको थाहा थियो; किनकि अगमवाणीको आत्माअनुसार उनीहरूले यी कुराहरू थाहा पाऊन् भनी उनीहरूलाई शक्ति दिइएको थियो।

अनि जीस्रोमले उनीहरूबाट लगनशीलतापूर्वक सोधखोज गर्न थाल्यो, कि उसले परमेश्वरको अधिराज्यका बारेमा अरु बढी जान्न सकोस्। अनि उसले अल्मासामु भन्यो: मृतकहरूको पुनरुत्थानका बारेमा अल्माले भनेका छन्, कि सबैलाई, न्यायी र अन्यायी दुबै लाई, मृत्युबाट उठाइनेछ र उनीहरूको कार्यहरूअनुसार परमेश्वरअगाडि न्यायका निम्ति खडा हुन ल्याइनेछ, त्यसको अर्थ के हो?

अनि अब अल्माले उससामु यी कुराहरूको व्याख्या गर्न थाले, यसो भन्दै: परमेश्वरका रहस्यहरू जान्न धेरैलाई दिइएको छ; तैपनि उनीहरूलाई एक कठोर आज्ञामा राखिएको छ कि उनीहरूले उहाँले मानिसका सन्तानहरूलाई दिनुभएका वचनको एक भागअनुसार मात्र नभई, उनीहरूले उहाँलाई दिने ध्यान र लगनशीलताअनुसार।

१० अनि त्यसकारण, आफ्नो हृदयलाई कठोर पार्नेले वचनको थोरै भाग प्राप्त गर्दछ र जसले आफ्नो हृदय कठोर पार्दैन, उसलाई वचनको ठूलो भाग दिइनेछ, तबसम्म उसलाई परमेश्वरका रहस्यहरू जान्न दिइनेछ जबसम्म उसलाई पूरै ज्ञान हुँदैन।

११ अनि उनीहरूका हृदयहरूलाई कठोर पार्नेहरूलाई, उहाँको रहस्यहरूका बारेमा केही पनि थाहा नभइन्जेलसम्म वचनको झन् थोरै भाग दिइनेछ; र तब उनीहरूलाई सैतानद्वारा दासत्वमा लिइनेछ र उसको इच्छाद्वारा विनाश तिर अगुवाइ गरिनेछ। अब नरकका साङ्लाहरू भनेको अर्थ यही हो।

१२ अनि अमुलेकले मृत्युका बारेमा र मरणशीलताको अवस्थाबाट अमरत्वको अवस्थामा उठाइनेका बारेमा र हाम्रा कार्यहरूअनुसार न्याय गरिइन परमेश्वरको अदालतअगाडि खडा हुन ल्याइनेको बारेमा स्पष्ट बोलेका छन्।

१३ तब यदि हाम्रा हृदयहरू कठोर बनाइएका छन्, हो, यदि हामीले हाम्रा हृदयलाई परमेश्वरका वचनविरुद्ध यतिसम्म कठोर बनायौँ कि, यसलाई हामीमा फेला पारिएको छैन, तब हाम्रो हालत भयावह हुनेछ, किनकि तब हामीलाई दोषी ठहऱ्याइनेछ।

१४ किनकि हाम्रा वचनहरूले हामीलाई दोषी ठहऱ्याउनेछन्, हो, हाम्रा सबै कार्यहरूले हामीलाई दोषी ठहऱ्याइनेछन्; हामीलाई निष्कलङ्क फेला पारिनेछैन; र हामी विचारहरूले हामीलाई दोषी ठहऱ्याइनेछ; अनि यो भयावह अवस्थामा हामीले हाम्रा परमेश्वरलाई हेर्ने आँट गर्नेछैनौँ; र उहाँको उपस्थितिबाट आफूलाई लुकाउन यदि चट्टानहरू र पहाडहरू आफूमाथि आउन आज्ञा दिन सके हामी खुशी हुने थियौँ।

१५ तर यो हुन सक्दैन; हामीअगाडि आउनुपर्दछ र उहाँअगाडि उहाँको महिमामा र उहाँको शक्तिमा र उहाँको सामर्थ्य, प्रताप र आधिपत्यमा खडा हुनुपर्दछ र हाम्रो अनन्त लज्जालाई स्वीकार्नुपर्छ कि उहाँका सबै न्यायहरू न्यायिक छन्; कि उहाँका सबै कार्यहरू न्यायिक छन् र उहाँ मानिसका छोराछोरीहरूप्रति कृपालु हुनुहुन्छ र उहाँको नाउँमा विश्वास गरेर पश्चात्तापका लागि योग्य फल ल्याउने प्रत्येक मानिसलाई बचाउने सबै शक्ति उहाँसँग छ।

१६ अनि अब हेर्, म तँलाई भन्दछु तब त्यो मृत्यु आउँछ, दोस्रो मृत्यु समेत, जुन आत्मिक मृत्यु हो; तब यो समय हो कि जो आफ्नो पापहरूमा मर्छ, लौकिक मृत्युका रुपमा, आत्मिक मृत्यु पनि मर्नेछ; हो, ऊ धार्मिकतासम्बन्धीका कुराहरूमा मर्नेछ।

१७ तब त्यो समय हो जब उनीहरूका पीडाहरू आगो र गन्धकको कुण्ड झैँ हुन्छ, जसको राप सदासर्वदाका लागि निरन्तर माथि आरोहण गर्दछ; तब त्यो समय हो कि चीरस्थायी विनाशका लागि उनीहरूलाई बाँधिनेछ, सैतानको शक्ति र दासत्वअनुसार, उसले उनीहरूलाई आफ्नो इच्छाअनुसार अधीनमा लिएकाले।

१८ तब, म तँलाई भन्छु, उनीहरूलाई कुनै उद्धार नगरिएजस्तो हुनेछ, किनकि उनीहरूलाई परमेश्वरको न्यायअनुसार उद्धार गर्न सकिन्न; र अरु अपभ्रंस नहुने हुनाले उनीहरू मर्न सक्दैनन्।

१९ अब यस्तो हुन गयो कि जब अल्माले यी वचनहरू बोल्न अन्त्य गरे, जन अझ आश्चर्यचकित हुन थाले;

२० तर यहाँ एक अन्टिओनाह थियो, जो उनीहरूमाझ एक प्रधान शासक थियो, अघि आयो र उनीसामु भन्यो: यो के हो जुन तिमीले भनेका छौ, कि मानिस मृतकबाट उठ्नुपर्दछ र मरणशील अवस्थाबाट अमर अवस्थामा फेरिनुपर्छ, कि आत्मा कहिल्यै मर्न सक्दैन?

२१ त्यो धर्मशास्त्रको अर्थ के हो, जसले भन्दछ कि परमेश्वरले अदनको बँगैचाको पूर्वमा केरुबहरू र ज्वालामय तरबार राख्नुभयो, कि हाम्रा प्रथम मातापिता प्रवेश नगरून् र जीवनको वृक्षको फल नखाऊन् र सदासर्वदाका लागि नजिऊन्? अनि यसरी हामी देख्छौँ कि उनीहरू सदासर्वदाका लागि जिउन कुनै सम्भावना छैन।

२२ अब अल्माले उसलाई भने: यो कुरा म व्याख्या गर्न लागेको थिएँ। अब हामी देख्छौँ कि निषेधित फल खाएर आदमको पतन भयो, परमेश्वरको वचनअनुसार; र यसरी हामी देख्छौँ, कि उनको पतनद्वारा, सबै मानवजाति हराएका र पतित जन बने।

२३ अनि अब हेर्, म तँलाई भन्छु कि यदि आदमलाई त्यो समयमा जीवनको वृक्षको फल खान सम्भव भएको भए, त्यहाँ मृत्यु हुने थिएन र परमेश्वरलाई झुटो बनाउँदै, वचनशून्य हुने थियो, किनकि उहाँले भन्नुभयो: यदि तिमीले खाए तिमी निश्चय नै मर्नेछौ।

२४ अनि हामी देख्दछौ कि मानवजातिमाथि मृत्यु आउँदछ, हो, त्यो मृत्यु जुन अमुलेकद्वारा बोलिएको छ, जुन लौकिक मृत्यु हो; तैपनि मानिसले पश्चात्ताप गर्न सकून् भनी उनलाई अन्तराल दिइएको थियो, त्यसकारण यो जीवन परीक्षणकालीन अवस्था भयो; परमेश्वरलाई भेट्न तयार गर्ने समय, त्यो हामीद्वारा बोलिएको अन्त्यहीन अवस्थाको निम्ति तयार गर्ने एक समय, जुन मृतकको पुनरुत्थानपछि हो।

२५ अब, यदि संसारको उत्पत्तिदेखि स्थापित गरिएको उद्धारको योजना नभएको भए, मृतकहरूको पुनरुत्थान हुने थिएन; तर उद्धारको योजना स्थापित गरिएको थियो, जुनले मृतकहरूको पुनरुत्थान पूरा गर्दछ, जसका बारेमा बोलिएको छ।

२६ अनि अब हेर्, यदि हाम्रा प्रथम मातापिता अघि गएर जीवनको वृक्षको फल खान सम्भव भएको भए उनीहरू, तयारी गर्ने अवस्था नभएकाले, सदासर्वदाका लागि दयनीय हुने थिए; र यसरी उद्धारको योजना असफल हुने थियो र कुनै प्रभाव नभएर, परमेश्वरको वचन शुन्य हुने थियो।

२७ तर हेर्, यो यस्तो भएन, तर मानिसहरूलाई तोकिएको छ कि उनीहरू मर्नुपर्छ; र मृत्युपछि, उनीहरू न्यायमा, हामीले बोलेको सो न्यायमा समेत, आउनुपर्दछ, जुन अन्त्य हो।

२८ अनि यी कुराहरू मानिसहरूमा आउनु पर्छ भनी परमेश्वरले तोकेपछि, हेर्, तब उहाँले देख्नुभयो कि यो उचित थियो कि मानिसले उहाँले उनीहरूलाई तोकेका कुराहरूका बारेमा जान्न पर्दछ।

२९ त्यसकारण उहाँले उनीहरूसँग वार्तालाप गर्न स्वर्गदूतहरू पठाउनुभयो, जसले मानिसहरूलाई उहाँको महिमा हेर्न लगाए।

३० अनि उनीहरूले त्यससमय पश्चात् उहाँको नाउँ लिन थाले; त्यसकारण परमेश्वरले मानिसहरूसँग वार्तालाप गर्नुभयो र उद्धारको योजनाको बारेमा उनीहरूलाई अवगत गराउनुभयो, जुन संसारको उत्पत्तिदेखि नै तयार गरिएको थियो र यो उहाँले उनीहरूको आस्था र पश्चात्ताप र उनीहरूको पवित्र कार्यहरूअनुसार उनीहरूलाई अवगत गराउनुभयो।

३१ यसकारण, उनीहरूले लौकिक कुराहरूको बारेमा पहिलो आज्ञाहरू उल्लङ्घन गरेकाले र खराबबाट असल जान्दै, ईश्वरहरू बनेकाले, कार्य गर्ने अवस्थामा आफैँलाई राख्दै, अथवा दुष्ट गर्न वा असल कार्य गर्न भए पनि, उनीहरूका इच्छाहरू र चाहानाहरूअनुसार कार्य गर्न सक्ने अवस्थामा राखिएकाले, उहाँले मानिसहरूलाई आज्ञाहरू दिनुभयो—

३२ त्यसकारण परमेश्वरले उनीहरूलाई आज्ञाहरू दिनुभयो, उनीहरूलाई उद्धारको योजनाको अवगत गराएपछि, कि उनीहरूले खराब गर्नुहुँदैन, त्यसको सजाय दोस्रो मृत्यु भएकाले, जुन धार्मिकताका सरोकारका कुराहरूमा अजर मृत्यु थियो; किनकि त्यस्तोमा उद्धारको योजनाको कुनै शक्ति हुन सक्दैन, किनकि न्यायका कार्यहरूको विनाश हुन सक्दैन, परमेश्वरका उच्च कृपाअनुसार।

३३ तर परमेश्वरले मानिसलाई बोलाउनुभयो, उहाँको पुत्रको नाउँमा (यो स्थापित गरिएको उद्धारको योजना भएकाले) यसो भन्दै: यदि तिमीहरूले पश्चात्ताप गऱ्यौ र हृदय कठोर बनाएनौ भने, तब म, मेरा जन्माइएका एक मात्र पुत्रमार्फत् तिमीहरूमाथि कृपा गर्नेछु।

३४ त्यसकारण, जसले पश्चात्ताप गर्दछ र आफ्नो हृदय कठोर बनाउँदैन, उसले, आफ्नो पापहरूको छुट्काराको निम्ति, मेरा जन्माइएका एक मात्र पुत्र मार्फत् कृपामाथि दावा गर्न सक्नेछ; र ती मेरो विश्राममा प्रवेश गर्नेछन्।

३५ अनि जसले आफ्नो हृदय कठोर बनाउँदछ र दुष्टता गर्दछ, हेर, म मेरो क्रोधमा कसम खान्छु कि उसले मेरो विश्राममा प्रवेश गर्न सक्दैन।

३६ अनि अब, मेरा बन्धुहरू, हेर म तिमीहरूसामु भन्छु, कि यदि तिमीहरूले आफ्ना हृदयहरू कठोर बनायौ भने तिमीहरूले परमप्रभुको विश्राममा प्रवेश गर्नेछैनौ; त्यसकारण तिमीहरूले उहाँलाई चुनौती दिन्छौ कि उहाँले आफ्ना क्रोध तिमीहरूमाथि, पहिलो विद्रोहमा जस्तै, पठाउनुहुनेछ, हो, अन्तिम विद्रोहमा पहिलोमा जस्तै उहाँका वचनअनुसार, तिमीहरूको जीवात्माको चीरस्थायी विनाशका निम्ति; त्यसकारण, उहाँका वचनअनुसार, त्यो अन्तिम मृत्युका निम्ति, त्यो पहिलोसँगै।

३७ अनि अब, मेरा बन्धुहरू, हामीले यी कुराहरू जानेको दृष्टिमा र ती सत्य हुन्, हामी पश्चात्ताप गरौँ र हाम्रा हृदयहरू कठोर नबनाऔँ, कि परमप्रभु हाम्रा परमेश्वरलाई यी उहाँले हामीलाई दिएका दोस्रा आज्ञाहरूमा उहाँको क्रोध हामीमाथि नल्याऊँ; तर उहाँको वचनअनुसार तयार गरिएको परमेश्वरको विश्राममा प्रवेश गरौँ।