धर्मशास्त्रहरू
३ नफी ८


अध्याय ८

आँधिवेहेरीहरू, भूकम्पहरू, आगलागीहरू, भूमरीहरू र भौतिक उथलपुथलहरूले ख्रीष्टको क्रूसारोहणलाई प्रमाणित गर्छन्—धेरै जनको विनाश हुन्छ—अन्धकारले भूमिलाई तीन दिनसम्म ढाक्दछ—जो रहन्छन् तिनीहरूले आफ्नो अवस्थाको विलाप गर्दछन्। लगभग ई.सं. ३३–३४।

अनि अब यस्तो हुन गयो कि हाम्रो अभिलेखअनुसार र हामीलाई थाहा छ हाम्रो अभिलेख सत्य छन्, किनकि हेर, ती न्यायोचित मानिस थिए जसले अभिलेख राखे—किनकि उनले साँचै नै येशूको नाउँमा धेरै आश्चर्यकर्महरू गरे; र त्यहाँ कुनै मानिस थिएन जसले आफ्ना दुष्टताहरूबाट प्रत्येक कण सफा गरिकन येशूको नाउँमा आश्चर्यकर्म गर्न सक्थ्यो—

अनि अब यस्तो हुन गयो, यदि यो मानिसले हाम्रो समयको हरहिसाबमा कुनै गल्ती नगरेको भए, तेत्तीसौँ वर्ष बित्यो;

अनि जनले लमानी शमुएल अगमवक्ताद्वारा दिइएका चिन्हहरूलाई महान् उत्सुकताका साथ हेर्न थाले, हो, त्यो समयका निम्ति जब भूमिको सतहभरि तीन दिनको अन्तरालसम्म अन्धकार हुनुपर्दछ।

अनि त्यति धेरै चिन्हहरू दिइँदा दिइँदै पनि जनमाझ महान् विवादहरू र झगडाहरू हुन थाले।

अनि यस्तो हुन गयो कि चौतीसौँ वर्षको, पहिलो महिनामा, त्यो महिनाको चौथो दिनमा, एउटा भयानक आँधी उठ्यो, त्यस्तो एउटा जुन सम्पूर्ण भूमिमा कहिल्यै थाहा थिएन।

अनि ठूलो र भयानक आँधिवेहेरी पनि आयो र भयानक मेघ गर्जेको थियो, यतिसम्म कि टुक्रा-टुक्रा हुन लागेको जस्तै गरी सारा पृथ्वी हल्लियो।

अनि त्यहाँ अत्यन्त तीब्र बिजुली चम्किएका थिए, त्यस्तो सम्पूर्ण भूमिमा कहिल्यै थाहा थिएन।

अनि जरहेम्लाको सहरमा आगलागी भयो।

अनि मोरोनीको सहर समुन्द्रको गहिराइमा डुब्यो र त्यहाँका बासिन्दाहरू डुबे।

१० अनि मोरोनीहाहको सहरमा पृथ्वीलाईमाथि उठाइयो, ताकि सहरको स्थानमा महान् पर्वत बन्यो।

११ अनि दक्षिणतर्फको भूमिमा महान् र भयानक विनाश भयो।

१२ तर हेर, उत्तरतर्फको भूमिमा झन् महान् र भयानक विनाश भयो; आँधिवेहेरी र भूमरीहरूका र मेघ गर्जनहरू र विजुलीका चमकहरूका र सम्पूर्ण पृथ्वीका अत्यन्त भयानक कम्पनहरूका कारणले, किनकि हेर, भूमिको पूरा सतह बदलिएको थियो;

१३ अनि राजमार्गहरू भत्किएका थिए र सम्म सडकहरू बिगारिए र धेरै समथल स्थानहरू उबडखावड भए।

१४ अनि धेरै महान् र प्रतिष्ठित सहरहरू डुबे र धेरैको आगलागी भयो र धेरैका भवनहरू पृथ्वीमा नढलुन्जेलसम्म हल्लाइयो र त्यहाँका बासिन्दाहरूको वध गरियो र स्थानहरूलाई उजाड छाडियो।

१५ अनि त्यहाँ केही सहरहरू बाँकी थिए; तर त्यहाँको क्षति अत्यन्त ठूलो थियो र तिनीहरूमा बध गरिएकाहरू धेरै थिए।

१६ अनि त्यहाँ कोही थिए जसलाई भूमरीमा लगियो; र उनीहरू कहाँ गए कुनै मानिसलाई थाहा छैन, उनीहरूलाई यतिमात्र थाहा छ कि उनीहरूलाई लगियो।

१७ अनि आँधीवेहेरीहरूका र मेघ गर्जनहरूका र विजुलीका चमकहरूका र पृथ्वीका कम्पनहरूका कारण यसरी सारा पृथ्वीको सतहको आकृति बिग्रियो।

१८ अनि हेर, चट्टानहरू दुई टुक्रा भए; तिनीहरूलाई सम्पूर्ण पृथ्वीको सतहमाथि टुक्र्याइयो; यतिसम्म कि ती साना साना टुक्राहरूमा र जोर्नीहरूमा र खाडीहरूमा, भूमिको सम्पूर्ण सतहमाथि पाइए।

१९ अनि यस्तो हुन गयो कि जब मेघ गर्जनहरू र बिजुलीका चमकहरू र आँधी र आँधिवेहेरी र पृथ्वीका कम्पनहरू रोकिए—किनकि हेर, ती तीन घण्टाको अन्तरालसम्म रहे; र केहीले भनेका थिए कि यो समय अझ लामो थियो; तैपनि ती सबै भयानक कुराहरू तीन घण्टाको अन्तरालमा गरिएका थिए—अनि तब हेर, भूमिको सतहमा अन्धकार भयो।

२० अनि यस्तो हुन गयो कि भूमिको सम्पूर्ण सतहमा बाक्लो अन्धकार थियो, यतिसम्म कि त्यहाँका नढलेका बासिन्दाहरूले अन्धकारको तुवाँलोको अनुभव गर्न सक्थे;

२१ अनि त्यहाँ कुनै प्रकाश हुन सकेन, अन्धकारका कारण, न त मैनबत्ती, न त ज्वालाहरू; न त उनीहरूका असली र अत्यन्त सुख्खा दाउराले आगो बाल्न सकिन्थ्यो, ताकि त्यहाँ कुनै हालतमा पनि कुनै प्रकाश हुन सकेन;

२२ अनि त्यहाँ कुनै प्रकाश देखिएन, न त आगो, न त किरण, न त सूर्य, न त चन्द्रमा, न त तारा, किनकि भूमिको सतहमाथि भएको अन्धकारको तुवाँलो त्यति भयानक थियो।

२३ अनि यस्तो हुन गयो कि यो तीन दिनसम्म रह्यो कि त्यहाँ कुनै प्रकाश थिएन; र सम्पूर्ण जनमाझ निरन्तर रुपमा महान् शोक र चिच्याहट र रोदन थिए; हो, उनीहरूमाथि आएका अन्धकार र महान् विनाशका कारण जनका आर्तनादहरू त्यति भयानक थिए।

२४ अनि एक स्थानमा उनीहरूले कराएको सुनियो, यसो भन्दै: हे कि हामीले यो महान् र भयानक दिनअगाडि पश्चात्ताप गरेको भए र तब हाम्रा बन्धुहरूलाई छाडिन्थ्यो होला र उनीहरूलाई त्यो महान् सहर जरहेम्लामा जलाइन्न्थ्यो होला।

२५ अनि अर्को ठाउँमा उनीहरूले कराएको र शोक गरेको सुनियो, यसो भन्दै: हे कि हामीले यो महान् र भयानक दिनअगाडि पश्चात्ताप गरेको भए र अगमवक्ताहरूलाई नमारेको र ढुङ्गाले नहानेको र उनीहरूलाई निकाला नगरेको भए; तब हाम्रा आमाहरू र सुन्दर छोरीहरू र हाम्रा छोराछोरीहरूलाई छाडिन्थ्यो होला र त्यो महान् सहर मोरोनीहाहमा गाडिन्नथ्यो होला। अनि जनका आर्तनादहरू यस्ता महान् र भयानक थिए।