धर्मशास्त्रहरू
मोसीयाह ११


अध्याय ११

नोआ राजाले दुष्टतामा राज्य गर्छन्—उनी उनका श्रीमतीहरू र रखौटीहरूसँग उच्छृङ्ल जीवन विताउँन रमाउँछन्—अबिनादी अगमवाणी गर्छन् कि यी जनलाई दासत्वमा लगिनेछ—नोआ राजाद्वारा उनको ज्यान लिन खोजिन्छ। लगभग ई.पू. १६०–१५०।

अनि अब यस्तो हुन गयो कि जेनिफले, उनका छोराहरूमध्ये नोआलाई अधिराज्य प्रदान गरे; त्यसकारण नोआ उनका सट्टामा शासन गर्न प्रारम्भ गरे; अनि उनी उनका पिताका मार्गमा हिँडेनन्।

किनकि हेर, उनले परमेश्वरका आज्ञाहरू पालना गरेनन्, तर उनी उनको आफ्नो हृदयका चाहनाहरूअनुसार हिँडे। अनि उनीसँग धेरै श्रीमतीहरू र रखौटीहरू थिए। अनि उनले उनका जनलाई पाप गर्न र जुन परमेश्वरका दृष्टिअगाडि घृणित थिए ती गर्न लगाए। हो, अनि उनीहरूले वेश्यावृति र सबै प्रकारका दुष्टताहरू गरे।

अनि उनले उनीहरूका स्वामित्वमा भएको सबैको पाँच भागको एक भाग, उनीहरूको सुन र चाँदीको पाँच भागको एक भाग र उनीहरूको जिफको र उनीहरूको तामाको र उनीहरूको काँसको र उनीहरूको फलामको पाँच भागको एक भाग; र उनीहरूका गाईवस्तुहरूको पाँच भागको एक भाग; र उनीहरूका सबै अन्नको पनि पाँच भागको एक भाग कर लादे।

अनि यी सबै उनले आँफूलाई र उनका श्रीमतीहरूलाई र उनका रखौटीहरूलाई; र उनका पादरीहरूलाई र उनीहरूका श्रीमतिहरूलाई र उनीहरूका रखौटीहरूलाई पाल्न गरे; यसरी उनले अधिराज्यका कारोबारहरू बदलेका थिए।

किनकि उनले उनका पिताद्वारा नियुक्त गरिएका पादरीहरूलाई हटाए, अनि उनीहरूका हृदयका घमण्डमा उचालिएका, नयाँहरूलाई उनीहरूका सट्टामा नियुक्त गरे।

हो, अनि यसरी नोआ राजाले उनका जनमाथि लगाएका करहरूद्वारा उनीहरूलाई उनीहरुको अल्छीपनमा र मूर्तिपूजामा र वेश्यावृत्तिमा पालिएको थियो; यसरी दुष्टताको समर्थन गर्न जनरूले अत्यन्त परिश्रम गरे।

हो, अनि उनीहरू पनि मूर्तिपूजक बने, किनकि उनीहरू नोआ राजाका र उनका पादरीहरूका व्यर्थका र फुर्क्याउने वचनहरूद्वारा छलिएका थिए; किनकि उनीहरूले तिनीहरूसामु फुर्क्याउने कुराहरू बोले।

अनि यस्तो हुन गयो कि नोआ राजाले धेरै मनोहर र फराकिला भवनहरू बनाए; अनि उनले तिनीहरूलाई काठका र धेरै प्रकारका मूल्यवान् कुराहरूका र सुनका र चाँदीका र फलामका र काँसका र जिफका र तामाका गुणस्तरीय कार्यहरूकासाथ सजाए।

अनि उनले उनलाई एउटा फराकिलो दरवार र त्यसको बीचमा एक सिंहासन पनि बनाए, जुन सबै एक गुणस्तरीय काठको थियो र सुन र चाँदी र मूल्यवान् कुराहरूले सजाइएको थियो।

१० अनि उनले उनका कारिगढ़हरूलाई मन्दिरका भित्ताहरूभित्र हरेक प्रकारका, अस्सली काठका र तामाका र काँसका गुणस्तरीय कार्यहरू गर्न लगाए।

११ अनि ती आसनहरूलाई जुन उच्च पादरीहरूका लागि छुट्याइएको थियो, जुन अन्य आसनहरूमाथि थिए, उनले विशुद्द सुनले सजाए र तिनीहरूका अगाडि पर्खाल बनाउन अह्राए, कि उनीहरूले आफ्ना शरीरहरू र बाहुहरू त्यसमाथि अढेस लगाउन सकून् जब उनीहरूले उनका जनसामु झुट्टा र व्यर्थका वचनहरू बोल्नुपर्दछ।

१२ अनि यस्तो हुन गयो कि उनले मन्दिरनजिक एक धरहरा बनाए; हो एक ज्यादै उच्च धरहरा, यति उच्चसमेत कि उनले त्यसमाथि उभिएर शिलोमको भूमि र शेम्लोनको भूमि पनि अवलोकन गर्न सक्थे, जुन लमानीहरूद्वारा स्वामित्वमा लिइएको थियो; र उनले वरिपरिका सबै भूमिमाथि समेत हेर्न सक्थे।

१३ अनि यस्तो हुन गयो कि उनले शिलोमको भूमिमा धेरै भवनहरू बनाउन अह्राए; अनि उनले शिलोमको भूमिको उत्तरपट्टिको डाँडामा महान् धरहारा बनाउन अह्राए, जुन नफीका छोराछोरीहरूका निम्ति भूमिबाट भागेर आएको समयमा आश्रय भएको थियो; र उनका जनबाटको करद्वारा प्राप्त गरेको धनहरूले उनले यसो गरे।

१४ अनि यस्तो हुन गयो कि उनले आफ्नो हृदय धनमाथि राखे, अनि उनले आफ्नो समयमा उनका श्रीमतीहरू र उनका रखौटीहरूसँग उच्छृङ्खल जीवन बिताए; र उनका पादरीहरूले पनि त्यसरी वेश्याहरूसँग उनीहरूको समय बिताए।

१५ अनि यस्तो हुन गयो कि उनले भूमिमा वरिपरि दाखबारी रोपे; अनि उनले कोलहरू बनाए र प्रशस्तमात्रामा मदिरा बनाए; अनि त्यसकारण उनी र उनका जन पनि एक पियक्कड बने।

१६ अनि यस्तो हुन गयो कि लमानीहरू उनका जनमाथि सानो सङ्ख्यामा आउन र उनीहरूको जमिनमा उनीहरूले उनीहरूका बथानको हेरचाह गर्दैगर्दा उनीहरूको बध गर्न प्रारम्भ गरे।

१७ अनि नोआ राजाले उनीहरूलाई वञ्चित गर्न रक्षकहरू पठाए, तर उनले यथेष्ट सङ्ख्यामा पठाएनन्, अनि लमानीहरू उनीहरूमाथि आए र उनीहरूलाई मारे, उनीहरूका बथानमध्ये धेरैलाई भूमिबाहिर धपाए; यसरी लमानीहरूले तिनीहरूको विनाश गर्न र आफ्नो घृणाको तिनीहरूमाथि अभ्यास गर्न प्रारम्भ गरे।

१८ अनि यस्तो हुन गयो कि नोआ राजाले उनका सेनाहरू उनीहरूका विरुद्ध पठाए, अनि उनीहरू धपाइए, अथवा एक समयको निम्ति उनीहरूले उनीहरूलाई धपाए; त्यसकारण, उनीहरू आफ्ना लुटमा खुसी मनाउँदै फर्किए।

१९ अनि अब, उनीहरूको यो महान् विजयको कारणले गर्दा, उनीहरू आफ्ना हृदयका घमण्डमा उचालिएका थिए, उनीहरूले आफ्ना शक्तिमा घमण्ड गरे, यसो भन्दै कि उनीहरूका पचास लमानीहरूका हजारविरुद्द खडा हुन सक्छन्; अनि यसरी उनीहरूले घमण्ड गरे, अनि उनीहरूका राजा र पादरीहरूका दुष्टताका कारण उनीहरू यसरी रगतमा र उनीहरूका बन्धुहरूका रगत बगाउनमा आनन्दित हुन थाले।

२० अनि यस्तो हुन गयो कि त्यहाँ उनीहरूमध्ये एक मानिस थिए जसको नाउँ अबिनादी थियो; अनि उनी उनीहरूमाझ अघि गए र यसो भन्दै अगमवाणी गर्न थाले: हेर, परमप्रभु यसो भन्नुहुन्छ, अनि यसरी मलाई आज्ञा दिनुभएको छ, यसो भन्दै, अघि जाऊ, यी जनलाई भन, परमप्रभु यसो भन्नुहुन्छ—यी जनलाई धिक्कार छ, किनकि मैले उनीहरूका कुकर्महरू र उनीहरूका दुष्टता र उनीहरूका वेश्यावृत्तिहरू देखेको छु; अनि उनीहरूले पश्चात्ताप नगरेमा म उनीहरूलाई मेरो रिसमा भेट्नेछु।

२१ अनि उनीहरूले पश्चात्ताप गरे र परमप्रभु उनीहरूका परमेश्वरतिर नफर्केसम्म, हेर म उनीहरूलाई उनीहरूका शत्रुहरूका हातमा सुम्पनेछु; हो, अनि उनीहरूलाई दासत्वमा ल्याइनेछ; अनि उनीहरूका शत्रुहरूका हातबाट उनीहरूलाई कष्ट दिइनेछ।

२२ अनि यस्तो हुन गयो कि उनीहरूले थाहा पाउनेछन् कि म परमप्रभु उनीहरूको परमेश्वर हुँ, मेरा जनका दुष्टताहरूलाई भेट्ने, अनि डाह गर्ने परमेश्वर हुँ।

२३ अनि यस्तो हुन जानेछ कि यी जनले पश्चात्ताप नगरे र परमप्रभु उनीहरूका परमेश्वरतिर नफर्के, उनीहरूलाई दासत्वमा ल्याइनेछ; परमप्रभु सर्वशक्तिमान् परमेश्वर बाहेक, अनि अरु कसैले मुक्ति दिन सक्ने छैनन्।

२४ हो, अनि यस्तो हुन गयो कि जब उनीहरू मकहाँ अवाज उठाउनेछन् म उनीहरूको पुकाराहरू सुन्न ढिलाई गर्नेछु; हो, अनि म सहनेछु कि उनीहरू उनीहरूका शत्रुहरूद्वारा प्रताडित होऊन्।

२५ अनि उनीहरूले भाङ्ग्रामा र खरानीहरूमा पश्चात्ताप नगेर र शक्तिपूर्वक परमप्रभु उनीहरूका परमेश्वरसामु नपुकारे, म उनीहरूका प्रार्थनाहरू सुन्नेछैन, न त म उनीहरूका कष्टहरूबाट उनीहरूलाई मुक्त गर्नेछु; अनि परमप्रभु यसो भन्नुहुन्छ, अनि उहाँले मलाई यसरी आज्ञा दिनुभएको छ।

२६ अब यस्तो हुन गयो कि जब अबिनादीले यी वचनहरू उनीहरूसामु बोलेका थिए उनीहरू उनीप्रति क्रुद्ध भए र उनको ज्यान लिन खोजे; तर परमप्रभुले उनीलाई उनीहरूका हातहरूबाट मुक्त गर्नुभयो।

२७ अब जब नोआ राजाले अबिनादीले यी जनसामु बोलेका वचनहरू सुनेका थिए, उनी पनि क्रुद्ध भए; अनि उनले भने: को हो अबिनादी, कि म र मेरा जनको उसबाट मुल्याङ्कन हुनुपर्दछ, अथवा परमप्रभु को हुन् जो मेरा जनमाथि यस्तो महान् कष्ट ल्याउँदछन्?

२८ म तिमीहरूलाई अबिनादीलाई यहाँ ल्याउनलाई आज्ञा दिन्छु, कि मैले उसको बध गर्न सकूँ, किनकि उसले यी कुराहरू भनेको छ कि उसले मेरा जनलाई एक अर्काको विरुद्ध भड्काएर रिस उठाउन सकोस्, अनि मेरा जनमाझ कलह उठाउन सकोस्; त्यसकारण म उसको बध गर्नेछु।

२९ अब यी जनका आँखाहरू अन्धा थिए; त्यसकारण उनीहरूले आफ्ना हृदयहरू अबिनादीका वचनहरूविरुद्ध कठोर बनाए; अनि उनीहरूले त्यससमयदेखि अगाडि उनलाई पक्रन खोजे। अनि नोआ राजाले उनको हृदय परमप्रभुका वचनविरुद्ध कठोर बनाए, अनि उनका दुष्ट कार्यहरूका पश्चात्ताप गरेनन्।