धर्मशास्त्रहरू
३ नफी २२


अध्याय २२

अन्तिम दिनहरूमा, सियोन र उनका कीलाहरू स्थापित गरिनेछ र इस्राएललाई कृपामा र दयामा जम्मा गरिनेछ—उनीहरू विजयी हुनेछन्—यशैया ५४ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।

अनि जुन लेखिएको छ त्यो हुन जानेछ: गाऊ, हे बाँझी स्त्री, तिमी जसले जन्म दिइनौ, गायनमा प्रष्फुटित होऊ र ठूलो आवाजले कराऊ, सुत्केरी पीडा कहिल्यै नसहेकी तिमी; किनकि बाँझो स्त्रीका छोराछोरी विवाहित स्त्रीका भन्दा बढी छन्, परमप्रभु भन्नुहुन्छ।

तिम्रो पालको ठाउँ बढाऊ र तिम्रो आवासका पर्दाहरूलाई तन्काऊ; नछोड, तिम्रा डोरीहरूलाई लम्ब्याऊ र तिम्रा कीलाहरूलाई बलियो बनाऊ;

किनकि तिमी दाहिने हात र देब्रेतिर फैलिनेछौ र तिम्रा सन्तानले गैह्र यहुदीहरूलाई रिक्थमा लिनेछन् र उजाड सहरलाई आवासित बनाउनेछन्।

नडराऊ, किनकि तिमी लज्जित हुनेछैनौं; न त पराजित नै हुनेछौ, किनकि तिमीलाई लज्जामा राखिनेछैन; किनकि तिमीले आफ्नो जवानीको लज्जालाई बिर्सिनेछौ र तिम्रा युवाको निन्दालाई सम्झनेछैनौ र तिम्रा विधवाको निन्दालाई अरु सम्झनेछैनौ।

किनकि तिम्रो निर्माता, तिम्रा श्रीमान्, सैन्यहरूका अधिपति उहाँको नाउँ हो; र तिम्रा उद्धारकर्ता, इस्राएलका परमपवित्र उहाँ—सारा पृथ्वीको परमेश्वर भनिनेछ उहाँलाई।

किनकि परमप्रभुले तिमीलाई एउटा त्यागिएकी र आत्मामा शोकाकूल स्त्रीका रुपमा बोलाउनु भएको छ र युवा अवस्थाकी एक श्रीमती, जब तिमीलाई अस्वीकार गरिएको थियो, तिम्रा परमप्रभु भन्नुहुन्छ।

किनकि एक सानो क्षणका लागि मैले तिमीलाई त्यागेको छु, तर महान् कृपाहरूका साथ म तिमीलाई जम्मा गर्नेछु।

एक सानो क्रोधमा मैले मेरो मुख एक क्षणका लागि तिमीबाट लुकाएँ, तर चीरस्थायी दयाका साथ म तिमीमाथि कृपा गर्नेछु, परमप्रभु तिम्रा उद्धारकर्ता भन्नुहुन्छ।

किनकि यी, मेरा निम्ति नोआको पानीझैं हुन्, किनकि जसरी मैले कसम खाएको छु कि नोआका पानी पृथ्वीमाथि फेरि जान हुँदैन, त्यसरी नै मैले कसम खाएको छु कि म तिमीसँग क्रोधित हुनेछैन।

१० किनकि पर्वतहरू प्रस्थान गर्नेछन् र डाँडाहरू हटाइनेछन् होला, तर मेरो दया तिमीबाट हट्नेछैन, न त मेरो शान्तिको करार हट्नेछ, परमप्रभु भन्नुहुन्छ जोसँग तिमीमाथि कृपा छ।

११ हे ग्रसित, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी तिमी! हेर, म तिम्रा ढुङ्गाहरू सफेद रंगहरूले लगाउनेछु र तिम्रा जगहरू निरहरूले लगाउनेछु।

१२ अनि म तिम्रा झ्यालहरू सुलेमानी पत्थरले र तिम्रा द्वारहरू चम्कने रत्नहरूले र तिम्रा सिमानाहरू बहुमूल्य रत्नहरूले बनाउनेछु।

१३ अनि तिम्रा सबै छोराछोरीहरूलाई परमप्रभुका बारेमा सिकाइनेछ; र तिम्रा छोराछोरीहरूको शान्ति महान् हुनेछ।

१४ धार्मिकतामा तिमीलाई स्थापित गरिनेछ; तिमी नडराउने हुनाले शोषणबाट र तिम्रो नजिक नआउने हुनाले भयबाट तिमी पर हुनेछौ।

१५ हेर, उनीहरू निश्चय नै तिम्रा विरुद्ध एकसाथ जम्मा हुनेछन्, तर मद्वारा होइन; जो तिम्रा विरुद्ध एकसाथ भेला हुन्छन् तिम्रा निमित्त ढल्नेछन्।

१६ हेर, मैले लोहारलाई सृष्टि गरेको छु जसले आगोमा कोइलाहरूलाई फुक्छ र जसले आफ्नो कार्यका निम्ति औजार ल्याउँछ; र मैले विनाश गर्न विनाशकर्ताको सृष्टि गरेको छु।

१७ तिम्रा विरुद्ध बनाइएको कुनै हतियारले उन्नति गर्नेछैन; र तिम्रा विरुद्ध आलोचनामा विद्रोह गर्ने प्रत्येक जिब्रोलाई तिमीले दोषी ठहऱ्याउनेछौ। यो परमप्रभुका सेवकहरूको सम्पदा हो र उनीहरूको धार्मिकता मबाट हो, परमप्रभु भन्नुहुन्छ।