धर्मशास्त्रहरू
मोसीयाह १३


अध्याय १३

अबिनादीलाई ईश्वरीय शक्तिद्वारा शुरक्षित गरिन्छ—उनले दश आज्ञाहरू सिकाउँछन्—मुक्ति मोशाका व्यवस्थाबाट मात्रै आउँदैन—परमेश्वर आफैँले प्रायश्चित्त गर्नुहुनेछ र उहाँका जनको उद्धार गर्नुहुनेछ। लगभग ई.पू. १४८।

अनि अब जब राजाले यी वचनहरू सुनेका थिए, उनले उनका पादरीहरूसामु भने:यो मानिसलाई लैजाओ, उसको बध गर; किनभने उससँग हामीले के गर्नुछ, किनकि ऊ बहुलाह हो।

अनि उनीहरू अघि खडा भए र उनीमाथि आफ्ना हात हाल्न प्रयास गरे; तर उनले उनीहरूको सामना गरे र उनीहरूसामु भने:

मलाई नछोऊ, किनकि यदि तिमीहरूले ममाथि हात लायौ भने परमेश्वरले तिमीहरूलाई प्रहार गर्नुहुनेछ, किनकि परमेश्वरले दिनु भनेर मलाई पठाएको सन्देश मैले दिएको छैन; न त मैले तिमीहरूले मलाई भन्नु पर्छ भनेर तिमीहरूले अनुरोध गरेको तिमीहरूलाई भनेको छु; त्यसकारण, परमेश्वर सहनुहुनेछैन कि यो समयमा मेरो विनाश होओस्।

तर मैल आज्ञा पूरा गर्नुपर्छ जुन परमेश्वरले मलाई आज्ञा दिनुभएको छ; अनि किनभने मैले तिमीहरूलाई सत्य भनेकाले तिमीहरू मसँग रिसाएका छौ। अनि फेरि, किनभने मैले परमेश्वरका वचन बोलेकाले तिमीहरूले मलाई मूल्याङ्कन गरेका छौ कि म बहुलाह हुँ।

अबिनादीले यी वचनहरू बोलेपछि अब यस्तो हुन गयो कि नोआ राजाका जनले उनीमाथि हात हाल्न आँट गरेनन्, किनकि परमप्रभुको आत्मा उनीमाथि थियो; अनि सिनैको पर्वतमा हुँदाको, परमप्रभुसँग बोल्दाको मोशाको समेत जस्तै, उनको अनुहार अत्यन्त तेजले चम्केको थियो।

अनि उनले परमेश्वरको शक्ति र अधिकारका साथ बोले; अनि उनले उनका वचनहरू जारी राखे, यसो भन्दै:

तिमीहरूले देख्छौ कि तिमीहरूसँग मलाई बधगर्ने शक्ति छैन, त्यसकारण म मेरो सन्देश सिध्याउँछु। हो, म ठान्दछु कि यसले तिमीहरूका हृदयसम्म काट्दछ किनभने मैले तिमीहरूलाई तिमीहरूका दुष्टताहरूका बारेमा सत्य वचन बोल्छु।

हो, मेरा वचनहरूले तिमीहरूलाई आश्चर्य र विस्मयले र रिसले भर्छ।

तर मैले मेरो सन्देश सिध्याउँछु; अनि त्यसपछि यसको मतलब छैन म कहाँ जाऊँ, यदि यस्तो हुन गयो कि मलाई जोगाइयो भने।

१० तर यति म तिमीहरूलाई भन्दछु, तिमीहरू मलाई जे गर्दछौ, यसपछि, आउने कुराहरूका एक किसिम र एक छायाँको रुपमा हुनेछ।

११ अनि अब म तिमीहरूसामु परमेश्वरका बाँकी आज्ञाहरू पढ्दछु; किनकि म ठान्दछु कि तिनीहरू तिमीहरूका हृदयहरूमा लेखिएका छैनन्; म ठान्दछु कि तिमीहरूले आफ्ना जीवनका अधिकांश भागमा दुष्टताको अध्ययन गरेका छौ र सिकाएका छौ।

१२ अनि अब, मैले तिमीहरूसामु भनेको तिमीहरू सम्झ: तिमीले तिम्रो निम्ति कुनै कुँदिएका मूर्ति, माथि स्वर्गमा भएका, अथवा तल पृथ्वीमा भएका, अथवा पृथ्वीमुनि पानीमा भएका कुनै कुराहरू जस्ता नबनाउनू।

१३ अनि फेरि: तिमीले तिनीहरूसामु आफैँ ननिहुरनू, न त उनीहरूको सेवा गर्नू; किनकि म परमप्रभु तिम्रा परमेश्वर ईर्ष्यालु परमेश्वर हुँ, मलाई घृणा गर्ने पितापुर्खाहरुका दुष्टताहरूको सजायँ उनीहरूका छोराछोरीहरूमाथि, उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु;

१४ अनि मलाई माया गर्नेहरू र मेरा आज्ञाहरू पालना गर्ने हजारौँ उनीहरूलाई कृपा देखाउँदै।

१५ तिमीले परमप्रभु तिम्रा परमेश्वरको नाउँ व्यर्थमा नलिनू; किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर्दोष ठहऱ्याउनुहुनेछैन।

१६ शबाथको दिनलाई पवित्र राख्न याद गर।

१७ छ दिनसम्म तिमीले परिश्रम गर्नू र आफ्ना सबै काम गर्नू।

१८ तर सातौँ दिन, परमप्रभु तिम्रा परमेश्वरको शबाथ, तिमीले कुनै काम नगर्नू, न त तिम्रो छोराले, न त तिम्री छोरीले, तिम्रो कमाराले, न त तिम्री कमारीले, न त तिम्रा गाईवस्तुले, न त तिम्रो ढोका भित्र भएको परदेशीले।

१९ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी र समुद्र र तिनमा भएका सबै बनाउनुभयो, यसकारण परमप्रभुले शबाथ-दिनलाई आशीष दिनुभयो र यसलाई पवित्र बनाउनुभयो।

२० आफ्ना पिता र आफ्नी माताको सम्मान गर, कि परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको भूमिमा तिम्रा दिनहरू लामा होऊन्।

२१ तिमीले हत्या नगर।

२२ तिमीले व्यभिचार नगर। तिमीले चोरी नगर।

२३ तिमीले तिम्रा छिमेकीका विरुद्ध झुटो गवाही नदेऊ।

२४ तिमीले तिम्रा छिमेकीका घरको लोभ लालच नगर, तिमीले तिम्रा छिमेकीका श्रीमतीको लालच नगर, न त उसको कमाराको, न त उसकी कमारीको, न त उसको गोरुको, न त उसको गधाको, न त तिम्रा छिमेकीका कुनै कुराको।

२५ अनि यस्तो हुन गयो कि अबिनादीले यी भनाइहरूको अन्त्य गरेपछि कि उनले तिनीहरूसामु भने: के तिमीहरूले यी जनलाई सिकाएका छौ कि उनीहरूले यी आज्ञाहरू पालना गर्नका निम्ति यी सबै कुराहरू पालना गर्नु पर्छ?

२६ म तिमीहरूसामु भन्दछु, छैनौ, किनकि यदि तिमीहरूले गरेको भए, परमप्रभुले मलाई अघि आएर यी जनका बारेमा दुष्ट अगमवाणी गर्न अह्राउनु हुन्नथ्यो।

२७ अनि अब तिमीहरूले भनेका छौ कि मुक्ति मोशाको व्यवस्थाद्वारा आउँदछ। म तिमीहरूलाई भन्दछु कि यो उचित छ कि तिमीहरूले अझै मोशाका व्यवस्था पालना गर्नु पर्दछ; तर म तिमीहरूलाई भन्दछु, कि समय आउनेछ जब मोशाका व्यवस्था पालना गर्न अरु आवश्यक हुने छैन।

२८ अनि अरु, म तिमीहरूसामु भन्दछु, कि मुक्ति व्यवस्थाद्वारा मात्र आउँदैन; अनि यदि प्रायश्चित्त नभएको भए, जुन परमेश्वर आफैँले उहाँका जनका पापहरू र दुष्टताहरूका निम्ति गर्नुहुनेछ, कि मोशाका व्यवस्था हुँदाहुँदै, उनीहरूको अवश्य नै नाश हुनुपर्छ।

२९ अनि अब म तिमीहरूसामु भन्दछु कि यो उचित छ कि इस्राएलका छोराछोरीहरूलाई एक व्यवस्था दिनुपर्दछ, हो एक ज्यादै कडा व्यवस्था; किनकि उनीहरू दुष्टता गर्नमा छिटो र परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झनमा ढिल्याईँ गर्ने हठी जन थिए।

३० त्यसकारण त्यहाँ व्यवस्था दिइएको थियो, हो अनुष्ठानहरू र विधिहरूको व्यवस्था, त्यो व्यवस्था जुन उनीहरूले दिनदिनै कडा पालना गर्नुपर्ने थियो, उनीहरूले परमेश्वरलाई र परमेश्वरप्रतिको आफ्नो कर्तव्यलाई सम्झनामा राख्न।

३१ तर हेर, म तिमीहरूसामु भन्दछु, कि यी सबै कुराहरू आगामी कुराहरूका प्रकारहरू हुन्।

३२ अनि अब, के उनीहरूले व्यवस्थालाई बुझे? म तिमीहरूसामु भन्दछु, बुझेनन्, उनीहरूले सबै व्यवस्थालाई बुझेनन्; अनि यो उनीहरूको हृदयका कठोरताका कारणले; किनकि उनीहरूले बुझेनन् कि परमेश्वरको उद्दारमार्फत् बाहेक कुनै पनि मानिसलाई बचाउन सकिदैनँ।

३३ किनकि हेर, के मोशाले मसीहको आगमनका बारेमा उनीहरूसामु अगमवाणी गरेनन् र परमेश्वरले उहाँका जनलाई उद्धार गर्नुपर्छ?हो, अनि संसारको प्रारम्भदेखि समेतका सबै अगमवक्ताहरू जसले अगमवाणी गरेका छन्—के उनीहरूले यी कुराहरूका बारेमा धेरै या थोरै बोलेका छैनन्?

३४ के उनीहरूले भनेका छैनन् कि परमेश्वर आफैँ मानिसका छोराछोरीहरूमाझ तल आउनु हुनेछ र आफूमा मानिसको स्वरूप लिनुहुनेछ र पृथ्वीको सतहमा महान् शक्तिका साथ अघि जानुहुनेछ?

३५ हो, अनि के उनीहरूले यो पनि भनेका छैनन् कि उहाँले मृतकहरूको पुनरुत्थान पूरा गर्नुहुनेछ र उहाँ, आफैँ, शोषण गरिइनु र पीडित हुनुपर्दछ?