धर्मशास्त्रहरू
मोर्मोनका वचनहरू १


मोर्मोनका वचनहरू

अध्याय १

मोर्मोनले नफीका ठूला पाताहरूको संक्षेप्तीकरण गर्छन्—उनले साना पाताहरू अरु ठूला पाताहरूसँग गाभ्छन्—बेन्यामिन राजाले भूमिमा शान्ति स्थापना गर्छन्। लगभग ई.सं. ३८५।

अनि अब म मोर्मोन मैले बनाइराखेको अभिलेख मेरो पुत्र मोरोनीलाई हस्तान्तरण गर्न लागेको छु, हेर मैले लगभग मेरा सम्पूर्ण जन, नफीहरूको विनाश प्रत्यक्ष देखेको छु।

अनि यो ख्रीष्टको आगमनको कैयौँ सय वर्षपछि भयो कि म मेरो पुत्रको हातमा यी अभिलेखहरू हस्तान्तरण गर्छु; अनि मलाई लाग्दछ कि उसले मेरा सम्पुर्ण जनको विनाश प्रत्यक्ष देख्नेछ। तर परमेश्वरले प्रदान गर्नुहोस् कि उहाँले उसलाई ती विनाशमा जोगाउनुहुनेछ, कि उसले उनीहरूका बारेमा केही, अनि ख्रीष्टको बारेमा केही लेख्न सकोस्, कि सम्भवत: कुनै दिन यसले उनीहरूलाई लाभ गरोस्।

अनि अब, म आफूले लेखेको बारेमा केही भन्दछु; किनकि मैले अमलेकीले भनेका यी बेन्यामिन राजाको शासनकालसम्मको, नफीका पाताहरूबाट संक्षिप्त बनाएपछि, मेरा हातहरूमा हस्तान्तरण गरिएका अभिलेखहरूमा मैले खोजेँ, जसमा अगमवक्ताहरूका, याकूबदेखि यी बेन्यामिन राजाको शासनकालको, अनि नफीका धेरै वचनहरूका पनि यो सानो विवरण समेटिएको थियो।

अनि यी पाताहरूमा भएका कुराहरूले मलाई खुशी पार्छन्, ख्रीष्टको आगमनको अगमवाणीहरूका कारण; अनि तिनीहरूमध्ये धेरै पूरा भएको मेरा पितापुर्खाहरुलाई थाह भएर; हो, अनि आजसम्म हाम्रा बारेमा अगमवाणी गरिएका कुराहरू सबै पूरा भएको मलाई थाह छ, अनि यस दिनभन्दा पछिका सबै निश्चय नै पूरा हुनेछन्।

यसकारण, मैले तिनमा मेरो अभिलेख अन्त्य गर्न यी कुराहरू छानेँ, जुन मेरो अभिलेखको बाँकी अंशहरू म नफीका पाताहरूबाट ल्याउनेछु; अनि म मेरो जनका कुराहरूको सयांश पनि लेख्न सक्दिनँ।

तर हेर, मैले यी अगमवाणीहरू र प्रकाशहरू भएका यी पाताहरू लिएँ, अनि तिनीहरूलाई मेरा अभिलेखका बाकि अंशसँग गाभेँ, किनकि तिनीहरू मेरा निम्ति रोजा छन्; अनि मलाई थाहा छ कि तिनीहरू मेरा बन्धुहरूका निम्ति रोजा हुनेछन्।

अनि म यो विवेकी प्रयोजनको निम्ति गर्छु, किनकि यसरी मलाई कानेखुसी गरिएको छ, ममा भएको परमप्रभुको आत्माको कार्यहरूअनुसार। अनि अब, मलाई सबै कुराहरू थाहा छैन; तर परमप्रभुलाई आउने कुराहरू सबै थाह छ; यसकारण, उहाँले उहाँको इच्छाअनुसार ममा कार्य गर्नुहुन्छ।

अनि मेरा परमेश्वरतिरका प्रार्थना मेरा बन्धुहरूका बारेमा हुन्, कि उनीहरू फेरि एक पटक परमेश्वरको, हो, ख्रीष्टको उद्दारको ज्ञानमा आउन सकून्; हो, कि तिनीहरू फेरि एक पटक आनन्ददायक मानिसहरू हुन सकून्।

अनि अब, म, मोर्मोन, मेरो अभिलेखको अन्त्य गर्नु अगाडि बढ्दछु, जुन मैले नफीका पाताहरूबाट लिन्छु; अनि परमेश्वरले मलाई दिएको ज्ञान र सुझबुझअनुसार म यो बनाउँदछु।

१० यसकारण, यस्तो हुन गयो कि अमलेकीले यी पाताहरू बेन्यामिन राजाका हातहरूमा हस्तान्तरण गरेपछि, उनले ती लिए र अरु पाताहरूसँग गाभे, जुनमा बेन्यामिन राजाका दिनहरूसम्म राजाहरूद्वारा, एक पिँढीदेखि अर्को पिँढीलाई हस्तान्तरित गरिएका अभिलेखहरू समेटिएका छन्।

११ अनि बेन्यामिन राजादेखि, एउटा पिँढीदेखि अर्को पिँढी हुँदै मेरो हातहरूमा नपरुन्जेलसम्म, तिनीहरूलाई हस्तान्तरित गरिएको थियो। अनि म, मोर्मोन, परमेश्वरमा प्रार्थना गर्दछु कि यस समय उपरान्त तिनीहरूको संरक्षण गरियोस्। अनि मलाई थाह छ कि तिनीहरूको संरक्षण हुनेछ; किनकि तिनीहरूमा महान् कुराहरू लेखिएका छन्, जसबाट मेरा मानिसहरू र उनीहरूका बन्धुहरूका लेखिएका परमेश्वरका वचनअनुसार त्यो महान् र अन्तिम दिनमा न्याय गरिनेछ।

१२ अनि अब, यी बेन्यामिन राजाका बारेमा—उनीसँग उनका मानिसहरूमाझ केही कलहहरू थिए।

१३ अनि यस्तो पनि हुन गयो कि लमानीहरूका सेनाहरू नफीको भूमिबाट उनका मानिसहरूविरुद्ध लडाईँ गर्न आए। तर हेर, बेन्यामिन राजाले आफ्ना सेनाहरू एकसाथ जम्मा गरे, अनि उनीहरूविरुद्ध खडा भए; अनि उनले उनका आफ्ना बाहुका शक्तिका साथ, लाबानको तरबार लिएर लडे।

१४ अनि धेरै हजारौं लमानीहरूलाई बध नगरुन्जेलसम्म उनीहरूले परमप्रभुको शक्तिमा उनीहरूका शत्रुहरूविरुद्द लडे। अनि यस्तो हुन गयो कि उनीहरूले उनीहरूका रिक्थको सारा भूमिहरूबाट उनीहरूलाई नधपाइन्जेलसम्म लमानीहरूविरुद्ध लडे।

१५ अनि यस्तो हुन गयो कि त्यहाँ नक्कली ख्रीष्ट आएपछि, अनि तिनीहरूका मुखलाई बन्द गराएपछि, अनि तिनीहरूलाई तिनीहरूका अपराधअनुसार सजाँय दिएपछि;

१६ अनि त्यहाँ ती जनमाझ झुटा अगमवक्ताहरू, अनि झुटा प्रवचकहरू र शिक्षकहरू आएपछि, अनि तिनीहरूलाई उनीहरूका अपराधअनुसार सजाय दिएपछि; अनि त्यहाँ धेरै कलह र धेरै मतभेदहरू लमानीहरूसामु आएपछि, हेर, यस्तो हुन गयो कि उनका मानिसहरूमाझ भएका पवित्र अगमवक्ताहरूका सहयोग मार्फत्—

१७ किनकि हेर, बेन्यामिन राजा पवित्र मानिस थिए, अनि उनले आफ्ना जनमाथि धार्मिकतामा शासन गरे; अनि त्यस भूमिमा धेरै पवित्र मानिसहरू थिए, अनि तिनीहरूले शक्ति र अधिकारकासाथ परमेश्वरको वचन बोले; मानिसहरूका हठिपनाका कारण तिनीहरूले धेरै कठोरता प्रयोग गरे—

१८ यसकारण, यिनका साहयताका साथ, बेन्यामिन राजाले, उनको शरीरका सारा शक्ति र उनको पूरा आत्माको सामर्थ्यका साथ परिश्रम गरे, अनि अगमवक्ताहरूद्वारा पनि भूमिमा अरु एक पटक शान्ति स्थापना गरे।