धर्मशास्त्रहरू
मोसीयाह १२


अध्याय १२

अबिनादीलाई नोआ राजाको मृत्युको र यी जनको विनाशको अगमवाणी गरेकोमा कारागारमा हालिन्छ—झुटा पादरीहरूले धर्मशास्त्र उद्धृत गर्दछन् र मोशाको व्यवस्था पालना गरेको स्वाङ्ग गर्दछन्—अबिनादीले उनीहरूलाई दश आज्ञाहरू सिकाउन प्रारम्भ गर्दछन्। लगभग ई.पू. १४८।

अनि यस्तो हुन गयो कि दुई वर्षको अन्तरालपछि कि अबिनादी छद्मभेषमा उनीहरूमाझ आए, ताकि उनीहरूले उनलाई चिनेनन्, उनीहरूमाझ यसो भन्दै अगमवाणी गर्न थाले: यसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको छ, यसो भन्दै—अबिनादी, जाऊ र यी मेरा जनसामु अगमवाणी गर, किनकि उनीहरूले मेरा वचनहरूविरुद्ध उनीहरूका हृदयहरू कठोर बनाएका छन्; उनीहरूका खराब कार्यहरूको पश्चात्ताप गरेका छैनन्; त्यसकारण म उनीहरूलाई भेट्नेछु मेरो रिसमा, हो मेरो भयङ्कर रिसमा म उनीहरूलाई भेट्नेछु उनीहरूको दुष्टताहरू र कुकर्महरूमा।

हो, यो पुस्तालाई धिक्कार छ! अनि परमप्रभुले मलाई भन्नुभयो: तिम्रो हात अघि बढाऊ, यसो भन्दै अगमवाणी गर: परमप्रभु यसो भन्नुहुन्छ, यस्तो हुन जानेछ कि यो पुस्तालाई, उनीहरूका दुष्टताको कारण, दासत्वमा लगिनेछ र गालामा प्रहार गरिनेछ; हो, अनि मानिसहरूद्वारा लखेटिनेछ; अनि बध गरिनेछ; अनि आकाशका गिद्धहरूले र कुकुरहरूले, हो, जङ्गली जनावरहरूले उनीहरूको मासु खानेछन्।

अनि यस्तो हुन जानेछ कि नोआ राजाको जीवनको मोल तातो भट्टीमा परेको वस्त्रको झैँ हुनेछ; किनकि उनले थाहा पाउनेछन् कि म परमप्रभु हुँ।

अनि यस्तो हुन जानेछ कि मैले यी मेरा जनलाई कष्टदायक पीडाहरूका साथ, हो, अनिकाल र महामारीका साथ प्रहार गर्नेछु; अनि मैले अह्राउने छु कि उनीहरू सारा दिनभरि डाँको छाडी रोऊन्।

हो, अनि मैले अह्राउने छु कि उनीहरूलाई उनीहरूका पिठ्यूँ हरूमा भारी बाँधिनेछ; अनि उनीहरूलाई लाटो गधा जसरी अगाडि धपाइनेछ।

अनि यस्तो हुन जानेछ कि म उनीहरूमाझ असिना पठाउनेछु, अनि यसले उनीहरूलाई प्रहार गर्नेछ; अनि उनीहरूलाई पूर्वको हावाले पनि प्रहार गरिनेछ; अनि कीराहरूले उनीहरूको भूमि आक्रमण गर्नेछन् र उनीहरूको अन्न खानेछन्।

अनि उनीहरूलाई एक महान् महामारीका साथ प्रहार गरिनेछ—अनि म उनीहरूका दुष्टताहरू र कुकर्महरूका कारण यो सबै गर्नेछु।

अनि यस्तो हुन जानेछ कि उनीहरूले पश्चात्ताप नगरे म उनीहरूको पृथ्वीको सतहबाट पूरै विनाश गर्नेछु; तैपनि एक अभिलेख उनीहरूले आफ्ना पछाडि छाड्नेछन्, अनि यो भूमिलाई स्वामित्वमा लिने अन्य राष्ट्रहरूका लागि म तिनीहरूको संरक्षण गर्नेछु; हो यो समेत म गर्नेछु कि यी जनका कुकर्महरू अन्य राष्ट्रहरूका निम्ति मैले पत्ता लगाउन सकूँ। अनि धेरै कुराहरू अबिनादीले यी जनविरुद्ध अगमवाणी गरे।

अनि यस्तो हुन गयो कि उनीहरू उनीसँग रिसाए; अनि उनीहरूले उनलाई बाँधेर बोकेर राजाअगाडि लगे र राजासामु भने: हेर, हामीले एक मानिस तिम्रो अगाडि ल्याएका छौँ जसले तिम्रा जनका बारेमा दुष्ट अगमवाणी गरेको छ र भन्छ कि परमेश्वरले उनीहरूको विनाश गर्नुहुनेछ।

१० अनि ऊ तिम्रो ज्यानको बारेमा पनि खराब अगमवाणी गर्छ र भन्दछ कि तिम्रो जीवन आगाको भट्टीको एक वस्त्र जस्तै हुनेछ।

११ अनि फेरि, उसले भन्छ कि तिमी ठुटो जस्तै, जमिनको सुखा ठुटो समेत जस्तै हुनेछौ, जसमाथि जन्तुहरूद्वारा कुदिन्छ र पैतालामुनि कुल्चिइन्छ।

१२ अनि फेरि, ऊ भन्छ तपाईँ थिसलको मञ्जरी जस्तै हुनुहुनेछौ, जुन, जब पूरै पाक्छ, यदि बतास उड्यो भने, भूमिको सतहमाथि अघि धकेलिन्छ। अनि उसले दावी गर्दछ कि परमप्रभुले यो भन्नुभएको छ। अनि उसले भन्दछ तिमीले पश्चात्ताप नगरे र तिम्रो दुष्टताहरूका कारण तिमीमाथि यो सबै आइपर्नेछ।

१३ अनि अब, हे राजन्, तपाईँले कुन महान् दुष्टता गर्नुभएको छ, अथवा तपाईँका जनले कुन महान् पापहरू गरेका छन्, कि हामी परमेश्वरबाट दोषी ठहऱ्याइनु पर्दछ अथवा यो मानिसबाट मुल्याङ्कित हुनु पर्दछ?

१४ अनि अब, हे राजन्, हेर, हामी निर्दोष छौं, अनि तपाईँले, हे राजन्, पाप गर्नुभएको छैन; त्यसकारण, यो मानिसले तिम्रा बारेमा झुटो बोलेको छ, अनि उसले व्यर्थमा अगमवाणी गर्दछ।

१५ अनि हेर, हामी बलिया छौं, हामी दासत्वमा आउनेछैनौं, अथवा हाम्रा शत्रुहरूद्वारा बन्दी बनाएर लगिनेछैनौँ; हो, अनि तपाईँले यो भूमिमा उन्नति गरर्नुभएको छ, अनि तपाईँले पनि उन्नति गर्नु हुनेछ।

१६ हेर, यो मानिस यहाँ छ, हामी उसलाई तपाईँका हातमा सुम्पन्छौं; तपाईँलाई जे असल लाग्छ तपाईँले उसलाई त्यस्तै गर्नूहोस्।

१७ अनि यस्तो हुन गयो कि नोआ राजाले अह्राए कि अबिनादीलाई कारागारमा फ्याँकिनु पर्दछ; अनि उनले आज्ञा दिए कि पादरीहरू स्वयम् एक साथ भेला हुनु पर्दछ कि उनले तिनीलाई के गर्नु पर्छ भनी उनीहरूसँग एक परिषद् गर्न सकून्।

१८ अनि यस्तो हुन गयो कि उनीहरूले राजासामु भने: उसलाई यहाँ ल्याउनुहोस् कि हामी उसलाई प्रश्न गर्न सकौं; अनि राजाले आज्ञा दिए कि उसलाई उनीहरूअगाडि ल्याइनुपर्दछ।

१९ अनि उनीहरूले उनलाई प्रश्न गर्न प्रारम्भ गरे, कि उनीहरूले उनलाई गलत सावित गर्न सकून्, कि त्यसबाट उनीहरूसँग उनीलाई दोष लगाउने उपाय हुन सकोस्; तर उनले साहासकासाथ उत्तर दिए र उनीहरूका सबै प्रश्नहरूको सामना गरे, हो, उनीहरूका आश्चर्यका लागि, किनकि उनीहरूका सबै प्रश्नहरूका उनले सामना गरे, अनि उनीहरूका सबै वचनहरूमा उनीहरूलाई पराजित गरे।

२० अनि यस्तो हुन गयो कि उनीहरूमध्ये एकले उनलाई भने: लेखिएका, अनि हाम्रा पितापुर्खाहरुले सिकाएका वचनहरूको अर्थ के हो, यसो भन्दै:

२१ कति सुन्दर छन् पर्वतहरूमाथि उनीहरूका पाउहरू जसले शुसमाचार ल्याउँछ; जसले शान्ति प्रकाशन गर्दछ; जसले शुसमाचार ल्याउँछ; जसले मुक्तिको प्रकाशन गर्दछ; जसले सियोनसामु भन्दछ, तिम्रा परमेश्वरले राज्य गर्नुहुन्छ;

२२ तिम्रा चौकीदारहरूले आवाज उच्च पार्ने छन्; एकै आवाजमा उनीहरूले गाउनेछन्, किनकि जब परमप्रभुले पुन: सियोन ल्याउनुहुन्छ, उनीहरूले आफ्नै आँखाले देख्नेछन्;

२३ एक्कासि हर्षित होओ, यरुशलेमका भग्नावशेषहरू तिमीहरू एकसाथ गाओ; किनकि परमप्रभुले उहाँका जनलाई सान्त्वना दिनुभएको छ, उहाँले यरुशलेमलाई मुक्त गर्नुभएको छ।

२४ सारा राष्ट्रहरूका दृष्टिमा परमप्रभुले आफ्ना पवित्र बाहु प्रदर्शन गर्नुभएको छ; अनि पृथ्वीका पल्लो छेउका सबैले हाम्रा परमेश्वरको मुक्ति देख्नेछन्।

२५ अनि अब अबिनादीले उनीहरूसामु भने: के तिमीहरू पादरी हौ, अनि यी जनलाई सिकाउने र अगमवाणीका आत्मालाई बुझ्ने स्वाङ गर्दछौ र अझै मबाट यी कुराहरूको अर्थ जान्न इच्छा गर्दछौ?

२६ म तिमीहरूसामु भन्दछु, परमप्रभुका मार्गहरूलाई भ्रष्ट गरेकोमा धिक्कार छ तिमीहरूलाई! किनकि यदि तिमीहरूले यी कुराहरू बुझ्छौ भने तिमीहरूले तिनीहरूलाई सिकाउने छैनौ; त्यसकारण, तिमीहरूले परमप्रभुका मार्गहरूलाई भ्रष्ट गरेका छौ।

२७ तिमीहरूले सुझबुझका निम्ति आफ्ना हृदयलाई प्रयोग गरेका छैनौ; त्यसकारण; तिमीहरू विवेकी भएका छैनौ। त्यसकारण, तिमीहरूले यी जनलाई के सिकाउँछौ?

२८ अनि उनीहरूले भने: हामी मोशाको व्यवस्था सिकाउँछौं।

२९ अनि फेरि उनले उनीहरूसामु भने: यदि तिमीहरूले मोशाको व्यवस्था सिकाउँछौ भने किन त्यसको पालना गर्दैनौ? किन तिमीहरू आफ्नो हृदयहरू धनहरू माथि राख्छौ? किन तिमीहरू वेश्यावृत्ति गरेर तिमीहरूको शक्ति वेश्याहरूसँग बिताउँछौ, हो र यी जनलाई पाप गर्न अह्राउँछौ, कि परमप्रभुलाई यी जनका विरुद्ध, हो यी जनका विरुद्ध एक महान् दुष्टताको अगमवाणी गर्न मलाई पठाउनको कारण छ?

३० के तिमीहरूलाई थाहा छैन कि म सत्य बोल्दछु? हो, तिमीहरूलाई थाहा छ कि म सत्य बोल्दछु; अनि तिमीहरू परमेश्वरअगाडि काम्नु पर्दछ।

३१ अनि यस्तो हुन जानेछ कि तिमीहरूलाई तिमीहरूको दुष्टताका निम्ति प्रहार गरिनेछ, किनकि तिमीहरूले भनेका छौ कि तिमीहरू मोशाको व्यवस्था सिकाउँछौ। अनि मोशाको व्यवस्थाको बारेमा तिमीहरूलाई के थाहा छ? के मुक्ति मोशाको व्यवस्थाद्वारा आउँछ? तिमीहरू के भन्दछौ?

३२ अनि उनीहरूले उत्तर दिए र भने कि मुक्ति मोशाको व्यवस्थाद्वारा आउँछ।

३३ तर अब अबिनादीले उनीहरूसामु भने: मलाई थाहा छ यदि तिमीहरूले परमप्रभुका आज्ञाहरू पालना गऱ्यौ भने तिमीहरूलाई बचाइनेछ; हो, यदि तिमीहरूले आज्ञाहरू पालन गऱ्यौ भने जुन परमप्रभुले मोशालाई सिनैको पर्वतमा दिनुभएको थियो, यसो भन्दै:

३४ म परमप्रभु तिम्रा परमेश्वर हुँ, जसले तिमीलाई मिश्रदेशको भूमिदेखि, दासत्वको घरबाट बाहिर ल्याएको हुँ।

३५ तिमीले मेरा अगाडि अरु देवी-देवता नमान्नू।

३६ तिमीले आफ्ना निम्ति कुँदेर कुनै मूर्ति, अथवा माथि आकाशमा भएका कुनै कुराहरू, अथवा तल पृथ्वीमा भएका कुनै कुराहरूको आकारमा प्रतिमूर्ति नबनाउनू।

३७ अब अबिनादीले उनीहरूसामु भने, के तिमीहरूले यी सबै गरेका छौ? म तिमीहरूलाई भन्छु, छैनौ, तिमीहरूले गरेका छैनौ। अनि के तिमीहरूले यी जनलाई सिकाएका छौ कि उनीहरूले यो सबै कुराहरू गर्नुपर्छ? म तिमीहरूलाई भन्छु, छैनौ, तिमीहरूले सिकाएका छैनौ।