धर्मशास्त्रहरू
मोसीयाह १


मोसीयाहको पुस्तक

अध्याय १

बेन्यामिन राजाले उनका छोराहरूलाई भाषा र उनीहरूका पितापुर्खाहरुका अगमवाणीहरू सिकाउँछन्—बिभिन्न पाताहरूमा राखिएका अभिलेखहरूका कारण उनीहरूका धर्म र सभ्यताको संरक्षण भएको छ—मोसीयाहलाई राजा चुनिन्छ अनि अभिलेखहरू र अन्य कुराहरूको दायित्व दिइन्छ। लगभग ई.पु. १३०–१२४।

अनि अब बेन्यामिन राजाका मातहतका सबै जनमाझ जरहेम्लाको भूमिमा अरु कुनै कलह थिएन, त्यसकारण बेन्यामिन राजासँग उनका बाँकी सबै दिनहरूमा निरन्तर शान्ति थियो।

अनि यस्तो हुन गयो कि उनका तीनवटा पुत्रहरू थिए: तिनले उनीहरूका नामहरू मोसीयाह र हेलोरुम र हेलामान भनेर राखे। अनि उनले तिनीहरूलाई आफ्ना पितापुर्खाहरुका सबै भाषा सिकाइयोस् भनेर लगाए, कि तिनीहरू समझ भएका मानिसहरू बन्न सकून्; अनि कि उनीहरूका पितापुर्खाहरुका मुखद्वारा बोलिएका परमप्रभुका हातद्वारा हस्तान्तरण गरिएका अगमवाणीहरूका बारेमा जान्न सकून्।

अनि उनले तिनीहरूलाई काँसका पाताहरूमा कुँदिएका अभिलेखहरूका बारेमा पनि यसो भन्दै सिकाए: मेरा पुत्रहरू, मलाई चाहाना छ कि तिमीहरूले यो सम्झनू कि यदि यी अभिलेखहरू र यी आज्ञाहरू भएका यी पाताहरू नभएको भए, हामीले वर्तमान समयमा समेत परमेश्वरका रहस्य थाहा नपाएर अज्ञानता सहनु पर्थ्यो।

किनकि यो सम्भव थिएन कि हाम्रा पिता लहीले यी पाताहरूका सहयोग बिना यी सबै कुराहरू सम्झन, उहाँका छोराछोरीहरूलाई ती सिकाउन सक्नुहुन्नथ्यो; किनकि उहाँलाई मिश्रीहरूका भाषा सिकाइएकोले त्यसकारण उहाँले यी कुँदाइहरू पढ्न, अनि परमेश्वरको आज्ञाहरू पूरा गरी, वर्तमान समयसम्म पनि, अनि उहाँका छोराछोरीहरूलाई सिकाउन सक्नुभयो।

म तिमीहरूलाई भन्दछु, मेरा पुत्रहरू, यदि यी कुराहरूका लागि नभएको भए, जुन परमेश्वरका हातले बचाइएको र संरक्षण गरिएको छ, कि हामी उहाँका रहस्यहरू पढ्न र बुझ्न, अनि उहाँका आज्ञाहरू सदैव हाम्रा आँखाहरू अगाडि पाउन सकौँ, कि हाम्रा पितापुर्खाहरु समेत विश्वासमा क्षीण हुन्थे होला, हामी हाम्रा बन्धुहरू लमानीहरूजस्तै हुन्थ्यौँ, जो, उनीहरूका पितापुर्खाहरुका गलत परम्पराहरूका कारणले, यी कुराहरू थाहा नपाएर, अथवा उनीहरूलाई ती सिकाउँदा समेत तिनमा विश्वास गर्दैनन्।

हे मेरा पुत्रहरू, म चाहन्छु कि तिमीहरू सम्झकि यी भनाइहरू सत्य छन्, अनि यी अभिलेखहरू पनि सत्य छन्। अनि हेर, यी नफीका पाताहरू पनि, जुनमा हाम्रा पितापुर्खाहरुले यरुशलेम छाडे देखि अहिले सम्मका अभिलेखहरू र भनाइहरू छन्, अनि ती सत्य छन्; अनि हामी तिनीहरूका निश्चितता थाहा पाउन सक्छौँ किनभने ती हामीसँग हाम्रा आँखाअगाडि छन्।

अनि हेर, मेरा छोराहरू, म चाहन्छुकि तिमीहरूले लगनशीलताका साथ यिनमा खोजीगर्न सम्झनु, कि त्यसबाट तिमीहरूलाई फाइदा होस्; अनि म चाहन्छु कि तिमीहरूले परमेश्वरका आज्ञाहरू पालना गर्नू, कि परमप्रभुले हाम्रा पितापुर्खाहरुसँग गरेका वाचाहरूअनुसार तिमीहरूको यो भूमिमा उन्नति होस्।

अनि कैयौँ अरु कुराहरू बेन्यामिन राजाले उनका पुत्रहरूलाई सिकाए, जुन यो पुस्तकमा लेखिएका छैनन्।

अनि यस्तो हुन गयो कि बेन्यामिन राजाले उनका पुत्रहरूलाई सिकाउन अन्त्य गरे पछि, उनी वृद्ध भए, अनि उनले देखे कि उनी सारा पृथ्वीको मार्गबाट छिट्टै जानुपर्छ, यसकारण, उनले सोचे कि यो उचित छ कि उनले उनीहरूका पुत्रहरूमध्ये एकलाई अधिराज्य प्रदान गर्नुपर्दछ।

१० त्यसकारण, उनले मोसीयाहलाई आफ्ना अगाडि ल्याउन लागाए; अनि यी वचनहरू हुन् जुन उनले तिनकासामु बोले, यसो भन्दै: मेरो पुत्र, म चाहन्छु कि तिमीले यो भूमिभरि, यी सारा मानिसहरू, वा जराहेम्लाका मानिसहरू, वा मोसीयाहका मानिसहरू जो भूमिमा बस्दछन् तिनीहरूमाझ घोषणा गर्नु, कि उनीहरू एकसाथ जम्मा होऊन्; किनकि भोलि म यी मानिसहरूसामु मेरै आफ्नै मुखबाट घोषणा गर्नेछु कि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुभएका यी मानिसहरूका तिमी राजा र शासक हौ।

११ अनि अरु, म यी मानिसहरूलाई एउटा नाम दिनेछु, कि तिनीहरू यरुसलेमको भूमिबाट परमप्रभु परमेश्वरले ल्याइएका सबै मानिसहरू मध्ये चिनिइन सकून्; अनि म यो गर्दछु किनभने परमप्रभुको आज्ञा पालना गर्न उनीहरू लगनशील मानिसहरू भएका छन्।

१२ अनि म तिनीहरूलाई उल्लङ्घन नगर्दासम्म कहिल्यै नमेटिने नाउँ दिन्छु।

१३ हो अनि म अरु तिमीलाई भन्दछु, कि यदि यी परमप्रभुबाट अति नै कृपा पाएका मानिसहरू उल्लंघनमा पतन भए भने, अनि एक दुष्ट र व्यभिचारी मानिस बने भने, कि परमप्रभुले तिनीहरूलाई छोडिदिनुहुनेछ, कि त्यसबाट तिनीहरू उनीहरूका बन्धुहरू जस्तै कमजोर हुनेछन्; अनि उहाँको अतुलनीय र आश्चर्यजनक शक्तिद्वारा उनीहरूलाई, हाम्रा पितापुर्खाहरुलाई उहाँले गरे जस्तै, संरक्षण गर्नुहुनेछैन।

१४ किनकि म तिमीसामु भन्दछु, कि यदि उहाँले हाम्रा पितापुर्खाहरुका संरक्षणमा उहाँको हात नफैल्याएको भए उनीहरू लमानीहरूका हातमा पर्थे, अनि उनीहरूका घृणाको शिकार बन्थे।

१५ अनि यस्तो हुन गयो कि बेन्यामिन राजाले उनका पुत्रसँगका यी भनाइहरूको अन्त्य गरेपछि, कि उनले अधिराज्यको सबै कारोबारको जिम्मा उनलाई दिए।

१६ अनि अरु, उनले तिनलाई जिम्मेवारी पनि दिए काँसका पाताहरूमा कुदिएको अभिलेखहरूका सम्बन्धमा, अनि नफीका पाताहरूका पनि; अनि यो पनि, लाबानको तरबारको, अनि गोल या दिशा निर्देशकको, जसले हाम्रा पितापुर्खाहरुलाई उजाड स्थानमा अगुवाइ गऱ्यो, जुन परमप्रभुको हातबाट तयार गरिएको थियो कि त्यसद्वारा उनीहरूकोका अगुवाइ होस्, प्रत्येकको उनीहरूले उहाँलाई दिएको ध्यान र लगनशीलताअनुसार।

१७ त्यसकारण, जब उनीहरू आस्थाहीन भए तिनीहरूका यात्रामा उन्नति भएन न त प्रगति भयो, तर उनीहरूलाईपछाडि धकेलियो, उनीहरूमाथि परमेश्वरको खेद आइपऱ्यो; अनि त्यसकारण, तिनीहरूका कर्तव्य सम्झाउनमा घचघचाउन तिनीहरूलाई अनिकाल र कष्टदायक पीडाले हिर्काइयो।

१८ अनि अब, यस्तो हुन गयो कि मोसीयाह गए र उनको पिताले उनलाई आज्ञा गरेअनुसार गरे, अनि जरहेम्लामा भएका सबै जनमा घोषणा गरे कि त्यसबाट तिनीहरू एकसाथ स्वयम जम्मा होऊन्, उनका पिताले बोल्ने वचनहरू सुन्न मन्दिरतिर जाऊन्।