धर्मशास्त्रहरू
अल्मा २


अध्याय २

अम्लिसी राजा हुन खोज्दछ र जनताको आवाजद्वारा अस्वीकार गरिन्छ—उसका अनुयायीहरूले उसलाई राजा बनाउछन्—अम्लिसीहरू नफीहरूमाथि युद्ध गर्छन् र हराइन्छन्—लमानीहरू र अम्लिसीहरूका सेनाहरू सम्मिलित हुन्छन् र हराइन्छन्—अल्माले अम्लिसीको बध गर्छन्। लगभग ई.पू. ८७।

अनि यस्तो हुन गयो उनीहरूको शासनको पाचौँ वर्षको प्रारम्भमा जनमाझ कलह हुन थाल्यो; किनकि एक निश्चित मानिस, अम्लिसी भनिने, ऊ अति धूर्त मानिस भएकाले, हो, संसारको विवेकमा विवेकी, ऊ ती मानिसको अनुक्रममा भएकाले जसले गिदोनलाई तरबारले वध गऱ्यो, जसलाई नियमअनुसार मृत्युदण्ड दिइयो—

अब यो अम्लिसीले, उसका धुर्त्याइँद्वारा, धेरै जनलाई आफ्ना पछि लग्यो; यति धेरै समेत कि उनीहरू धेरै शक्तिशाली बन्न थाले; अनि उनीहरूले अम्लिसीलाई राजाको रुपमा स्थापना गर्ने प्रयास गर्न थाले।

अब चर्चका जनका लागि र अम्लिसीको फकाइबाट नलगिएकाहरूलाई यो चिन्ताजनक थियो; किनकि उनीहरूलाई थाहा थियो कि यस्ता कुराहरू जनताको मतद्वारा स्थापित हुनुपर्दछ।

त्यसकारण, यदि यो सम्भव भए कि अम्लिसीले जनताका मत प्राप्त गरेमा, ऊ दुष्ट मानिस भएकाले, उनीहरूलाई आफ्ना चर्चको आधिकारहरू र सुबिधाहरूबाट हटाइदिने थियो; किनकि परमेश्वरको चर्चको विनाश गर्ने उसको लक्ष्य थियो।

अनि यस्तो हुन गयो कि जन सबै भूमिभरि उनीहरू आफैँ एकसाथ भेला भए, प्रत्येक मानिस उसको मस्तिष्कअनुसार, अम्लिसीको पक्षमा अथवा विरोधमा भए पनि, भिन्नै समूहमा, धेरै विवाद र एक अर्कासँग अचम्मका कलह भएकाले।

अनि यसरी उनीहरू यो विषयका बारेमा उनीहरूका मत खसाल्न एकसाथ स्वयम् जम्मा भए; अनि तिनीहरूलाई न्यायकर्ताहरूसामु राखियो।

अनि यस्तो हुन गयो कि जनताको मत अम्लिसीको विरुद्धमा आयो, कि उसलाई जनमाथि राजा बनाइएन।

अब यसले उसका विरुद्धमा भएकाहरूको हृदयमा धेरै हर्ष ल्यायो; तर अम्लिसीले उसको पक्षमा भएकाहरूलाई उसको पक्षमा नभएकाहरूविरुद्ध भड्कायो।

अनि यस्तो हुन गयो कि उनीहरू स्वयम् एक साथ जम्मा भए र अम्लिसीलाई उनीहरूको राजा हुन नियुक्त गरे।

१० अब जब अम्लिसीलाई उनीहरूमाथि राजा बनाइएको थियो उसले उनीहरूलाई आज्ञा दियो कि तिनीहरूले आफ्ना बन्धुहरूविरुद्ध हतियार उठाउनु पर्छ; र उसले यो गऱ्यो कि उसले तिनीहरूलाई आफ्नो अधीनमा लिन सकोस्।

११ अब अम्लिसीका जनलाई अम्लिसिको नाउँद्वारा, अम्लिसीहरू भनेर, छुट्याइयो; र बाँकीलाई नफीहरू, अथवा परमेश्वरका जन भनियो।

१२ त्यसकारण नफीका जनलाई अम्लिसीहरूका अभिप्रायबारे ज्ञान थियो र त्यसकारण उनीहरूले उनीहरूलाई भेट्न तयारी गरे; हो, उनीहरूले आफैँलाई तरबारहरूले र खुँडाहरूले र धनुहरूले र वाणहरूले र ढुङ्गाहरूले र गुलेलीहरूले र सबै प्रकारका प्रत्येक किसिमका युद्धका हतियारहरूले सजाए।

१३ अनि यसरी उनीहरूले अम्लिसीहरूलाई उनीहरूको आगमनको समयमा भेट्न तयारी गरेका थिए। अनि उनीहरूको सङ्ख्याअनुसार कप्तानहरू र उच्च कप्तानहरू र मुख्य कप्तानहरूको नियुक्त गरे।

१४ अनि यस्तो हुन गयो कि अम्लसीले आफ्ना मानिसहरूलाई सबै प्रकारका प्रत्येक किसिमका युद्धका हतियारहरूले सजायो र उसले पनि उनीहरूका बन्धुहरूविरुद्ध युद्ध गर्न अगुवाइ गर्न उसका जनमाथि शासकहरू र अगुवाहरू नियुक्त गऱ्यो।

१५ अनि यस्तो हुन गयो कि अम्लिसी अम्निहू डांडामाथि आयो, जुन सिदोन नदीको पूर्वमा थियो, जुन जरहेम्ला भूमि हुँदै जान्थ्यो र त्यहाँ उनीहरूले नफीहरूसँग युद्ध गर्न थाले।

१६ अनि अल्मा, नफीका जनको प्रधान न्यायकर्ता र राज्यपाल भएकाले, त्यसकारण उनी उनका जनसाथ गए, हो, उनका कप्तानहरू र मुख्य कप्तानहरूसँग, हो, उनका सेनाहरूका अगाडि अम्लिसीहरूविरुद्ध लडाइँ गर्न।

१७ अनि उनीहरूले सिदोनको पूर्वपट्टिको डाँडामाथि अम्लिसीहरूको बध गर्न थाले। अनि अम्लिसीहरूले नफीहरूसँग महान् शक्तिका साथ लडाइँ गरे, यतिसम्म कि नफीहरूमध्ये धेरै अम्लिसीहरूअगाडि ढले।

१८ तैपनि परमप्रभुले नफीहरूका हातलाई बलियो बनाउनुभयो, कि उनीहरूले अम्लिसीहरूको भयानक संहारका साथ बध गरे, कि तिनीहरू उनीहरूका अगाडि भाग्न थाले।

१९ अनि यस्तो हुन गयो नफीहरूले अम्लिसीहरूलाई त्यो दिन भरि लखेटे र उनीहरूलाई महान संहारका साथ बध गरे, यतिसम्म कि अम्लिसीहरूमध्ये बाह्र हजार पाँच सय बत्तीस जीवात्माहरूको बध गरिएको थियो; र नफीहरूमध्ये छ हजार पाँच सय बैसठ्ठी जीवात्माहरूको बध गरिएको थियो।

२० अनि यस्तो हुन गयो कि जब अल्माले अम्लिसीहरूलाई अरु लखेट्न सकेनन् उनले अह्राए कि उनका जनले गिदोनको उपत्यकामा उनीहरूका पालहरू टाँग्नु पर्दछ, त्यो उपत्यका जसलाई नाहोरको हातद्वारा तरबारकासाथ बध गरिएका गिदोनको नाउँबाट बोलाइन्थ्यो; अनि यो उपत्यकामा नफीहरूले त्यस रातका लागि आफ्ना पालहरू टाँगे।

२१ अनि अल्माले बाँकी अम्लिसीहरूका पछ्याउन जासुसहरू पठाए, कि उनले तिनीहरूका योजनाहरू र षडयन्त्रहरू थाहापाउन सकून्, जसबाट उनले तिनीहरूका विरुद्ध आफैँलाई रक्षा गर्न सकून्, कि उनले आफ्ना जनलाई नाश हुनबाट संरक्षण गर्न सकून्।

२२ अब जसलाई उसले अम्लिसीहरूको शिविरको जाँचबुझ गर्न पठाएका थिए ती जेराम र अम्नोर र मन्टी र लिम्हेर थिए; यी तिनीहरू थिए जो उनीहरूका मानिसहरूसाथ अम्लिसीहरूका शिविर जाँचबुझ गर्न गए।

२३ अनि यस्तो हुन गयो कि भोलिपल्ट उनीहरू अति हतारमा नफीहरूको शिविरमा फर्के, अत्यन्त आश्चर्यचकित भएर र धेरै त्रासले भरिएर, यसो भन्दै:

२४ हेर, हामीले अम्लिसीहरूका शिविरलाई पछ्यायौँ र हाम्रा ठूलो आश्चर्यमा, मिनोनको भूमिमा, जरहेम्लाको भूमिमाथि, नफीको भूमिको बाटोमा, हामीले लमानीहरूका अनगिन्ती सैन्यहरू देख्यौँ; अनि हेर, अम्लिसीहरू उनीहरूसँग सम्मिलित भएका छन्।

२५ अनि उनीहरू त्यो भूमिमा हाम्रा बन्धुहरूमाथि छन्; अनि उनीहरू तिनीहरु अगाडि आफ्ना बथानका र आफ्ना पत्निहरूका र आफ्ना छोराछोरीहरूका साथ हाम्रो सहरतिर भागिरहेका छन् र हामीले हतार नगरेमा उनीहरूले हाम्रो सहर स्वामित्वमा लिनेछन् र हाम्रा पितापुर्खाहरु र हाम्रा पत्नीहरू र हाम्रा छोराछोरीहरूको बध गर्नेछन्।

२६ अनि यस्तो हुन गयो कि नफीका जनले उनीहरूको पालहरू लिए र गिदोनको उपत्यकाबाट तिनीहरूको सहरतिर प्रस्थान गरे, जुन जरहेम्लाको सहर थियो।

२७ अनि हेर, जब उनीहरू सिदोनको नदी तर्दै थिए, लमानीहरू र अम्लिसीहरू, लगभग समुद्रका बालुवाजत्तिकै अनगिन्ती भएकाले, तिनीहरूको विनाश गर्न उनीहरूमाथि आइलागे।

२८ तैपनि, नफीहरू परमप्रभुको हातद्वारा बलियो बनाइएकाले, उहाँमा शक्तिपूर्वक प्रार्थना गर्दै कि उहाँले तिनीहरूलाई आफ्ना शत्रुहरूका हातहरूबाट मुक्त गर्नुहुनेछ, त्यसकारण परमप्रभुले तिनीहरूको पुकार सुन्नुभयो र उनीहरूलाई बलियो बनाउनुभयो र लमानीहरू र अम्लिसीहरू उनीहरूअगाडि ढले।

२९ अनि यस्तो हुन गयो कि अल्माले अम्लिसीसँग तरबारकासाथ लडे, आम्नेसाम्ने गरेर; र उनीहरूले एक अर्कासँग शक्तिपूर्वक लडे।

३० अनि यस्तो हुन गयो अल्मा, परमेश्वरका मानिस भएकाले, धेरै आस्थाको अभ्यास गरिएकाले, यसो भन्दै पुकारे: हे परमप्रभु, कृपा गर्नुहोस् र मेरो जीवनलाई छाडिदिनुहोस्, कि म यी जनलाई बचाउन र संरक्षण गर्न हजुरका हातको औजार बन्न सकूँ।

३१ अब जब अल्माले यी वचनहरू भनेका थिए उनले अम्लिसीसँग लडे; र उनलाई बलियो बनाइयो, यतिसम्म कि उनले तरबारले अम्लिसीको बध गरे।

३२ अनि उनले लमानीहरूका राजासँग पनि लड्न थाले; तर लमानीहरूका राजा उनका अगाडिबाट भागे र अल्मासँग लड्न उनका संरक्षकहरूलाई पठाए।

३३ तर अल्मा, उनका संरक्षकहरूका साथ, लमानीहरूका राजाका संरक्षकहरूसँग लडे उनले उनीहरूको बध गरेर उनीहरूलाई नलखेटिन्जेलसम्म।

३४ अनि यसरी उनले जमिन सफा गरे, अर्थात् किनारमा जुन सिदोन नदीको पश्चिममा थियो, बध गरिएका लमानीहरूको शरीर सिदोन नदीको पानीमा फ्याँक्दै, कि जसबाट उनका जन तर्ने र लमानीहरू र अम्लिसीहरूसँग सिदोन नदीको पश्चिमपट्टि लड्ने ठाउ होस्।

३५ अनि यस्तो हुन गयो कि जब उनीहरूले सिदोन नदी तरेका थिए कि लमानीहरू र अम्लिसीहरू उनीहरूअगाडि भाग्न थाले, उनीहरू गन्न नसकिने सङ्ख्यामा हुँदाहुँदै पनि।

३६ अनि उनीहरू नफीहरूअगाडि पश्चिम र उत्तरको उजाड स्थानतिर, भूमिका सिमानाहरूको पारि भागे; र नफीहरूले तिनीहरूलाई आफ्नो शक्तिकासाथ लखेटे र तिनीहरूको बध गरे।

३७ हो, उनीहरूलाई प्रत्येक हातमा फेला पारियो र बध गरियो र लखेटियो, उनीहरूलाई पश्चिममा र उत्तरमा छरपष्ट नगरिन्जेलसम्म, जङ्गली र अति भोकाएका जन्तुहरूद्वारा सताइएको उजाड स्थानको एक अंश, हेर्मोउन्ट्स भनिने उजाड स्थान नपुऱ्याइन्जेलसम्म।

३८ अनि यस्तो हुन गयो कि उजाड स्थानमा धेरै जना उनीहरूको चोटबाट मरे र ती जन्तुहरूद्वारा र आकाशका गिद्धहरूद्वारा खाइए; र उनीहरूका हड्डीहरू फेला पारिएका छन् र पृथ्वीमाथि थुपारिएका छन्।