धर्मशास्त्रहरू
मोसीयाह ५


अध्याय ५

सन्तहरू आस्था मार्फत् ख्रीष्टका छोराहरू र छोरीहरू बन्दछन्—त्यसपछि उनीहरूलाई ख्रीष्टको नाउँले बोलाइन्छ—बेन्यामिन राजाले उनीहरूलाई अटल र अडिग हुन प्रोत्साहित गर्छन्। लगभग ई.पू. १२४।

अनि अब, यस्तो हुन गयो कि जब बेन्यामिन राजाले उनका जनसामु यसरी बोलेका थिए, उनले उनीहरूसामु बोलेका वचनहरूमा उनका जनले विश्वास गर्छन् कि गर्दैनन् भन्ने थाहा पाउने चाहाना गर्दै, उनले उनीहरूमाझ पठाए।

अनि उनीहरू सबै एक आवाजले कराए, यसो भन्दै: हो, हामीले तपाईँले हामीहरूसामु बोलेका वचनहरू सबैमा विश्वास गर्छौँ; अनि हामीलाई तिनको निश्चितता र सत्यता पनि थाहा छ; सर्वशक्तिमान् परमप्रभुको आत्माका कारणले, जसले हामीमा, अथवा हाम्रो हृदयहरूमा शक्तिशाली परिवर्तन ल्याएको छ कि हामीमा खराब गर्ने अरु कुनै आकाङ्क्षा छैन, तर निरन्तर असल गर्ने।

अनि हामीहरूसँग, आफैँ, परमेश्वरको कृपा र उहाँको आत्मिक प्रकटीकरणहरूमार्फत् पनि, तिनका महान् दृष्टिहरू छन् जुन आउने छन्; अनि उचित भए, हामी सबै कुराहरूको अगमवाणी गर्न सक्छौँ।

अनि यो आस्था हो जुन हामीसँग हाम्रा राजाले हामीसामु बोलेका कुराहरूमा छ त्यसले हामीलाई यो महान् ज्ञानसम्म ल्याएको छ, यसकारण हामी यस्तो अत्यन्त महान् खुशीले आनन्दित छौँ।

अनि उहाँको इच्छा पूरा गर्न र उहाँले हामीलाई दिने आज्ञाहरूप्रति सबै कुराहरूमा, हाम्रा बाँकी दिनहरू सबैमा, आज्ञाकारी बन्न हामी हाम्रा परमेश्वरसँग करारमा प्रवेश गर्न इच्छुक छौँ, कि हामीहरूले आफूमाथि कहिले अन्त नहुने पीडा नल्याऔँ, स्वर्गदूतद्वारा बोलिएको जस्तै, कि हामीले परमेश्वरको क्रोधको कचौराबाट नपिऔँ।

अनि, अब, यिनै ती वचनहरू हुन् जुन बेन्यामिन राजाले उनीहरूबाट चाहेका थिए; र त्यसकारण उनले उनीहरूसामु भने: तिमीहरूले मैले चाहेका वचनहरू बोलेका छौ; अनि तिमीहरूले गरेको करार एउटा धर्मी करार हो।

अनि अब, तिमीहरूले गरेको करारका कारण तिमीहरूलाई ख्रीष्टका छोराछोरीहरू भनिन्छ, उहाँका छोराहरू र उहाँका छोरीहरू; किनकि हेर, यो दिन उहाँले तिमीहरूलाई आत्मिकरुपमा जन्माउनु भएको छ; किनकि तिमीहरू भन्दछौ कि तिमीहरूका हृदयहरू उहाँको नाउँमाथिको आस्थामार्फत् परिवर्तित भएको छ; त्यसकारण तिमीहरू उहाँबाट जन्मिएका हौ र उहाँका छोराहरू र उहाँका छोरीहरू बनेका छौ।

अनि यो नाउँ मुनि तिमीहरूलाई मुक्त बनाइएको छ; अनि त्यहाँ कुनै अर्को नाउँ छैन जसबाट तिमीहरूलाई मुक्त बनाउन सकिन्छ। त्यहाँ अर्को कुनै नाउँ छैन जसबाट मुक्ति आउँदछ; त्यसकारण, म चाहन्छु कि तिमीहरूले ख्रीष्टको नाउँ आफूमा लिनु पर्दछ, तिमीहरू सबै जो परमेश्वरसँग करारमा पसेका छौ कि तिमीहरू आफ्नो जीवनहरूको अन्त्यसम्म आज्ञाकारी हुनुपर्दछ।

अनि यस्तो हुन जानेछ कि यसो गर्ने कसैलाई परमेश्वरको दाहिने हाततिर फेला पारिनेछ, किनकि उसलाई त्यो नाउँ थाहा हुनेछ जसबाट उसलाई बोलाइनेछ; किनकि उसलाई ख्रीष्टको नाउँद्वारा बोलाइनेछ।

१० अनि अब यस्तो हुन जानेछ, कि जसले ख्रीष्टको नाउँ आफूमा लिँदैन उसलाई अरु केही नाउँले बोलाइनेछ; त्यसकारण, उसले आफैँलाई परमेश्वरको देब्रे हातमा फेला पार्नेछ।

११ अनि म चाहन्छु कि तिमीहरूले यो पनि सम्झनु पर्छ, कि यो नै त्यो नाउँ हो जुन मैले भनेको थिएँ मैले तिमीहरूलाई उल्लङ्घनमार्फत् बाहेक कहिल्यै नमेटिने नाउँ दिनुपर्छ; त्यसकारण, होसियार होऊ कि तिमीहरूले उल्लङ्घन गर्दैनौ, कि त्यो नाउँ तिमीहरूको हृदयहरूबाट नमेटियोस्।

१२ म तिमीहरूलाई भन्छु, म चाहन्छु कि तिमीहरूले त्यो लेखेको नाउँ सदैव तिमीहरूको हृदयमा राख्न सम्झनुपर्छ, कि तिमीहरू परमेश्वरको देब्रे हातमा फेला नपर, तर कि तिमीहरूले आफूलाई बोलाइने त्यो आवाजलाई र, आफूलाई बोलाइने त्यो नाउँलाई पनि सुन्नू र चिन्नू।

१३ किनकि एक मानिसले कसरी त्यो मालिकलाई चिन्छ जसलाई उसले सेवा गरेको छैन र जो उसका निम्ति बिरानो छ र उसको हृदयका विचारहरू र इच्छाहरू भन्दा पर छ?

१४ अनि फेरि, के एक मानिसले उसको छिमेकीको मातहतमा भएको गधा लिन्छ, अनि त्यसलाई राख्दछ? म तिमीहरूलाई भन्दछु, राख्दैन; उसले त्यसले उसको बथानमाझ खाएको समेत सहने छैन, तर त्यसलाई लखट्ने छ, अनि त्यसलाई निकाला गर्नेछ। म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमाझ यस्तो समेत हुनेछ यदि तिमीहरूले आफूलाई बोलाइने नाउँलाई चिनेनौ भने।

१५ त्यसकारण, म चाहन्छु कि तिमीहरू अटल र अडिग हुनुपर्दछ, सदैव असल कार्यहरूमा भरपूर भएर, ताकि ख्रीष्ट, सर्वशक्तिमान परमप्रभु परमेश्वरले, उहाँको बनाउन तिमीहरूलाई छाप लगाएर बन्द गर्नुहुनेछ, कि तिमीहरूलाई स्वर्गमा ल्याइयोस्, कि तिमीहरूले चीरस्थायी मुक्ति र अनन्त जीवन पाओ, उहाँको विवेक र शक्ति र न्याय र कृपा मार्फत्, जसले, स्वर्गमा र पृथ्वीमा, सबै कुराहरूको सृष्टि गर्नुभयो, जो सबै माथिको परमेश्वर हुनुहुन्छ। आमिन।