धर्मशास्त्रहरू
यारोम १


यारोमको पुस्तक

अध्याय १

नफीहरूले मोशाको व्यवस्थाको पालना गर्छन्, ख्रिस्टको आगमनको बाटो हेर्छन्, अनि भूमिमा उन्नति गर्छन्—धेरै अगमवक्ताहरूले मानिसहरूलाई सत्यको मार्गमा राख्न परिश्रम गर्छन्। लगभग ई.पू. ३९९–३६१।

अब हेर, म यारोम मेरा पीता एनोशको आज्ञाअनुसार केही शब्दहरू लेख्दछु, कि हाम्रो वंशावली रहोस्।

अनि यी पाताहरू साना भएकाले, अनि ती लेखिएका कुराहरू हाम्रा बन्धुहरू लमानीहरूका भलाइलाई लक्षित गरिएर लेखिएको हुनाले, यसकारण यो आवश्यक छ कि म थोरै लेखूँ; तर मैले न त मेरा अगमवाणीहरूका, न त मेरा प्रकाशहरूका बारेमा नै लेख्नेछु। किनकि म मेरा पितापुर्खाहरुले लेखे भन्दा अरु बढी के नै लेख्न सक्छु? किनकि के उहाँहरूले मुक्तिको योजना प्रकट गर्नुभएको छैन र? म तिमीलाई भन्दछु, हो; अनि यो मलाई पर्याप्त छ।

हेर, यो उचित छ कि उनीहरूका हृदयका कठोरताको, अनि उनीहरूका कानहरूका बहिरोपनाको, अनि उनीहरूका मस्तिष्कहरूका अन्धोपनाको, अनि उनीहरूका घाँटीहरूका हठिपनाको कारणले यी जनमाझ धेरै गरिनु पर्नेछ; तैपनि, परमेश्वर उनीहरू प्रति धेरै कृपालु हुनुहुन्छ, अनि भूमिको सतहबाट उनीहरूलाई अझै बढार्नु भएको छैन।

अनि हामीमाझ धेरै छन् जोसँग धेरै प्रकाशहरू छन्, किनकि तिनीहरू सबै हठी छैनन्। अनि जहाँसम्म उनीहरू हठी छैनन् र उनीहरूमा आस्था छ, आस्थाअनुसार मानिसका छोराछोरीहरूमा प्रकट गर्ने पवित्र आत्मासँग सङ्गति छ।

अनि अब, हेर, दुई सय वर्ष बितेका थिए, अनि भूमिमा नफीका जनहरू बलिया हुँदै आएका थिए। तिनीहरूले मोशाको व्यवस्था पालन् गरे, अनि शबाथको दिन परमप्रभुमा पवित्र राखे। अनि तिनीहरूले अपवित्र बनाएनन; न त ईश्वरको निन्दा नै गरे। अनि भूमिका कानुनहरू अत्यन्त कडा थिए।

अनि तिनीहरूलाई जमिनको सतहमा छरपष्ट पारिएका थिए, अनि लमानीहरूलाई पनि। अनि तिनीहरू नफीहरू भन्दा अत्यन्त बढी सङ्ख्यामा थिए; अनि तिनीहरू हत्या मनपराउँथे र जङ्गली जनावरहरूको रगत पिउँथे।

अनि यस्तो हुन गयो कि तिनीहरू धेरै पटक हामी नफीहरूविरुद्ध लडाइँ गर्न आए। तर हाम्रा राजाहरू र हाम्रा अगुवाहरू परमप्रभुको आस्थामा शक्तिशाली मानिसहरू थिए; अनि तिनीहरूले मानिसहरूलाई परमप्रभुका मार्गहरू सिकाए; यसकारण, हामीले लमानीहरूका सामना गऱ्यौँ र हाम्रो भुमिहरूबाट तिनीहरूलाई बढारेर निकाल्यौँ, अनि हाम्रा सहरहरू, अथवा हाम्रा प्रत्येक रिक्थका भूमिहरू अझ बलियो पार्न सुरु गऱ्यौँ।

अनि हामी अत्यन्त फैलियौँ, अनि भूमिको सतहमाथि छरियौँ, अनि हामी अत्यन्त धनी भयौँ सुनमा, अनि चाँदीमा, अनि मूल्यवान् कुराहरूमा, अनि काठका उच्च शिल्पकलामा, भवनहरूमा, अनी यन्त्रमा, अनि तामा र काँस र इस्पात र फलाममा पनि, जमिन जोत्न र युद्धका हतियारहरूका निम्ति हरेक प्रकारका प्रत्येक किसिमका औजारहरू—हो तीखा धनु, अनि बाण राख्ने ठोक्रा, अनि सोइला, अनि भाला, अनि युद्धका तयारीहरूमा।

अनि यसरी हामी लमानीहरूलाई भेट्न तयार भएकाले, तिनीहरूका हाम्रो विरुद्धमा उन्नति भएन। तर परमप्रभुले हाम्रा पितापुर्खाहरुसामु यसो भन्दै बोल्नुभएका वचनहरूको पुष्टि भयो: जबसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछौ, तबसम्म तिमीहरूको यस भूमिमा उन्नति हुनेछ।

१० अनि यस्तो हुन गयो कि परमप्रभुका अगमवक्ताहरूले नफीका मानिसहरूलाई धम्क्याए, परमेश्वरका वचनअनुसार, कि यदि तिनीहरूले आज्ञाहरू पालन गरेनन्, तर उल्लङ्घनमा पतन भए भने, तिनीहरूलाई भूमिको सतहबाट विनाश गरिनेछ।

११ यसकारण, अगमवक्ताहरूले, अनि पादरीहरूले, अनि शिक्षकहरूले, लगनशीलताका साथ परिश्रम गरे, सबै धीरताका साथ मानिसहरूलाई लगनशील हुन प्रोत्साहित गर्दै; मोशाका व्यवस्था र ती दिइनाका अभिप्राय सिकाउँदै; उनीहरूलाई मसीह आउने बाटो हेर्न, अनि उहाँ आउनुभइसकेको झैँ उहाँ आउनुहुनेछ भनी विश्वास गर्न मनाउँदैँ। अनि यसप्रकारले उनीहरूले तिनीहरूलाई सिकाए।

१२ अनि यस्तो हुन गयो कि यसो गरेर उनीहरूले तिनीहरूलाई जमिनको सतहमाथि विनाश हुनबाट बचाए; किनकि वचनद्वारा तिनीहरूले उनीहरूका हृदयलाई घोचे, निरन्तर रुपमा उनीहरूलाई पश्चात्तापमा प्रेरित गर्दै।

१३ अनि यस्तो हुन गयो कि दुई सय अठ्तीस वर्ष बिते—यसप्रकारका युद्धहरू, अनि कलहहरू, अनि मतभेदहरू, धेरै समयको अन्तराल सम्म।

१४ अनि म यारोम अरु लेख्दिन, किनकि यी पाताहरू साना छन्। तर हेर, मेरा बन्धुहरू, तिमीहरू नफीका अर्को पातहरूमा जान सक्छौ; किनकि हेर, राजाहरूका लेखाईहरू, या तिनीहरूले लेख्न लगाएअनुसार, तिनीहरूमाथि हाम्रा लडाईँका अभिलेखहरू कुँदिएका छन्।

१५ अनि मैले यी पाताहरू मेरो पुत्र ओम्नीलाई हस्तान्तरण गरेँ, कि तिनीहरूलाई हाम्रा पिताहरूका आज्ञाअनुसार राखियोस्।