धर्मशास्त्रहरू
अल्मा ३४


अध्याय ३४

अमुलेक्ले गवाही दिन्छन् कि मुक्तिका निम्ति वचन ख्रीष्टमा छ—प्रयाश्चित नभए, सबै मानवजातिको नाश हुनुपर्दछ—मोशाको पूरै व्यवस्थाले परमेश्वरका पुत्रको बलिदानतिर देखाउँछ—उद्धारको अनन्त योजना आस्था र पश्चात्तापमा आधारित छ—लौकिक र आत्मिक आशीषहरूका निम्ति प्रार्थना गर्नु—यो जीवन मानिसहरूका निम्ति परमेश्वरलाई भेट्न तयार गर्ने समय हो—परमेश्वरअगाडिको डरमार्फत् तिम्रो मुक्ति पूरा गर्नु। लगभग ई.पू. ७४।

अनि अब यस्तो हुन गयो कि अल्माले उनीहरूसामु यी वचनहरू बोलेपछि उनी जमिनमा बसे र अमुलेक उठे र उनीहरूलाई सिकाउन थाले, यसो भन्दै:

मेरा बन्धुहरू, म सोच्दछु कि यो असम्भव छ कि तिमीहरू ख्रीष्टको आगमनका बारेमा बोलिएका कुराहरूमा तिमीहरू अज्ञान छौ, जसलाई हामीद्वारा परमेश्वरको पुत्र हुनुहुन्छ भनी सिकाइएको छ; हो, मलाई थाहा छ कि यी कुराहरू तिमीहरू हामीबाट छुट्टिनु पहिले तिमीहरुलाई प्रचूरमात्रामा सिकाइएको थियो।

अनि जसरी तिमीहरूले मेरा प्रिय बन्धुबाट चाहेका छौ कि उनले तिमीहरूसामु अवगत गराऊन् तिमीहरूले आफ्ना कष्टहरूका कारण के गर्नुपर्छ; र तिमीहरूका मनमस्तिष्कहरू तयार गर्न तिमीहरूसामु उनले केही बोलेका छन्; हो र उनले तिमीहरूलाई आस्था र धीरतातिर प्रोत्साहित गरेका छन्—

हो, कि तिमीहरूका हृदयमा वचन रोप्ने जति मात्रै आस्था छ भने पनि कि तिमीहरूले यसको असलपनाको परीक्षण गर्न सक।

अनि हामीले हेरेका छौँ कि तिमीहरूका मनमस्तिष्कमा भएको त्यो महान् प्रश्न के परमेश्वरको पुत्रमा वचन छ, अथवा के ख्रीष्ट हुनुहुन्न भन्ने हो।

अनि तिमीहरूले यो पनि हेऱ्यौ कि मेरा बन्धुले तिमीहरूसामु प्रमाणित गरेका छन्, धेरै उदाहरणहरूमा, कि ख्रीष्टमा मुक्तिका निम्ति वचन छ।

मेरा बन्धुले येनोशका वचनहरू र जेनोकका वचनहरू पनि उद्धृत गरेका छन्, कि उद्धार परमेश्वरका पुत्र मार्फत् आउँछ; र उनले यी वचनहरू सत्य हुन् भनि सावित गर्न मोशालाई उल्लेख गरेका छन्।

अनि अब, हेर, म तिमीहरूसामु म आफैँ गवाही दिनेछु कि यी कुराहरू सत्य छन्। हेर, म तिमीहरूसामु भन्दछु, कि मलाई थाहा छ कि ख्रीष्ट उहाँका जनका उल्लङ्घनहरू आफूमाथि लिन, मानिसका छोराछोरीहरूमाझ आउनुहुनेछ र उहाँले संसारका पापहरूको प्रायश्चित्त गर्नुहुनेछ; किनकि परमपप्रभु परमेश्वरले बोल्नुभएकोछ।

किनकि यो आवश्यक छ कि प्रायश्चित्त गरिनुपर्छ; किनकि अनन्त परमेश्वरको महान् योजनाअनुसार प्रायश्चित्त गरिनुपर्छ, अन्यथा सबै मानवमात्रको अवश्य नाश हुनुपर्दछ; हो, सबै कठोर छन्, हो, सबै पतित छन् र हराइएका छन् र त्यो प्रायश्चित्तमार्फत् नभए नाश हुनुपर्छ जुन अवश्य गरिनुपर्छ।

१० किनकि यो आवश्यक छ कि त्यहाँ महान् र अन्तिम वलिदान हुनुपर्छ; हो, मानिसको बलिदान होइन, न पशुको, न त चराको; किनकि यो मानिसले चढाएको बलि हुनेछैन, तर यो अनन्त र अन्त्यहीन बलिदान हुनुपर्छ।

११ अब त्यहाँ कुनै मानिस छैन जसले आफ्नो रगतको बलिदानले अर्काका पापहरूको प्रायश्चित्त गर्नेछ। अब, यदि एक मानिसले हत्या गर्दछ भने, हेर के हाम्रा न्यायिक कानुनले उसको दाजुभाइको जीवन लिनेछ? म तिमीहरूसामु भन्दछु, लिनेछैन।

१२ तर कानुनलाई हत्या गर्नेको जीवनको आवश्यकता छ; त्यसकारण त्यहाँ एक अनन्त प्रायश्चित्तभन्दा कम केही हुन सक्दैन जुन संसारका पापहरूको निम्ति पर्याप्त हुनेछ।

१३ त्यसकारण, यो आवश्यक छ कि त्यहाँ महान् र अन्तिम बलिदान हुनुपर्दछ र अनि त्यो हुनेछ, अथवा यो आवश्यक छ कि रगत बगाउन रोकिनुपर्छ; तब मोशाको व्यवस्था पूरा हुनेछ; हो यो सबै नै पूरा हुनेछ, प्रत्येक मात्रा र बिन्दु र केही हराउने छैन।

१४ अनि हेर, यो व्यवस्थाको पूरा अर्थ हो, प्रत्येक कणले त्यो महान् र अन्तिम बलिदानतिर देखाउँछ; र त्यो महान् र अन्तिम, हो, अनन्त र अन्त्यहीन बलिदान, परमेश्वरका पुत्र हुनुहुनेछ।

१५ अनि यसरी उहाँले आफ्ना नाउँमा विश्वास गर्नेहरू सबैलाई मुक्ति ल्याउनुहुन्छ; यो नै उहाँको अन्तिम बलिदानको लक्ष्य भएकाले, कृपाको हृदय ल्याउन, जसले न्यायमाथि विजय गर्छ र मानिसहरूसामु माध्यमहरू ल्याउँछ कि उनीहरूसँग पश्चात्तापमा आस्था हुन सकोस्।

१६ अनि यसरी कृपाले न्यायको मागलाई सन्तुष्ट गर्न सक्छ र उनीहरूलाई सुरक्षाका बाहुमा घेर्दछ, जबकि पश्चात्तापमा आस्थाको अभ्यास नगर्नेले पूरै व्यवस्थाको न्यायको मागमा आफूलाई रक्षारहित गर्छ; त्यसकारण पश्चात्तापमा आस्था भएकाका निम्ति मात्र त्यो महान् र अनन्त उद्धारको योजना ल्याइएको हो।

१७ त्यसकारण, परमेश्वरले तिमीहरूलाई दिनुहोओस्, मेरा बन्धुहरू, कि तिमीहरूले पश्चात्तापमा आफ्नो आस्थाको अभ्यास थाल्न सक, कि तिमीहरूले उहाँको पवित्र नाउँ पुकार्न थाल्दछौ, कि उहाँलाई तिमीहरूमाथि कृपा हुनेछ।

१८ हो, उहाँमा कृपाको निम्ति पुकार, किनकि उहाँ बचाउन शक्तिशाली हुनुहुन्छ।

१९ हो, आफैँ विनम्र होऊ र उहाँसामु प्रार्थनामा निरन्तर लाग।

२० जब तिमीहरू आफ्ना खेतहरूमा हुन्छौ, तिमीहरूका बथान सबैका निम्ति उहाँसामु पुकार।

२१ आफ्ना सबै गृहस्थको निम्ति, बिहान, मध्य दिन र बेलुका पनि, उहाँसामु पुकार।

२२ हो, उहाँसामु तिमीहरूका शत्रुहरूको शक्तिविरुद्ध पुकार।

२३ हो, सैतानकाविरुद्ध उहाँसामु पुकार जो सबै धार्मिकताको शत्रु हो।

२४ उहाँसामु तिमीहरूका खेतहरूका बालीहरूका निम्ति पुकार, कि तिमीहरूको तिनीहरूमा प्रगति होओस्।

२५ तिमीहरूका खेतका बथानका निम्ति पुकार, कि ती बढ्न सकून्।

२६ तर त्यति मात्र होइन, तिमीहरूले तिमीहरूका गोप्य कक्षहरूमा, तिमीहरूका गोप्य स्थानहरूमा र तिमीहरूका उजाड स्थानहरूमा आफ्ना जीवात्माहरू खन्याउन पर्छ।

२७ हो, अनि जब तिमीहरू परमप्रभुसामु पुकार्दैनौ, तिमीहरूका कल्याणका निम्ति र तिमीहरूका वरिपरि भएका तिनीहरूका कल्याणका निम्ति पनि निरन्तर रुपमा प्रार्थनामा उहाँसामु नजिकिँदै, तिमीहरूका हृदयलाई भरिन देओ।

२८ अनि अब हेर, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु भन्दछु, नठान कि यो नै सबै हो; किनकि तिमीहरूले यी सबै कुराहरू गरेपछि, यदि तिमीहरूले आवश्यकतामा परेकाहरूलाई र नाङ्गाहरूलाई फर्कायौ र विरामी र कष्टमा परेकाहरूलाई भेटेनौ र यदि तिमीहरूसँग भएमा, आफ्नो सम्पत्ति, आवश्यकतामा परेकाहरूलाई दिएनौ भने—म तिमीहरूसामु भन्छु, यदि तिमीहरूले यी कुराहरूमध्ये केही गरेनौ भने हेर, तिमीहरूका प्रार्थना व्यर्थ हुनेछन्, तिमीहरूलाई केही पनि उपलब्धी हुनेछैन र तिमीहरू आस्थालाई अस्वीकार गर्ने जस्तै ढोँगी हौ।

२९ त्यसकारण, यदि तिमीहरूले प्रेमले भरिन सम्झिएनौ भने, तिमीहरू किट जस्तै हौ, जुन शुद्ध पार्नेले फ्याँक्छ, (यसको कुनै अर्थ नभएकाले) र मानिसहरूका पैतालाहरू मुनि कुल्चिन्छ।

३० अनि अब, मेरा बन्धुहरू, म चाहान्छु कि, तिमीहरूले यति धेरै गवाहीहरू प्राप्त गरेपछि, यो पवित्र धर्मशास्त्रहरूले यी कुराहरूको गवाही दिएको देखेर, तिमीहरू अघि आउनू र पश्चात्तापसामु फल ल्याउनू।

३१ हो, म चाहान्छु कि तिमीहरू अघि आऊनु पर्छ र आफ्ना हृदयलाई अब अरु कठोर बनाउनु हुँदैन; किनकि हेर, अहिले तिमीहरूको मुक्तिको समय र दिन हो; अनि त्यसकारण, यदि तिमीहरूले पश्चात्ताप गर्नेछौ र तिमीहरूका हृदयहरूलाई कठोर बनाउने छैनौ भने, उद्धारको महान् योजना तिमीहरूसामु तुरन्त ल्याइने छ।

३२ किनकि हेर, यो जीवन मानिसहरूका निम्ति परमेश्वरलाई भेट्न तयार गर्ने समय हो; हो, हेर यो जीवनको दिन मानिसहरूका निम्ति उनीहरूले परिश्रम गर्ने दिन हो।

३३ अनि अब, जसरी मैले तिमीहरूसामु यस अघि भनेँ, जबकि तिमीहरूसँग यति धेरै गवाहीहरू भैसकेका छन्, त्यसकारण, म तिमीहरूसँग बिन्ती गर्छु कि तिमीहरूले आफ्नो पश्चात्तापका दिनलाई अन्त्यसम्म अरुपछि नसार; किनकि यो जीवनका दिनपछि, जुन अन्नतका लागि तयार गर्न दिइएको हो,हेर, यदि हामीले यो जीवनमा हुँदा हाम्रा समयलाई सुधारेनौँ भने, तब रातको अन्धकार आउनेछ जहाँ कुनै परिश्रम गर्न सकिँदैन।

३४ तिमीहरू भन्न सक्दैनौ, जब तिमीहरूलाई त्यो भयावह सङ्कटमा ल्याइन्छ, कि म पश्चात्ताप गर्नेछु, कि म मेरो परमेश्वरसामु फर्कनेछु। सक्दैनौ, तिमीहरूले यो भन्न सक्दैनौ; किनकि जुन आत्माले तिमीहरू यो जीवनबाट जाने समयमा तिमीहरूको शरीरलाई स्वामित्वमा लिएको छ, सोही आत्माले नै त्यो अनन्त संसारमा तिमीहरूको शरीरलाई स्वामित्वमा लिने शक्ति प्राप्तगर्नेछ।

३५ किनकि हेर, यदि तिमीहरूले तिमीहरूको पश्चात्तापको दिनलाई मृत्युसम्म समेत लम्ब्याएका छौ भने, हेर, तिमीहरू सैतानको आत्माको अधीनमा छौ र उसले तिमीहरूलाई आफूमा बाँध्छ; त्यसकारण, परमप्रभुको आत्मा तिमीहरूबाट हटेका छन र तिमीहरूमा कुनै स्थान छैन् र सैतानको तिमीहरूमाथि सबै शक्ति छ; यो नै दुष्टहरूको अन्तिम अवस्था हुनेछ।

३६ अनि मलाई यो थाहा छ, किनभने परमप्रभुले भन्नुभएको छ उहाँ अपवित्र मन्दीरहरूमा बस्नुहुन्न, तर धर्मीहरूका हृदयहरूमा उहाँ बस्नुहुन्छ; हो र उहाँले यो पनि भन्नुभएको छ कि धर्मीहरू उहाँको अधिराज्यमा बस्नेछन्, अरु अब बाहिर नजान; तर उनीहरूका वस्त्रहरू थुमाको रगतमार्फत् सेता बनाइनेछन्।

३७ अनि अब, मेरा प्रिय बन्धुहरू, म चाहान्छु कि तिमीहरूले यी कुराहरू सम्झनुपर्छ र परमेश्वरअगाडि डरमार्फत् तिमीहरूले तिमीहरूको मुक्ति प्राप्त गर्नुपर्छ, कि तिमीहरूले ख्रीष्टको आगमनको अब अरु अस्वीकार गर्नुहुन्न।

३८ कि तिमीहरूले पवित्र आत्माविरुद्ध अरु नलड, तर कि उनलाई प्राप्त गर र ख्रीष्टको नाउँलाई आफूमाथि लिय; कि तिमीहरूले आफूलाई धूलोसम्म समेत विनम्र बनाऊ र परमेश्वरको आराधना गर, तिमीहरू जुनसुकै स्थानमा भए पनि, आत्मा र सत्यतामा; र दैनिक कृतज्ञतामा जिउनू, धेरै कृपाहरू र आशीषहरूका निम्ति जुन उहाँले तिमीहरूमाथि दिनुभएको छ।

३९ हो, अनि म तिमीहरूलाई प्रोत्साहित गर्छु, मेरा बन्धुहरू, कि तिमीहरू निरन्तर प्रार्थनामा ध्यान दिनू, कि तिमीहरूलाई सैतानको प्रलोभनहरूद्वारा अगुवाइ गरेर नलगियोस्, कि उसले तिमीहरूलाई विजय नगरोस्, कि अन्तिम दिनमा तिमीहरू उसको अधीनका नहोऊ; किनकि हेर, उसले तिमीहरूलाई कुनै असल पुरस्कार दिँदैन।

४० अनि अब मेरा प्रिय बन्धुहरू, म तिमीहरूलाई धैर्य हुन प्रोत्साहित गर्छु र तिमीहरूले सबै प्रकारका कष्टहरूको सामना गर्छौ; कि तिमीहरूलाई तिमीहरूको अत्यन्त गरिबीका कारण निकाला गर्नेहरूका विरुद्ध तिमीहरूले निन्दा गर्दैनौ, कथंकदाचित् तिमीहरू पनि उनीहरूजस्तै पापी बनौला।

४१ तर कि तिमीहरूसँग धीरता छ र ती कष्टहरू सामना गर्छौ, स्थीर आशाका साथ कि तिमीहरूले एक दिन तिमीहरूका सबै कष्टहरूबाट आराम पाउनेछौ।