धर्मशास्त्रहरू
मोसीयाह २६


अध्याय २६

चर्चका सदस्यहरूमध्ये धेरैलाई अविश्वासीहरूद्वारा पापतिर अगुवाइ गरिन्छ—अल्मालाई अनन्त जीवनको प्रतिज्ञा गरिन्छ—जसले पश्चात्ताप गर्दछ र बप्तिस्मा लिन्छ उनीहरूले क्षमा पाउँदछन्—पश्चात्ताप गर्ने र अल्मासामु र परमप्रभुसामु स्वीकार गर्ने पापमा रहेका चर्चका सदस्यहरूलाई क्षमा दिइन्छ; अन्यथा, उनीहरूलाई चर्चका जनमाझ गनिनेछैन। लगभग ई.पू. १२०–१००।

अब यस्तो हुन गयो कि त्यहाँ हुर्कदो पिँढीमध्ये धेरै थिए जुनले बेन्यामिन राजाले बोलेका वचनहरू बुझ्न सकेनन्, उनले उनका जनसामु बोलेका समयमा साना बालबालिका भएकाले; र उनीहरूले आफ्ना पितापुर्खाहरुको परम्परामा विश्वास गरेनन्।

मृतकको पुनरुत्थानका बारेमा जे भनिएको थियो त्यो उनीहरूले विश्वास गरेनन्, न त उनीहरूले ख्रीष्टको आगमनका बारेमा विश्वास गरे।

अनि अब उनीहरूका अविश्वासको कारण उनीहरूले परमेश्वरका वचन बुझ्न सकेनन्; र उनीहरूका हृदयहरू कठोर भए।

अनि उनीहरूले बप्तिस्मा लिएनन्; न त उनीहरू चर्चमा सम्मिलित भए। अनि उनीहरू आफ्नो आस्थामा एक भिन्न जन थिए र उनीहरूको सांसारिक र पापमय अवस्थामा समेत, सदैव त्यस्तै रहे; किनकि उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई कहिल्यै पुकारेनन्।

अनि अब मोसीयाहको शासनकालमा उनीहरू परमेश्वरका जनको सङ्ख्याको आधा पनि थिएनन्; तर बन्धुहरूमाझको मतभेदहरूको कारण उनीहरू अनगिन्ती बने।

किनकि यस्तो हुन गयो कि उनीहरूले धेरैलाई उनीहरूका फुर्क्याउने वचनहरूले चर्चमा भएकाहरूलाई छले र उनीहरूलाई धेरै पाप गर्न लगाए; त्यसकारण यो उचित भयो कि ती जसले पाप गरे, जो चर्चमा थिए, उनीहरूलाई चर्चद्वारा सचेत गराइनु पऱ्यो।

अनि यस्तो हुन गयो कि उनीहरूलाई पादरीहरूअगाडि ल्याइयो, अनि शिक्षकहरूद्वारा पादरीहरूसामु हस्तान्तरण गरियो; र पादरीहरूले उनीहरूलाई अल्माअगाडि ल्याए, जो उच्च पादरी थिए।

अब मोसीयाह राजाले चर्चमाथिको अधिकार अल्मालाई दिएका थिए।

अनि यस्तो हुन गयो कि अल्मालाई उनीहरूका बारेमा थाहा थिएन; तर उनीहरूका विरुद्ध धेरै साक्षीहरू थिए; हो जन खडा भएर उनीहरूका दुष्ट्याइँहरूको प्रचूरमात्रामा गवाही दिए।

१० अब यस्तो कुराहरू चर्चमा यस अघि घटेका थिएनन्; त्यसकारण अल्मा उनको आत्मामा चिन्तित भए र उनले अह्राए कि उनीहरूले तिनीहरूलाई राजाअगाडि ल्याउनु पर्दछ।

११ अनि उनले राजासामु भने: हेर्नुहोस्, यहाँ धेरै छन् जसलाई हामीले तपाईँअगाडि ल्याएका छौँ, जसलाई उनीहरूका बन्धुहरूले अभियोग लगाएका छन्; हो, अनि उनीहरूलाई विभिन्न दुष्ट्याइँका कारण पक्रिएको छ। अनि उनीहरूले आफ्ना दुष्ट्याइँहरूको पश्चात्ताप गर्दैनन्; त्यसकारण हामीले उनीहरूलाई तपाईँअगाडि ल्याएका छौँ, कि तपाईँले उनीहरूलाई तिनका अपराधहरूअनुसार न्याय दिनुहोस्।

१२ तर मोसीयाह राजाले अल्मासामु भने: हेर, म उनीहरूलाई न्याय गर्दिनँ; त्यसकारण उनीहरूलाई न्याय दिन म तिमीलाई हस्तान्तरण गर्दछु।

१३ अनि अब अल्माको आत्मा पुन: चिन्तित भयो; र उनी गए र परमप्रभुसँग यस विषयका बारेमा के गर्नु पर्दछ भनेर सोधखोज गरे, किनकि उनी डराए कि परमेश्वरका दृष्टिमा उनले गलत गर्नेछन्।

१४ अनि यस्तो हुन गयो कि परमेश्वरमा उनले उनको पूरा आत्मा खन्याएपछि परमप्रभुको आवाज उनीमा आयो, यसो भन्दै:

१५ तिमी आशीषित होऊ, अल्मा र उनीहरू आशीषित छन् जसले मोर्मोनका पानीमा बप्तिस्मा लिए। मेरा सेवक अबिनादीका वचनमा मात्रै गरेको तिम्रो अत्यन्त आस्थाका कारण तिमी आशीषित छौ।

१६ अनि तिमीले उनीहरूसामु बोलेका तिम्रा वचनहरूमाथि मात्रको उनीहरूको अत्यन्त आस्थाका कारण उनीहरू आशीषित छन्।

१७ अनि तिमी आशीषित छौ किनभने तिमीले यी जनमाझ एक चर्चको स्थापना गरेका छौ; र उनीहरू स्थापित हुनेछन् र उनीहरू मेरा जन हुनेछन्।

१८ हो, यी जन आशीषित छन् जो मेरो नाउँ लिन इच्छुक छन्; किनकि मेरा नाउँमा उनीहरूलाई बोलाइनेछ; अनि उनीहरू मेरा हुन्।

१९ अनि किनभने तिमीले उल्लङ्घनकर्ताहरूका बारेमा मसँग सोधेका छौ, तिमी आशीषित छौ।

२० तिमी मेरा सेवक हौ; र म तिमीसँग करार गर्दछु कि तिमीसंग अनन्त जीवन हुनेछ; अनि तिमीले मेरो सेवा गर्नेछौ र मेरो नाउँमा अघि जानेछौ र मेरा भेंडाहरूलाई एकसाथ जम्मा गर्नेछौ।

२१ अनि ऊ जो मेरो आवाजलाई सुन्दछ मेरो भेंडो हुनेछ; र उसलाई तिमीले चर्चमा ग्रहण गर्नेछौ र उसलाई म पनि ग्रहण गर्नेछु।

२२ किनकि हेर, यो मेरो चर्च हो; बप्तिस्मा लिनेले पश्चात्तापका निम्ति बप्तिस्मा लिनेछ। अनि तिमीले ग्रहण गरेकाले मेरा नाउँमा विश्वास गर्नेछ; र उसलाई म स्वतन्त्रपूर्वक क्षमा दिनेछु।

२३ किनकि म त्यो हुँ जसले संसारका पापहरू आफूमाथि लिन्छ; किनकि म त्यो हुँ जसले उनीहरूको सृष्टि गरेको छ; र म त्यो हुँ जसले अन्त्यसम्म विश्वास गर्नेलाई मेरा दाहिने हाततिर स्थान दिन्छ।

२४ किनकि हेर, मेरा नाउँमा बोलाइन्छ उनीहरूलाई; र यदि उनीहरूले मलाई चिनेमा उनीहरू अघि आउनेछन् र मेरा दाहिने हाततिर अनन्ततासम्म एक स्थान पाउनेछन्।

२५ अनि यस्तो हुन जानेछ कि जब दोस्रो बिगुल फुकिनेछ तब मलाई कहिल्यै नचिनेकाहरू अघि आउनेछन् र मेरा अगाडि खडा हुनेछन्।

२६ अनि तब उनीहरूले थाहा पाउनेछन् कि म परमप्रभु उनीहरूको परमेश्वर हुँ, कि म उनीहरूको उद्धारकर्ता हुँ; तर उनीहरूको उद्धार गरिनेछैन।

२७ अनि तब मैले उनीहरूसामु भन्नेछु कि मैले उनीहरूलाई कहिल्यै चिनिनँ; अनि उनीहरू सैतान र उसका दूतहरूका निम्ति तयार गरिएको अजर अग्नितिर प्रस्थान गर्नेछन्।

२८ त्यसकारण म तिमीहरूसामु भन्दछु, कि ऊ जसले मेरो आवाजलाई सुन्नेछैन, उसलाई तिमीहरूले मेरो चर्चमा ग्रहण गर्नेछैनौ, किनकि उसलाई म अन्तिम दिनमा ग्रहण गर्नेछैनँ।

२९ त्यसकारण म तिमीहरूलाई भन्दछु; जाऊ र जसले मेरा विरुद्ध उल्लङ्घन गर्दछ, उसलाई उसले गरेका पापहरूअनुसार तिमीहरूले न्याय दिनू; अनि यदि उसले उसका पापहरू मेरा र तिम्रा अगाडि स्वीकार्दछ र उसको हृदयको हार्दिकताले पश्चात्ताप गर्दछ भने, उसलाई तिमीहरू क्षमा दिनू र म पनि उसलाई क्षमा दिनेछु।

३० हो, अनि मेरा जनले जहिले जहिले पश्चात्ताप गर्छन् म उनीहरूलाई मेरा विरुद्धको उनीहरूका अपराधहरूको क्षमा दिनेछु।

३१ अनि तिमीहरूले पनि एक अर्कालाई तिमीहरूका अपराधहरूको क्षमा दिनू; किनकि म तिमीसामु साच्चैं नै भन्दछु, ऊ जसले जब उसका छिमेकीले पश्चात्ताप गर्छु भन्दा उनका अपराधहरूलाई क्षमा दिँदैन, उसले आफैँलाई तिरस्कारमा ल्याउँदछ।

३२ अब म तिमीसामु भन्दछु, जाऊ, अनि जसले उसका पापहरूको पश्चात्ताप गर्दैन ऊ मेरा जनमाझ गणना हुनेछैन; अनि यस समयदेखि अगाडि यसलाई पालना गरिइनेछ।

३३ अनि यस्तो हुन गयो कि जब अल्माले यी कुराहरू सुनेका थिए उनले ती लेखे कि उनीसँग ती होऊन् र उनले परमेश्वरको आज्ञाहरूअनुसार त्यो चर्चका जनलाई न्याय दिन सकून्।

३४ अनि यस्तो हुन गयो कि अल्मा गए र दुष्ट्याइँमा ल्याइएकाहरूलाई न्याय गरे, परमप्रभुका वचनअनुसार।

३५ अनि जसले उनीहरूका पापहरूको पश्चात्ताप गऱ्यो र तिनलाई स्वीकाऱ्यो, उनीहरूलाई उनले चर्चका जनमाझ गणना गरे।

३६ अनि ती जसले उनीहरूका पापहरू स्वीकारेनन् र उनीहरूका दुष्ट्याइँको पश्चात्ताप गरेनन्, उनीहरूलाई चर्चका जनमाझ गणना गरिएन र उनीहरूका नाउँहरू मेटाइए।

३७ अनि यस्तो हुन गयो कि अल्माले चर्चका सबै कारोबारहरूको अनुगमन गरे; र उनीहरू चर्चका कारोबारहरूमा पुन शान्ति पाउन र अत्यन्त उन्नति गर्न थाले, परमेश्वरअगाडि सावधानीपूर्वक हिँड्दै, धेरैलाई ग्रहण गर्दै र धेरैलाई बप्तिस्मा दिँदै।

३८ अनि अब यी सबै कुराहरू अल्मा र चर्चमा भएका उनका सहकर्मीहरूले गरे, सबै दृढतामा हिंड्दै, परमेश्वरका वचनहरू सबै कुराहरूमा सिकाउँदै, सबै प्रकारका कष्टहरू सहँदै, चर्चका मातहतमा नभएकाहरू सबैद्वारा सताइँदै।

३९ अनि उनीहरूले आफ्ना बन्धुहरूलाई सचेत गराए; र उनीहरूलाई पनि सचेत गराइएको थियो, प्रत्येकले परमेश्वरका वचनद्वारा, उनीहरूका पापहरूअनुसार, अथवा उसले गरेका पापहरूअनुसार, नरोकीकन प्रार्थना गर्न र सबै कुराहरूमा धन्यवाद दिन परमेश्वरबाट आज्ञा दिइएकाले।