धर्मशास्त्रहरू
मोसीयाह १७


अध्याय १७

अल्माले अबिनादीका वचनहरू विश्वास गर्छन् र लेख्छन्—अबिनादी आगोद्वारा मृत्यु सहन्छन्—उनले उनका हत्याराहरूमाथि रोग र आगोद्वारा मृत्युको अगमवाणी गर्छन्। लगभग ई.पू. १४८।

अनि अब यस्तो हुन गयो कि जब अबिनादीले यी भनाइहरू सकेका थिए, कि राजाले आज्ञा दिए कि पादरीहरूले उनलाई लैजानु पर्छ र अह्राए कि उनलाई मारिनु पर्छ।

तर त्यहाँ उनीहरूकामाझ एक थिए जसको नाउँ अल्मा थियो, उनी पनि नफीका सन्तति थिए। अनि उनी युवा थिए र उनले अबिनादीले बोलेका वचनहरूमा विश्वाश गरे, किनकि उनलाई अबिनादीले उनीहरूविरुद्ध गवाही दिएका दुष्टताहरूका बारेमा थाहा थियो; त्यसकारण उनले राजासँग बिन्ती गर्न प्रारम्भ गरे कि उनले अबिनादीसँग रिसाउनु हुँदैन, तर सहनु पर्छ कि उनले शान्तिपुर्वक प्रस्थान गरून्।

तर राजा अझ क्रुद्ध भए र अह्राए कि अल्मालाई उनीहरूमाझबाट निकाला गरिनु पर्छ र उनका नोकरहरूलाई उनका पछि पठाए कि उनीहरूले उनको बध गर्न सकून्।

तर उनी उनीहरूका अगाडिबाट भागे र आफूलाई लुकाए कि उनीहरूले तिनलाई फेला पारेनन्। अनि उनले धेरै दिनहरूसम्म लुकेर अबिनादीले बोलेका सबै वचनहरू लेखे।

अनि यस्तो हुन गयो कि राजाले अह्राए कि उनका रक्षकहरूले अबिनादीलाई घेर्नु पर्दछ र लैजानु पर्दछ; अनि उनीहरूले उनलाई बाँधे र कारागारमा फ्याँके।

अनि तीन दिनपछि, पादरीहरूसँग परामर्श लिएर, उनले अह्राए कि उनलाई उनीअगाडि फेरि ल्याइनु पर्दछ।

अनि उनले तिनलाई भने: अबिनादी, हामीले तिम्रा विरुद्ध दोष फेला पारेका छौँ र तिमी मृत्युको लायक छौ।

किनकि तिमीले भनेका छौ कि परमेश्वर स्वयम् मानिसका छोराछोरीहरूमाझ तल आउनु हुनेछ; अनि अब, मेरा र मेरा जनका बारेमा तिमीले बोलेका सबै दुष्ट वचनहरूको तिमीले फिर्ता नलिए यसकारणका निम्ति तिमीलाई मारिनु पर्दछ।

अब अबिनादीले उनीसामु भने: म तिमीसामु भन्दछु, म यी जनका बारेमा मैले तिमीसामु बोलेका वचनहरूको फिर्ता लिने छैन, किनकि तिनीहरू सत्य छन्; अनि कि तिमीहरूले तिनको निश्चितता जान्न सक मैले सहेको छु कि म तिमीहरूको हातमा परेको छु।

१० हो, अनि म मृत्युसम्म समेत सहने छु र म मेरा वचनहरूको फिर्ता लिनेछैन र तिनीहरू तिमीहरूका विरुद्ध गवाहीका रुपमा खडा हुनेछन्। अनि यदि तिमीहरूले मेरो बध गऱ्यौ भने तिमीहरूले निर्दोष रगत बगाउनेछौ र यो पनि अन्तिम दिनमा तिमीहरूका विरुद्ध गवाहीका रुपमा खडा हुनेछ।

११ अनि अब नोआ राजाले उनलाई छाड्न लागेका थिए, किनकि उनी तिनका वचनदेखि डराए; किनकि उनी डराए कि परमेश्वरको न्याय उनीमाथि आउनेछ।

१२ तर पादरीहरूले उनका विरुद्ध उनीहरूका आवाज उचाले र उनलाई दोष दिन थाले, यसो भन्दै: उसले राजाको आलोचना गरेको छ। त्यसकारण राजा तिनका विरुद्ध रिसमा भड्काइए र उनले तिनलाई हस्तान्तरण गरे कि उनको बध गरियोस्।

१३ अनि यस्तो हुन गयो कि उनीहरूले उनलाई लगे र उनलाई बाँधे र दाउराका मुठाहरूले उनको शरीरमा कोर्रा हाने, हो, मृत्युसम्म समेत।

१४ अनि अब जब ज्वालाहरूले उनलाई जलाउन प्रारम्भ गऱ्यो, उनले तिनीहरुसामु कराए, यसो भन्दै:

१५ हेर, तिमीहरूले मलाई जे गरेका छौ, यस्तै हुनेछ कि तिमीहरूका सन्ततिका कारण धेरैले पीडाहरू सहन पर्नेछ जुन म सहदैं छु, आगोद्वारा मृत्युका पीडाहरू समेत; अनि यो किनभने उनीहरू परमप्रभु उनीहरूका परमेश्वरको मुक्तिमा विश्वास गर्छन्।

१६ अनि यस्तो हुन जानेछ कि तिमीहरू तिमीहरूका दुष्टताहरूका कारण सबै किसिमका रोगहरूबाट ग्रसित हुनेछौ।

१७ हो, अनि तिमीहरू प्रत्येक हातबाट प्रहारित हुनेछौ र धपाइनेछौ र यत्र-तत्र छरिनेछौ, जङ्गली बथानलाई जङ्गली र डरलाग्दा पशुहरूले धपाएझैँ समेत।

१८ अनि त्यो दिनमा तिमीहरूलाई खोजी निकाला गरिनेछ र तिमीहरूलाई तिमीहरूका शत्रुका हातहरूद्वारा लगिनेछ, अनि तब तिमीहरूले सहने छौ, जसरी मैले सहदैँ छु, आगोद्वारा मृत्युको पीडाहरू समेत।

१९ यसरी परमेश्वरले उहाँका जनको विनाश गर्नेहरूमाथि बदला लिनुहुन्छ। हे परमेश्वर, मेरो जीवात्मालाई ग्रहण गर्नुहोस्।

२० अनि अब, जब अबिनादीले यी वचनहरू भनेका थिए, उनी ढले, आगोद्वारा मृत्यु सहँदै; हो, मृतक बनाइए किनभने उनले परमेश्वरका आज्ञाहरू अस्वीकार गरेनन्, उनका वचनहरूका सत्यता उनको मृत्युको छाप लगाएर बन्द गरे।