धर्मशास्त्रहरू
मोसीयाह १६


अध्याय १६

परमेश्वरले मानिसहरूलाई हराइएको र पतित अवस्थाबाट उद्धार गर्नुहुन्छ—ती जो पापमय शरीर छन् उनीहरू उद्धार नभए जस्तै रहन्छन्—ख्रीष्टले अन्त्यहिन जीवन अथवा अन्त्यहीन अभिशापको पुनरुत्थानमा पूरा गर्नुहुनेछ। लगभग ई.पू. १४८।

अनि अब, यस्तो हुन गयो कि अबिनादीले यी वचनहरू बोलेपछि उनले उनका हात फैल्याए र भने: समय आउनेछ जब सबैले परमप्रभुको मुक्ति देख्नेछन्; जब प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जनले आफ्नै आँखाले देख्नेछन् र परमेश्वरसामु स्वीकार्ने छन् कि उहाँका न्यायहरू न्यायोचित छन्।

अनि तब दुष्टहरूको निकाला गरिनेछ, अनि उनीहरूसँग चित्कार्ने र रुने र विलाप गर्ने र दाह्रा किट्ने कारण हुनेछ; अनि यो किनभने उनीहरूले परमप्रभुका आवाजलाई सुन्नेछैनन्, त्यसकारण परमप्रभुले उनीहरूको उद्धार गर्नुहुन्न।

किनकि उनीहरू पापमय र दुष्ट छन् र सैतानको उनीहरूमाथि शक्ति छ; हो, त्यो बृद्ध सर्प समेत जसले हाम्रा प्रथम मातापितालाई झुक्यायो, जुन उनीहरूको पतनको कारण थियो; जुन सबै मानव जाति पापमय, कामुक, दुष्ट, असलबाट दुष्टको ज्ञान भएर, उनीहरू आफैँ सैतानको अधीनमा बन्नका कारण थियो।

त्यसरी मानवजाति सबै हराइएका थिए; अनि हेर, यदि परमेश्वरले उहाँका जनलाई उनीहरूको हराइएको र पतित हालतबाट उद्धार नगरेको भए उनीहरू अनन्तसम्म हराइने थिए।

तर सम्झ कि ऊ जो उसको आफ्नो पापमय प्रकृतिमा जारी राख्छ र पापका बाटाहरूमा र परमेश्वरविरुद्धका विद्रोहमा जान्छ, उसको पतित अवस्थामा रहन्छ र उसमाथि सैतानको सबै शक्ति छ। त्यसकारण ऊ, परमेश्वरको शत्रु भएकाले, त्यहाँ कुनै उद्धार नभएको जस्तो हुन्छ; अनि सैतान पनि परमेश्वरको शत्रु हो।

अनि अब यदि ख्रीष्ट संसारमा नआएको भए, आगामी कुराहरूलाई भैसकेका जस्तै गरी बोल्दा, त्यहाँ कुनै उद्धार हुने थिएन।

अनि यदि ख्रीष्ट मृतकबाट नउठेको भए, अथवा मृत्युका बन्धनहरू नतोड्नुभएको भए कि चिहानको कुनै विजय हुने थिएन, अनि कि मृत्युको कुनै खील हुने थिएन, त्यहाँ कुनै पुनरुत्थान हुने थिएन।

तर त्यहाँ पुनरुत्थान छ, त्यसकारण चिहानको विजय हुनेछैन र मृत्युको खील ख्रीष्टमा निलिएको छ।

उहाँ संसारको ज्योति र जीवन हुनुहुन्छ; हो, एक प्रकाश जुन अन्त्यहीन छ, कि जुन कहिल्यै अँध्यारिन सक्दैन; हो, अनि एक जीवन पनि जुन अन्त्यहीन छ, कि त्यहाँ अरु कुनै मृत्यु हुन सक्दैन।

१० यो मरणशील समेतले अमरत्व धारण गर्नेछ, अनि यो अपभ्रंसले शुद्धता धारण गर्नेछ र परमेश्वरको न्यायलयअगाडि खडा हुन, असल भए पनि दुष्ट भए पनि उनीहरूका कार्यहरूअनुसार उनीहरूलाई न्याय गर्न ल्याइनेछ—

११ यदि तिनीहरू असल भए, अन्त्यहीन जीवन र खुसियालीको पुनरुत्थानमा; र यदि दुष्ट भए, अन्त्यहीन अभिशापको पुनरुत्थानमा, सैतानकासामु बुझाइएकाले, जसले उनीहरूलाई अधीनमा राखेको छ, जुन अभिशाप हो—

१२ आफ्ना पापमय इच्छाहरू र चाहानाहरूअनुसार गएर; कृपाका बाहुहरू उनीहरूतिर फैल्याइएको बेलामा परमप्रभुलाई कहिल्यै पुकारेनन्, किनकि कृपाका बाहुहरू उनीहरूतिर फैल्याइएको थियो र उनीहरूले बोलेनन्, उनीहरू आफ्ना दुष्टताको चेतावनी पाएर, अनि अझै उनीहरूले ती छोडेनन्; अनि उनीहरूलाई पश्चात्ताप गर्न आज्ञा दिइएको थियो र अझै उनीहरूले पश्चात्ताप गरेनन्।

१३ अनि अब, के तिमीहरूले काँप्नु र तिमीहरूका पापहरूको पश्चात्ताप गर्नु र केवल ख्रीष्टमा र ख्रीष्टमार्फत् तिमीहरूलाई बचाउन सक्छौ भनी सम्झनु पर्दैन?

१४ त्यसकारण, यदि तिमीहरूले मोशाका व्यवस्था सिकाउँछौ, आउने कुराहरूका पूर्वाभासहरू पनि सिकाउँछौ भने—

१५ उनीहरूलाई सिकाऊ कि उद्धार परमप्रभु ख्रीष्टमार्फत् आउँछ, जो सोही अनन्त पिता हुनुहुन्छ। आमिन।