धर्मशास्त्रहरू
३ नफी २८


अध्याय २८

बाह्र प्रेरितहरूमध्ये नौले चाहना गर्छन र ख्रीष्टको अधिराज्यमा रिक्थको वाचा गरिन्छ जब उनीहरू मर्छन्—तीन नफीहरू चाहन्छन् र येशू फेरि नआइन्जेलसम्म पृथ्वीमा रहनका लागि उनीहरूलाई मृत्युमाथि शक्ति दिइन्छ—उनीहरूको अनुवाद हुन्छ र उच्चारण गर्न नमिल्ने कुराहरू देख्छन् र उनीहरूले मानिसहरूमाझ अहिले सेवा गरिरहेका छन्। लगभग ई.सं. ३४–३५।

अनि यस्तो हुन गयो जब येशूले यी वचनहरू भन्नुभएको थियो, उहाँले आफ्ना शिष्यहरूसामु बोल्नुभयो, एक एक गरेर, उनीहरूसामु यसो भन्दै: म पिताकहाँ गएपछि तिमीहरूले मबाट के चाहन्छौ?

अनि तीन बाहेक उनीहरू सबैले बोले, यसो भन्दै: हामी चाहान्छौँ कि हामीले मानिसको उमेर जिएपछि, कि हाम्रो त्यो सेवाको अन्त्य होस् जुनका निम्ति हजुरले हामीलाई बोलाउनु भएको छ, कि हामी द्रूतगतिले हजुरको अधिराज्यमा हजुरसामु आउन सकौँ।

अनि उहाँले उनीहरूलाई भन्नुभयो: तिमीहरू आशीषित छौ किनभने तिमीहरूले मबाट यो कुरा चाहन्छौ; त्यसकारण तिमीहरू बहत्तर वर्षको उमेर भएपछि तिमीहरू मेरो अधिराज्यमा मसमक्ष आउनेछौ; र तिमीहरू सबैले मसँग आराम पाउनेछौ।

अनि जब उहाँले उनीहरूसामु बोल्नुभएको थियो, उहाँ आफैँ ती तीनसामु फर्कनुभयो र उनीहरूलाई भन्नुभयो: तिमीहरूले के चाहन्छौ कि मैले तिमीहरूका निम्ति के गर्नुपर्दछ, जब म पिताकहाँ जान्छु?

अनि उनीहरू आफ्ना हृदयहरूमा दुखित भए, किनकि उनीहरूले ती कुराहरू उहाँसामु बोल्न साहस गरेनन् जुन उनीहरूले चाहे।

अनि उहाँले उनीहरूसामु भन्नुभयो: हेर, मलाई तिमीहरूका विचारहरू थाहा छ र तिमीहरूले त्यो चाहेका छौ, जुन मेरा प्रिय यूहन्नाले मबाट चाहे, जो मलाई यहुदीहरूद्वारा उचालिनु भन्दा अगाडि मेरो सेवामा मसँग थिए।

त्यसकारण, तिमीहरू अझ आशीषित छौ, किनकि तिमीहरूले मृत्युको स्वाद कहिल्यै पाउनेछैनौ; तर तिमीहरू मानिसका छोराछोरीहरूसामु पिताका सबै कार्यहरू हेर्न जिउने छौ, सबै कुराहरू पिताको इच्छाअनुसार पूरा नभइन्जेलसम्म, जब म मेरो महिमाका साथ स्वर्गका शक्तिहरू सहित आउनेछु।

अनि तिमीहरूले मृत्युका पीडाहरूलाई कहिल्यै सहनेछैनौ; तर जब म मेरो महिमामा आउनेछु तिमीहरू आँखाको एक निमेषमा मरणशीलताबाट अमरत्वमा परिवर्तन हुनेछौ; र तब तिमीहरू मेरा पिताको अधिराज्यमा आशीषित हुनेछौ।

अनि फेरि, जब तिमीहरू यो शरीरमा बास गर्नेछौ संसारका पापहरूका निम्ति बाहेक तिमीहरूले न त पीडा न त दु:ख भोग्नेछौ; अनि यो सबै म गर्नेछु त्यो कुराका कारण जुन तिमीले मबाट चाहेका छौ, किनकि तिमीहरूले चाहेका छौ कि तिमीहरूले मानिसहरूका जीवात्माहरू मकहाँ ल्याउन सक, जबसम्म संसार रहनेछ।

१० अनि यो कारणका निम्ति तिमीहरूसँग आनन्दको पूर्णता हुनेछ; र तिमीहरू मेरा पिताको अधिराज्यमा बस्नेछौ; हो, तिमीहरूसँग आनन्दको पूर्णता हुनेछ, जसरी पिताले मलाई आनन्दको पूर्णता दिनुभएको छ; र तिमीहरू पनि म जस्तै हुनेछौ र म पिता जस्तै छु; र पिता र म एक हौँ;

११ अनि पवित्र आत्माले पिता र मेरो गवाही दिन्छन् र पिताले मानिसका सन्ततिहरूलाई मेरा कारण पवित्र आत्मा दिनुहुन्छ।

१२ अनि यस्तो हुन गयो कि जब येशूले यी वचनहरू बोल्नुभएको थियो, उहाँले उनीहरूमध्ये प्रत्येकलाई आफ्नो औँलाले छुनुभयो ती तीन बाहेक जो बास बस्ने थिए र त्यसपछि उहाँले प्रस्थान गर्नुभयो।

१३ अनि हेर, स्वर्गहरू खोलिए र उनीहरूलाई स्वर्गसम्म लगियो र बोल्न नसकिने कुराहरू देखे र सुने।

१४ अनि यो उनीहरूलाई उच्चारण गर्न निषेधित गरिएको थियो; न त यो उनीहरूलाई शक्ति नै दिएको थियो कि उनीहरूले ती कुराहरूको उच्चारण गर्न नै सकून् जुन उनीहरूले देखे र सुने।

१५ अनि ती शरीरमा थिए अथवा शरीर बाहिर थिए, उनीहरूले भन्न सकेनन्; किनकि उनीहरूलाई यस्तो लाग्यो कि यो उनीहरूको रुपान्तरण जस्तो थियो, कि उनीहरू यो मासुको शरीरबाट अमर अवस्थामा परिवर्तित भए, कि उनीहरूले परमेश्वरका कुराहरू हेर्न सके।

१६ तर यस्तो हुन गयो कि उनीहरूले फेरि पृथ्वीको सतहमाथि सेवा गरे; तैपनि उनीहरूले ती कुराहरूको सेवा गरेनन् जुन उनीहरूले देखेका र सुनेका थिए, ती आज्ञाका कारण जुन उनीहरूलाई स्वर्गमा दिइएको थियो।

१७ अनि अब, उनीहरूको रुपान्तरणको दिनदेखि उनीहरू अमर अथवा मरणशील भए, मलाई थाहा छैन।

१८ तर यति मलाई थाहा छ, त्यो अभिलेखअनुसार जुन मलाई दिइएको छ—उनीहरू भूमिको सतहमाथि अघि गए र सबै जनको सेवा गरे, उनीहरूका प्रवचनमा विश्वास गर्ने जति सबैलाई चर्चमा एकीकृत गर्दै, उनीहरूलाई बप्तिस्मा दिँदै र जत्तिले बप्तिस्मा लिए उनीहरूले पवित्र आत्मा प्राप्त गरे।

१९ अनि उनीहरूलाई तीद्वारा कारागारमा फालियो जो चर्चको मातहतमा थिएनन्। अनि ती कारागारहरूले उनीहरूलाई थाम्न सकेनन्, किनकि ती ढलेर दुई टुक्रा भए।

२० अनि उनीहरूलाई पृथ्वीमुनि फालियो; तर उनीहरूले पृथ्वीलाई परमेश्वरका वचनले प्रहार गरे, यतिसम्म कि उहाँको शक्तिद्वारा पृथ्वीका गहिराइहरूबाट उनीहरूलाई मुक्त गरिएको थियो; र त्यसकारण तिनीहरूले उनीहरूलाई पुर्न पर्याप्त गहिरो खाडल खन्न सकेनन्।

२१ अनि तीन पटक उनीहरूलाई आगाको भट्टीमा फालियो र उनीहरूले कुनै क्षति प्राप्त गरेनन्।

२२ अनि दुई पटक उनीहरूलाई जङ्गली जन्तुहरूको एउटा गुफामा फालियो; र हेर उनीहरूले जङ्गली जन्तुहरूसँग त्यसरी खेले जसरी एउटा बालक दुधे थुमासँग खेल्दछ र कुनै क्षति प्राप्त गरेनन्।

२३ अनि यस्तो हुन गयो कि यसरी उनीहरू नफीका सबै जनमाझ अघि गए र ख्रीष्टको सुसमाचार भूमिका सतहमाथि सबै जनसामु प्रचार गरे; र तिनीहरू परमप्रभुमा परिवर्तित भए र ख्रीष्टको चर्चमा एकीकृत भए र त्यस पुस्ताका जन आशीषित थिए, येशूको वचनअनुसार।

२४ अनि अब म, मोर्मोन, यी कुराहरूका बारेमा बोल्न एक समयका निम्ति अन्त्य गर्छु।

२५ हेर, मैले तिनीहरूको नाउँ लेख्न लागेको थिएँ जसले मृत्युको स्वाद कहिल्यै पाउदैनथे, तर परमप्रभुले निषेधित गर्नुभयो; त्यसकारण म ती लेख्दिनँ, किनकि तिनीहरूलाई संसारबाट लुकाइएको छ।

२६ तर हेर, मैले उनीहरूलाई देखेको छु र उनीहरूले मेरो सेवा गरेका छन्।

२७ अनि हेर उनीहरू गैह्र-यहूदीहरूमाझ हुनेछन् र गैह्र-यहूदीहरूले उनीहरूलाई चिन्नेछैनन्।

२८ उनीहरू यहूदीहरूमाझ पनि हुनेछन् र यहूदीहरूले उनीहरूलाई चिन्नेछैनन्।

२९ अनि यस्तो हुन जानेछ, जब परमप्रभुले उहाँको विद्धत्तामा योग्य ठहऱ्याउनुहुनेछ कि उनीहरूले इस्राएलका छरपष्ट भएका सबै कूलहरूको र सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनको सेवा गर्नुपर्छ र तिनीहरूबाट धेरै जीवात्माहरू येशूमा ल्याइनुपर्छ, कि उनीहरूको चाहना पूरा हुन सकोस् र परमेश्वरको विश्वास दिलाउन सक्ने शक्तिका कारण जुन उनीहरूमा छ।

३० अनि उनीहरू परमेश्वरका स्वर्गदूतहरू जस्तै छन् र यदि उनीहरूले पितासामु येशूका नाउँमा प्रार्थना गरे भने उनीहरूले त्यस मानिसका सामु आफैँलाई देखाउन सक्नेछन् जसलाई उनीहरूले योग्य ठान्नेछन्।

३१ त्यसकारण, उनीहरूद्वारा महान् र अद्भूत कार्यहरू ल्याइनेछन्, त्यो महान् र आगामी दिनअगाडि, जब सबै जन ख्रीष्टको न्यायको आसनअगाडि निश्चय नै खडा हुनुपर्दछ।

३२ हो, गैह्र-यहूदीहरूमाझ समेत एक महान् र अद्भूत कार्य उनीहरूद्वारा ल्याइनेछ, त्यो न्यायको दिनअगाडि।

३३ अनि यदि तिमीहरूसँग सबै धर्मशास्त्रहरू जसले ख्रीष्टका सबै विस्मयकारी कार्यहरूको विवरण दिन्छन् ती भएका भए, ख्रीष्टका वचनहरूअनुसार तिमीहरूले थाहा पाउने थियौ कि यी कुराहरू निश्चय नै आउनुपर्छ।

३४ अनि धिक्कार छ उनीहरूलाई जसले येशूका र तिनीहरूका वचनहरूलाई सुन्नेछैन जसलाई उहाँले चुन्नुभएको छ र उनीहरूमाझ पठाउनुभएको छ; किनकि जसले येशूका वचनहरूलाई ग्रहण गर्दैन र तिनीहरूका वचनहरूलाई ग्रहण गर्दैन जसलाई उहाँले पठाउनु भएकोछ उसले उहाँलाई ग्रहण गर्दैन; र त्यसकारण उहाँले उनीहरूलाई अन्तिम दिनमा ग्रहण गर्नुहुनेछैन।

३५ अनि यदि उनीहरू नजन्मेको भए उनीहरूलाई राम्रो हुने थियो। किनकि के तिमीहरू यो ठान्छौ कि तिमीहरूले रिसाएका परमेश्वरको न्यायलाई हटाउन सक्छौ, जसलाई मानिसहरूका पाउमुनि किचिमिची गरिएको छ, कि जसबाट मुक्ति आउन सकोस्?

३६ अनि अब हेर, जब मैले तिनीहरूका बारेमा बोलेँ जसलाई परमप्रभुले चुन्नुभएको छ, हो, तीन समेत जसलाई स्वर्गहरूतिर लागिएको थियो, कि मलाई थाहा थिएन कि उनीहरूलाई मरणशीलताबाट अमरत्वमा शुद्ध गरिएको थियो—

३७ तर हेर, मैले लेखेदेखि, परमप्रभुसँग मैले सोधखोज गरेको छु र उहाँले मलाई यो प्रकट गर्नुभएको छ कि उनीहरूका शरीरहरूमा परिवर्तन ल्याउन आवश्यक छ अन्यथा यो आवश्यक छ कि उनीहरूले मृत्युको स्वाद पाउनुपर्दछ;

३८ त्यसकारण, कि उनीहरूले मृत्युको स्वाद पाउन नपरोस् उनीहरूका शरीरहरूमा परिवर्तन ल्याइएको थियो, कि संसारका पापहरूका निम्ति बाहेक उनीहरूले पीडा र दु:ख सहन नपरोस्।

३९ अब यो परिवर्तन त्यो बराबर छैन जुन अन्तिम दिनमा हुनेछ; तर त्यहाँ उनीहरूमाथि परिवर्तन ल्याइएको थियो; यतिसम्म कि सैतानको उनीहरूमाथि शक्ति थिएन, कि उसले उनीहरूलाई लोभ्याउन सकेन; र उनीहरूलाई शरीरमा पवित्र पारिएको थियो, कि उनीहरू पवित्र थिए र पृथ्वीका शक्तिहरूले उनीहरूलाई समात्न सकेनन्।

४० अनि ख्रीष्टको न्यायको दिनसम्म उनीहरू यो अवस्थामा रहनु थियो; र त्यस दिनमा उनीहरूले महान् परिवर्तन प्राप्त गर्नु र अरु ननिस्कने गरी पिताको अधिराज्यमा ग्रहण गरिनु, तर स्वर्गमा अनन्तसम्म परमेश्वरसँग बास गर्नु थियो।