धर्मशास्त्रहरू
३ नफी २१


अध्याय २१

इस्राएललाई भेला गरिनेछ जब मोर्मोंनको पुस्तक अघि आउनेछ—गैह्र यहुदीहरू अमेरिकामा स्वतन्त्र जनका रुपमा स्थापित हुनेछन्—उनीहरूले मुक्ति पाउनेछन् यदि उनीहरूले विश्वास गरे र पालना गरे भने; अन्यथा उनीहरूलाई अलग्याइनेछ र विनाश गरिनेछ—इस्राएलले नयाँ यरुशलेम बनाउनेछन् र हराएका कूलहरू फर्कनेछन्। लगभग ई.सं. ३४।

अनि साँचै नै म तिमीहरूसामु भन्दछु, म तिमीहरूलाई चिन्ह दिन्छु, कि तिमीहरूले समय थाहा पाउन सक जब यी कुराहरू हुनलागेको हुनेछ—कि उनीहरूको लामो समयको छिन्नभिन्न अवस्थाबाट, मेरा जनलाई म भेला गराउनेछु, हे इस्राएलका घराना र उनीहरूमाझ फेरि मेरो सियोनको स्थापना गर्नेछु;

अनि हेर, यो त्यो कुरा हो जुन म तिमीहरूलाई चिन्हका निम्ति दिनेछु—किनकि साँचै नै म तिमीहरूसामु भन्दछु कि जब यी कुराहरू जुन मैले तिमीहरूसामु घोषणा गर्दछु र जुन म आफैँले तिमीहरूसामु यसपछि घोषणा गर्नेछु र पिताले तिमीहरूलाई दिने पवित्र आत्माको शक्तिद्वारा गैह्र-यहूदीहरूलाई अवगत गराइनेछ कि उनीहरूले यी मेरा जनका बारेमा थाहा पाउन सकून् जुन याकूबको घरानाका अवशेष हुन् र यी मेरा जनका बारेमा जसलाई उनीहरूद्वारा छरपष्ट पारिनेछ;

साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, जब यी कुराहरू पिताद्वारा उनीहरूलाई अवगत गराइनेछ र पिताद्वारा उनीहरूबाट तिमीहरूसामु अगाडि ल्याइनेछ;

किनकि यों पिताको विवेक हो कि उनीहरूलाई यस भूमिमा स्थापित गरिनु पर्दछ र पिताको शक्तिद्वारा स्वतन्त्र जनको रुपमा स्थापित गरिनुपर्दछ, कि यी कुराहरू उनीहरूबाट तिमीहरूका सन्ततिका अवशेषसामु ल्याइन सकियोस्, कि पिताका करार पूरा होऊन् जुन उहाँले आफ्ना जनसँग गर्नुभएको छ, हे इस्राएलका घराना;

त्यसकारण, जब यी कार्यहरू र ती कार्यहरू जुन यसपछि तिमीहरूमाझ गरिनेछ गैह्र यहुदीहरूबाट तिमीहरूका सन्ततिसामु अघि आउनेछ, जुन दुष्टताका कारण विश्वासमा क्षीण हुनेछन्;

किनकि यसरी पितालाई यो चाहना छ कि यो गैह्र-यहुदीहरूबाट अघि आउनुपर्छ, कि उहाँले गैह्र यहुदीहरूसामु आफ्नो शक्ति देखाउन सक्नुहुनेछ, यस कारणका निम्ति कि गैह्र यहुदीहरू, यदि उनीहरूले आफ्ना हृदयलाई कठोर पारेनन् भने, कि उनीहरूले पश्चात्ताप गरून् र मसमक्ष आऊन् र मेरा नाउँमा बप्तिस्मा लिऊन् र मेरा सिद्धान्तका सत्य बुँदाहरू थाहा पाऊन् कि उनीहरू मेरा जनमाझ गणना होऊन्, हे इस्राएलका घराना;

अनि जब यी कुराहरू हुन जान्छन् कि तिमीहरूका सन्ततिले यी कुराहरू थाहा पाउन थाल्नेछन्—यो उनीहरूका सामु एक चिन्ह हुनेछ, कि उनीहरूले थाहा पाऊन् कि पिताको करार पूरा गर्ने कार्य अघि नै आरम्भ भैसकेको छ जुन करार उहाँले यी जनसामु गर्नुभएको छ जो इस्राएलका घरानाका हुन्।

अनि जब त्यस दिन आउनेछ, यस्तो हुन जानेछ कि राजाहरूले आफ्ना मुखहरू बन्द गर्नेछन्; किनकि जुन उनीहरूलाई भनिएको थिएन त्यो उनीहरूले देख्नेछन्; र जुन उनीहरूले सुनेका थिएनन् त्यो उनीहरूले बुझ्नेछन्।

किनकि त्यस दिनमा, मेरा निमित्त पिताले एउटा कार्य गर्नुहुनेछ, जुन उनीहरूमाझ महान् र विस्मयकारी कार्य हुनेछ; र उनीहरूमाझ ती हुनेछन्, मानिसले उनीहरूसामु यसको घोषणा गरे पनि जसले यसलाई विश्वास गर्नेछैनन्।

१० तर हेर, मेरो सेवकको जीवन मेरो हातमा हुनेछ; त्यसकारण उनीहरूले उसलाई दु:ख दिनेछैनन्, उनीहरूका कारण उसलाई कुरूप बनाए पनि। तैपनि म उसलाई निको पार्नेछु, किनकि म उनीहरूलाई देखाउनेछु कि मेरो विवेक सैतानको धुर्त्याईँ भन्दा महान् छ।

११ त्यसकारण यस्तो हुन जानेछ कि जसले म येशू ख्रीष्टका वचनहरूमा विश्वास गर्दैन, जुन वचन पिताले उसलाई गैह्र यहुदीहरूसामु ल्याउन अह्राउनु हुनेछ र उसलाई शक्ति दिनुहुनेछ कि उसले ती वचन गैह्र यहुदीहरूसामु ल्याउन सकोस्, (यो मोशाले भने जस्तै गरी गरिनेछ) उनीहरूलाई मेरा जनमाझबाट अलग्याइनेछ जो करारका हुन्।

१२ अनि मेरा जन जो याकूबका अवशेष हुन् उनीहरू गैह्र-यहूदीहरूमाझ हुनेछन्, हो, उनीहरूमाझ जङ्गलका जङ्गली जनावरहरूमाझ भएको सिंहजस्तै र भेडाको बथानमाझ भएको एउटा जवान सिंहझैँ हुनेछौ, जो जान्छ किचिमिची गर्दछ र टुक्राहरूमा च्यात्छ र कसैले पनि मुक्त गर्न सक्दैन।

१३ उनीहरूका हात उनीहरूका शत्रुहरूमाथि उचालिनेछन् र उनीहरूका सबै शत्रुहरूलाई काटिनेछ।

१४ हो, धिक्कार होस् गैह्र यहुदीहरूलाई उनीहरूले पश्चात्ताप नगरे; किनकि त्यस दिनमा यस्तो हुन जानेछ, पिता भन्नुहुन्छ कि म तिमीहरूका घोडाहरूलाई तिमीहरूका माझबाट अलग्याउनेछु र म तिमीहरूका रथहरूको विनाश गर्नेछु;

१५ अनि म तिमीहरूका भूमिका सहरहरूलाई अलग्याउनेछु र तिमीहरूका किल्लाहरू सबै फ्याँक्नेछु।

१६ अनि म मन्त्रतन्त्रलाई तिमीहरूको भूमिबाट अलग्याउनेछु र तिमीहरूसँग जोखना हेर्ने व्यक्तिहरू अरु बाँकी रहनेछैनन्;

१७ तिमीहरूका कुँदिएका मूर्तिहरूलाई पनि र तिमीहरूका खडा भइरहेका मूर्तिहरूलाई म तिमीहरूमाझबाट हटाउनेछु र तिमीहरूले तिमीहरूका हातहरूका कार्यहरूलाई अरु आराधना गर्नेछैनौ;

१८ अनि म तिमीहरूका बाटिकाहरूलाई तिमीहरूमाझबाट टिप्नेछु; त्यसरी नै म तिमीहरूका सहरहरूको विनाश गर्नेछु।

१९ अनि यस्तो हुन जानेछ कि झुट र छकाइ र ईर्श्या र झगडा र पाखण्ड र वेश्यावृत्ति सबै बन्द गरिनेछन्।

२० किनकि यस्तो हुन जानेछ, पिता भन्नुहुन्छ, कि त्यो दिनमा जसले पश्चात्ताप गर्दैन र मेरो प्रिय पुत्रकहाँ आउँदैन, उनीहरूलाई म मेरा जनमाझबाट अलग्याउनेछु, हे इस्राएलका घराना;

२१ अनि म उनीहरूमाथि रिस र क्रोधमा बदला लिनेछु, जसरी मैले अन्य जातिमाथि लिएँ, जसरी उनीहरूले सुनेका छैनन्।

२२ तर यदि उनीहरूले पश्चात्ताप गर्छन् र मेरा वचनहरूलाई सुन्छन् र आफ्ना हृदयलाई कठोर बनाउँदैनन् भने म मेरो चर्च उनीहरूमाझ स्थापना गर्नेछु र उनीहरू करारमा आउनेछन् र याकूबका यी अवशेषमाझ गणना गरिनेछन्, जसलाई मैले यो भूमि रिक्थका निम्ति दिएको छु;

२३ अनि उनीहरूले मेरा जनलाई, याकूबका अवशेषलाई र आउने जत्ति इस्राएलका घरानाकाहरूलाई पनि सहयोग गर्नेछन्, कि उनीहरूले सहर बनाऊन्, जुनलाई नयाँ यरुशलेम भनिनेछ।

२४ अनि तब उनीहरूले मेरा जनलाई सहयोग गर्नेछन् कि उनीहरू नयाँ यरुशलेममा जम्मा होऊन् जसलाई भूमिको सम्पूर्ण सतहमाथि छरपष्ट पारिएको छ।

२५ अनि तब स्वर्गको शक्ति उनीहरूमाझ तल आउनेछ; र म पनिमाझमा हुनेछु।

२६ अनि तब पिताको कार्य त्यो दिनमा आरम्भ हुनेछ, त्यससमयमा समेत जब यो सुसमाचार यी जनका अवशेषमाझ प्रचार गरिनेछ। साँचै नै म तिमीहरूसामु भन्दछु, त्यो दिनमा छरपष्ट भएका सम्पूर्ण मेरा जनमाझ पिताको कार्य सुरु हुनेछ, हो, ती घरानाहरू समेत जुन हराइएका छन्, जसलाई पिताले यरुशलेमबाट अगुवाइ गर्नुभएको छ।

२७ हो, छरपष्ट भएका मेरा जन सबैमाझ पिताद्वारा कार्य आरम्भ गर्नुहुनेछ, त्यो बाटो तयार गर्न जुनबाट उनीहरू मसमक्ष आउन सकून्, कि उनीहरूले मेरा नाउँमा पितालाई पूकार्न सकून्।

२८ हो, अनि तब कार्य आरम्भ हुनेछ, पिताद्वारा सम्पूर्ण राष्ट्रहरूमाझ बाटो तयार गर्नमा जुनबाट उहाँका जन घरमा आफ्नो रिक्थको भूमिमा भेला हुन सकून्।

२९ अनि उनीहरू सम्पूर्ण राष्ट्रबाट बाहिर जानेछन्; र उनीहरू हतारमा जानेछैनन्, न त उनीहरू भागेर नै जानेछन; किनकि म उनीहरूका अगाडि जानेछु, पिता भन्नुहुन्छ र म उनीहरूका पछाडि हुनेछु।