धर्मशास्त्रहरू
मोसीयाह २२


अध्याय २२

जनहरूलाई लमानीहरूको दासत्वबाट उम्कन योजनाहरू बनाइन्छ—लमानीहरूलाई मत्याइन्छ—जनहरू उम्कन्छन्, जरहेम्लामा फर्कन्छन् र मोसीयाह राजाका रैती बन्दछन्। लगभग ई.पू. १२१–१२०।

अनि अब यस्तो हुन गयो कि अम्मोन र लिम्ही राजाले जनसँग सल्लाह लिन थाले कसरी आफैँलाई दासत्वबाट मुक्त गर्ने; अनि उनीहरूले अह्राए कि सबै जनसमेत एकसाथ भेला हुनुपर्दछ; अनि उनीहरूले यो गरे कि उनीहरूलाई यस विषयमा जनको मत थाहा होओस्।

अनि यस्तो हुन गयो कि उनीहरूले आफैँलाई दासत्वबाट मुक्त गर्ने कुनै बाटो पत्ता लगाउन सकेनन्, उनीहरूका आइमाईहरू र छोराछोरीहरू र उनीहरूका बथान र उनीहरूका झुण्डहरू र उनीहरूका पालहरू लिएर, उजाड स्थानतिर प्रस्थान गर्नु बाहेक; किनकि लमानीहरू अनगिन्ति भएकाले, लिम्हीका जनले तरबारद्वारा आफैँलाई दासत्वबाट मुक्त गर्ने सोचाईमा उनीहरूसँग लड्न असम्भव थियो।

अब यस्तो हुन गयो कि गिदोनअगाडि गयो र राजा अगाडि खडा भयो र उनीसामु भन्यो: अब हे राजा, तपाईँले अहिलेसम्म धेरै पटक मेरा वचनहरू सुन्नुभएकोछ जब हामी हाम्रा बन्धु लमानीहरूसँग झगडा गरेका छौँ।

अनि अब हे राजन्, यदि तपाईँले मलाई बेफाइदाको दास भएको फेला पार्नुभएकोछ, या त यदि तपाईँले कुनै स्तरमा मेरा वचनहरू अहिलेसम्म सुन्नुभएकोछ र ती तपाईँका निम्ति उपयोगी भएका छन् भने, म यो समेत चाहन्छु कि यो समयमा तपाईँ मेरा वचनहरू सुन्नुहोओस् र म तपाईँको सेवक हुनेछु र यी जनलाई दासत्वबाट मुक्त गर्नेछु।

अनि राजाले उनलाई अनुमति दिए कि उनले बोलून्। अनि गिदोनले उनलाई भने:

पछाडिको घाँटी, पछाडिको पर्खालमार्फत्, सहरको पछाडि पट्टि हेर्नुहोओस्। लमानीहरू, अथवा लमानीहरूका रक्षकहरू, राति मातिएका हुन्छन्; त्यसकारण हामी हाम्रा सबै जन बीच घोषणा पठाऊँ कि उनीहरू उनीहरूका बथान र झुण्डहरू एक साथ भेला होऊन्, कि उनीहरूले राति तिनीहरूलाई उजाड स्थानतिर धपाऊन्।

अनि म तपाईँको आज्ञाअनुसार जानेछु र लमानीहरूलाई मदिराको अन्तिम कर बुझाउने छु, अनि उनीहरू मातिनेछन्; अनि हामी उनीहरूको शिविरको देब्रे पट्टिको गोप्य घाँटीमार्फत् जानेछौँ जब उनीहरू मातिएर निदाउने छन्।

यसरी हामी हाम्रा आइमाईहरू र हाम्रा छोराछोरीहरू, हाम्रा बथान र हाम्रा झुण्डहरूसहित उजाड स्थानतिर प्रस्थान गर्नेछौँ; र हामी शिलोमको भूमि वरिपरि यात्रा गर्नेछौँ।

अनि यस्तो हुन गयो कि राजाले गिदोनका वचनहरू सुने।

१० अनि राजा लिम्हीले अह्राए कि उनीहरूका जनले उनीहरूका बथान जम्मा गर्नुपर्दछ; अनि उनले लमानीहरूलाई मदिराको कर पठाए; अनि उनले बढी मदिरा पनि पठाए, उनीहरूलाई उपहारको रुपमा; अनि उनीहरूले लिम्ही राजाले आफूलाई पठाएको मदिरा प्रशस्तै पिए।

११ अनि यस्तो हुन गयो कि लिम्हीका जन राति उनीहरूका बथान र उनीहरूका झुण्डहरूसहित उजाड स्थानतिर प्रस्थान गरे; अनि उनीहरू उजाड स्थानमा शिलोमको भूमि वरिपरि गए र उनीहरूको बाटो जरहेम्लाको भूमितिर मोडे, अम्मोन र उनका बन्धुहरूद्वारा अगुवाइ गरिँदै।

१२ अनि उनीहरूले आफूले लान सक्ने आफ्ना सबै सुन र चाँदी र आफ्ना मूल्यवान् कुराहरू र आफ्ना बन्दोबस्तीका सामानहरू उनीहरूसँग उजाड स्थानतिर लगेका थिए; अनि उनीहरूले आफ्नो यात्रालाई जारि राखे।

१३ अनि धेरै दिनहरूसम्म उजाड स्थानमा रहँदै, उनीहरू जरहेम्लाको भूमिमा आइपुगे र मोसीयाहका जनसँग सम्मिलित भए र उनका अधीनमा रहे।

१४ अनि यस्तो हुन गयो कि मोसीयाहले हर्षका साथ उनीहरूलाई स्वीकारे; र उनले उनीहरूको अभिलेख पनि र लिम्हीका जनले फेलापारेका अभिलेखहरू पनि स्वीकारे।

१५ अनि यस्तो हुन गयो जब लमानीहरूले लिम्हीका जन राति भूमिबाट प्रस्थान गरेको थाहा पाए, कि उनीहरूले तिनीहरूलाई लखेट्न सेना पठाए;

१६ अनि उनीहरूले तिनीहरूलाई दुई दिनसम्म लखेटेपछि, उनीहरूले तिनीहरुको बाटो अरु पछ्याउन सकेनन्; त्यसकारण उनीहरू उजाड स्थानमा हराए।