धर्मशास्त्रहरू
३ नफी २६


अध्याय २६

येशूले प्रारम्भदेखि अन्त्यसम्मका सबै कुराहरू व्याख्या गर्नुहुन्छ—बालकहरू र बालबालिकाहरूले विस्मयकारी कुराहरू उच्चारण गर्दछन् जुन लेख्न सकिँदैन—ख्रीष्टको चर्चमा भएका तिनीहरूसँगका सबै कुराहरू उनीहरूमाझ साझा हुन्छ। लगभग ई.सं. ३४।

अनि अब यस्तो हुन गयो कि जब येशूले यी कुराहरू भन्नुभएको थियो उहाँले भीडसामु तिनको व्याख्या गर्नुभयो; र उहाँले सबै कुराहरू उनीहरूसामु, ठूला र साना दुबै, व्याख्या गर्नुभयो।

अनि उहाँ भन्नुहुन्छ: यी धर्मशास्त्रहरू, जुन तिमीहरूसँग थिएनन्, पिताले आज्ञा दिनुभयो कि मैले तिमीहरूलाई दिनुपर्छ; किनकि यो उहाँमा विद्धत्ता थियो कि ती भावी पिँढीलाई दिनुपर्छ।

अनि उहाँले सबै कुराहरूको व्याख्या गर्नुभयो, प्रारम्भदेखि त्यो समयसम्म समेत जब उहाँ आफ्नो महिमामा आउनुहुनेछ—हो, सबै कुराहरूसमेत जुन पृथ्वीको सतहमाथि हुनेछ, तबसम्म समेत जब तत्वहरू आगोको तापले पग्लनेछन् र पृथ्वी एक मुठ्ठो झैँ दोब्रनेछ र स्वर्ग र पृथ्वी बितिजानेछन्;

अनि त्यो महान् र अन्तिम दिनसम्म समेत, जब सबै जन र सबै बन्धुहरू र सबै राष्ट्रहरू र सबै भाषाहरू परमेश्वरअगाडि, आफ्ना कार्यहरूको न्याय गरिनका निम्ति खडा हुनेछन्, ती असल भए पनि अथवा खराब भए पनि—

यदि ती असल भए, अजर जीवनको पुनरुत्थानका निम्ति; र यदि खराब भए, अभिशापको पुनरुत्थानका निम्ति; समानान्तर भएर, एउटा एकतिर र अर्को अर्कोतिर, कृपा र न्याय र पवित्रताअनुसार जुन येशूमा छ, जो संसारको प्रारम्भअगाडि नै हुनुहुन्थ्यो।

अनि अब ती कुराहरूको एक सयांश समेत यो पुस्तकमा लेख्न सकिन्न जुन येशूले जनलाई साँचै नै सिकाउनुभयो;

तर हेर नफीका पाताहरूमा ती कुराहरूको बढी भाग छन् जुन उहाँले जनलाई सिकाउनुभयो।

अनि यी कुराहरू मैले लेखेको छु, जुन ती कुराहरूको एउटा सानो भाग हुन् जुन उहाँले जनलाई सिकाउनुभयो; र मैले ती त्यो प्रायोजनका निम्ति लेखेको हुँ कि ती यी जनसामु फेरि ल्याइयोस्, गैह्र यहुदीहरूबाट, ती वचनहरूअनुसार जुन येशूले बोल्नुभएकोछ।

अनि जब उनीहरूले यी प्राप्त गरेका हुनेछन्, जुन आवश्यक छ कि उनीहरूले पहिला आफ्नो आस्थाको अभ्यास गर्नुपर्छ र यदि यस्तो हुन जानेछ कि उनीहरूले ती कुराहरूमा विश्वास गर्नेछन् तब उनीहरूसामु अझ महान् कुराहरू प्रकट गरिनेछ।

१० अनि यदि यस्तो हुन जान्छ कि उनीहरूले यी कुराहरूमा विश्वास गरेनन्, तब ती अझ महान् कुराहरू उनीहरूबाट उनीहरूका अभिशापका निम्ति लुकाइनेछ।

११ हेर, म ती सबै लेख्न लागेको थिएँ जुन नफीका पाताहरूमाथि कुँदिएका थिए, तर परमप्रभुले यसलाई निषेध गर्नुभयो, यसो भन्दै: म मेरा जनको आस्थाको परीक्षा लिनेछु।

१२ त्यसकारण म, मोर्मोंन, ती कुराहरू लेख्दछु जुन परमप्रभुले मलाई आज्ञा दिनुभएको छ। अनि अब म, मोर्मोन, मेरा भनाइहरूको अन्त्य गर्दछु र ती कुराहरू लेख्न अगाडि बढ्दछु जुन मलाई आज्ञा दिइएको छ।

१३ त्यसकारण, म चाहान्छु कि तिमीहरूले हेर्नुपर्दछ कि परमप्रभुले साँचै नै ती जनलाई तीन दिनको अन्तरालसम्म सिकाउनुभयो; र त्यसपछि उहाँले आफैँलाई उनीहरूसामु बारम्बार देखाउनुभयो र बारम्बार रोटी टुक्र्याउनुभयो र त्यसलाई आशीष दिनुभयो र उनीहरूलाई त्यो दिनुभयो।

१४ अनि यस्तो हुन गयो कि उहाँले भीडका बालबालिकाहरूलाई सिकाउनुभयो र सेवा गर्नुभयो जसका बारेमा बोलिएको छ र उनीहरूका जिब्राहरूलाई खोल्नुभयो र उनीहरूले आफ्ना पिताहरुसामु महान् र अद्भूत कुराहरू बोले, त्यो भन्दा पनि महान् जुन उहाँले ती जनसामु प्रकट गर्नुभएको थियो; र उहाँले उनीहरूका जिब्राहरू खोलिदिनुभयो ताकि उनीहरूले उच्चारण गर्न सकून्।

१५ अनि यस्तो हुन गयो कि उहाँ स्वर्ग तिर आरोहण गरेपछि—उहाँले आफैंलाई उनीहरूसामु दोस्रो पटक देखाउनुभयो र पितासामु जानुभएको थियो, उनीहरूका सबै बिरामीहरूलाई र उनीहरूका लङ्गडाहरूलाई चङ्गाइ गरेपछि र उनीहरूका अन्धाहरूका आँखाहरू खोलेपछि र बहिराहरूका कानहरू खोलेपछि र उनीहरूमाझ हरेक किसिमका उपचारहरू गरेपछि र मानिसलाई मृत्युबाट उठाएपछि र आफ्नो शक्ति उनीहरूसामु देखाएपछि र पितासामु आरोहण भएपछि—

१६ हेर, भोलिपल्ट यस्तो हुन गयो कि भीड आफैँ एकसाथ भेला भयो र उनीहरूले यी बालबालिकाहरूलाई दुबै देखे र सुने; हो, बालकहरूले समेत आफ्ना मुखहरू खोले र विस्मयकारी कुराहरू उच्चारण गरे; र उनीहरूले उच्चारण गरेका कुराहरू निषेधित गरिएका थिए कि ती कुनै मानिसले पनि लेख्नु हुँदैन।

१७ अनि यस्तो हुन गयो कि शिष्यहरूले जसलाई येशूले चुन्नुभएको थियो त्यससमय पश्चात उनीहरूकहाँ आउने जति सबैलाई बप्तिस्मा दिन र सिकाउन थाले; र येशूको नाउँमा बप्तिस्मा लिने जति सबै पवित्र आत्माले भरिए।

१८ अनि उनीहरूमध्ये धेरैले बोल्न नसकिने कुराहरू देखे र सुने, जुन लेखिनका निम्ति कानुनपूर्वक छैनन्।

१९ अनि उनीहरूले एकअर्कालाई सिकाए र सेवा गरे; र उनीहरूमाझ सबै कुराहरू साझा थिए, प्रत्येक मानिसले एकले अर्कासँग न्यायोचित व्यवहार गर्दै।

२० अनि यस्तो हुन गयो कि उनीहरूले सबै कुराहरू येशूले उनीहरूलाई आज्ञा दिए जस्तै गरी गरे।

२१ अनि येशूको नाउँमा बप्तिस्मा लिने उनीहरूलाई ख्रीष्टको चर्च भनियो।