धर्मशास्त्रहरू
मोसीयाह ३


अध्याय ३

बेन्यामिन राजाले उनको सम्बोधन जारी राख्छन्—सर्वशक्तिमान परमप्रभुले माटाको शरीरमा मानिसहरूमाझ सेवा गर्नुहुनेछ—संसारका पापहरूका प्रायश्चित्त गर्न प्रत्येक रोमकुपबाट रगत आउनेछ—उहाँको एकमात्र नाउँ हो जसबाट मुक्ति आउँछ—प्रायश्चित्त मार्फत् मानिसले प्राकृतिक मानिसलाई अलग्याएर सन्त बन्न सक्छ—दुष्टहरूका पिडा आगो र गन्धकको कुण्ड हुनेछ। लगभग ई.पु. १२४।

अनि फेरि मेरा बन्धुहरू, म तिमीहरूको ध्यान आकर्षण गर्न चाहान्छु, किनकि मलाई तिमीहरूसामु अरु केही बोल्नु छ; किनकि हेर, आउने कुराहरूका बारेमा मैले तिमीहरूसामु भन्नु छ।

अनि जुन कुराहरू म तिमीहरूलाई भन्नेछु, ती मलाई परमेश्वरका स्वर्गदूतले अवगत गराएका हुन्। अनि उनले मसामु भने: व्यूँझ; अनि म व्यूँझेँ, अनि हेर उनी मेरा अगाडि खडा भए।

अनि उनले मसामु भने: उठ, अनि मैले तिमीलाई भन्ने वचनहरू सुन; किनकि हेर, म तिमीसामु महान् आनन्दको खुसीको खबर घोषणा गर्न आएको हुँ।

किनकि परमप्रभुले तिम्रा प्रार्थनाहरू सुन्नुभएको छ, अनि तिम्रो धार्मिकताको न्याय गर्नुभएको छ, अनि मलाई तिमी आनन्दित हुन सक भनी तिम्रासामु घोषणा गर्न पठाउनुभएकोछ; अनि कि तिमीले तिम्रा जनसामु घोषणा गर्न सक, कि उनीहरू पनि आनन्दले भरियून्।

किनकि हेर, समय आउँछ, अनि त्यति पर छैन, कि शक्तिकासाथ, शासन गर्ने सर्वशक्तिमान परमप्रभु, जो हुनुहुन्थ्यो, अनि सबै अनन्तदेखि सबै अनन्तसम्म हुनहुन्छ, उहाँ मानिसका छोराछोरीमाझ स्वर्गबाट तल आउनुहुनेछ, अनि माटोको शरीर लिनुहुनेछ, अनि मानिसहरूका माझ अगाडि जानुहुनेछ, शक्तिशाली आश्चर्यकर्महरू गर्दै, जस्तै, बिरामीको चङ्गाइ गर्दै, मरेकालाई उठाउँदै, लङ्गडालाई हिँडाउदै, अन्धाहरूलाई दृष्टि प्राप्त गर्न लगाउँदै, अनि बहिराहरूलाई सुन्न लगाएर, अनि हरेक प्रकारका रोगहरूका उपचार गराउँदै।

अनि उहाँले सैतानलाई, अथवा मानिसका छोराछोरीहरूका हृदयहरूमा बस्ने दुष्ट आत्माहरूलाई निकाला गर्नुहुनेछ।

अनि हेर, उहाँले परीक्षाहरू, अनि शरीरको पीडा, भोक, प्यास र थकान, मृत्युसम्मका बाहेक मानिसले सहन सक्ने समेत भन्दा पनि धेरै सहनु पर्नेछ; किनकि हेर, प्रत्येक रोमकुपबाट रगत आउनेछ, उहाँका जनका दुष्टता र कुकर्महरूका निम्ति उहाँको वेदना त्यति महान् हुनेछ।

अनि उहाँलाई येशू ख्रीष्ट, परमेश्वरका पुत्र, स्वर्ग र पृथ्वीका पिता, प्रारम्भदेखिका सबै कुराहरूका सृष्टिकर्ता भनिनेछ; अनि उहाँकी आमालाई मरियम भनिनेछ।

अनि हेर, उहाँ उहाँका आफ्नाहरूसामु आउनुहुनेछ, कि उहाँको नाउँमाथिको आस्था मार्फत् मानिसका छोराछोरीहरूमा मुक्ति आउन सकोस्; अनि यी सबैपछि समेत उनीहरूले उहाँलाई एक मानिस सोच्नेछन्, अनि भन्नेछन् कि उससँग सैतान छ, अनि उहाँलाई कोर्रा हान्नेछन्, अनि उहाँलाई क्रुसमा टाँग्नेछन्।

१० अनि उहाँ मृत्युबाट तिन दिनमा उठ्नुहुनेछ; अनि हेर, उहाँ संसारको न्याय गर्न खडा हुनुहुन्छ; अनि हेर, यी सबै कुराहरू गरिएका हुन् कि एक धार्मिक न्याय मानिसका छोराछोरीहरुसामु आउन सकोस्।

११ किनकि हेर, अनि उहाँको रगतले पनि आदमको उल्लङ्घनबाट पतन भएकाहरूका, नजानीकन पाप गरेकाहरूका, अथवा उनीहरूका बारेमा परमेश्वरको इच्छा थाहा नपाइकन मरेकाहरूको पापहरूका निम्ति प्रायश्चित्त गर्दछ।

१२ तर धिक्कार, धिक्कार छ उनीहरूलाई जसलाई थाहा छ कि उसले परमेश्वरका विरुद्ध विद्रोह गर्दछ! किनकि प्रभु येशू ख्रीष्टमाथिको आस्था र पश्चात्ताप मार्फत् बाहेक मुक्ति त्यस्तो कसैलाई पनि आउँदैन।

१३ अनि परमप्रभुले उहाँका पवित्र अगमवक्ताहरूलाई मानिसका छोराछोरीहरूमाझ पठाउनुभएको छ, यी कुराहरू प्रत्येक कुटुम्ब, राष्ट्र, अनि भाषाहरूमा, कि त्यसबाट, जसले ख्रीष्ट आउनुहुन्छ भनेर विश्वास गर्दछ, उसले उनीहरूका पापहरूबाट छुट्कारा प्राप्त गर्न सक्नेछ, अनि अत्यन्त धेरै खुसीका साथ आनन्दित हुन सक्नेछ, उहाँ उनीहरूसामु आइसक्नुभएको छ भन्ने समेतजस्तै गरी।

१४ अझ परमप्रभु परमेश्वरले देख्नुभयो कि उहाँका जन हठी थिए, अनि उहाँले उनीहरूका लागि एक व्यवस्थाको स्थापना गर्नुभयो, मोशाको व्यवस्था समेत।

१५ अनि उहाँको आगमनका बारेमा, धेरै चिन्हहरू, अनि आश्चर्यकर्महरू, अनि प्रकारहरू, अनि छाँयाहरू उनीहरूसामु देखाइए; अनि पवित्र अगमवक्ताहरूले पनि उहाँको आगमनका बारेमा बोले; अनि अझै उनीहरूले आफ्ना हृदयहरू कठोर पारे, अनि उनीहरूले बुझेनन् कि उहाँको रगतको प्रायश्चित्तमार्फत् बाहेक मोशाको व्यवस्थाले कुनै पनि उपलब्धी दिँदैन।

१६ अनि यदि यो सम्भव भए पनि कि साना बालबालिकाहरूले पाप गर्न सक्थे उनीहरूलाई बचाउन सकिदैन; तर म तिमीहरूसामु भन्दछु उनीहरू आशीषित छन्; किनकि हेर, आदममा जस्तै, अथवा प्रकृतिद्वारा, उनीहरूका पतन हुनेछ; त्यसोभए पनि ख्रीष्टको रगतले उनीहरूका पापको प्रायश्चित्त गर्नेछ।

१७ अनि अरु, म तिमीहरूलाई भन्दछु, कि त्यहाँ अर्को दिएको कुनै नाउँ छैन न त अरु कुनै बाटो छ, न त माध्यम नै छ जसबाट मानिसका छोराछोरीमा मुक्ति आउन सकोस्, केवल सर्वशक्तिमान परमप्रभु ख्रीष्टमा र उहाँमार्फत्।

१८ किनकि हेर उहाँले न्याय गर्नुहुन्छ, अनि उहाँको न्याय न्यायोचित हुन्छ; अनि बाल्यकालमै मर्ने बालबालिकाहरूको नाश हुनेछैन; तर मानिसहरूले आफैँलाई विनम्र नबनाए अनि साना बालबालिकाहरू जस्तै नबने, अनि सर्वशक्तिमान परमप्रभु ख्रीष्टको प्रायश्चित्तको रगतमा र उहाँमार्फत् मात्र मुक्ति थियो, अनि छ, अनि आउनेछ, भनी विश्वास नगरे उनीहरूले आफ्नो जीवात्माको अभिशाप पिउँछन्।

१९ किनकि प्राकृतिक मानिस परमेश्वरको शत्रु हो, अनि ऊ आदमको पतनदेखि नै भई आएको छ, र सदासर्वदाका लागि निरन्तर रहनेछ, जबसम्म उसले आफूलाई पवित्र आत्माको प्रेरणामा समर्पण गर्दैन र त्यो प्राकृतिक मानिसलाई अलग्याउँदैन अनि परमप्रभु ख्रीष्टको प्रायश्चित्तमार्फत् सन्त बन्दैन र एक बालक जस्तै, समर्पित, विनम्र, नम्र, धीर, मायाले भरिएको, जसरी बालक उसको पितामा समर्पित हुन्छ, त्यसरी नै परमप्रभुले उसलाई दिन योग्य ठहऱ्याइएका कष्टहरू प्रति समर्पित हुन इच्छुक हुँदैन तबसम्म हुनेछ।

२० अनि अरु, म तिमीहरूसामु भन्दछु, कि त्यस्तो समय आउनेछ जब मुक्तिदाताको ज्ञान प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जन भरि छरिनेछ।

२१ अनि हेर, जब त्यो समय आउँदछ, साना बालबालिकाहरू बाहेक, सर्वशक्तिमान परमप्रभु परमेश्वरको नाउँमा आस्था र पश्चात्तापमार्फत् बाहेक कोही पनि परमेश्वरअगाडि दोष बिनाको फेला पारिनेछैन।

२२ अनि यो समयमा समेत, जब तिमीले आफ्ना जनलाई परमप्रभू तिम्रा परमेश्वरले तिमीलाई आज्ञा दिएको कुराहरू सिकाइसकेपछि, त्यस समयमा समेत, मैल तिमीसामु बोलेका वचनहरूअनुसार मात्रै, उनीहरू अझ बढी दोषमुक्त फेला पारिनेछैनन्।

२३ अनि अब मैले परमेश्वरले मलाई आज्ञा गरेका वचनहरू बोलिसकेको छु।

२४ अनि परमप्रभु यसो भन्नुहुन्छ: त्यीती यी मानिसहरूविरुद्ध स्पष्ट गवाहीको रुपमा, त्यो न्यायको दिनमा, खडा हुनेछन्, त्यसबाट प्रत्येक मानिसको न्याय गरिनेछ, उसका कार्यहरूअनुसार, उनीहरू असल भए पनि, अथवा उनीहरू दुष्ट भए पनि।

२५ अनि यदि उनीहरू दुष्ट भए उनीहरूलाई उनीहरूका आफ्ना दोष र कुकर्महरूको एक भयावह दृश्यतिर पठाइन्छ, जसले उनीहरूलाई परमप्रभुको उपस्थितिबाट दु:ख र अन्त्यहीन पीडाको अवस्थातिर खुम्च्याएर लैजान्छ, जहाँबाट उनीहरू फेरि फर्कन सक्दैनन्, त्यसकारण, उनीहरूले आफ्ना जीवात्माहरूका लागि अभिशाप पिएका छन्।

२६ त्यसकारण, उनीहरूले परमेश्वरको क्रोधको कचौराबाट पिएका छन्, जुन जसरी निषेधित फल खाएका कारणले आदमको पतन हुन पऱ्यो त्यसरी नै न्यायले उनीहरूका निम्ति अस्वीकार गर्न सक्दैन, त्यसकारण, कृपाले उनीहरूमाथि सदासर्वदाका निम्ति दावा गर्न सक्दैन।

२७ अनि उनीहरूका पिडा आगो र गन्धकको कुण्ड जस्तै छ, जुनका ज्वालाहरू निभाउन सकिँदैन र जसको धुँवा सदासर्वदाका लागि निरन्तर माथि आरोहण गर्दछ। यसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको छ। आमिन।