धर्मशास्त्रहरू
मोसीयाह २८


अध्याय २८

मोसीयाहका छोराहरूले लमानीहरूसामु प्रवचन दिन जान्छन्—मोसीयाहले दुई द्रष्टा ढुङ्गाहरू प्रयोग गरेर येरेदी पाताहरूको अनुवाद गर्छन्। लगभग ई.पू. ९२।

अब यस्तो हुन गयो कि मोसीयाहका छोराहरूले यी सबै कुराहरू गरि सकेपछि, उनीहरूले आफ्ना साथ केहि मानिस लगे र उनीहरूका पिता राजासामु फर्के र तिनीबाट चाहे कि तिनले उनीहरूलाई अनुमति दिऊन् कि उनीहरू, उनीहरूले छानेकाहरूसँग नफीको भूमिसम्म जान सकून् कि उनीहरूले सुनेका कुराहरूको प्रचार गर्न सकून् र उनीहरूले उनीहरूका बन्धु लमानीहरूलाई परमेश्वरका वचन दिन सकून्—

कि सम्भवत: उनीहरूले तिनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरको ज्ञानमा ल्याउन सकून् र उनीहरूका पितापुर्खाहरुको दुष्ट्याइँको बारेमा विश्वास दिलाउन सकून्; र सम्भवत: उनीहरूको नफीहरूप्रतिको घृणाको उन्मूलन गर्न सकून्, कि उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरको खुशियालीमा पनि ल्याइन सकियोस्, कि उनीहरू एक अर्काप्रति मैत्रीपूर्ण बन्न सकून् र त्यहाँ, उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरले दिएको भूमि सबैमा अरु कलहहरू नहोस्।

अब उनीहरू इच्छुक थिए कि प्रत्येक प्राणीसामु मुक्तिको घोषणा गरिनु पर्दछ, किनकि उनीहरूले सहन सकेनन् कि कुनै मानव जीवात्माको नाश हुनुपर्दछ; हो, कुनै जीवात्मा अन्त्यहीन पीडा सहन पर्दछ भन्ने यो विचारले समेत उनीहरूलाई कँपायो र थरथरायो।

अनि यसरी उनीहरूमाथि परमप्रभुको आत्माले काम गऱ्यो, किनकि उनीहरू पापीहरूमध्ये पनि सबभन्दा पापी थिए। अनि परमप्रभुले उहाँको अनन्त कृपामा उनीहरूलाई जोगाउन योग्य देख्नुभयो; तैपनि उनीहरूले आफ्ना दुष्टताको कारण जीवात्माको धेरै वेदना सहे, धेरै सहँदै र डराउँदै कि उनीहरूलाई सदासर्वदाका लागि निष्कासन गरिन्छ।

अनि यस्तो हुन गयो कि उनीहरूले आफ्ना पितासँग विन्ती गरे कि उनीहरू नफीको भूमिसम्म जान सकून्।

अनि मोसीयाह राजा गए र परमप्रभुसँग सोधे कि के उनले उनका छोराहरूलाई लमानीहरूमाझ वचनको प्रचार गर्न जान दिनु पर्दछ।

अनि परमप्रभुले मोसीयाहसामु भन्नुभयो: उनीहरूलाई जान देऊ, किनकि धेरैले उनीहरूका वचनहरूमा विश्वास गर्नेछन् र तिनीहरूलाई अनन्त जीवन मिल्नेछ; र तिम्रा छोराहरूलाई म लमानीहरूका हातहरूबाट मुक्त गर्नेछु।

अनि यस्तो हुन गयो कि मोसीयाहले अनुमति दिए कि उनीहरू जाऊन् र उनीहरूको अनुरोधअनुसार गरून्।

अनि उनीहरूले लमानीहरूमाझ वचनको प्रचार गर्न जान उजाड स्थानतिरको यात्रामा लागे; अनि म उनीहरूको काम-कारवाहीको विवरण यसपछि दिनेछु।

१० अब अधिराज्य प्रदान गर्न मोसीयाह राजासँग कोही थिएनन्, किनकि उनका छोराहरूमध्ये अधिराज्य स्वीकार गर्ने कुनै भएनन्।

११ त्यसकारण उनले काँसका पाताहरूमा कुँदिएका अभिलेखहरू र नफीका पाताहरू पनि र लिम्हीका हातद्वारा उनलाई हस्तान्तरण गरिएका लिम्हिका जनद्वारा फेला पारिएका सुनका पाताहरू उनले परमेश्वरको आज्ञाअनुसार अनुवाद गरेर लेख्न लगाएपछि उनले बचाइएका र संरक्षण गरिएका सबै कुराहरू लिए;

१२ अनि उनले उनका जनको महान् चिन्ताको कारण यसो गरे; किनकि उनीहरू नाश गरिएका ती जनका बारेमा जान्न अत्यन्त इच्छुक थिए।

१३ अनि अब उनले तिनीहरूको अनुवाद चस्माको फ्रेमको दुईवटा घेराहरूमा बाँधिएका दुई ढुङ्गाहरूका माध्यमद्वारा गरे।

१४ अब यी कुराहरू, भाषाहरूको भाषान्तरण गर्ने प्रयाजोनका निम्ति, प्रारम्भदेखि तयार गरिएको थियो र एक पिँढीदेखि अर्को पिँढीसम्म हस्तान्तरण गरिएको थियो।

१५ अनि तिनीहरूलाई परमप्रभुको हातद्वारा बचाइएको र संरक्षण गरिएको छन्, कि उहाँले यो भूमिलाई स्वामित्वमा लिने प्रत्येक प्राणीसामु उहाँका जनका दुष्टताहरू र कुकर्महरू थाहा दिन सक्नुहोस्।

१६ अनि जोसँग यी कुराहरू छन् उसलाई द्रष्टा भनिन्छ, प्राचीन समयको प्रकारअनुसार।

१७ अब मोसीयाहले यी अभिलेखहरूको अनुवाद गरीसकेपछि, हेर, यसले विनाश भएका जनको, उनीहरूको विनाश भएको समयदेखि पछाडि परमप्रभुले जनका भाषा खलबल्याउनु भएको र उनीहरूलाई पृथ्वीको सतहमाथि छरपष्ट पार्नुभएको, हो, अनि आदमको सृष्टि नगरुन्जेलसम्म समेतको त्यो समयसम्मको विवरण दियो।

१८ अब यो विवरणले मोसीयाहका जनलाई अत्यन्त शोक गरायो, हो, उनीहरू दु:खले भरिए; तैपनि यसले उनीहरूलाई धेरै ज्ञान दियो, जुनमा उनीहरू खुशी भए।

१९ अनि यो विवरण यसपछि लेखिने छ; किनकि हेर, यो उचित छ कि सबै जनले यो विवरणमा लेखिएका कुराहरू जान्नु पर्दछ।

२० अनि अब, जसरी मैले तिमीहरूसामु भने, कि मोसीयाह राजाले यी कुराहरू गरेपछि, उनले काँसका पाताहरू र उनले राखेका सबै कुराहरू लिए र अल्माका छोरा अल्मालाई प्रदान गरे; हो, सबै अभिलेखहरू र भाषान्तरकारहरू पनि र तिनीहरू उनलाई प्रदान गरे र आज्ञा दिए कि उनले तिनीहरूलाई बचाउन र संरक्षण गर्नुपर्छ र जनको एक अभिलेख पनि राख्नुपर्छ, एक पिँढीदेखि अर्कोसम्म हस्तान्तरण गरिँदै, जसरी लहीले यरुशलेम छाडेदेखि तिनीहरूको हस्तान्तरण गरिएको थियो।