धर्मशास्त्रहरू
अल्मा २५


अध्याय २५

लमानीहरूको आक्रमण फैलिन्छ—अबिनादीले गरेको अगमवाणीअनुसार नोआका पादरीहरूका सन्तानको नाश हुन्छ—धेरै लमानीहरू परिवर्तित हुन्छन् र अन्टी-नफी-लहीका जनमाझ सम्मिलित हुन्छन्—उनीहरूले ख्रीष्टमा विश्वास गर्छन् र मोशाको व्यवस्थाको पालना गर्छन्। लगभग ई.पू. ९०–७७।

अनि हेर, अब यस्तो हुन गयो कि त्यीती लमानीहरू अझ बढी रिसाए किनभने उनीहरूले आफ्ना बन्धुहरूको बध गरेका थिए; त्यसकारण उनीहरूले नफीहरूमाथिको बदलाको कसम खाए; र उनीहरूले त्यस समयमा अन्टी-नफी-लहीका जनको बध गर्ने अरु प्रयास गरेनन्।

तर उनीहरूले आफ्ना सेनाहरूलाई लिए र जरहेम्लाको भूमिको सिमानातिर गए र अम्मोनीहाहको भूमिमा भएका जनमाथि जाइलागे र उनीहरूको विनाश गरे।

अनि त्यसपछि, उनीहरूले नफीसँग धेरै लडाइँ लडे, जसमा उनीहरूलाई धपाइयो र बध गरियो।

अनि बध गरिएका लमानीहरूमाझ सबै जसो अमुलोन र उनका बन्धुहरूका सन्तति थिए, जो नोआका पादरीहरू थिए र नफीहरूका हातहरूद्वारा उनीहरूको बध गरिएको थियो;

अनि बाँकी, पूर्वी उजाड स्थानतिर भागेपछि र लमानीहरूमाथि शक्ति र अधिकार हत्याएपछि, अह्राए कि लमानीहरूका धेरैलाई उनीहरूको विश्वासका कारण आगोद्वारा नाश गरिनु पर्छ—

किनकि उनीहरूमध्ये धेरैलाई, धेरै क्षति र त्यति धेरै कष्टहरू सहेपछि, हारुन र उनका बन्धुहरूले उनीहरूको भूमिमा उनीहरूसामु प्रचार गरेका वचनहरूको सम्झनामा उक्साउन थाले, त्यसकारण उनीहरूले उनीहरूका पितापुर्खाहरुका परम्पराहरूलाई अविश्वास गर्न र परमप्रभुमा विश्वास गर्न थाले र उहाँले नफीहरूलाई महान् शक्ति दिनुभयो; र त्यसरी उजाड स्थानमा परिवर्तित हुने उनीहरूमध्ये धेरै थिए।

अनि यस्तो हुन गयो कि ती शासकहरू जो अमुलोनका छोराछोरीहरूका अवशेष थिए उनीहरूले अह्राए कि उनीहरूलाई मारिनु पर्छ, हो, त्यी सबै जसले यी कुराहरूमा विश्वास गर्छन्।

अनि यो साहदतले लगायो कि उनीहरूका बन्धुहरूमध्ये धेरैलाई रिसमा उक्सायो; र उजाड स्थानमा कलह हुन थाल्यो; र लमानीहरूले अमुलोन र उनका बन्धुहरूका सन्ततिको खोजी गर्न थाले र उनीहरूको बध गर्न थाले; र उनीहरू पूर्व उजाड स्थानतिर भागे।

अनि हेर उनीहरूलाई यस दिनमा लमानीहरूद्वारा खोजी गरिएका छन्। यसरी अबिनादीका वचनहरू पूरा गरिएका छन्, जुन उनले आफूलाई आगोद्वारा मार्नुपर्छ भनेर अह्राउने पादरीहरूका सन्तानका बारेमा भने।

१० किनकि उनले तिनीहरूसामु भने: तिमीहरूले मलाई जे गर्नेछौ त्यो आउने एक प्रकारका कुराहरू हुनेछन्।

११ अनि अब अबिनादी आफ्नो परमेश्वरमाथिको विश्वासका कारण आगोबाट मृत्यु सहने पहिला थिए; अब यो हो उनको अर्थ, कि धेरैले, उनले सहेअनुसार, आगोबाट मृत्यु सहनुपर्छ।

१२ अनि उनले नोआका पादरीहरूसामु भने कि उनीहरूका सन्ततिले धेरैलाई मार्न लगाउनेछन्, त्यही प्रकारले जसरी उनलाई गरिएको थियो र उनीहरूलाई सर्वत्र तितर-वितर पारिनेछ र मारिने छ, जसरी एक गोठालो नभएको भेडालाई धपाइन्छ र जङ्गली जनावरहरूद्वारा मारिन्छ त्यसरी समेत; अनि अब हेर, यी वचनहरूको पुष्टि भयो, किनकि उनीहरूलाई लमानीहरूले धपाए र उनीहरू लखेटिए र उनीहरूलाई प्रहार गरियो।

१३ अनि यस्तो हुन गयो कि जब लमानीहरूले देखे कि उनीहरूले नफीहरूलाई जित्न सक्दैनन् उनीहरू फेरि आफ्नो भूमि फर्के; र उनीहरूमध्ये धेरै इश्माएलको भूमिमा र नफीको भूमिमा बस्न आए, आफैँ परमेश्वरका जनसँग सम्मिलित भए, जो अन्टी-नफी-लहीका जन थिए।

१४ अनि उनीहरूले आफ्ना युद्धका हतियारहरू पनि गाडे, उनीहरूका बन्धुहरूले गरेअनुसार र उनीहरू धर्मी जन हुन थाले; र उनीहरू परमप्रभुका मार्गहरूमा हिँडे र उहाँका आज्ञाहरू र उहाँका कानुनहरू पालना गर्न ध्यान दिए।

१५ हो, अनि उनीहरूले मोशाको व्यवस्था पालना गरे; किनकि यो उचित थियो कि उनीहरूले मोशाका व्यवस्था अझै पालना गर्नुपर्दछ, किनकि यो सबै पूरा भएका थिएन। तर मोशाको व्यवस्था हुँदाहुँदै पनि, उनीहरूले ख्रीष्टको आगमनको प्रतीक्षा गरे, ठान्दै कि मोशाको व्यवस्था उहाँको आगमनको एक प्रकार थियो र यो विश्वास गर्दै कि उनीहरूले ती बाहिरी अनुष्ठानहरू उनीहरूसामु उहाँ प्रकट हुने समयसम्म पालना गर्नु पर्दछ।

१६ अब उनीहरूले ठानेनन् कि मुक्ति मोशाको व्यवस्थाद्वारा आउँदछ; तर मोशाको व्यवस्थाले उनीहरूको ख्रीष्टमाथिको आस्थालाई बलियो बनाउन सहयोग गर्छ; र यसरी उनीहरूले विश्वासमार्फत् आशा राख्नुपर्छ, उनीहरूको अनन्त मुक्तिका लागि, अगमवाणीको आत्मामाथि भरोसा गर्दै, जुनले आगामी कुराहरूको बारेमा बोल्छ।

१७ अनि अब हेर, अम्मोन र हारुन र ओम्नेर र हिम्नी र उनीहरूका बन्धुहरू अत्यन्त हर्षित भए, लमानीहरूमाझ उनीहरूले पाएको सफलताका कारण, यो देखेर कि परमप्रभुले उनीहरूका प्रार्थनाअनुसार उनीहरूलाई दिनुभएको थियो र उहाँले आफ्ना वचनहरू हरेक विषयामा पुष्टि पनि गर्नुभएको थियो।