धर्मशास्त्रहरू
अल्मा ५८


अध्याय ५८

हेलामान, गिद र तेओम्नेरले रणनीतिद्वारा मन्टीको सहर लिन्छन्—लमानीहरू पछि हट्छन्—अम्मोनका जनका छोराहरूको संरक्षण गरिन्छ जब उनीहरू आफ्नो स्वतन्त्रता र आस्थाको सुरक्षामा अचल हुन्छन्। लगभग ई.पू. ६३–६२।

अनि हेर, अब यस्तो हुन गयो कि हाम्रो अर्को लक्ष्य मन्टीको सहर प्राप्त गर्नु थियो; तर हेर, त्यहाँ कुनै बाटो थिएन कि हामीले हाम्रो सानो समूहद्वारा उनीहरूलाई सहरबाट बाहिर अगुवाइ गर्न सकिन्थ्यो। किनकि हेर, उनीहरूले सम्झेका छन् कि जुन हामीले पहिले गरेका थियौँ; त्यसकारण हामीले तिनीहरूका किल्लाहरूबाट लोभ्याउन सकेनौँ।

अनि उनीहरू हाम्रो सेना भन्दा यति धेरै बढी अनगिन्ति थिए कि हामीले अघि गएर उनीहरूलाई उनीहरूका किल्लाहरूमा आक्रमण गर्न आँट गरेनौँ।

हो, अनि यो आवश्यक भयो कि हामीले हाम्रा मानिसहरूलाई हामीले हाम्रा अधीनमा फिर्ता लिएका भूमिका ती भागहरूलाई कायम राख्न लगाउनु पर्दछ; त्यसकारण यो आवश्यक भयो कि हामीले पर्खनुपर्छ, कि हामीले जरहेम्लाको भूमिबाट अझ बढी शक्ति र नयाँ बन्दोवस्तीका सामानहरूको आपूर्ति पनि प्राप्त गर्न सकौँ।

अनि यस्तो हुन गयो कि मैले हाम्रो भूमिको राज्यपाल समक्ष उनलाई हाम्रा जनको अवस्थाको बारेमा जानकारी दिन एक दूत पठाएँ। अनि यस्तो हुन गयो कि जरहेम्लाको भूमिबाट बन्दोवस्तीका सामानहरू र शक्ति प्राप्त गर्न हामी पर्ख्यौं।

तर हेर, यसले हामीलाई थोरै मात्र फाइदा भयो; किनकि लामानीहरूले पनि दिनदिनै ठूलो शक्ति र धेरै बन्दोबस्तीका सामानहरू पनि प्राप्त गरिरहेका थिए; र यो समयको अवधिमा हाम्रो परिस्थिति यस्तो थियो।

अनि लमानीहरू समय-समयमा हामीविरुद्ध एक्कासि आक्रमण गरिरहेका थिए, रणनीतिद्वारा हाम्रो विनाश गर्न निश्चित भएर; तैपनि, उनीहरूका आश्रयहरू र उनीहरूका किल्लाहरूका कारण, हामीले उनीहरूसँग लड्न जान सकेनौँ।

अनि यस्तो हुन गयो कि यी कठिन परिस्थितिहरूमा धेरै महिनाहरूको अन्तरालसम्म, खानाको कमीबाट विनाश हुन लागेको समयसम्म समेत, हामीले पर्ख्यौं।

तर यस्तो हुन गयो कि हामीले खाना प्राप्त गऱ्यौ, जुन हाम्रो सहयोगका निम्तिका दुईहजार मानिसहरूद्वारा हामीसम्म रक्षा गरिएको थियो; र यो हामी आफैँलाई र हाम्रो देशलाई शत्रुहरूका हातहरूमा पर्नबाट सुरक्षा गर्न, हो, गन्न नसकिने शत्रुसँग लड्न हामीले प्राप्त गरेको सबै सहयोग थियो।

अनि अब हाम्रा यी कठिनाइहरूको, अथवा उनीहरूले हामीलाई अरु शक्ति किन पठाएनन् त्यसको कारण हामीलाई थाहा छैन; त्यसकारण हामी चिन्तित थियौँ र डरले भरिएका पनि थियौँ; कथंकदाचित् कुनै माध्यमद्वारा हाम्रो पराजय र पूरै विनाशका निम्ति परमेश्वरको न्याय हाम्रो भूमिमाथि आउनेछ।

१० त्यसकारण हामीले आफ्नो आत्मा परमेश्वरको प्रार्थनामा खान्यायौँ, कि उहाँले हामीलाई बलियो बनाउनु हुनेछ र हाम्रा शत्रुहरूका हातहरूबाट मुक्त गर्नुहुनेछ, हो, अनि हामीलाई शक्ति पनि दिनुहुनेछ कि हाम्रा जनको जीविकाको निम्ति हामीले हाम्रा सहरहरू र अनि हाम्रा भूमिहरू र हाम्रा सम्पत्तिहरू राख्न सकूँ।

११ हो, अनि यस्तो हुन गयो कि परमप्रभु हाम्रो परमेश्वरले आश्वासनहरूका साथ हामीलाई भेट्नुभयो कि उहाँले हामीलाई मुक्त गर्नुहुनेछ; हो, यतिसम्म कि उहाँले हाम्रा आत्माहरूमा शान्ति बोल्नुभयो र हामीलाई महान् आस्था दिनुभयो र हामीलाई अह्राउनुभयो कि हाम्रो मुक्तिका निम्ति हामीले उहाँमा आशा गर्नुपर्दछ।

१२ अनि हामीले प्राप्त गरेको हाम्रो सानो सेनाका साथ साहास लियौँ र हाम्रा शत्रुहरूमाथि विजय प्राप्त गर्न र हाम्रा भूमिहरू र हाम्रो सम्पत्ति र हाम्रा पत्नी र हाम्रा छोराछोरी, हाम्रो स्वतन्त्रताको कारणलाई कायम राख्न हामी निर्णयका साथ अटल थियौँ।

१३ अनि यसरी हामी मन्टीमा भएका लमानीहरूविरुद्ध हाम्रो सबै शक्तिका साथ अघि गयौँ; र हामीले हाम्रो पालहरू सहरको नजिक रहेको उजाड स्थानको छेउमा टाङ्यौँ।

१४ अनि यस्तो हुन गयो कि भोलिपल्ट, कि जब लमानीहरूले देखे कि हामीहरू सहरको नजिकको उजाड स्थानका सिमानाहरूमा थियौँ, कि उनीहरूले उनीहरूका जासुसहरूलाई हाम्रो वरिपरि पठाए कि उनीहरूले हाम्रो सेनाको सङ्ख्या र शक्ति पत्तालगाउन सकून्।

१५ अनि यस्तो हुन गयो कि जब उनीहरूले देखे कि हामी हाम्रो सङ्ख्याअनुसार बलिया थिएनौँ र त्योदेखि डराउँदै कि यदि उनीहरू हामीविरुद्ध लड्न नआए र हामीलाई नमारे हामीले उनीहरूको सहयोगको बाटो बन्द गरिदिनेछौँ र यस्तो अनुमान गर्दै कि उनीहरूले हामीलाई उनीहरूका अनगिन्ती सैन्यहरूका साथ सजिलै विनाश गर्न सक्नेछन्, त्यसकारण उनीहरूले हाम्राविरुद्ध लड्न आउने तयारीहरू गर्न थाले।

१६ अनि जब हामीले देख्यौँ कि उनीहरूले हामीविरुद्ध लड्न आउने तयारी गरिरहेका थिए, हेर, मैले अह्राएँ कि, गिद, मानिसहरूको एक सानो सङ्ख्याका साथ उजाड स्थानमा आफैँ लुक्नु पर्दछ र यो पनि कि तेओम्नेर र मानिसहरूको एक सानो सङ्ख्या पनि आफैँ उजाड स्थानमा लुक्नु पर्दछ।

१७ अब गिद र उनका मानिसहरू दाहिनेमा र अरुहरू देब्रेमा थिए; अनि जब उनीहरूले आफैँलाई लुकाइसकेका थिए, हेर, म, मेरा बाँकी सेनाका साथ, लमानीहरू लड्न आउने समयको तयारीमा हामीले पहिले पाल टाँगेको सोही ठाउँमा रहेँ।

१८ अनि यस्तो हुन गयो कि लमानीहरू उनीहरूका अनगिन्ती सेनाका साथ हाम्रा विरुद्ध आए। अनि जब उनीहरू आएका थिए र हामीमाथि तरबारका साथ आइलाग्न लागेका थिए, मैले अह्राएँ कि मसँग भएका ती मेरा मानिसहरू उजाड स्थानतिर पछि हट्नु पर्दछ।

१९ अनि यस्तो हुन गयो कि लमानीहरूले द्रूतगतिका साथ हामीलाई पछ्याए, किनकि उनीहरू हामीलाई उछिन्न अत्यन्तै इच्छुक थिए कि उनीहरूले हाम्रो बध गर्न सकून्; त्यसकारण उनीहरूले हामीलाई उजाड स्थानतर्फ पछ्याए; अनि हामी गिद र तेओम्नेरकोमाझबाट गयौँ, यतिसम्म कि उनीहरू लमानीहरूद्वारा फेला परिएनन्।

२० अनि यस्तो हुन गयो कि जब लमानीहरू गएका थिए, अथवा जब सेनाहरू गएका थिए, गिद र तेओम्नेर उनीहरू लुकेका स्थानहरूबाट उठे र लमानीहरूका जासुसहरूलाई काटे कि उनीहरू सहर फर्कन नसकून्।

२१ अनि यस्तो हुन गयो कि जब उनीहरूले उनीहरूलाई काटेका थिए, उनीहरू सहरतिर दौडे र सहरको सुरक्षा गर्न छाडिएका रक्षकहरूमाथि जाइलागे, यतिसम्म कि उनीहरूले तिनीहरूको विनाश गरे र सहरलाई अधीनमा लिए।

२२ अब यो गरिएको थियो किनभने लमानीहरूले केही रक्षकहरू मात्र बाहेक उनीहरूको पूरै सेनालाई उजाड स्थानतिर अगुवाइ गर्न दिएका थिए।

२३ अनि यस्तो हुन गयो कि गिद र तेओम्नेरले यस किसिमले उनीहरूका किल्लाहरूलाई स्वामित्वमा लिएका थिए। अनि यस्तो हुन गयो कि, उजाड स्थानमा धेरै यात्रा गरेपछि, हामीले हाम्रो बाटो जरहेम्लातिर लियौँ।

२४ अनि जब लमानीहरूले देखे कि उनीहरू जरहेम्लातिर अगाडि बढिरहेका थिए, उनीहरू अत्यन्तै डराए, कथंकदाचित उनीहरूको विनाशको लागि डोऱ्याउने त्यहाँ एक योजना थियो; त्यसकारण उनीहरू आफू आएको त्यही बाटो हुँदै, हो, फेरि उजाड स्थानतिर पछि हट्न थाले।

२५ अनि हेर, यो राति थियो र उनीहरूले उनीहरूका पालहरू टाँगे, किनकि लमानीहरूका मुख्य कप्तानहरूले ठानेका थिए कि नफीहरू उनीहरूको दौडका कारण थाकेका थिए; र यो ठान्दै कि उनीहरूले तिनीहरूको पूरै सेनालाई लखेटेका थिए त्यसकारण उनीहरूले मन्टी सहरको केही सोचाइ लिएनन्।

२६ अनि यस्तो हुन गयो कि यो रात थियो, मैले अह्राएँ कि मेरा मानिसहरू सुत्न हुँदैन, तर कि उनीहरू अर्को बाटो हुँदै मन्टीको भूमितिर अघि बढ्नुपर्छ।

२७ अनि रातको समयको हाम्रो दौडका कारण, भोलिपल्ट हामी लमानीहरू भन्दा पर थियौँ, यतिसम्म कि हामी मन्टीको सहरमा उनीहरूभन्दा अगाडि पुग्यौँ।

२८ अनि यसरी यस्तो हुन गयो कि, यो रणनीतिद्वारा हामीले रगत नबगाई मन्टीको सहरलाई अधीनमा लियौँ।

२९ अनि यस्तो हुन गयो कि जब लमानीहरूका सेनाहरू सहरनजिक आइपुगे र देखे कि हामी उनीहरूलाई भेट्न तयार थियौँ, उनीहरू अत्यन्त चकित भए र ठूलो डरले आत्तिए, यतिसम्म कि उनीहरू उजाड स्थानतिर भागे।

३० हो, अनि यस्तो हुन गयो कि लमानीहरूका सेनाहरू भूमिको यो सबै भागबाट भागे। तर हेर, उनीहरूले आफ्ना साथ धेरै आइमाईहरू र बालबालिकाहरू लगे।

३१ अनि लमानीहरूद्वारा लिइएका त्यी सबै सहरहरू, ती सबै सहरहरू यो समयमा हाम्रा अधीनमा छन्; र लमानीहरूले कैदी बनाएर लगेका ती सबै बाहेक हाम्रा पितापुर्खाहरु र हाम्रा आइमाईहरू र हाम्रा बालबालिकाहरू आफ्ना घरहरूमा फर्किरहेका छन्।

३२ तर हेर, त्यति ठूलो सङ्ख्याका सहरहरू र त्यति धेरै भूभागहरू कायम राख्न हाम्रा सेनाहरू साना छन्।

३३ तर हेर, हामी हाम्रा परमेश्वरमा भरोसा गर्छौं जसले हामीलाई ती भूमिहरूमाथि विजय दिनुभएको छ, यतिसम्म कि हामीले ती सहरहरू र ती भूमिहरू प्राप्त गरेका छौँ, जुन हाम्रा आफ्नै थिए।

३४ अब हामीलाई कारण थाहा छैन कि सरकारले हामीलाई अरु बल दिँदैन, न त ती मानिसहरू जो हामीसम्म आए उनीहरूलाई नै थाहा छ हामीले किन अरु ठूलो शक्ति प्राप्त गरेका छैनौँ।

३५ हेर, हामीलाई थाहा छैन तर कि तिमीहरू असफल छौ र तिमीहरूले फौजहरूलाई भूमिका ती भागमा लगेका छौ; यदि त्यसो भए, हामी गनगनाउने चाहना गर्दैनौँ।

३६ अनि त्यसो नभए, हेर, हामीलाई डर छ कि सरकारमा केही मतभेद छ, कि उनीहरूले हाम्रो साहयताको निम्ति अरु मानिसहरू पठाउँदैनन्; किनकि हामीलाई थाहा छ कि उनीहरू हामीलाई पठाएको भन्दा बढी सङ्ख्यामा छन्।

३७ तर, हेर, यसको मतलब छैन—हाम्रो सेनाहरूको कमजोरी हुँदाहुँदै पनि, हामी भरोसा गर्छौँ परमेश्वरले हामीलाई मुक्त गर्नुहुनेछ, हो र हामीलाई हाम्रा शत्रुहरूका हातहरूबाट मुक्त गर्नुहुनेछ।

३८ हेर यो उनन्तीसौं वर्ष हो, उत्तरार्धको अन्त्यमा र हाम्रा भूमिहरू हाम्रो अधीनमा छन्; र लमानीहरू नफीको भूमितिर भागेका छन्।

३९ अनि अम्मोनका जनका ती छोराहरू, जसका बारेमा मैले धेरै प्रशंसाका साथ बोलेको छु, मन्टीको सहरमा उनीहरू मसँग छन्; अनि परमप्रभुले उनीहरूलाई सहयोग गर्नु भएको छ, हो तरबारद्वारा ढल्नबाट जोगाउनु भएको छ, यतिसम्म कि एउटा आत्माको पनि बध गरिएको छैन।

४० तर हेर, उनीहरूलाई धेरै चोटहरू लागेका छन्; तैपनि उनीहरू परमेश्वरले उनीहरूलाई स्वतन्त्र बनाउन दिनुभएको स्वतन्त्रतामा अटल छन्; र उनीहरू परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झन लगनशील छन्, हो, उनीहरू उहाँका कानुनहरू र उहाँका न्यायहरू र उहाँका आज्ञाहरू पालना गर्न निरन्तर ख्याल राख्दछन् र आगामी कुराहरूका बारेका भविष्यवाणीहरूमा उनीहरूको आस्था बलियो छ।

४१ अनि अब, मेरा प्यारा बन्धु, मोरोनी, हामीलाई मुक्त गर्ने र स्वतन्त्र बनाउने परमप्रभु हाम्रा परमेश्वरले तिमीहरूलाई निरन्तर उहाँको उपस्थितिमा राखून्; हो र उहाँले यी जनलाई सहयोग गरून्, यतिसमेत कि तिमीहरूलाई लमानीहरूले हामीबाट लगेको सबै अधीनमा प्राप्त गर्न सफलता मिलोस्, जुन हाम्रो जीविकाको निम्ति थियो। अनि अब, हेर, म मेरो पत्र बन्द गर्दछु। म अल्माको छोरा हेलामान हुँ।