धर्मशास्त्रहरू
मोसीयाह २३


नोआ राजाका जनद्वारा उजाड स्थानतिर धपाइएका अल्मा र परमप्रभुका जनको एक विवरण।

अध्याय २३ र २४

अध्याय २३

अल्मा राजा हुन अस्वीकार गर्छन्—उनी उच्च पादरीका रुपमा सेवा गर्छन्—परमप्रभुले उहाँका जनलाई ताडना दिनुहुन्छ र लमानीहरूले हेलामको भूमि विजय पाउँछन्—अमुलोन, नोआ राजाका दुष्ट पादरीहरूका अगुवाले लमानी राजाको अधीनमा शासन गर्छन्। लगभग ई.पू. १४५–१२१।

अब अल्मा, परमप्रभुद्वारा सचेत गराइएको हुनाले कि नोआ राजाका सेनाहरू उनीहरूमाथि आउँदै छन् र यो उनका जनलाई ज्ञात गराएको हुनाले, त्यसकारण, उनीहरूले उनीहरूका बथान जम्मा गरे र उनीहरूका अन्न लिए र नोआ राजाका सेनाहरूअगाडि उजाड स्थानतिर प्रस्थान गरे।

अनि परमप्रभुले उनीहरूलाई बलियो बनाउनुभयो, कि उनीहरूको विनाश गर्न नोआ राजाका जनले उनीहरूलाई जित्न सकेनन्।

अनि उनीहरू उजाड स्थानतिर आठ दिनसम्मको यात्रामा भागे।

अनि उनीहरू एक भूमिमा, हो, एक ज्यादै सुन्दर र रमाइलो भूमिमा समेत, पवित्र पानीको भूमिमा आए।

अनि उनीहरूले आफ्ना पाल टाँगे र जमिन जोत्न थाले र भवनहरू बनाउन थाले; हो, उनीहरू उद्धमी थिए र अत्यन्त परिश्रम गरे।

अनि जन इच्छुक थिए कि अल्मा उनीहरूका राजा हुनुपर्दछ, किनकि उनलाई उनका जनद्वारा माया गरिएको थियो।

तर उनले उनीहरूलाई भने: हेर, यो उचित छैन कि हामीहरूसँग राजा हुनुपर्दछ; किनकि परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले एक शरीरलाई अर्कोभन्दा उच्च नठान्नू; अथवा एक मानिसले अर्कोभन्दा उच्च नसोच्नू, त्यसकारण म तिमीहरूलाई भन्दछु यो उचित छैन कि हामीहरूसँग राजा हुनुपर्दछ।

तैपनि, यदि यो सम्भव भए कि तिमीहरूसँग सदैव न्यायोचित मानिसहरू तिमीहरूका राजाहरू हुन सके तिमीहरूसँग राजा हुनु राम्रो हुन्थ्यो।

तर नोआका राजा र उनका पादरीहरूका दुष्टतालाई सम्झ; अनि म आफैँ पनि जालमा फसेको थिएँ र धेरै कुराहरू गरेँ जुन परमेश्वरका दृष्टिमा घृणित थिए, जसले मलाई कष्टप्रद पश्चात्तापमा पाऱ्यो।

१० तैपनि, धेरै विपत्तिपछि, परमप्रभुले मेरा पुकारा सुन्नुभयो र मेरा प्रार्थनाहरूको उत्तर दिनुभयो र मलाई तिमीहरूमध्ये यति धेरैलाई उहाँको सत्यमा ल्याउनमा उहाँका हातहरूको औजार बनाउनुभएको छ।

११ तैपनि, यसमा आफैँलाई महिमा गर्दिन, किनकि म आफैँ महिमाको योग्य छैन।

१२ अनि अब म तिमीहरूसामु भन्दछु, तिमीहरू नोआ राजाद्वारा शोषण गरिएका छौ र उनी र उनका पादरीहरूको दासत्वमा रहेका छौ र उनीहरूद्वारा दुष्टताहरूमा लगिएका छौ; त्यसकारण तिमीहरू अधर्मका बन्धनहरूले बाँधिएका छौ।

१३ अनि अब जसरी तिमीहरूलाई परमेश्वरको शक्तिद्वारा यी बन्धनहरूबाट मुक्त गरिएको छ; हो नोआ राजा र उनका पादरीहरूका हातहरूबाट समेत र अधर्मका बन्धनबाट पनि, म यो पनि चाहान्छु कि तिमीहरू यो स्वतन्त्रतामा दह्रो भएर खडा हुनू जसले तिमीहरूलाई मुक्त बनाएको छ र तिमीहरूले कसैलाई तिमीहरूमाथि राजा हुन भरोसा नगर्नू।

१४ अनि कसैलाई पनि तिमीहरूको शिक्षक न त तिमीहरूको सेवक हुन भरोसा गर्नु, केवल ऊ, उहाँका पथहरूमा हिँड्दै र उहाँका आज्ञाहरू पालना गर्दै, परमेश्वरको मानिस भए।

१५ यसरी अल्माले उनका जनलाई सिकाए, कि प्रत्येक मानिसले उसको छिमेकिलाई आफूलाई जस्तै माया गर्नु पर्दछ, कि उनीहरूमाझ कुनै कलह हुनुहुँदैन।

१६ अनि अब, अल्मा उनीहरूका उच्च पादरी थिए, उनी उनीहरूका चर्चका संस्थापक भएकाले।

१७ अनि यस्तो हुन गयो कि उनीद्वारा परमेश्वरबाट बाहेक कसैले पनि प्रचार दिन अथवा सिकाउन अधिकार प्राप्त गरेनन्। त्यसकारण उनले उनीहरूका सबै पादरीहरूलाई पवित्रीकृत गरे; र न्यायोचित मानिसहरूबाहेक कसैलाई पनि पवित्रीकृत गरिएन।

१८ त्यसकारण उनीहरूले उनीहरूका जनको पहरेदार गरे र उनीहरूलाई धार्मिकतासँग सरोकारका कुराहरूमा पालनपोषण गरे।

१९ अनि यस्तो हुन गयो कि उनीहरूले भूमिमा अत्यन्त उन्नति गर्न थाले; अनि उनीहरूले भूमिलाई हेलाम भने।

२० अनि यस्तो हुन गयो कि उनीहरू हेलामको भूमिमा फैलिए र अत्यन्त उन्नति गरे; अनि उनीहरूले सहर बनाए, जसलाई उनीहरूले हेलामको सहर भने।

२१ तैपनि परमप्रभुले उहाँका जनलाई ताडना दिन योग्य ठहऱ्याउनुहुन्छ; हो उहाँले उनीहरूको धीरता र उनीहरूको आस्थाको परीक्षा गर्नुहुन्छ।

२२ तैपनि—जसले उसको भरोसा उहाँमा राख्दछ उसैलाई अन्तिम दिनमा उत्थान गरिनेछ। हो, अनि यी जनसँग यस्तै भयो।

२३ किनकि हेर, म तिमीहरूसामु देखाउनेछु कि उनीहरूलाई दासत्वमा ल्याइएको थियो र परमप्रभु उनीहरूका परमेश्वरबाहेक, हो, अब्राहामका र इसहाक र याकूबका परमेश्वरबाहेक अरु कसैले उनीहरूलाई मुक्त गर्न सक्दैनन्।

२४ अनि यस्तो हुन गयो कि उहाँले उनीहरूलाई मुक्त गर्नु भयो र उहाँले उनीहरूसामु उहाँको महान् शक्ति देखाउनुभयो र उनीहरूका खुसियालीहरू महान् थिए।

२५ किनकि हेर, यस्तो हुन गयो कि जब उनीहरू हेलामको भूमिमा थिए, हो, हेलामको सहरमा, जब उनीहरू वरिपरिका भूमि जोत्दै थिए, हेर लमानीहरूका सेना त्यो भूमिका सिमानाहरूमा थिए।

२६ अब यस्तो हुन गयो कि अल्माका बन्धुहरू उनीहरूका जमिनहरूबाट भागे र उनीहरू आफैँ एकसाथ हेलामको सहरमा भेला भए र उनीहरू लमानीहरूको उपस्थितिका कारणले धेरै डराए।

२७ तर अल्मा अघि गए र उनीहरूमाझ खडा भए, अनि उनीहरूलाई प्रोत्साहन गरे कि उनीहरू डराउनु हुँदैन, तर कि उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झनु पर्छ र उहाँले उनीहरूलाई मुक्त गर्नुहुनेछ।

२८ त्यसकारण उनीहरूले आफ्ना त्रासलाई शान्त गराए र परमप्रभुसामु पुकार्न थाले कि उहाँले लमानीहरूका हृदयहरूलाई कोमल बनाइदिनुहुनेछ, कि उनीहरूले उनीहरूलाई र उनीहरूका पत्नीहरूलाई र उनीहरूका छोराछोरीहरूलाई छाडिदिनेछन्।

२९ अनि यस्तो हुन गयो कि परमप्रभुले लमानीहरूका हृदयहरूलाई कोमल बनाउन थाल्नुभयो। अनि अल्मा र उनका बन्धुहरू अघि गए र उनीहरूका हातहरूमा आफैँलाई हस्तान्तरण गरे; अनि लमानीहरूले हेलामको भूमिलाई स्वामित्वमा लिए।

३० अब लमानीहरूका सेनाहरू, जसले लिम्ही राजाका जनको पछि पछ्याएका थिए, धेरै दिनहरूसम्म उजाड स्थानमा हराइएका थिए।

३१ अनि हेर, उनीहरूले नोआ राजाका ती पादरीहरूलाई फेला पारे, एक ठाउँमा जसलाई अमुलोन भनिन्थ्यो; अनि उनीहरूले अमुलोनको भूमिलाई स्वामित्वमा लिन थालेका थिए र जमिन जोत्न थालेका थिए।

३२ अब त्यीती पादरीहरूको अगुवाको नाउँ अमुलोन थियो।

३३ अनि यस्तो हुन गयो कि अमुलोनले लमानीहरूसँग विन्ती गरे; अनि उनले उनीहरूका पत्नीहरूलाई, जो लमानीहरूका छोरीहरू थिए, उनीहरूका बन्धुहरूसँग विन्ती गर्न पठाए, कि उनीहरूले तिनीहरूका पतिहरूको विनाश गर्नुहुँदैन।

३४ अनि लमानीहरूमा अमुलोन र उनका बन्धुहरूमाथि सहानुभूति जाग्यो र उनीहरूका पत्नीहरूका कारण, उनीहरूको विनाश गरेनन्।

३५ अनि अमुलोन र उनका बन्धुहरू लमानीहरूसँग सम्मिलित भए र जब उनीहरूले अल्मा र उनका बन्धुहरूको स्वामित्वमा रहेको हेलामको भूमि फेलापारे, उनीहरू नफीको भूमिको खोजीमा उजाड स्थानमा यात्रा गरिरहेका थिए।

३६ अनि यस्तो हुन गयो कि लमानीहरूले अल्मा र उनीहरूका बन्धुहरूसामु वाचा गरे, कि यदि उनीहरूले तिनीहरूलाई नफीको भूमितिर जाने बाटो देखाए भने, कि उनीहरूले तिनीहरूका जीवनहरू र उनीहरूको स्वतन्त्रता उनीहरूलाई दिनेछन्।

३७ तर अल्माले उनीहरूलाई नफीको भूमितिर जाने बाटो देखाए पछि लमानीहरूले उनीहरूको वाचा पालना गरेनन्; तर उनीहरूले हेलामको भूमि वरिपरि अल्मा र उनका बन्धुहरूमाथि रक्षकहरू तैनाथ गरे।

३८ अनि उनीहरूमध्येका बाँकी नफीको भूमीतिर गए; र उनीहरूको एक भाग हेलामको भूमि फर्के र उनीहरूकासाथ भूमिमा छाडिएका रक्षकहरूका पत्नी र छोराछोरीहरू पनि ल्याए।

३९ अनि लमानीहरूका राजाले अमुलोनलाई दिए कि उनी हेलामको भूमिमा भएका उनका जनमाथि राजा र शासक हुनुपर्दछ; तैपनि उससँग लमानीहरूका राजाको इच्छा विपरीत गर्ने कुनै शक्ति हुनुहुँदैन।