धर्मशास्त्रहरू
मोसीयाह १९


अध्याय १९

गिदोनले नोआ राजाको बध गर्न खोज्दछन्—लमानीहरूले भूमिमा आक्रमण गर्दछन्—नोआ राजाले आगोद्वाराको मृत्यु सहनुपर्छ—लिम्ही एक नजराना तिर्ने राजाको रुपमा शासन गर्छन्। लगभग ई.पू. १४५–१२१।

अनि यस्तो हुन गयो कि राजाका सेना फर्के, परमप्रभुका जनलाई व्यर्थमा खोजेर।

अनि अब हेर, घटाइएकाले राजाको सेना सानो थियो, अनि त्यहाँ बाँकी जनमाझ विभाजनको प्रारम्भ भयो।

अनि सानो भागले राजाविरुद्ध धम्की हुङ्कार्न प्रारम्भ गरे, अनि त्यहाँ उनीहरूमाझ एक महान् कलह प्रारम्भ भयो।

अनि अब त्यहाँ उनीहरूमाझ एक मानिस थिए जसको नाउँ गिदोन थियो, अनि उनी बलिया मानिस र राजाको शत्रु भएकाले, त्यसकारण उनले उनको तरबार निकाले र उनको क्रोधमा कसम खाए कि उनले राजाको बध गर्नेछन्।

अनि यस्तो हुन गयो कि उनले राजासँग लडे, अनि जब राजाले देखे कि उनले राजालाई हराउन लागे, उनी भागे र दौडेर मन्दिर नजिक रहेको धरहरामाथि पुगे।

अनि गिदोनले उनलाईपछि लखेटे र राजाको बध गर्न धरहरामा पुग्न लागेका थिए, अनि राजाले शेम्लोनको भूमितर्फ नजर डुलाए, अनि हेर, लमानीहरूका सेना भूमिको सिमानाहरू भित्र थिए।

अनि अब राजाले आफ्नो हृदयको वेदनामा कराए, यसो भन्दै: गिदोन, मलाई छाडिदेऊ, किनकि लमानीहरू हामीमाथि छन्, अनि उनीहरूले हाम्रो विनाश गर्ने छन्; हो, उनीहरूले मेरा जनको विनाश गर्नेछन्।

अनि अब राजा जति उनको आफ्नो जीवनका बारेमा चिन्तित थिए उनका जनका बारेमा त्यति थिएनन्, तैपनि, गिदोनले उनलाई छाडिदिए।

अनि राजाले जनलाई आज्ञा दिएकी उनीहरू लमानीहरू अगाडि भाग्नु पर्छ र उनी आफैँ उनीहरूअगाडि गए र उनीहरू उनीहरूका आइमाईहरू र उनीहरूका छोराछोरीहरूसँग उजाड स्थानतर्फ भागे।

१० अनि यस्तो हुन गयो कि लमानीहरूले उनीहरूलाई पछ्याए र उनीहरूलाई जिते र उनीहरूको बध गर्न प्रारम्भ गरे।

११ अनि यस्तो हुन गयो कि राजाले आज्ञा दिए कि सबै पुरुषहरूले उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूलाई छाड्नु पर्दछ र लमानीहरूअगाडि भाग्नु पर्दछ।

१२ अब त्यहाँ धेरै थिए जसले उनीहरूलाई छोडेनन्, तर उनीहरूसँग रहेर नाश हुन चाहे। अनि बाँकीले उनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई छाडेर भागे।

१३ अनि यस्तो हुन गयो कि जो उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूसँग रहे उनीहरूले अह्राए कि उनीहरूका सुन्दरी छोरीहरूले लमानीहरूका अगाडि खडा भएर बिन्ती गर्नुपर्दछ कि उनीहरूले तिनीहरूको बध नगरुन्।

१४ अनि यस्तो हुन गयो कि लमानीहरूलाई उनीहरूमाथि सहानुभूति जाग्यो, किनकि उनीहरू तिनीहरूका आइमाईको सुन्दरताले मोहित भए।

१५ त्यसकारण लमानीहरूले उनीहरूलाई छाडिदिए र उनीहरूलाई बन्दी बनाए र उनीहरूलाई नफीको भूमिमा फिर्ता लगे र उनीहरूलाई दिए कि उनीहरूले भूमि स्वामित्वमा लिन सकून्, यी सर्तहरूमा कि उनीहरूले नोआ राजालाई लमानीहरूका हातहरूमा हस्तान्तरण गर्नेछन् र उनीहरूको सम्पति हस्तान्तरण गर्नेछन्, उनीहरूका स्वामित्वमा रहेको सबैको आधा समेत, उनीहरूको सुनको आधा र उनीहरूको चाँदीको आधा र उनीहरूको मूल्यवान् कुराहरूको आधा र यसरी उनीहरूले प्रत्येक वर्ष लमानीहरूका राजालाई कर तिर्नुपर्छ।

१६ अनि अब त्यहाँ बन्दी बनाएर लगिएकामाझ राजाका छोराहरूमध्ये एक थिए, जसको नाउँ लिम्ही थियो।

१७ अनि अब लिम्ही इच्छुक थिए कि उनका पिताको विनाश हुनुहुँदैन; तैपनि, लिम्ही उनका पिताका दुष्ट्याइँहरूका बारेमा अज्ञात थिएनन्, उनी आफैँ न्यायोचित पुरुष भएकाले।

१८ अनि यस्तो हुन गयो कि गिदोनले गोपनियताका साथ मानिसहरू उजाड स्थानतिर पठाए, राजा र उनका साथमा भएकाहरूलाई खोज्न। अनि यस्तो हुन गयो कि उनीहरूले उजाड स्थानमा जन भेटे, राजा र उनका पादरीहरूबाहेक सबै।

१९ अब उनीहरूले उनीहरूका हृदयदेखि कसम खाएका थिए कि उनीहरू नफीको भूमिमा फर्कने छन्, अनि यदि उनीहरूका पत्नीहरूको र उनीहरूका छोराछोरीहरूको र अनि उनीहरूसँग बास बसेकाहरूको बध गरिएमा, कि उनीहरूले बदला लिनेछन् र उनीहरूसँग तिनीहरू पनि विनाश हुनेछन्।

२० अनि राजाले आज्ञा दिए कि उनीहरू फर्कनु हुँदैन; अनि उनीहरू राजासँग रिसाए र अह्राए कि उनले आगोद्वाराको मृत्यु समेत सहनु पर्दछ

२१ अनि उनीहरूले पादरीहरूलाई पनि समातेर मार्न लागेका थिए र पादरीहरू उनीहरूबाट भागे।

२२ अनि यस्तो हुन गयो कि उनीहरू नफीको भूमितिर फर्कन लागेका थिए, अनि उनीहरूले गिदोनका मानिसहरूलाई भेटे। अनि गिदोनका मानिसहरूले उनीहरूलाई उनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई जे भयो सबै सुनाए; अनि कि लमानीहरूले उनीहरूलाई स्वीकृति दिएका थिए कि उनीहरूले उनीहरूको स्वामित्वमा भएका सबैको आधा लमानीहरूलाई कर बुझाएर भूमि स्वामित्वमा लिऊन्।

२३ अनि जनले गिदोनका मानिसहरूलाई भने कि उनीहरूले राजाको बध गरे, अनि उनका पादरीहरू उनीहरूबाट अझ पर उजाड स्थानतिर भागे।

२४ अनि यस्तो हुन गयो कि उनीहरूले समारोहको अन्त्य गरेपछि, कि उनीहरू नफीको भूमितिर खुसी मनाउँदै फर्के, किनभने उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूको बध गरिएको थिएन; अनि उनीहरूले गिदोनलाई भने उनीहरूले राजालाई के गरेका थिए।

२५ अनि यस्तो हुन गयो कि लमानीहरूका राजाले उनीहरूसामु सपथ लिए, कि उनका जनले उनीहरूको बध गर्नुहुँदैन।

२६ अनि लिम्हीले पनि, राजाका छोरा भएकाले, उनका जनद्वारा उनीमाथि अधिराज्य प्रदान गरिएकाले, लमानीहरूका राजासामु सपथ गरे कि उनका जनले तिनलाई कर तिर्नुपर्छ, उनीहरूका अधीनमा भएका सबैको आधा समेत।

२७ अनि यस्तो हुन गयो कि लिम्हीले अधिराज्यको स्थापना गर्न र उनका जनमाझ शान्ति स्थापना गर्न प्रारम्भ गरे।

२८ अनि लमानीहरूका राजाले भूमिवरिपरि रक्षकहरू तैनाथ गरे, कि उनले लिम्हीका जनलाई भूमिमा राख्न सकून्, कि उनीहरू उजाड स्थानतिर प्रस्थान नगरून्; अनि उनले उनका रक्षकहरूलाई नफीहरूबाट प्राप्त करबाट पाले।

२९ अनि अब लिम्ही राजासँग उनको अधिराज्यमा दुई वर्षको अन्तरालसम्म निरन्तर शान्ति थियो कि लमानीहरूले उनीहरूलाई सताएनन् न त उनीहरूको विनाश गर्न खोजे।