धर्मशास्त्रहरू
मोसीयाह २


अध्याय २

बेन्यामिन राजाले उनका जनलाई सम्बोधन गर्छन्—उनले आफ्ना शासनकालको समानता, न्याय र आत्मिकताको विवरण दिन्छन्—आफ्ना स्वर्गीय राजाको सेवा गर्न उनले तिनीहरूलाई सल्लाह दिन्छन्—जसले परमेश्वरविरुद्ध विद्रोह गर्छ उसले निभाउन नसकिने आगोको वेदना भोग्नुपर्दछ। लगभग ई.पु. १२४।

अनि यस्तो हुन गयो कि मोसीयाहले उनका पिताले उनलाई आज्ञा गरे बमोजिम गरेपछि, अनि सम्पूर्ण भूमिभरि घोषणा गरेपछि, कि मानिसहरू भूमिभरि एकसाथ स्वयम् जम्मा भए, कि उनीहरू बेन्यामिन राजाले तिनीहरूसामु बोल्ने वचनहरू सुन्न मन्दिर जान सकून्।

अनि त्यहाँ ठूलो सङ्ख्या थियो, यति धेरै समेत कि उनीहरूले तिनीहरूलाई गनेनन्; किनकि उनीहरू यो भूमिमा अत्यन्त फैलिएर अत्यन्तै बढेका थिए।

अनि उनीहरूले उनीहरूका बथानका पहिले जन्मेकाहरू पनि सँगै ल्याए, कि उनीहरूले, मोशाको व्यवस्थाअनुसार, बलि र होमबलि अर्पण गर्न सकून्।

अनि अरु कि उनीहरूले परमप्रभु तिनीहरुका परमेश्वरलाई धन्यवाद दिन सकून्, जसले उनीहरूलाई यरुशलेमको भूमिबाट बाहिर ल्याउनुभएको थियो, अनि जसले उनीहरूलाई तिनीहरुका शत्रुहरूका हातहरूबाट पार लगाउनु भएको थियो, अनि न्यायोचित मानिसहरूलाई उनीहरूका शिक्षकहरूमा नियुक्त गर्नुभएको थियो, अनि त्यसमाथि तिनीहरूलाई जराहेम्लाको भूमिमा शान्ति स्थापना गरेर, उनीहरूलाई तिनीहरू खुशी होऊन् र परमेश्वर अनि सम्पूर्ण मानिसहरूप्रति मायाले भरियून् भनी परमेश्वरका आज्ञाहरू पालना गर्न सिकाउने एक न्यायिक व्यक्तिलाई राजा नियुक्त गरिदिनुभएको थियो।

अनि यस्तो हुन गयो कि जब उनीहरू मान्दिरतिर आए, प्रत्येक मानिस उसकी पत्नी, अनि उसका छोराहरू, अनि उसका छोरीहरू, अनि उनीहरूका छोराहरू र छोरीहरू भएका भए उसको परिवारअनुसार, सबभन्दा जेठोदेखि सबभन्दा कान्छोसम्म, प्रत्येक परिवार अर्को परिवारदेखि अलग्गिएर, उनीहरूले उनीहरूका पालहरू वरपर टाँगे।

अनि उनीहरूले आफ्ना पालहरू मन्दिरको वरिपरि टाँगे, प्रत्येक मानिसले आफ्नो पालको ढोका मन्दिरतिर फर्काएर, कि उनीहरू पालमै रहेर बेन्यामिन राजाले उनीहरूसामु बोल्ने वचनहरू सुन्न सकून्।

किनकि भीड यति ठूलो थियो कि बेन्यामिन राजाले उनीहरूलाई मन्दिरका पर्खालहरू भित्र शिक्षा दिन सकेनन्, त्यसकारण उनले धरहरा ठड्याउन लगाए, कि त्यसद्वारा उनका मानिसहरूले उनीहरूसामु उनले बोलेका वचनहरू सुन्न सकून्।

अनि यस्तो हुन गयो कि उनले यो धरहराबाट उनका जनसामु बोल्न थाले; अनि भीड विशाल भएको कारण उनीहरू सबैले उनका वचनहरू सुन्न सकेनन्; त्यसकारण उनले बोलेका वचनहरू लेखाउन र उनको आवाजभन्दा पर भएकाहरूमाझ पठाउन लगाए, कि उनीहरूले पनि उनका वचनहरू प्राप्त गर्न सकून्।

अनि उनले बोलेका र लेख्न लगाएका वचनहरू यी थिए, यसो भन्दै: मेरा बन्धुहरू, यहाँ भेला भएका तिमीहरू सबै, तिमीहरू जो आज मैले तिमीहरूसामु बोलेका वचनहरू सुन्न सक्छौ; किनकि मैले तिमीहरूलाई यहाँ आउने आज्ञा दिएको मैले बोल्ने वचनहरूका साथ खेलवाड गर्नका लागि होइन, तर कि तिमीहरूले मलाई सुन्नु पर्दछ र तिम्रा कानहरू खोल्नु पर्दछ कि तिमीहरूले सुन्न सक र तिम्रा हृदयहरू खोल्नु पर्दछ कि तिमीहरूले बुझ्न सक, अनि तिमीहरूका मस्तिष्कहरू खोल्नु पर्दछ कि परमेश्वरका रहस्यहरू तिमीहरूका दृष्टिमा खुलासा होऊन्।

१० मैले तिमीहरूलाई यहाँ आउने आज्ञा दिएको तिमीहरू मदेखि डराउनु पर्दछ, अथवा कि म आफैँ एक मरणशील मानिसभन्दा बढी हुँ भनी सोच्नु पर्दछ भनेर होइन।

११ तर म पनि तिमीहरू जस्तै, शरीर र मस्तिष्कमा सबै प्रकारका कमजोरीहरूका अधीनमा छु; तैपनि म यी मानिसहरूद्वारा छानिएको छु, अनि मेरो पिताद्वारा पवित्रीकृत गरिएको छु, अनि परमेश्वरका हातद्वारा अनुमति दिइएको कि म यी मानिसहरूका शासक र राजा बनूँ, परमप्रभुले मलाई दिनुभएको मेरो सम्पूर्ण बल, बुद्धि र शक्तिका साथ तिमीहरूका सेवा गर्न उहाँको अतुलनीय क्षमताद्वारा बचाइएको र संरक्षण गरिएको छु।

१२ म तिमीहरूलाई भन्दछु कि मलाई मेरा दिनहरू तिमीहरूका सेवामा बिताउन अनुमति दिएको छ, यो समयसम्म समेत, अनि तिमीहरूबाट न त सुन न त चाँदी न त कुनै किसिमको धन नै खोजेको छु;

१३ न त मैले तिमीहरूलाई झ्यालखानामा बन्द गरिनुपर्छ, न त कि तिमीहरूले एकअर्कालाई दासहरू बनाउनु पर्दछ, न त तिमीहरूले हत्या गर्नु, अथवा लुट्नु, अथवा चोर्नु, अथवा व्यभिचार गर्नुपर्छ भनी अनुमति दिएको छु; न त मैले तिमीहरूले कुनै प्रकारका दुष्टताहरू समेत गर्नु पर्छ भनी अनुमति दिएको छु, अनि मैले उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका सबै कुराहरूमा, उहाँका आज्ञाहरू पालना गर्नुपर्छ भनी सिकाएको छु—

१४ अनि म आफैँले समेत मेरै आफ्नै हातहरूले परिश्रम गरेको छु कि म तिमीहरूको सेवा गर्न सकूँ, अनि कि तिमीहरूलाई करले लादिन नपरोस्, अनि कि सहनलाइ कष्टकर केही पनि तिमीहरूमाथि नआओस्—अनि आज मैले बोलेका यी सबै कुराहरूको तिमीहरू आफैँ साक्षी छौ।

१५ तैपनि, मेरा बन्धुहरू, मैले यी सबै कुराहरू गरेको छैन कि म घमण्ड गर्न सकूँ, न त म तिमीहरूलाई यी कुराहरू भन्दछु कि यसबाट म तिमीहरूलाई दोष दिन सकूँ; तर म यी कुराहरू तिमीहरूलाई भन्दछु कि तिमीहरूले थाहा पाउन सक कि म यो दिन परमेश्वरअगाडि शुद्ध सद्विवेकको उत्तर दिन सकूँ।

१६ हेर, म तिमीहरूसामु भन्दछु कि किनभने तिमीहरूलाई मैले भनेँ कि मैले तिमीहरूका सेवामा मेरा दिनहरू बिताएको थिएँ, म घमण्ड गर्ने चाहना गर्दिनँ, किनकि म वास्तवमा परमेश्वरको सेवामा मात्र लागेका हुँ।

१७ अनि हेर, म तिमीहरूलाई यी कुराहरू भन्दछु कि तिमीहरूले बुद्धि सिक्न सक; कि तिमीहरूले सिक्न सक कि जब तिमीहरू आफ्ना सह-प्राणीहरूका सेवामा हुन्छौ, तब तिमीहरू वास्तवमा तिमीहरूका परमेश्वरको सेवामा हुन्छौ।

१८ हेर, तिमीहरूले मलाई आफ्ना राजा भनेका छौ, अनि यदि म, जसलाई तिमीहरूका राजा भन्छौ, तिमीहरूका सेवा गर्न परिश्रम गर्छु, भने के तिमीहरूले पनि एक अर्काको सेवा गर्न परिश्रम गर्नुपर्दैन होला त?

१९ अनि यो पनि हेर, यदि जसलाई तिमीहरूले राजा भन्छौ, जसले तिमीहरूका सेवामा आफ्ना दिन बिताएको छ, अनि अझ परमेश्वरको सेवामा भएको छ, म तिमीहरूको धन्यवाद योग्य छु भने, हे तिमीहरूले आफ्ना स्वर्गीय राजालाई कति धन्यवाद दिनुपर्छ होला!

२० म तिमीहरूसामु भन्दछु, मेरा बन्धुहरू, कि यदि तिमीहरूले सबै धन्यवाद दियौ अनि तिम्रो सम्पूर्ण जीवात्मामा भएको शक्तिले प्रशंसा गऱ्यौ, ती परमेश्वरसामु जसले तिमीहरूको सृष्टि गर्नुभयो र तिमीहरूको पालना गर्नुभयो र संरक्षण गर्नुभयो, अनि तिमीहरू खुसी हुनु पर्छ भनी अह्राउनुभयो, अनि दिनुभएको छ कि तिमीहरू एकअर्कासँग हर्षमा जिउनुपर्दछ—

२१ म तिमीहरूसामु भन्दछु कि यदि तिमीहरूले आफूलाई प्रारम्भदेखिबाट सृष्टि गर्ने, र तिमीहरू आफ्नै इच्छाअनुसार जिउन सक अनि चल्न सक भनी सास दिएर दिनदिनै संरक्षण गर्ने, अनि एक क्षणदेखि अर्को क्षणसम्म सहयोग गर्ने उहाँलाई सेवा गऱ्यौ भने—म भन्दछु, यदि तिमीहरूले तिमीहरूका सम्पूर्ण जीवात्माले उहाँको सेवा गऱ्यौ भने पनि तिमी फाइदा नदिने दास हुन्छौ।

२२ अनि हेर, उहाँले तिमीहरूबाट चाहाने एक मात्र चाहाना उहाँका आज्ञाहरू पालना गर्नु हो; अनि उहाँले प्रतिज्ञा गर्नुभएको छ कि यदि तिमीहरूले उहाँका आज्ञाहरू पालना गऱ्यौ भने, तिमीहरूले यो भूमिमा उन्नति गर्नेछौ; अनि उहाँ आफूले भनेका कुराहरूबाट कहिल्यै विचलित हुनुहुन्न; त्यसकारण, यदि तिमीहरूले उहाँको आज्ञाहरू पालना गऱ्यौ भने उहाँले तिमीहरूलाई आशीष दिनुहुन्छ र उन्नति गराउनुहुन्छ।

२३ अनि अब, प्रथमत, उहाँले तिमीहरूको सृष्टि गर्नुभएको छ, अनि तिमीहरूलाई तिम्रा जीवनहरू दिनुभएको छ, जसका लागि तिमीहरू उहाँप्रति ऋणी छौ।

२४ अनि दोस्रोमा, उहाँ चाहानुहुन्छ कि तिमीहरूले उहाँले तिमीहरूलाई दिएका आज्ञाहरूजस्तै गर; जसका निम्ति यदि तिमीहरूले गऱ्यौ भने, उहाँले तुरुन्तै तिमीलाई आशीष दिनुहुन्छ; अनि त्यसकारण उहाँले तिमीहरूलाई तिर्नुभएको छ। अनि तिमीहरू अझै पनि उहाँप्रति ऋणी छौ र हुनेछौ, सदासर्वदाका लागि निरन्तर; त्यसकारण, तिमीहरूले घमण्ड गर्ने के नै छ?

२५ अनि अब म सोध्दछु, तिमीहरूका पक्षमा तिमीहरूले के भन्न सक्छौ? म जवाफ दिन्छु, केही सक्दैनौ। तिमीहरू यो समेत भन्न सक्दैनौ कि तिमीहरू पृथ्वीको धुलो जत्तिकै छौ; तैपनि तिमीहरू पृथ्वीको धुलोबाट सृष्टि गरिएका हौ; तर हेर, यो तिमीहरूलाई सृष्टि गर्नेका मातहतमा छ।

२६ अनि म, म समेत, जसलाई तिमीहरू आफ्ना राजा भन्दछौ, तिमीहरू भन्दा असल छैन; किनकि म पनि धुलोको हुँ। अनि तिमीहरू हेर कि म बूढो छु, अनि म यो मरणशील शरीरलाई यसको मातृभूमिमा समर्पण गर्न लागेको छु।

२७ त्यसकारण, जसरी मैले तिमीहरूसामु भनेँ कि मैले तिमीहरूका सेवा गरेको थिएँ, परमेश्वरअगाडि एक सफा चेतनाका साथ हिड्दै, यतिसम्म कि यो समयमा समेत मैले तिमीहरू स्वयम् एकसाथ भेला हुनुपर्दछ भनेर अह्राएँ, कि म जब तिमीहरूका बारेमा परमेश्वरले आज्ञा दिएका कुराहरूका लागि परमेश्वरको न्यायका निम्ति खडा हुनेछौ, म बिना दोषको फेलापारियूँ र तिमीहरूको रगत ममाथि नआओस्।

२८ म तिमीहरूसामु भन्दछु कि तिमीहरूलाई मैले अह्राएँ कि तिमीहरू आफैँ एकसाथ भेला हुनुपर्दछ ताकि मैले मेरो वस्त्रमा भएको तिमीहरूका रगत हटाउन सकूँ, म मेरो समाधिस्थलतिर जाने यस बेलामा, कि म शान्तिसँग जान सकूँ, अनि मेरो अमर आत्मा एक न्यायी परमेश्वरको जयजयकार गाइरहेका माथिका भजनमण्डलीसँग सहभागी हुन सकोस्।

२९ अनि अरु, म तिमीहरूसामु भन्दछु कि मैले तिमीहरूलाई अह्राएँ कि तिमीहरू स्वयम् एकसाथ भेला हुनु पर्दछ, कि म अबदेखि न त तिमीहरूको शिक्षक, न त तिमीहरूको राजा हुन सक्छु भनेर घोषणा गर्न सकूँ;

३० किनकि यो समयमा समेत, तिमीहरूसामु बोल्न प्रयत्न गर्दा मेरो सम्पूर्ण शरीर अत्यन्त काँप्दछ; तर परमप्रभु परमेश्वरले मलाई सहयोग गर्नुहुन्छ, अनि मलाई तिमीहरूसामु बोल्न दिनुभएको छ, अनि मलाई आज्ञा दिनुभएको छ कि यो दिन म तिमीहरूसामु घोषणा गर्न सकूँ, कि मेरा छोरा मोसीयाह तिमीहरूमाथि एक राजा र शासक हुन्।

३१ अनि अब, मेरा बन्धुहरू, म चाहान्छु कि तिमीहरूले अहिलेसम्म जे गर्दै आएका छौ सोही गर्नू। जसरी तिमीहरूले मेरा आज्ञाहरू र मेरा पिताका आज्ञाहरू पालना गरेकाछौ, अनि उन्नति गरेका छौ, अनि तिमीहरूका शत्रुका हातहरूमा पर्नबाट जोगाइएका छौ, त्यसरी नै समेत यदि तिमीहरूले मेरा छोराका आज्ञाहरू, अथवा उसमार्फत् तिमीहरूसामु दिइने परमेश्वरका आज्ञाहरू पालना गऱ्यौ भने, तिमीहरूले यो भूमिमा उन्नति गर्नेछौ अनि तिमीहरूका शत्रुहरूको तिमीहरूमाथि कुनै शक्ति हुनेछैन।

३२ तर, हे मेरा जन, होशीयार होओ कि कथंकदाचित् तिमीहरूमाझ कलह उठ्नेछ, र तिमीहरू दुष्ट आत्माको पालना गर्न रोज्नेछौ, जुन मेरा पिता मोसीयाहद्वारा बोलिएका थिए।

३३ किनकि हेर, त्यहाँ जसले त्यो आत्माको पालना गर्न रोज्दछ ऊसमाथि धिक्कार उच्चारण गरिएको छ किनकि यदि ऊ उसप्रति आज्ञाकारी बन्न रोज्दछ र आफ्ना पापहरूमा मर्छ भने उसले आफ्नो आत्माको अभिशाप पिउँछ; किनकि उसले अजर सजायँको ज्याला प्राप्त गर्नेछ, उसले आफ्नो ज्ञान विपरीत परमेश्वरको नियम उल्लङ्घन गरेको हुनाले।

३४ म तिमीहरूसामु भन्दछु, कि त्यहाँ तिमीहरूमध्ये कोही छैन, तिमीहरूका साना बालबालिकाहरू बाहेक, जसलाई यी कुराहरूका बारेमा सिकाइएको छैन, तर कसलाई थाहा छैन कि तिमीहरू अनन्तका निम्ति स्वर्गमा रहनुहुने पिताप्रति ऋणी छौ, तिमीसँग जे छ र तिमी जे हौ त्यो सबै उहाँलाई अर्पण गर्न; र हाम्रा पिता लहीले यरुशलेम छाडेदेखिको समयदेखि समेत, पवित्र अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरू भएको अभिलेखहरूका बारेमा समेत सिकाइएको छ।

३५ अनि यो पनि, सबै जो अहिलेसम्म हाम्रा पितापुर्खाहरुद्वारा बोलिएका छन्। अनि हेर, यो पनि, उनीहरूले बोले कि जुन परमप्रभुद्वारा उनीहरूसामु आज्ञा गरिएको थियो; त्यसकारण, ती सही र सत्य छन्।

३६ अनि अब, म तिमीहरूसामु भन्दछु, मेरा बन्धुहरू, कि यी सबै कुराहरू तिमीहरूले थाहा पाएपछि र सिकाइएपछि यदि तिमीहरूले उल्लङ्घन गऱ्यौ र बोलिएका ती कुराहरू विपरीत गऱ्यौ भने, कि तिमीहरूले आफैँलाई परमप्रभुको आत्माबाट निकाला गऱ्यौ भने, कि तिमीहरूलाई आशीषित बनाउन, उन्नति गराउन, अनि संरक्षित बनाउन तिमीहरूलाई विवेकका बाटाहरू पथ प्रदर्शन गर्ने उसको तिमीहरूमा स्थान हुनेछैन।

३७ म तिमीहरूसामु भन्दछु, कि यसो गर्ने मानिस ऊ नै परमेश्वरको बिरोधमा खुल्ला बिद्रोहमा आउँदछ; त्यसकारण उसले दुष्ट आत्माको पालना गर्न रोज्दछ, अनि सबै धार्मिकताको शत्रु बन्दछ; त्यसकारण, परमप्रभुको उसमा कुनै स्थान छैन, किनकि उहाँ अपवित्र मन्दिरहरूमा बास गर्नुहुन्न।

३८ त्यसकारण यदि त्यो मानिसले पश्चात्ताप गरेन र परमेश्वरका सामु शत्रु नै रहेर मर्दछ भने ईश्वरीय न्यायको मागले उसको अमर जीवात्मालाई उसको आफ्नो दोषले जिउँदो चेतनामा जगाउँछ, जसले उसलाई परमप्रभुको उपस्थितिबाट पछि हटाउँछ, अनि उसको छाती दोषले, अनि पीडाले, र वेदनाले भर्दछ, जुन सदासर्वदाका लागि निरन्तर आरोहण गरिरहने कहिल्यै निभाउन नसकिने आगोको ज्वाला जस्तो हुन्छ।

३९ अनि अब म तिमीहरूसामु भन्दछु, कि कृपाको त्यो मानिसमाथि कुनै दावा छैन; त्यसकारण उसको अन्तिम अवस्था कहिल्यै अन्त्य नहुने पीडा सहनु हो।

४० हे, तिमी सबै बृद्धहरू, अनि तिमी युवाहरू पनि, अनि तिमी साना बालबालिकाहरू जो मेरा वचनहरू बुझ्छौ, किनकि मैले स्पष्टसँग तिमीहरूसामु बोलेको छु कि तिमीहरूले बुझ्न सक, म प्रार्थना गर्छु कि तिमीहरू उल्लङ्घनमा पतन भएकाहरूका त्यस भयानक अवस्थाको सम्झनामा उठ्नु पर्छ।

४१ अनि अरु, म चाहन्छु कि तिमीहरूले परमेश्वरको आज्ञा पालना गर्नेहरूका आशीष र खुसीयालीको अवस्थाका बारेमा सोच्नु पर्दछ। किनकि हेर, आत्मिक र पार्थिव दुबै, सबै कुराहरूमा उनीहरू आशीषित छन्; अनि यदि उनीहरू अन्त्यसम्म आस्थावान् बने भने उनीहरूलाई स्वर्गमा ग्रहण गरिन्छ, कि उनीहरू परमेश्वरसँग कहिल्यै अन्त्य नहुने खुसीयालीको अवस्थामा बास बस्न सक्छन्। हे, सम्झ, सम्झ कि यी कुराहरू सत्य छन्; किनकि परमप्रभु परमेश्वरले बोल्नुभएको छ।