धर्मशास्त्रहरू
४ नफी १


चौथो नफी

नफीको पुस्तक
जो नफीका छोरा हुन्—येशू ख्रीष्टका शिष्यहरूमध्ये एक

नफीका जनको एक अभिलेख, उनको अभिलेखअनुसार।

अध्याय १

नफीहरू र लमानीहरू सबै परमप्रभुमा परिवर्तित हुन्छन्—उनीहरूसँग सबै कुराहरू साझा हुन्छन्, आश्चर्यजनक कर्महरू गरिन्छन् र भूमिमा उन्नति गर्छन्—दुई शताब्दीहरूपछि, विभाजनहरू, दुष्ट्याइँहरू, गलत चर्चहरू र सताइहरू बढ्दछन्—तीनसय वर्षपछि, नफीहरू र लमानीहरू दुबै दुष्ट बन्दछन्—अम्मारोनले पवित्र अभिलेखहरू लुकाउँछन्। लगभग ई.सं. ३५–३२१।

अनि यस्तो हुन गयो कि चौतीसौँ वर्ष बित्यो र पैतीसौँ वर्ष पनि बित्यो र हेर येशूका शिष्यहरूले सबै भूमि वरिपरि ख्रीष्टका चर्च बनाएका थिए। अनि जति उनीहरूकहाँ आए र साँचैनै आफ्ना पापहरूको पश्चात्ताप गरे, येशूको नाउँमा बप्तिस्मा लिए र उनीहरूले पवित्र आत्मा प्राप्त पनि गरे।

अनि छैत्तीसौँ वर्षमा यस्तो हुन गयो, भूमिको सबै सतहमा, नफीहरू र लमानीहरू दुबै, सबै जन परमप्रभुमा परिवर्तित भए र त्यहाँ उनीहरूमाझ कुनै कलहहरू र विवादहरू थिएनन् र प्रत्येक मानिसले एक अर्कासँग न्यायोचित व्यवहार गरे।

अनि उनीहरूसँग भएका सबै कुराहरू उनीहरूमाझ साझा थिए; त्यसकारण त्यहाँ धनी र गरिब, बन्दी र स्वतन्त्र थिएनन्, तर उनीहरू सबैलाई स्वतन्त्र र स्वर्गीय उपहारको सहभागी बनाइएको थियो।

अनि यस्तो हुन गयो कि सैतीसौँ वर्ष पनि बित्यो र भूमिमा अझै शान्ति निरन्तर थियो।

अनि येशूका शिष्यहरूद्वारा त्यहाँ महान् र अद्भूत कार्यहरू ल्याइएका थिए, यतिसम्म कि उनीहरूले बिरामीहरूलाई चङ्गाइ गरे र मृतकहरूलाई उठाए र लङ्गडालाई हिँड्न र अन्धालाई दृष्टि प्राप्त गर्न र बहिरालाई सुन्न लगाए र उनीहरूले मानिसका छोराछोरीहरूमाझ सबै प्रकारका आश्चर्यजनक कर्महरू गरे; र येशूको नाउँमा बाहेक उनीहरूले कुनै पनि आश्चर्यजनक कर्महरू गरेनन्।

अनि यसरी अठ्तीसौँ वर्ष बित्यो र उनान्चालीसौँ पनि र एकचालीसौं र बयालीसौँ, हो, उनान्पचासौँ वर्ष समेत बित्यो र एकावउन्नौँ पनि र बावन्नौँ, हो, अनि उनान्साठीयौं वर्षसम्म समेत बित्यो।

अनि परमप्रभुले भूमिमा उनीहरूको अत्यन्त उन्नति गराउनुभयो; हो, यतिसम्म कि उनीहरूले फेरि सहरहरू बनाए जहाँका सहरहरू जलाइएका थिए।

हो, उनीहरूले त्यो महान् सहर जरहेम्ला समेत फेरि बनाउन लगाए।

तर त्यहाँ धेरे सहरहरू थिए जसलाई डुबाइएको थियो र तिनको सट्टामा पानीमाथि आयो, त्यसकारण ती सहरहरूलाई नवीकरण गर्न सकिएनन्।

१० अनि अब, हेर, यस्तो हुन गयो कि नफीका जन अत्यन्त बलिया भए र अत्यन्त छिटो फैलिए र अत्यन्त गोरा र आनन्ददायक जन बने।

११ अनि उनीहरूलाई विवाह गरियो र विवाहमा दिइयो र ती धेरै वाचाहरूअनुसार आशीषित भए जुन परमप्रभुले उनीहरूसँग गर्नुभएको थियो।

१२ अनि उनीहरू मोशाका अनुष्ठान र विधिहरूपछि अरु हिँडेनन्; तर उनीहरू ती आज्ञाहरूपछि हिँडे जुन उनीहरूले उनीहरूका परमप्रभु र उनीहरूका परमेश्वरबाट प्राप्त गरेका थिए, निरन्तर उपवास र प्रार्थना गर्दै र प्रार्थना गर्न र परमप्रभुका वचन सुन्न सधैँ एकसाथ भेला हुँदै।

१३ अनि यस्तो हुन गयो कि सबै भूमिहरूमा सबै जनमाझ कुनै कलह थिएन; तर त्यहाँ येशूका शिष्यहरूमाझ शक्तिशाली आश्चर्यकर्महरू भएका थिए।

१४ अनि यस्तो हुन गयो कि एकहत्तरौँ वर्ष बित्यो र बहत्तरौँ वर्ष पनि, हो र निष्कर्षमा, उनासीऔँ वर्षसम्म बित्यो; हो, सयौँ वर्षसमेत बित्यो र येशूका शिष्यहरू, जसलाई उहाँले चुन्नुभएको थियो, सबै परमेश्वरको परमधामसम्म गएका थिए, ती तीनबाहेक जसले बास बस्नु पर्दथ्यो; र उनीहरूका सट्टामा अरु शिष्यहरू नियुक्त गरियो; र त्यो पुस्ताका धेरै पनि बितेका थिए।

१५ अनि यस्तो हुन गयो कि भूमिमा कुनै कलह भएन, परमेश्वरको मायाका कारण जुनले जनका हृदयहरूमा बास गऱ्यो।

१६ अनि त्यहाँ कुनै ईर्ष्याहरू थिएन, न त झगडाहरू, न त निन्दो-चर्चो, न त वेश्यावृत्तिहरू, न त झुटहरू, न त हत्याहरू, न त कुनै प्रकारका लम्पटपना थिए; अनि निश्चय नै परमेश्वरका हातद्वारा सृष्टि गरिएका सबै जनमाझ यी भन्दा बढी खुसी जन पाउन सकिन्न।

१७ त्यहाँ न त डाँकाहरू, न त हत्याराहरू थिए, न त लमानीहरू, न त कुनै—यायीहरू थिए; तर उनीहरू एकीकृत ख्रीष्टका छोराछोरीहरू र परमेश्वरका अधिराज्यका उत्तराधिकारीहरू थिए।

१८ अनि उनीहरू कति आशीषित थिए! किनकि परमप्रभुले उनीहरूका सबै कामहरूमा उनीहरूलाई आशीषित गर्नुभयो; हो, एक सय दश वर्ष बितिन्जेलसम्म पनि उनीहरू आशीषित र उन्नतिशील थिए; अनि ख्रीष्टदेखिका पहिलो पुस्ता बितेको थियो र सबै भूमिमा कुनै कलह थिएन।

१९ अनि यस्तो हुन गयो कि नफी, जसले यो अन्तिम अभिलेख राखेका थिए (र उनले यो नफीका पाताहरूमा राखे) उनी मरे र उनका छोरा आमोसले उनको सट्टामा राखे; र उनले पनि नफीका पाताहरूमा राखे।

२० अनि उनले चौरासी वर्षसम्म राखे र भूमिमा अझै शान्ति थियो, जनको एक सानो भाग बाहेक जसले चर्चदेखि बिद्रोह गरेका थिए र आफैँलाई लमानीहरूको नाउँ दिएका थिए; त्यसकारण भूमिमा फेरि लमानीहरू हुन थाले।

२१ अनि यस्तो हुन गयो कि आमोस पनि मरे, (र यो ख्रीष्टको आगमनदेखि एक सय चौरान्नब्बे वर्षमा थियो) र उनको छोरा आमोसले उनको सट्टामा अभिलेख राखे; र उनले पनि यो नफीका पाताहरूमा राखे; र यो पनि नफीका पुस्तकमा लेखिएको थियो, जुन यो पुस्तक हो।

२२ अनि यस्तो हुन गयो कि दुई सय वर्ष बितेका थिए र केहीबाहेक दोस्रो पुस्ताका सबै बितेका थिए।

२३ अनि अब म, मोर्मोन, चाहान्छु कि तिमीहरूले थाहा पाउनु पर्दछ कि जन फैलिएका थिए, यतिसम्म कि उनीहरू भूमिको सम्पूर्ण सतहमाथि फैलिएका थिए र उनीहरूको ख्रीष्टमा भएको उन्नतिका कारण उनीहरू अत्यन्त धनी बनेका थिए।

२४ अनि अब, दुईसय एकौँ वर्षमा उनीहरूमाझ ती हुन थाल्यो जुन घमण्डले उचालिएका थिए, जस्तै कि महङ्गा वस्त्रहरू, हरेक प्रकारका असली मोतीहरू र संसारका असली कुराहरू लगाउनु।

२५ अनि त्यससमय पश्चात् उनीहरूका समानहरू र उनीहरूका सम्पत्ति उनीहरूमाझ अरु साझा भएनन्।

२६ अनि उनीहरू वर्गहरूमा विभाजित हुन थाले; र उनीहरूले फाइदा लिन आफ्ना निम्ति चर्चहरू बनाउन थाले र ख्रीष्टको चर्चको सत्यतालाई अस्वीकार गर्न थाले।

२७ अनि यस्तो हुन गयो कि जब दुईसय दश वर्षहरू बितेका थिए भूमिमा धेरै चर्चहरू थिए; हो, त्यहाँ धेरै चर्चहरू थिए जसले ख्रीष्टलाई चिनेको दावी गर्थे र तैपनि उनीहरूले उहाँका सुसमाचारका धेरै भागहरूलाई अस्वीकार गर्थे, यतिसम्म कि उनीहरूले सबै प्रकारका दुष्टताहरूलाई ग्रहण गर्थे र पवित्र उसलाई प्रदान गर्थे जसलाई दिन अयोग्यताका कारण निषेधित गरिएको थियो।

२८ अनि यो चर्च दुष्टताका कारण अन्त्यन्त फैलियो र सैतानका शक्तिका कारण जसले उनीहरूका हृदयहरूलाई समात्यो।

२९ अनि फेरि, त्यहाँ अर्को चर्च थियो जुनले ख्रीष्टको अस्वीकार गर्दथ्यो; र उनीहरूले ख्रीष्टको सत्य चर्चलाई सताए, तिनीहरूको विनम्रताका र तिनीहरूको ख्रीष्टमाथिको विश्वासका कारण र तिनीहरूमाझ गरिएको धेरै आश्चर्यकर्महरूका कारण उनीहरूले तिनीहरूको ईर्ष्या गरे।

३० त्यसकारण उनीहरूले उनीहरूसँग रहेका येशूका शिष्यहरूमाथि शक्ति र अधिकारको अभ्यास गरे र उनीहरूले तिनीहरूलाई कारागारमा फ्याँके; तर परमेश्वरका वचनको शक्तिद्वारा, जुन तिनीहरूमा थियो, कारागार भत्किएर दुई टुक्रा भयो र तिनीहरू शक्तिशाली आश्चर्यकर्महरू गर्दै उनीहरूमाझ अघि गए।

३१ तैपनि र ती सबै आश्चर्यकर्महरू हुँदाहुँदै, जनले आफ्ना हृदयहरू कठोर बनाए र तिनीहरूलाई मार्न खोजे, जसरी यरुशलेमका यहूदीहरूले, उहाँका वचनअनुसार, येशूलाई मार्न खोजे।

३२ अनि उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फ्याँके र तिनीहरू कुनै क्षति प्राप्त नगरी अघि आए।

३३ अनि उनीहरूले तिनीहरूलाई जङ्गली जनवारहरूका गुफाहरूमा फ्याँके, उनीहरूले जङ्गली जनावरहरूसँग त्यसरी खेले जसरी एउटा बालक एउटा थुमासँग खेल्दछ; र तिनीहरू उनीहरूमाझ अघि गए, कुनै क्षति प्राप्त नगरी।

३४ तैपनि, जनले आफ्ना हृदयहरू कठोर बनाए, किनकि धेरै पादरीहरू र गलत अगमवक्ताहरूद्वारा धेरै चर्चहरू बनाउन र सबै प्रकारका दुष्टताहरू गर्न उनीहरूलाई अगुवाइ गरिएको थियो। अनि उनीहरूले येशूका जनलाई प्रहार गरे; तर येशूका जनले फेरि प्रहार गरेनन्। अनि यसरी उनीहरू अविश्वासमा र दुष्टतामा कमजोर भए, बर्सेनि, दुईसय तीस वर्ष नबितिन्जेलसम्म।

३५ अनि अब यो वर्षमा यस्तो हुन गयो, दुईसय एकतीसौँ वर्षमा, जनमाझ महान् विभाजन भयो।

३६ अनि यस्तो हुन गयो कि यो वर्षमा त्यहाँ जन उठे जसलाई नफीहरू भनिन्थ्यो र उनीहरू ख्रीष्टका सत्य विश्वासी थिए र उनीहरूमाझ ती थिए जसलाई लमानीहरू भनिन्थ्यो—याकूबीहरू र येसेफीहरू र जोरामीहरू;

३७ त्यसकारण ख्रीष्टका सत्य विश्वासीहरूलाई र ख्रीष्टका सत्य आराधनाकर्ताहरूलाई, (जसमाझ येशूका ती तीन शिष्यहरू थिए जसले बस्नुपर्दछ) नफीहरू र याकूबीहरू र योसेफीहरू र जोरामीहरू भनिन्थ्यो।

३८ अनि यस्तो हुन गयो कि जसले सुसमाचारलाई अस्वीकार गरे उनीहरूलाई लमानीहरू र लमुएलीहरू र इश्माएलीहरू भनियो; र उनीहरू विश्वासमा क्षीण भएनन्, तर उनीहरू इच्छापूर्वक ख्रीष्टको सुसमाचारविरुद्ध विद्रोह गरे; र उनीहरूले आफ्ना छोराछोरीहरूलाई विश्वास गर्नहुन्न भनी सिकाए जसरी उनीहरूका पितापुर्खाहरुले प्रारम्भदेखि नै कमजोर भए।

३९ अनि यो उनीहरूका पितापुर्खाहरुको दुष्टता र कुकर्महरूका कारण थियो, जसरी यो प्रारम्भमा थियो। अनि उनीहरूलाई परमेश्वरका छोराछोरीहरूलाई घृणा गर्न सिकाइयो, जसरी लमानीहरूलाई नफीका सन्तानहरूप्रति घृणा गर्न प्रारम्भमा सिकाइएको थियो।

४० अनि यस्तो हुन गयो कि दुईसय चवालीस वर्ष बितेका थिए र जनको कारोबार यस्तो थियो। अनि जनको बढी दुष्टभाग बलियो हुँदै गयो र परमेश्वरका जनभन्दा अत्यन्त बढी अनगिन्ती भए।

४१ अनि उनीहरूले आफ्ना निम्ति अझै चर्चहरू निरन्तर बनाए र तिनलाई हरेक प्रकारका अनमोल कुराहरूले अझै सजाए। अनि यसरी दुईसय पचास वर्ष र दुई सय साठी वर्षहरू पनि बिते।

४२ अनि यस्तो हुन गयो कि जनको दुष्ट भागले गोप्य शपथहरू र गादियान्तोनका गुटबन्दीहरू फेरि बनाउन थाले।

४३ अनि नफीका जन भनिने ती जन पनि आफ्ना हृदयहरूमा घमण्डी हुन थाले, उनीहरूका अत्यन्त धनका कारण र उनीहरूका बन्धुहरू, लमानीहरूजस्तै व्यर्थ हुन थाले।

४४ अनि यस समयदेखि शिष्यहरू संसारका पापहरूका निम्ति दुखित हुन थाले।

४५ अनि यस्तो हुन गयो कि तीनसय वर्षहरू बितेका थिए, नफीका जन र लमानीहरूका जन एक अर्काजस्तै अत्यन्त दुष्ट हुन थाले।

४६ अनि यस्तो हुन गयो कि गादियान्तोनका डाँकाहरू भूमिका सबै सतहमा फैलिए; र येशूका शिष्यहरूबाहेक कोही पनि धर्मी थिएनन्। अनि सुन र चाँदी ढुकुटीमा प्रचूरतामा थुपारिए र हरेक प्रकारका सम्वाहनमा ओसारपसार गरियो।

४७ अनि यस्तो हुन गयो कि तीनसय पाँच वर्ष बितेका थिए, (र जन अझै पनि दुष्टतामा थिए) आमोस मरे; र उनका भाइ, अम्मारोनले उनको सट्टामा अभिलेख राखे।

४८ अनि यस्तो हुन गयो कि जब तीनसय बीस वर्षहरू बितेका थिए, अम्मरोनले, पवित्र आत्माद्वारा बाध्य भएकाले, अभिलेखहरू लुकाए जुन पवित्र थिए—हो, सबै पवित्र अभिलेखहरूसमेत जुन एक पिँढीदेखि अर्को पिँढीसम्म हस्तान्तरण गरिएका थिए, जुन पवित्र थिए—ख्रीष्टको आगमनदेखिको तीनसय बीसौँ वर्षसम्म समेत।

४९ अनि उनले परमप्रभुमा ती लुकाए, कि ती फेरि याकूबको घरानाका अवशेषसम्म जान सकोस्, अगमवाणी र परमप्रभुका वाचाहरूअनुसार। अनि यसरी अम्मारोनका अभिलेखको अन्त्य हुन्छ।