धर्मशास्त्रहरू
अल्मा ३६


अल्माले उनका छोरा हेलामानलाई दिएका आज्ञाहरू।

अध्याय ३६ र ३७

अध्याय ३६

अल्माले स्वर्गदूत देखेपछिको आफ्नो परिवर्तनका बारेमा हेलामानलाई गवाही दिन्छन्—उनले एक दोषी आत्माका वेदनाहरू सहन्छन्; उनले येशूको नाउँ पुकारे र तब परमेश्वरबाट जन्माइए—मिठो आनन्द उनको आत्मामा भरियो—उनले असङ्ख्य स्वर्गदूतले परमेश्वरको प्रशंसा गरेको देखे—परिवर्तन भएकाहरूमध्ये धेरैले उनले चाखेको र देखेको जस्तै चाखेका र देखेका छन्। लगभग ई.पू. ७४।

मेरो छोरा, मेरा वचनहरूलाई कान थाप; किनकि तिमीसामु म कसम खान्छु, कि जहाँसम्म तिमी परमेश्वरका आज्ञाहरू पालना गर्छौ तिम्रो यो भूमिमा उन्नति हुनेछ।

म चाहान्छु कि हाम्रा पितापुर्खाहरुको बन्धनलाई सम्झनमा, तिमीले मैले गरेजस्तै गर्नु; किनकि उनीहरू दासत्वमा थिए र अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर र याकूबका परमेश्वरबाहेक अरु कसैले उनीहरूलाई मुक्त गर्न सक्दैनथ्यो; र उहाँले निश्चय नै उनीहरूलाई तिनीहरूका कष्टहरूबाट मुक्त गर्नुभयो।

अनि अब, हे मेरा छोरा हेलामान, हेर तिमी तिम्रो युवा अवस्थामा छौ र त्यसकारण, म बिन्ती गर्छु कि तिमीले मेरा वचनहरूलाई सुन्नेछौ र मबाट सिक्नेछौ; किनकि मलाई थाहा छ कि जसले आफ्ना भरोसा परमेश्वरमा राख्दछ उसलाई उनीहरूका परीक्षामा र उनीहरूका समस्यामा र उनीहरूका कष्टमा सहयोग गरिनेछ र अन्तिम दिनमा उत्थान गरिनेछ।

अनि म चाहान्नँ कि तिमीहरूले ठानौला कि म आफैँले थाहा पाएको छु—लौकिक होइन तर आत्मिकको, पापमय मस्तिष्कको होइन तर परमेश्वरको।

अब, हेर, म तिमीहरूसामु भन्छु, यदि म परमेश्वरबाट नजन्माइएको भए मैले यी कुराहरू थाहा पाउने थिइनँ; तर परमेश्वरले दिनुभएको छ, उहाँका पवित्र स्वर्गदूतको मुखबाट, यी कुराहरू मलाई अवगत गराइएको थियो, आफ्नो कुनै योग्यताले होइन।

किनकि हेर, म मोसीयाहका छोराहरूसँग वरिपरि गए, परमेश्वरको चर्चको विनाश गर्न खोज्दै; तर हेर, बाटामा हामीलाई रोक्न परमेश्वरले आफ्ना पवित्र स्वर्गदूत पठाउनुभयो।

अनि हेर, उनले हामीहरूसामु बोले, चट्याङ्को आवाजजस्तै थियो र हाम्रा पैतालामुनि सारा पृथ्वी काँप्यो, अनि हामी सबै जमिनमा ढल्यौँ, किनकि परमप्रभुको भय हामीमा आयो।

तर हेर, त्यो आवाजले मसामु भन्यो: उठ। अनि म उठेँ र खडा भएँ र स्वर्गदूतलाई हेरेँ।

अनि उनले मसामु भने: यदि तिमीले आफ्नै विनाश चाहे पनि, परमेश्वरको चर्चलाई अरू विनाश गर्न नखोज्नू।

१० अनि यस्तो हुन गयो कि म जमिनमा ढलेँ; र यो तीन दिन र तीन रातको अन्तरालसम्म थियो कि मैले मेरो मुख खोल्न सकिनँ, न त मेरा हातखुट्टाहरूको कुनै उपयोग नै थियो।

११ अनि स्वर्गदूतले मसामु अरु कुराहरू बोले, जुन मेरा बन्धुहरूद्वारा सुनिएका थिए, तर मैले ती सुनिनँ, किनकि जब मैले वचनहरू सुनेँ—तिमीले आफ्नो विनाश गर्न खोजे पनि, परमेश्वरको चर्चको अरु विनाश गर्न नखोज्नू—कथंकदाचित् सम्भवत: म विनाश हुन्छु कि भन्ने यति ठूलो डर र विश्मयले प्रताडित भएँ, कि म जमिनमा ढलेँ र मैले अरु सुनिनँ।

१२ तर म अनन्त वेदनाले यातनामा सताइएको थिएँ, किनकि मेरो जीवात्मालाई अधिकतम मात्राम पीडा भएको थियो र मेरा सबै पापहरूका साथ यातनामा सताइएको थिएँ।

१३ हो, मैले मेरा सबै पापहरू र दुष्टताहरू सम्झेँ, किनकि मलाई नरकका पीडाहरूले वेदना दिएका थियो; हो, मैले देखेँ कि मैले मेरा परमेश्वरविरुद्ध विद्रोह गरेको थिएँ र मैले उहाँका आज्ञाहरू पालना गरेको थिइनँ।

१४ हो, अनि मैले उहाँका धेरै सन्तानहरूको हत्या गरेको थिएँ, अथवा कि उनीहरूलाई विनाशतिर अगुवाइ गरेको थिएँ; हो, निष्कर्षमा, मेरो दुष्टता त्यति ठूलो भएको थियो, कि मेरा परमेश्वरको उपस्थितिमा आउने विचारले मात्र पनि मेरो जीवात्मालाई व्यक्त गर्न नसकिने भयानक त्राशले यातना दियो।

१५ हे, मैले सोचेँ, कि मलाई हटाएर आत्मा र शरीर दुबै लोप हुन सक्थे, कि मलाई मेरा कार्यहरूको न्याय गरिन मेरा परमेश्वरको उपस्थितिमा खडा हुन नल्याइयोस्।

१६ अनि अब, तीन दिन र तीन रातसम्म एक दोषी आत्माका वेदनाहरूका साथ म यातनामा सताइएको थिएँ।

१७ अनि यस्तो हुन गयो कि जब म यसरी पीडाका साथ यातनामा सताइएको थिएँ, जब मलाई मेरा धेरै पापहरूका सम्झनाद्वारा सताइएको थियो, हेर, संसारका पापहरूको प्रायश्चित्त गर्न, येशू ख्रीष्ट, परमेश्वरका पुत्रको आगमनका बारेका जनसामु मेरा पिताले गर्नुभएका अगमवाणी सम्झेँ।

१८ अब, जब मेरो मस्तिष्कले यो विचारलाई समात्यो, मैले मेरो हृदयमा पुकारे: हे येशू, हजुर परमेश्वरका पुत्र, ममाथि कृपा गर्नुहोस्, जो तिक्तताले भरिएको छु र मृत्युको चीरस्थायी साङ्लाले घेरिएको छु।

१९ अनि अब, हेर, जब मैले यो सोचेँ, मैले मेरा पीडाहरूलाई अरु सम्झिइनँ, हो, म मेरा पापहरूका सम्झनाले अरु पीडित भइनँ।

२० अनि हे, कस्तो आनन्द र कस्तो विस्मयकारी प्रकाश मैले देखेँ; हो, मेरो जीवात्माको आनन्द त्यत्तिकै अधिक थियो जत्तिको मेरो पीडा थियो।

२१ हो, म तिमीसामु भन्दछु, मेरो छोरा, कि मेरा पीडाहरू जत्तिको तीब्र र त्यस्तो तीतो अरु केही हुन सक्दैन। हो, अनि म फेरि तिमीसामु भन्छु, मेरो छोरा, कि अर्कोतर्फ, मेरो आनन्द जत्तिको मिठो र उत्कृष्ट अरु केही हुन सक्दैन।

२२ हो, मैले सोचेँ, जसरी हाम्रा पिता लहीले देखेजस्तै, अनि आफ्ना परमेश्वरलाई गाउने र प्रशंसा गर्ने प्रवृत्तिका असङ्ख्य स्वर्गदूतहरूका समूहले घेरिएर परमेश्वर आफ्नो सिंहासनमा बस्नु भएको मैले देखेँ; हो र मेरो जीवात्मा त्यहाँ हुन चाह्यो।

२३ तर हेर, मेरा हातपाउहरूले पुन: तिनका शक्ति प्राप्त गरे र म मेरा पाउहरूमा खडा भएँ र जनसामु प्रकट गरेँ कि म परमेश्वरबाट फेरि जन्माइएको थिएँ।

२४ हो, अनि त्यस समयदेखि अहिलेसम्म समेत, मैले निरन्तर परिश्रम गरेको छु, कि मैले जीवात्माहरूलाई पश्चात्तापमा ल्याउन सकूँ; कि मैले उनीहरूलाई मैले चाखेको अत्यन्त आनन्द चाख्न ल्याउन सकूँ; कि उनीहरू पनि परमेश्वरबाट जन्मन र पवित्र आत्मले भरिन सकून्।

२५ हो, अनि अब हेर, हे मेरा छोरा, परमप्रभुले मलाई मेरा परिश्रमहरूका फलमा अत्यन्त महान् आनन्द दिनुहुन्छ।

२६ किनकि मसामु उहाँले दिएका वचनका कारण, हेर, धेरै परमेश्वरबाट जन्मिएका छन् र मैले चाखेको जस्तै चाखेका छन् र मैले देखेको जस्तै आफ्नै आँखाले देखेका छन्; त्यसकारण उनीहरूलाई यी मैले बोलेका कुराहरू थाहा छन्, जसरी मलाई थाहा छ र मसँग भएको ज्ञान परमेश्वरको हो।

२७ अनि मलाई प्रत्येक प्रकारका परीक्षाहरू र समस्याहरूमा सहयोग गरिएको छ, हो, अनि सबै प्रकारका कष्टहरूमा; हो, परमेश्वरले मलाई कारागारबाट र बन्धनहरूबाट र मृत्युबाट मुक्त गर्नु भएको छ; हो, म मेरो भरोसा उहाँमा राख्छु र उहाँले मलाई अझै मुक्त गर्नु हुनेछ।

२८ अनि मलाई थाहा छ कि उहाँले मलाई अन्तिम दिनमा उहाँसँग महिमामा बस्न उठाउनु हुनेछ, हो र म सदासर्वदा उहाँको प्रशंसा गर्नेछु, किनकि उहाँले हाम्रा पितापुर्खाहरुलाई मिश्रदेशबाट ल्याउनु भएको छ र उहाँले मिश्रीहरूलाई लाल समुद्रमा निलिदिनुभएको छ; र उहाँले आफ्नो शक्तिद्वारा उनीहरूलाई प्रतिज्ञाको भूमितिर अगुवाइ गर्नुभयो; हो, अनि उहाँले उनीहरूलाई दासत्व र बन्धनबाट समय-समयमा मुक्त गर्नुभएको छ।

२९ हो, अनि उहाँले हाम्रा पितापुर्खाहरुलाई यरुशलेमको भूमिबाट पनि बाहिर ल्याउनुभएको छ; र उहाँले, आफ्नो चीरस्थायी शक्तिद्वारा, उनीहरूलाई पनि समय-समयदेखि आजका दिनसम्म दासत्व र बन्धनबाट मुक्त गर्नु भएको छ; र उनीहरूको बन्धनलाई मैले सदैव सम्झनामा राखेको छु, हो, तिमीहरूले पनि, मैले गरेको जस्तै, उनीहरूको बन्धनलाई सम्झनामा राख्नू।

३० तर हेर, मेरो छोरा, यो सबै होइन; किनकि तिमीले मैले थाहा पाएजस्तै थाहा पाउनु पर्छ, कि जहाँसम्म तिमी परमेश्वरका आज्ञाहरू पालना गर्छौ तिम्रो यो भूमिमा उन्नति हुनेछ; र तिमीहरूले यो पनि थाहा पाउनु पर्छ, कि जहाँसम्म तिमीहरूले परमेश्वरका आज्ञाहरू पालना गर्दैनौ तिमीहरूलाई उहाँको उपस्थितिबाट अलग्याइनेछ। अब यो उहाँका वचनअनुसार हो।