धर्मशास्त्रहरू
३ नफी ३०


अध्याय ३०

पछिल्ला दिनका गैह्र-यहूदीहरूलाई पश्चात्ताप गर्न, ख्रीष्टकहाँ आउन र इस्राएलका घरानासँग गनिन आज्ञा गरिन्छ। लगभग ई.सं. ३४–३५।

सुन, हे तिमी गैह्र-यहूदीहरू र येशू ख्रीष्ट, जिउँदो परमेश्वरका पुत्रका वचनहरूलाई सुन, जुन उहाँले मलाई आज्ञा दिनुभएको छ कि मैले तिमीहरूका बारेमा बोल्नुपर्दछ, किनकि, हेर उहाँले मलाई आज्ञा दिनुभएको छ कि मैले लेख्नुपर्दछ, यसो भन्दै:

फर्क, तिमी सबै गैह्र-यहूदीहरू, तिमीहरूका दुष्ट बाटाहरूबाट; र तिम्रा खराब कामहरूको, तिमीहरूका झुटहरू र छकाइहरूको र तिमीहरूका वेश्यावृत्तिहरूको र तिमीहरूका गोप्य कुकर्महरूको र तिमीहरूका मूर्तिपूजाहरूको र तिमीहरूका हत्याहरूको र तिमीहरूका पुरोहित्याइँहरूको र तिमीहरूका ईर्ष्याहरू र तिमीहरूका झगडाहरूको र तिमीहरूका सबै दुष्टता र कुकर्महरूबाट पश्चात्ताप गर र मसमक्ष आऊ र मेरा नाउँमा बप्तिस्मा लिअ, ताकि तिमीहरूले आफ्ना पापहरूबाट छुटकारा पाउनेछौ र पवित्र आत्माले भरिनेछौ, ताकि तिमीहरू मेरा जनसँग गनिनेछौ जो इस्राएलका घरानाका हुन्।