धर्मशास्त्रहरू
अल्मा ७


अल्माका वचनहरू जुन उनले गिदोनका जनलाई दिएका थिए, उनको आफ्नो अभिलेखअनुसार।

अध्याय ७

अध्याय ७

ख्रीष्ट मरियमबाट जन्मनु हुनेछ—उहाँले मृत्युका बन्धनहरू फुकाउनुहुनेछ र उहाँका जनको पाप बोक्नुहुनेछ—पश्चात्ताप गर्ने, बप्तिस्मा लिने र आज्ञाहरूको पालना गर्नेले अनन्त जीवन पाउनेछ—घिनलाग्दोले परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैन—विनम्रता, आस्था, आशा र प्रेम आवश्यक छन्। लगभग ई.पू. ८३।

हेर मेरा प्रिय बन्धुहरू, तिमीहरूसामु आउन मलाई अनुमति दिइएको छ, त्यसकारण म तिमीहरूलाई मेरै भाषामा, हो मेरै मुखद्वारा, सम्बोधन गर्न चाहान्छु, यो पहिलो पटक हो कि मैले तिमीहरूसामु मेरा मुखका वचनहरूद्वारा बोलेको छु, म न्यायको आसनमा पूर्णरुपमा बन्धित भएकाले, धेरै व्यस्त भएकाले कि म तिमीहरूसामु आउन सकिनँ।

अनि म यो समयमा समेत आउन सक्दैनथेँ यदि मेरा सट्टामा शासन गर्न न्यायको आसन अर्कोलाई नदिएको भए; र परमप्रभुले धेरै कृपामा अनुमति दिनुभएको छ कि म तिमीहरूसामु आउनु पर्दछ।

अनि हेर, म ठूलो आशा र धेरै चाहाना लिएर आएको छु कि मैले देख्न पाऊँ कि तिमीहरूले परमेश्वरअगाडि आफैँ विनम्र भएका छौ र उहाँको अनुग्रहको लागि प्रार्थना गर्न निरन्तर लागेका छौ, कि मैले देख्न सकूँ कि तिमीहरू उहाँअगाडि निष्कलङ्क छौ, कि मैले देख्न सकूँ कि तिमीहरू जरहेम्लामा भएका हाम्रा बन्धुहरूको जस्तो भयावह दुविधामा छैनौ।

तर परमेश्वरको नाउँ प्रशंसा गर, कि उहाँले मलाई अवगत गराउनुभएको छ, हो, मसामु त्यो ज्ञानको अत्यन्त महान् खुसियाली दिनुभएको छ कि उनीहरूलाई फेरि उहाँको धार्मिकतामा पुन: स्थापित गरिएको छ।

अनि म भरोसा गर्दछु, ममा भएको परमेश्वरको आत्माअनुसार, कि म तिमीहरूप्रति पनि हर्षित हुनेछु; तैपनि म चाहान्न कि तिमीहरूप्रतिको मेरो हर्ष जरहेम्लामा भएका हाम्रा बन्धुहरूको जस्तो धेरै कष्ट र दु:खका कारणद्वारा आओस्, किनकि हेर, उनीहरूप्रतिको मेरो हर्ष धेरै कष्ट र दु:खमा यात्रा गरेर आउँदछ।

तर हेर, म भरोसा गर्छु कि तिमीहरू आफ्ना बन्धुहरूझैँ धेरै अविश्वासको अवस्थामा छैनौ; म भरोसा गर्छु कि तिमीहरू आफ्ना हृदयको घमण्डमा उचालिएका छैनौ; हेर, म भरोसा गर्छु कि तिमीहरूले आफ्ना हृदय धन र संसारका व्यर्थ कुराहरूमा राखेका छैनौ; हो, म भरोसा गर्छु कि तिमीहरूले मूर्तिहरूको पूजा गर्दैनौ, तर कि तिमीहरू सत्य र जिउँदो परमेश्वरको आराधना गर्छौ र चीरस्थायी आस्थाका साथ, तिमीहरू तिमीहरूका पापहरूका आगामी छुट्काराको बाटो हेर्दछौ।

किनकि हेर, म तिमीहरूसामु भन्दछु कि धेरै कुराहरू आउनेछन्; अनि हेर, त्यहाँ एक कुरा जुन अरु सबै भन्दा महत्वपूर्ण छ—किनकि हेर, समय त्यति पर छैन जब उद्धारकर्ता जीवित हुनुहुनेछ र उहाँका जनमाझ आउनुहुनेछ।

हेर, म भन्दिनँ कि उहाँ आफ्नो मरणशील शरीरमा बासगरेको समयमा हामीमाझ आउनुहुनेछ; किनकि हेर, आत्माले यसो हुनुपर्छ भनेर मलाई भनेको छैन। अब यो कुराको बारेमा म जान्दिनँ; तर यति म जान्दछु, कि उहाँका वचनअनुसार सबै कुराहरू गर्न परमप्रभु परमेश्वरसँग शक्ति छ।

तर हेर, आत्माले मसामु यति भनेको छ, यसो भन्दै: यी जनकहाँ कराऊ, यसो भन्दै—तिमीहरू पश्चात्ताप गर र परमप्रभुको मार्ग तयार गर र उहाँका मार्गहरूमा हिँड, जुन सोझा छन्; किनकि हेर, स्वर्गको अधिराज्य नजिकिदैँ छ र परमेश्वरका पुत्र पृथ्वीको सतहमा आउनुहुन्छ।

१० अनि हेर, उहाँ हाम्रा बाबुबाजेहरूको भूमि यरुशलेममा मरियमबाट जन्मनुहुनेछ, उनी एक कन्या, एक बहुमूल्य र चुनिएको भाँडो भएर, जो पवित्र आत्माको शक्तिद्वारा ढाकिनेछिन् र गर्भवती हुनेछिन र एक पुत्र जन्माउनेछिन, हो परमेश्वरका पुत्र समेत।

११ अनि उहाँ अगाडि जानुहुनेछ, प्रत्येक प्रकारका पीडाहरू र कष्टहरू र परीक्षाहरू सहेर; अनि यो कि वचन पूरा होऊन जसले भन्दछ उहाँले आफ्ना जनका पीडा र रोग आफूमा लिनुहुनेछ।

१२ अनि उहाँले आफूमाथि मृत्यु लिनुहुनेछ, कि उहाँले मृत्युका बन्धनहरू फुकाउन सक्नुहुनेछ जसले उहाँका जनलाई बाँध्छ; अनि उहाँले उनीहरूका कमजोरीहरूलाई आफूमाथि लिनुहुनेछ, कि उहाँको हृदय कृपाले भरियोस, मांशशरीरअनुसार, कि उहाँले मांशशरीरअनुसार जान्न सक्नुहुनेछ कि उनीहरूका कमजोरीअनुसार उहाँका जनको कसरी सहायता गर्ने।

१३ अब आत्मालाई सबै कुराहरू थाहा छ; तैपनि परमेश्वरको पुत्रले मांशशरीरअनुसार सहनुहुन्छ कि उहाँले उहाँका जनका पापहरू बोक्न सक्नुहुनेछ, कि उहाँको मुक्तिको शक्तिअनुसार उनीहरूका उल्लङ्घनहरू उहाँले मेटाउन सक्नुहुनेछ; अनि अब हेर, यो गवाही हो जुन ममा छ।

१४ अनि म तिमीहरूसामु भन्दछु कि तिमीहरूले पश्चात्ताप गर्न पर्दछ र पुन जन्मनु पर्दछ; किनकि आत्माले भन्दछ यदि तिमीहरू पुन जन्मेनौं भने तिमीहरूले स्वर्गको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनौ; त्यसकारण आऊ र पश्चात्तापका निम्ति बप्तिस्मा लेऊ, कि आफ्ना पापहरूबाट पखालिय, कि तिमीहरूलाई परमेश्वरका थुमामा आस्था होओस्, जसले संसारका पापहरू हरण गर्नुहुन्छ, जो सबै अधार्मिकताबाट बचाउन र सफा गर्न शक्तिशाली हुनुहुन्छ।

१५ हो, म तिमीहरूसामु भन्दछु आओ र नडराओ र प्रत्येक पापलाई हटाओ, जसले तिमीलाई सजिलै सताउँदछ, जसले तिमीलाई विनाशमा बाँध्दछ, हो, आओ र अघि जाओ र तिम्रो परमेश्वरलाई देखाओ कि तिमी आफ्ना पापहरूको पश्चात्ताप गर्न र उहाँका आज्ञाहरू पालना गर्न करारमा प्रवेश गर्न इच्छुक छौ र बप्तिस्माको पानीमा गएर यो दिन उहाँसामु देखाओ।

१६ अनि जसले यो गर्दछ र त्यस उपरान्त परमेश्वरका आज्ञाहरू पालना गर्छ, त्यसले मैले उसलाई भनेको सम्झिनेछ, हो जसले मैले उसलाई भनेको सम्झिनेछ, उसले अनन्त जीवन पाउँनेछ, पवित्र आत्माको गवाहीअनुसार, जसले ममा गवाही दिन्छ।

१७ अनि अब मेरा प्रिय बन्धुहरू, के तिमीहरू यी कुराहरूको विश्वास गर्छौ? हेर, म तिमीहरूसामु भन्छु, हो, मलाई थाहा छ कि तिमीहरू यिनमा विश्वास गर्छौ, तिमीहरूले तिनमा विश्वास गर्छौ भनी जान्ने तरिका ममा भएको आत्माको प्रकटद्वारा हो। अनि अब किनभने त्यसका बारेमा, हो, मैले बोलेका कुराहरूको बारेमा तिमीहरूको आस्था बलियो छ, मेरो हर्ष महान् छ।

१८ किनकि जसरी मैले तिमीहरूसामु प्रारम्भमा भने, कि मलाई धेरै चाहाना थियो कि तिमीहरू आफ्ना बन्धुहरू जस्तो द्विविधामा छैनौ, मैले यस्तो समेत फेला पारेँ कि मेरा चाहनाहरू पूरा भएका छन्।

१९ किनकि म ठान्दछु कि तिमीहरू धार्मिकताको मार्गमा छौ; म ठान्दछु कि तिमीहरू परमेश्वरको अधिराज्यतिर अगुवाइ गर्ने पथमा छौ; हो, म महसुस गर्दछु कि तिमीहरूले उहाँका पथहरू सिधा बनाउँदैछौ।

२० म ठान्दछु कि यो तिमीहरूलाई अवगत गराइएको छ, उहाँका वचनको गवाहीद्वारा, कि उहाँ बाङ्गा पथहरूमा हिँड्न सक्नुहुन्न; न त उहाँ आफूले भनेका कुराहरूबाट विचलित हुनुहुन्छ; न त उहाँसँग दाहिनेबाट देब्रेतिर, अथवा सहीबाट गलततिर फर्कने छाया पनि छ; त्यसकारण, उहाँको बाटो एक अनन्त चक्र हो।

२१ अनि उहाँ अपवित्र मन्दिरहरूमा बास गर्नुहुन्न; न त घिनलाग्दा र अशुद्धलाई परमेश्वरको अधिराज्यमा ग्रहण गरिन सक्छ; त्यसकारण म तिमीहरूसामु भन्दछु समय आउनेछ, हो र यो अन्तिम दिनहरूमा हुनेछ, कि जो घिनलाग्दो छ ऊ आफ्नो घिनलाग्दोपनामा रहनेछ।

२२ अनि अब मेरा प्रिय बन्धुहरू, मैल यी कुराहरू तिमीहरूसामु भनेको छु कि म तिमीहरूलाई परमेश्वरप्रतिको तिमीहरूको कर्तव्यको एक चेतनामा ब्युँझाउन सकूँ, कि तिमीहरू उहाँअगाडि निष्कलङ्क हिड्न सक, कि तिमीहरू आफूले प्राप्त गरेका परमेश्वरको पवित्र अनुक्रममा हिड्न सक।

२३ अनि अब म चाहान्छु कि तिमीहरू विनम्र हुनुपर्छ र समर्पित र विनित हुनुपर्छ; सजिलैसँग अनुरोध गरिन सकिने, धीरता र सहनशीलताले भरिएर, सबै कुराहरूमा आत्मसंयमी भएर, परमेश्वरका आज्ञाहरू पालना गर्नमा हर समयमा लगनशील भएर, तिमीहरूलाई आवश्यक परेका, आत्मिक र लौकिक दुबै कुराहरूको अनुरोध गरेर; तिमीहरूले प्राप्त गरेका कुराहरूको निम्ति परमेश्वरलाई धन्यवाद फर्काउँदै।

२४ अनि हेर कि तिमीहरूसँग आस्था, आशा र ख्रीष्टिय प्रेम छ र तब तिमीहरू असल कार्यहरूले सधैँ भरीपूर्ण हुनेछौ।

२५ अनि परमप्रभुले तिमीहरूलाई आशीष दिऊन् र तिमीहरूको वस्त्र निष्कलङ्क राख, कि तिमीहरूलाई अन्त्यमा अब्राहाम, इसहाक र याकूब र संसारको प्रारम्भदेखि आएका अगमवक्ताहरूसँग बस्न ल्याइनेछ, उनीहरूका वस्त्रहरू बेदाग भएजस्तै तिमीहरूका वस्त्रहरू निष्कलङ्क भएर, अब कहिल्यै ननिस्कने गरी परमेश्वरको अधिराज्यमा।

२६ अनि अब मेरा प्रिय बन्धुहरू, मैले तिमीहरूसामु यी वचनहरू आत्माले मलाई दिएको गवाहीअनुसार बोलेको छु; र तिमीहरूले मैले बोलेका वचन प्रति दिएको अत्यन्त लगनशीलता र ध्यानका कारण मेरो आत्मा अत्यन्त खुशी छ।

२७ अनि अब, परमेश्वरको शान्ति तिमीहरूमाथि र तिमीहरूका घर र भूमिमाथि र तिमीहरूका बथान र झुण्ड र तिमीहरूको स्वामित्वमा भएका सबै, तिमीहरूका स्त्री र तिमीहरूका छोराछोरीहरूमाथि, तिमीहरूको आस्था र असल कार्यहरूअनुसार, यस समयदेखि सदासर्वदा रहोस्। अनि मैले यसरी बोलेको छु। आमिन।