धर्मशास्त्रहरू
मोसीयाह १४


अध्याय १४

यशैया मसीहका लागि बोल्दछन्—मसीहको विनम्रता र पीडाहरू तोकिएका छन्—उहाँले आफ्नो जीवात्मा पापका निम्ति अर्पण गर्नुहुन्छ र उल्लङ्घनकर्ताहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ—यशैया ५३ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. १४८।

हो, के यशैयाले समेत भनेनन्: कसले हाम्रो वृतान्तलाई विश्वास गरेका छौ र परमेश्वरको बाहुबल कसलाई प्रकट गरिएको छ?

किनकि उहाँअगाडि कोमल विरुवाझैँ र सुखा जमिनबाट आएको जराझैँ हुर्कनुहुनेछ; उहाँको न त स्वरूप छ न त आकर्षण छ; अनि जब हामीले उहाँलाई देख्नेछौँ त्यहाँ त्यस्तो सुन्दरता छैन कि हामीले उहाँलाई चाहना गर्नेछौँ?

उहाँ मानिसहरूबाट अपमानित र अस्वीकृत हुनुहुन्छ; दु:खमा परेको मानिस, पीडासँग परिचित; अनि हामीले यी हाम्रा अनुहारहरू लुकाएझैँ उहाँबाट लुकायौँ; उहाँ अपमानित हुनुभयो, अनि हामीले उहाँलाई सम्मान गरेनौँ।

निश्चय नै उहाँले हाम्रा पीडाहरू बोक्नुभएको छ र हाम्रा दु:खहरू लैजानु भएको छ; तैपनि हामीले उहाँलाई हिर्काइएको, परमेश्वरबाट प्रहार गरिएको र पीडित ठान्यौँ।

तर उहाँलाई हाम्रा उल्लङ्घनहरूका निम्ति घाइते बनाइएको थियो, उहाँलाई हाम्रा दुष्टताहरूका निम्ति चोट लगाइएको थियो; हाम्रा शान्तिको ताडना उहाँमाथि थियो; र उहाँका डामहरूद्वारा हामीलाई निको पारियो।

हामी सबै, भेडा जस्तै, पथभ्रष्ट भएका छौँ, हामी प्रत्येक आफ्नै बाटोतिर लागेका छौँ; अनि परमप्रभुले हामी सबैका दुष्टताहरू उहाँमाथि थुपार्नु भएको छ।

उहाँलाई शोषण गरिएको थियो, अनि उहाँलाई कष्ट दिइएको थियो, तैपनि उहाँले आफ्नो मुख खोल्नु भएन; मारिन लगिएको थुमा जस्तै उहाँलाई ल्याइयो; अनि जसरी भेडो उन कत्रनेहरूका अघि लाटो हुन्छ त्यसरी उहाँले आफ्नो मुख खोल्नु भएन।

उहाँलाई कारागारबाट र न्यायबाट लगियो; अनि उहाँको पिँढीका बारेमा कसले घोषणा गर्नेछ? किनकि उहाँलाई जिउँदोको भूमिबाट अलग्याइएको थियो; किनकि उहाँका जनको उल्लङ्घनका निम्ति उहाँलाई पीडित गराइएको थियो।

अनि उहाँले आफ्नो चिहान दुष्टहरू र धनीका साथ बनाउनुभयो; किनभने उहाँले कुनै दुष्ट्याइँ गर्नुभएको थिएन, न त उहाँको मुखमा कुनै छलकपट थियो।

१० तैपनि उहाँलाई चोट दिन परमप्रभुलाई चाहाना भयो; उहाँले उहाँलाई शोकमा पार्नुभयो; जब तिमीले पापका निम्ति उहाँको जीवात्मा अर्पण गर्दछौ उहाँले उहाँका सन्तानहरू देख्नुहुनेछ, उहाँले उहाँका दिनहरू लम्ब्याउनुहुनेछ, अनि परमेश्वरका इच्छा आफैँद्वारा उन्नति हुनेछ।

११ उहाँले आफ्ना जीवात्माका दु:ख देख्नुहुनेछ र सन्तुष्ट हुनुहुनेछ; उहाँको ज्ञानद्वारा मेरा धर्मी सेवकहरूले धेरैलाई सफाइ दिनेछ, किनकि उहाँले उनीहरूका दुष्टताहरू बोक्नुहुनेछ।

१२ त्यसकारण म उनलाई एक अंश ती महान्‌सँग छुट्याउनेछु र उनले लुटलाई बलियाकासाथ् बाढ्नेछन् किनभने उनले आफ्नो जीवात्मा मृत्युसम्म पोखेका छन्; अनि उनी उल्लङ्घन गर्नेहरूसँग गनिएका छन्; अनि धेरैका पापहरू उनले बोकेका छन् र उल्लङ्घनकारीहरूका निम्ति मध्यस्थता गरेका छन्।