धर्मशास्त्रहरू
३ नफी ३


अध्याय ३

गिद्दियान्ही, गादियान्तोनको अगुवाले लाखोनेउस र नफीहरूलाई उनीहरू आफैँलाई र उनीहरूको भूमिलाई आत्मसमर्पण गर्न माग गर्छन्—लाखोनेउसले गिद्गीद्दोनीलाई सेनाहरूको मुख्य कप्तानका रुपमा नियुक्त गर्छन्—नफीहरू आफ्नो सुरक्षा गर्न जरहेम्ला र बाउन्टीफुलको भूमिमा भेला हुन्छन्। लगभग ई.सं. १६–१८।

अनि यस्तो हुन गयो कि ख्रीष्टको आगमन देखिको सोह्रौँ वर्षमा, भूमिको राज्यपाल लाखोनेउसले यी डाँकाहरूका समूहको अगुवा र राज्यपालबाट एक पत्र प्राप्त गरे र लेखिएका वचनहरू यी थिए, यसो भन्दै:

लाखोनेउस, अति सुप्रतिष्ठित र भूमिका प्रधान राज्यपाल, हेर, म तिमीसामु यो पत्र लेख्दछु र तिमीलाई अत्यन्त महान् प्रशंसा गर्दछु तिमीहरूको स्थिरता, तिम्रा जनको स्थिरताका कारण, त्यो कायम राख्नमा जुन तिमीले आफ्नो अधिकार र स्वतन्त्रता भएको ठान्दछौ; हो, तिमीहरू राम्रोसँग खडा हुन्छौ, आफ्नो स्वतन्त्रताको र आफ्नो सम्पत्ति र आफ्नो देश, अथवा जसलाई तिमीहरू त्यसो भन्छौ त्यसको सुरक्षामा परमेश्वरका हातले तिमीहरूलाई सहयोग गरे जस्तै गरी।

अनि मलाई यो दया लाग्छ, अति सुप्रतिष्ठित लाखोनेउस, कि तिमी यो अनुमान गर्नमा यति मूर्ख र व्यर्थ हुनेछौ कि तिमी मेरा आदेशमा भएका त्यति धेरै साहसिला मानिसहरूविरुद्ध खडा हुन सक्छौ, जो अहिले यस समयमा उनीहरूका हतियारसहित खडा छन र महान् उत्सुकताका साथ त्यो वचनको प्रतीक्षा गर्दछन्—नफीहरूमाथि जाओ र उनीहरूको विनाश गर।

अनि म, उनीहरूको अपराजित आत्माको ज्ञान भएकाले, उनीहरूलाई लडाइँको मैदानमा प्रमाणित गरेकाले र उनीहरूको तिमीहरूप्रतिको तिमीहरूले उनीहरूमाथि गरेको धेरै अन्यायहरूका कारणको चीरस्थायी घृणाका ज्ञान भएकाले, त्यसकारण यदि उनीहरू तिमीहरूविरुद्ध तल आए भने उनीहरूले तिमीहरूलाई पूरै विनाशका साथ भेट्नेछन्।

त्यसकारण मैले यो पत्र मेरै आफ्नै हातले यसलाई छाप लगाएर बन्द गर्दै, तिमीहरूको कल्याणको भावनाले, तिमीहरूको आफूले जेलाई सही भन्छौ त्यसमा भएको तिमीहरूको स्थिरताका र लडाइँको मैदानको तिमीहरूको सुप्रतिष्ठित आत्माका कारण लेखेको हुँ।

त्यसकारण म तिमीसामु लेख्दछु, यो चाहँदै कि तिमीहरूले यी मेरा जनसामु, आफ्ना सहरहरू, आफ्ना भूमिहरू र आफ्ना अधीनमा भएकाहरू सबै समर्पण गर्नेछौ, ताकि उनीहरू तिमीहरूलाई तरबारका साथ नभेटून् र त्यो विनाश तिमीहरूमाथि नआओस्।

अथवा अर्का शब्दमा, आफैँलाई हामीसामु समर्पण गर र हामीसँग एकीकृत होऊ र हाम्रा गोप्य कार्यहरूसँग परिचित बन र हाम्रा बन्धुहरू बन ताकि तिमीहरू हामीजस्तै बन्न सक—हाम्रा दासहरू होइन तर हाम्रा बन्धुहरू र हाम्रा सम्पत्तिका सहभागीहरू।

अनि हेर, म तिमीहरूसामु कसम खान्छु, यदि तिमीहरू यसो गऱ्यौ भने, एक सपथका साथ, तिमीहरूको विनाश गरिनेछैन; तर यदि तिमीहरूले यसो नगरे, म एक सपथका साथ कसम खान्छु, कि अर्को महिनामा म आज्ञा दिनेछु कि मेरा सेनाहरू तिमीहरू विरुद्ध आक्रमण गर्नेछन् र उनीहरूले आफ्ना हातहरूलाई रोक्ने छैनन् र छाड्ने छैनन्, तर तिमीहरूको बध गर्नेछन् र तिमीहरू लोप नभइन्जेलसम्म तरवारालाई तिमीहरूमाथि पर्न दिनेछन्।

अनि हेर, म गिद्दियान्ही हुँ; र म गादियान्तोनको गोप्य समाजको राज्यपाल हुँ; जुन समाज र उनीहरूका कार्यहरू असल भएको मलाई थाहा छ; अनि ती प्राचीन कालदेखिका हुन् र ती हामीसामु हस्तान्तरण गरिएका छन्।

१० अनि म तिमिसामु यो पत्र लेख्दछु, लाखोनेउस र म आशा गर्दछु कि तिमीले आफ्ना भूमिहरू र आफ्ना अधीनमा भएका सम्पत्ति, रगत नबगाइ हस्तान्तरण गर्नेछौ, कि यो मेरा जन आफ्नो अधिकार र सरकार फिर्ता लिन सकून्, जसले तिमिहरूका दुष्टताका कारण सरकारमाथिको उनीहरूको अधिकार रोक्नाले तिमीहरूबाट बिमति प्रकट गरे र यदि तिमीहरूले यसो नगरे, म उनीहरू माथिको अन्यायको बदला लिनेछु। म गिद्दियान्ही हुँ।

११ अनि अब यस्तो हुन गयो जब लाखोनेउसले यो पत्र प्राप्त गरे, नफीहरूको भूमि अधीनमा माग्न र जनलाई र अन्याय प्राप्त नगरेकाहरूको अन्यायको बदला लिन धम्क्याउन सक्ने गिद्दियान्हीको आँटका कारण उनी अत्यन्त आश्चर्यचकित भए, बरु उनीहरूले ती दुष्ट र घृणित डाँकाहरूतर्फ फुटेर गएकाले आफैँमाथि अन्याय गरेका थिए।

१२ अब हेर, यी लाखोनेउस, राज्यपाल, एक न्यायोचित व्यक्ति थिए र एक डाँकाका मागहरू र धम्कीहरूले तर्सदैनथे, त्यसकारण उनले डाँकाहरूको राज्यपाल गिद्दियान्हीको पत्रलाई सुनेनन्, तर उनले अह्राए कि उनका जनले समयका विरुद्ध शक्तिका निम्ति परमप्रभुसामु पुकार्नपर्छ जब डाँकाहरू उनीहरूविरुद्ध तल आउनेछन्।

१३ हो, उनले सम्पूर्ण जनलाई एक घोषणा पठाए कि उनीहरूले आफ्ना आइमाईलाई र आफ्ना छोराछोरीलाई, आफ्ना बथान र आफ्ना झुण्डलाई र उनीहरूको भूमिबाहेक उनीहरूको सबै सम्पत्ति एक स्थानमा जम्मा गर्नुपर्छ।

१४ अनि उनले अह्राए कि उनीहरू वरिपरि किल्लाहरू बनाइनुपर्छ र त्यहाँको शक्ति अत्यन्त महान् हुनुपर्छ। अनि उनले अह्राए कि, नफीहरू र लमानीहरू दुबैका, अथवा नफीहरूमाझ गनिने ती सबैका, सेनाहरू डाँकाहरूबाट उनीहरूलाई कुर्न र रक्षा गर्न वरिपरि सुरक्षकका रुपमा रात दिन राखिनु पर्दछ।

१५ हो, उनले उनीहरूसामु भने: जसरी परमप्रभु जिउँदो हुनुहुन्छ, यदि तिमीहरूले आफ्ना दुष्टताहरूको पश्चात्ताप नगरे र परमप्रभुसामु नपुकारे, तिमीहरू कुनै पनि हालतमा ती गादियान्तोन डाँकाहरूका हातहरूबाट मुक्त हुनेछैनौ।

१६ अनि लाखोनेउसका वचनहरू र अगमवाणीहरू यति महान् र अद्भूत थिए कि तिनले सम्पूर्ण जनमाथि डर ल्याए; र उनीहरू आफैँले आफ्ना शक्तिले भ्याएसम्म लाखोनेउसका वचनहरूअनुसार गर्न प्रयास गरे।

१७ अनि यस्तो हुन गयो कि लाखोनेउसले नफीहरूका सम्पूर्ण सेनाहरूमाथि, उनीहरूविरुद्ध उजाड स्थानबाट डाँकाहरू तल आएको समयमा उनीहरूको अगुवाइ गर्न मुख्य कप्तानहरूको नियुक्त गरे।

१८ अब नफीहरूका सम्पूर्ण सेनाहरूका मुख्य कप्तानहरूमाझका सबभन्दा मुख्य र सम्पूर्ण सेनाहरूका महान् सेनानी नियुक्त गरिएको थियो र उनको नाउँ गिद्गीद्दोनी थियो।

१९ अब सम्पूर्ण नफीहरूमाझ उनीहरूको मुख्य कप्तानहरू जोसँग प्रकाश र अगमवाणीको आत्मा छ त्यस्तो व्यक्तिलाई नियुक्त गर्ने चलन थियो (उनीहरू दुष्ट भएको समयमा बाहेक); त्यसकारण, यी गिद्गीद्दोनी उनीहरूमाझ महान् अगमवक्ता थिए, प्रधान न्यायकर्ता पनि थिए।

२० अब जनले गिद्गीद्दोनीसामु भने: परमप्रभुसामु प्रार्थना गर र हामी पर्वतहरूमाथि र उजाड स्थानतिर जाऔँ, कि हामी डाँकाहरूमाथि जाइलाग्न र उनीहरूलाई आफ्नो भूमिमा विनाश गर्न सकौँ।

२१ तर गिद्गीद्दोनीले उनीहरूसामु भने: परमप्रभुले निषेध गर्नुहुन्छ; किनकि यदि हामी उनीहरूविरुद्ध गयौँ भने परमप्रभुले हामीलाई उनीहरूका हातहरूमा सुम्पिनुहुनेछ; त्यसकारण हामीहरूले आफैँलाई हाम्रो भूमिहरूको केन्द्रमा तयार गर्नेछौँ र हामीहरूले हाम्रा सम्पूर्ण सेनाहरूलाई एक साथ भेला गर्नेछौँ; र हामीहरू उनीहरूका विरुद्ध जानेछैनौँ, तर हामी उनीहरू हाम्रा विरुद्ध नआइन्जेल उनीहरूलाई कुर्नेछौँ; त्यसकारण जसरी परमप्रभु जिउँदो हुनुहुन्छ, यदि हामीहरूले यो गऱ्यौँ भने उहाँले उनीहरूलाई हाम्रा हातहरूमा हस्तान्तरण गर्नुहुनेछ।

२२ अनि सत्रौँ वर्षमा, त्यो वर्षको पछिल्लो भागमा, यस्तो हुन गयो, लाखोनेउसको घोषणा भूमिको सम्पूर्ण सतह भरि गएको थियो र उनीहरूले आफ्ना घोडाहरू र आफ्ना रथहरू र आफ्ना गाईवस्तुहरू र आफ्ना सबै बथान र आफ्ना झुण्डहरू र आफ्ना अन्न र आफ्नो सबै सम्पत्ति लिएका थिए र हजारौँ र दसौँ हजारका साथ अघि बढे, उनीहरूका शत्रुहरूविरुद्ध सुरक्षा गर्न उनीहरू एकसाथ जम्मा हुन तोकिएका स्थानतिर अघि नगइन्जेलसम्म।

२३ अनि तोकिएको भूमि जरहेम्लाको भूमि थियो र त्यो भूमि जुन जरहेम्ला भूमि र बाउन्टीफूल भूमिको बीचमा थियो, हो, जुन को सिमाना बाउन्टीफुल र उजाडको भूमि बीचमा थियो।

२४ अनि त्यहाँ हजारौँ जन थिए जसलाई नफीहरू भनिन्थ्यो, जो आफैँ एक साथ यो भूमिमा जम्मा भएका थिए। अब लाखोनेउसले अह्राए कि उनीहरू दक्षिणतर्फको भूमिमा एक साथ जम्मा हुनुपर्दछ, उत्तरतर्फको भूमिमाथिको भयानक श्रापका कारणले।

२५ अनि उनीहरूले आफैँलाई उनीहरूका शत्रुहरू विरुद्द बलिया बनाए र उनीहरू एक भूमिमा र एक समूहमा बास बसे र उनीहरू लाखोनेउसले बोलेका वचनहरू देखि डराए, यतिसम्म कि उनीहरूले आफ्ना सबै पापहरूको पश्चात्ताप गरे र उनीहरूले आफ्ना प्रार्थनाहरू परमप्रभु उनीहरूका परमेश्वरसामु राखे, कि उहाँले उनीहरूलाई उनीहरूका शत्रुहरू उनीहरूविरुद्ध लडाई गर्न आक्रमण गरेको समयमा मुक्त गर्नुहुनेछ।

२६ अनि उनीहरू उनीहरूका शत्रुहरूका कारण अत्यन्त दुखित भए। अनि गीद्गिद्दोनीले अह्राए कि उनीहरूले हरेक प्रकारका युद्धका हतियारहरू बनाउनुपर्छ र उनीहरू कवचका साथ र ढालका साथ र पाखुरामा लगाउने सानो ढालका साथ, उनको निर्देशनको तरिकाअनुसार बलियो हुनुपर्छ।