धर्मशास्त्रहरू
मोसीयाह १८


अध्याय १८

अल्माले गोप्य रुपले प्रवचन दिन्छन्—उनले बप्तिस्माको करार व्याख्या गर्छन् र मोर्मोनका पानीमा बप्तिस्मा दिन्छन्—उनले ख्रीष्टको चर्चको स्थापना गर्छन् र पादरीहरू नियुक्त गर्छन्—उनीहरू आफैँ जीविका चलाउँछन् र जनलाई सिकाउँछन्—अल्मा र उनका जन नोआ राजादेखि उजाड स्थानतिर भाग्छन्। लगभग ई.पू. १४७–१४५।

अनि अब, यस्तो हुन गयो कि अल्मा, जो नोआ राजाका सेवकहरूदेखि भागेका थिए, उनका पापहरू र दुष्टताहरूका पश्चात्ताप गरे र गोप्य रुपमा जनमाझ गए र अबिनादीका वचनहरू सिकाउन थाले—

हो, आउनेवाला जो थियो तिनका बारेमा, अनि मृतकका पुनरुत्थान र ख्रीष्टको शक्ति र पीडाहरू र मृत्यु र उहाँको पुनरुत्थान र स्वर्गतिरको आरोहणमार्फत् पूरा हुने जनका उद्धारका बारेमा।

अनि उनका वचन सुन्ने जतिलाई उनले सिकाए। अनि उनले उनीहरूलाई गोप्य रुपमा सिकाए, कि राजालाई यसको अवगत नहोस्। अनि धेरैले उनका वचनमा विश्वास गरे।

अनि यस्तो हुन गयो कि जतिले विश्वास गरे उनीहरू राजाबाट नाउँ प्राप्त गरेको स्थानतिर गए जसलाई मोर्मोन भनिन्थ्यो, जुन समय-समयमा अथवा मौसमहरूमा जङ्गली जनावरहरूद्वारा सताइएको भूमिको सिमानाहरूमा थियो।

अब, मोर्मोनमा शुद्ध पानीको मुहान थियो र अल्मा त्यहाँ गए, त्यहाँ पानी नजिकै साना रुखहरूको एक झाडी भएकाले, जहाँ उनले राजाका मानिसहरूका खोजीबाट दिनको समयमा आफैँलाई लुकाए।

अनि यस्तो हुन गयो कि उनलाई विश्वास गर्ने जति उनका वचनहरू सुन्न त्यहाँ गए।

अनि यस्तो हुन गयो कि धेरै दिनहरूपछि त्यहाँ अल्माका वचनहरू सुन्न मोर्मोनको स्थानमा राम्रै सङ्ख्या एकसाथ जम्मा भएका थिए। हो, उनका वचनमा विश्वास गर्ने सबै जम्मा भएका थिए। अनि उनले उनीहरूलाई सिकाए र उनीहरूसामु पश्चात्ताप र उद्धार र परमप्रभुमाथिको आस्थाका बारेमा प्रचार गरे।

अनि यस्तो हुन गयो कि उनले उनीहरूसामु भने: हेर, यहाँ मोर्मोनका पानी छन् (किनकि तिनलाई यसरी बोलाइन्थ्यो) अनि अब, किनभने तिमीहरू परमेश्वरको समूहमा आउन र उहाँका जन भनी बोलाइन इच्छुक छौ, अनि एक अर्काका भारीहरू बोक्न राजी छौ, कि तिनीहरू हलुका होऊन्;

हो, अनि शोक गर्नेहरूसँग शोक गर्न राजी छौ; हो, अनि सान्त्वनाको आवश्यकतामा परेकाहरूलाई सान्त्वना दिन र सबै समयमा र सबै कुराहरूमा र तिमीहरू हुने सबै स्थानमा, मृत्युसमेत सम्म परमेश्वरका साक्षीका रुपमा खडा हुन, कि तिमीहरूले परमेश्वरद्वारा उद्धार पाओ र प्रथम पुनरुत्थानका तिनीहरूसँग गनिय, कि तिमीहरूलाई अनन्त जीवन मिलोस्—

१० अब म तिमीहरूसामु भन्दछु, यदि तिमीहरूको हृदयको चाहना यो हो भने, परमप्रभुका नाउँमा बप्तिस्मा लिनको विरुद्धमा तिमीहरूको के विरोध छ, उहाँअगाडि साक्षीका रुपमा कि तिमीहरू उहाँसँग करारमा प्रवेश गरेका छौ, कि तिमीहरूले उहाँको सेवा गर्नेछौ र उहाँका आज्ञाहरू पालना गर्नेछौ, कि उहाँले आफ्नो आत्मा अझ प्रचुरमात्रामा तिमीहरूमाथि खन्याउनु हुनेछ?

११ अनि अब जब जनले यी वचनहरू सुनेका थिए, उनीहरूले आनन्दका साथ उनीहरूका हातहरूले ताली बजाए र पुकारे: यो हाम्रो हृदयको चाहना हो।

१२ अनि अब यस्तो हुन गयो कि अल्माले हेलामलाई लगे, उनी पहिलामध्येका एक भएकाले र गए र पानीमा उभिए र यसो भन्दै कराए: हे परमप्रभु, हजुरको सेवकमाथि हजुरको आत्मा खन्याइदिनुओस्, कि उसले यो कार्य हृदयको पवित्रताका साथ गर्ने गरोस्।

१३ अनि जब उनले यी वचनहरू भनेका थिए, परमप्रभुको आत्मा उनीमाथि थियो र उनले भने: हेलाम, म तिमीलाई बप्तिस्मा दिन्छु, सर्वशक्तिमान् परमेश्वरबाट अधिकार पाएकाले, एक गवाहीको रुपमा कि मरणशील शरीरको मृत्यु नभइन्जेलसम्म उहाँको सेवा गर्न एक करारमा प्रवेश गरेका छौ र परमप्रभुको आत्मा तिमीमाथि खनिन सकोस् र उहाँले तिमीलाई अनन्त जीवन दिनुहोस्, ख्रीष्टको उद्धारमार्फत्, जसलाई संसारको उत्पत्तिदेखि उहाँले तयार पार्नुभएको छ।

१४ अनि अल्माले यी वचनहरू भनेपछि, अल्मा र हेलाम दुबै पानीमा डुबेका थिए र उनीहरू उठे र खुसी हुँदै पानीबाट बाहिर आए, आत्माले भरिएर।

१५ अनि फेरि, अल्माले अर्कोलाई लगे र दोस्रो पटक पानीमा गए र पहिलाअनुसार उनलाई बप्तिस्मा दिए, तर यसपटक उनले आफैँलाई फेरि पानीमा डुबाएनन्।

१६ अनि यस प्रकारले उनले मोर्मोनको स्थानसम्म अघि जाने प्रत्येकलाई बप्तिस्मा दिए; अनि उनीहरू सङ्ख्यामा लगभग दुई सय र चार जीवात्माहरू थिए; हो, अनि उनीहरूलाई मोर्मोनका पानीमा बप्तिस्मा दिइएको थियो र उनीहरू परमेश्वरको अनुग्रहले भरिएका थिए।

१७ अनि उनीहरूलाई, त्यो समयदेखि अगाडि, परमेश्वरको चर्च, अथवा ख्रीष्टको चर्च भनियो। अनि यस्तो हुन गयो कि जसलाई परमेश्वरको शक्ति र अधिकारद्वारा बप्तिस्मा दिइयो उसलाई उहाँको चर्चमा थपियो।

१८ अनि यस्तो हुन गयो कि अल्मा, परमेश्वरबाट अधिकार पाएकाले, पादरीहरू नियुक्ति गरे; उनीहरूलाई परमेश्वरको अधिराज्यका सरोकारका कुराहरू बारेमा प्रवचन दिन र सिकाउन उनीहरूका सङ्ख्या मध्ये प्रत्येक पचासलाई एक पादरी समेत उनले नियुक्त गरे।

१९ अनि उनले तिनीहरूलाई आज्ञा दिए कि तिनीहरूले उनले सिकाएका र पवित्र अगमवक्ताहरूका मुखबाट बोलिएका कुराहरू बाहेक केही नसिकाऊन्।

२० हो, उनले उनीहरूलाई यो समेत आज्ञा दिए कि उनीहरूले पश्चात्ताप र उहाँका जनको उद्धार गर्नुहुने परमप्रभुमाथिको आस्थाबाहेक केहीको प्रवचन नगरून्।

२१ अनि उनले उनीहरूलाई आज्ञा दिए कि त्यहाँ एक अर्कासँग कलह हुनु हुँदैन, तर उनीहरूले एकै नजरका साथ बाटो हेर्नु पर्दछ, एक आस्था र एक बप्तिस्मा भएर, एकता र एक अर्का प्रतिको मायामा उनीहरूका हृदय एक साथ बुनिएर।

२२ अनि यसरी उनले उनीहरूलाई प्रचार गर्ने आज्ञा दिए। अनि यसरी उनीहरू परमेश्वरका छोराछोरीहरू बने।

२३ अनि उनले उनीहरूलाई आज्ञा दिए कि उनीहरूले शबाथको दिनलाई पालना गर्नु पर्दछ र त्यसलाई पवित्र राख्नु पर्दछ, अनि प्रत्येक दिनमा समेत उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई धन्यवाद दिनु पर्दछ।

२४ अनि उनले उनीहरूलाई यो पनि आज्ञा दिए कि उनले नियुक्त गरेका पादरीहरूले आफ्नो जीविकाको निम्ति उनीहरूका आफ्नै हातहरूले परिश्रम गर्नु पर्दछ।

२५ अनि यी जनलाई सिकाउन र परमप्रभु उनीहरूका परमेश्वरको आराधना गर्न र यो पनि, उनीहरूको क्षमताले भ्याएसम्म, उनीहरू आफैँ एक साथ जम्मा हुनु पर्दछ भनी प्रत्येक हप्तामा एक दिन छुट्याइएको थियो।

२६ अनि पादरीहरूले आफ्नो जीविकाको निम्ति जनमा भर पर्नु हुँदैन; तर उनीहरूको परिश्रमका निम्ति परमेश्वरको अनुग्रह उनीहरूले प्राप्त गर्नु थियो, कि उनीहरू आत्मामा बलिया होऊन्, परमेश्वरको ज्ञान पाएकाले, कि उनीहरूले परमेश्वरको शक्ति र अधिकारकासाथ सिकाऊन्।

२७ अनि फेरि आल्माले आज्ञा दिए कि चर्चका जनले उनीहरूका सम्पत्ति बाँड्नु पर्छ, प्रत्येकले उससँग भएअनुसार; यदि उससँग प्रसस्त छ भने उसले बढी बाँड्नु पर्छ; तर जससँग थोरै छ, उसबाट थोरै चाहाना गरिनु पर्छ; अनि नभएकालाई बाड्नुपर्छ।

२८ अनि यसरी उनीहरूले उनीहरूको सम्पत्ति उनीहरूको आफ्नो इच्छा र परमेश्वरप्रतिको असल चाहानाअनुसार बाँड्नु पर्छ, अनि ती पादरीहरूका निम्ति जो आवश्यकतामा खडा छन्, हो र प्रत्येक गरिब, नाङ्गा जीवात्माका निम्ति।

२९ अनि यो उनले उनीहरूसामु भने, परमेश्वरबाट आज्ञा दिइएकाले; अनि उनीहरू परमेश्वर अगाडि सिधा भएर हिँडे, उनीहरूका आवश्यकताहरू र चाहनाहरूअनुसार, भौतिक र आत्मिक दुबैमा एकआर्काका निम्ति बाँडेर।

३० अनि यस्तो हुन गयो कि यो सबै मोर्मोनमा भएको थियो, हो, मोर्मोनका पानी वरिपरि, जङ्गलमा जुन मोर्मोनका पानी नजिक थिए; हो, मोर्मोनको स्थान, मोर्मोनका पानी, मोर्मोनको जङ्गल, कति सुन्दर छन् तिनीहरू उनीहरूका निम्ति जो त्यहाँ उद्धारकर्ताको ज्ञानमा आए; हो, अनि कति आशीषित छन् उनीहरू, किनकि उनीहरूले उहाँको जयजयाकर सदासर्वदा गाउनेछन्।

३१ अनि यी कुराहरू भूमिको सिमानामा गरिएको थियो, कि तिनीहरू राजाको जानकारीमा नआऊन्।

३२ तर हेर, यस्तो हुन गयो कि राजाले, जनमाझ गतिविधि फेला पारेकाले, उनका नोकरहरूलाई उनीहरूलाई निरीक्षण गर्न पठाए। त्यसकारण त्यस दिनमा जब उनीहरू आफैँ परमप्रभुका वचनहरू सुन्न एकसाथ भेला भएका थिए उनीहरू राजासामु फेला पारिए।

३३ अनि अब राजाले भने कि अल्माले जनलाई उनका विरुद्ध विद्रोहमा भड्काउँदै थिए; त्यसकारण उनले तिनीहरूको विनाश गर्न उनका सेना पठाए।

३४ अनि यस्तो हुन गयो कि अल्मा र परमप्रभुका जनलाई राजाका सेनाको आगमनको सूचित गराइयो; त्यसकारण उनीहरूले उनीहरूका पालहरू र परिवारहरू लिए र उजाड स्थान तिर प्रस्थान गरे।

३५ अनि उनीहरू सङ्ख्यामा लगभग चार सय पचास जीवात्माहरू थिए।