धर्मशास्त्रहरू
३ नफी ५


अध्याय ५

नफीहरूले पश्चात्ताप गर्छन् र आफ्ना पापहरूलाई त्याग्दछन्—मोर्मोनले आफ्ना जनको इतिहास लेख्दछन् र चीरस्थायी वचन उनीहरूसामु घोषणा गर्दछन्—इस्राएललाई उनको लामो छरपष्ट भएको अवस्थाबाट भेला गराइनेछ। लगभग ई.सं. २२–२६।

अनि अब हेर, नफीहरूमाझ कुनै पनि जीवित आत्मा थिएन जसले सम्पूर्ण पवित्र अगमवक्ताहरूले बोलेका वचनहरूको अलिकति पनि शङ्का गर्थ्यो; किनकि उनीहरूलाई थाहा थियो कि यो आवाश्यक थियो कि ती पूरा हुनुपर्दछ।

अनि अगमवक्ताहरूका वचनहरूअनुसार दिइएका धेरै चिन्हहरूका कारण उनीहरूलाई थाहा थियो कि यो आवश्यक थियो कि ख्रीष्ट आउनु भएको थियो; र आइसकेका ती कुराहरूका कारण उनीहरूलाई थाहा थियो कि यो आवश्यक थियो कि बोलिएको त्यो सबैअनुसार सबै कुरा आउनु पर्दछ।

त्यसकारण उनीहरूले आफ्ना सबै पापहरूलाई र आफ्ना कुकर्महरूलाई र आफ्ना वेश्यावृत्तिहरूलाई त्यागे र रातदिन सम्पूर्ण लगनशीलताका साथ परमेश्वरको सेवा गरे।

अनि अब यस्तो हुन गयो कि जब उनीहरूले सबै डाँकाहरूलाई कैदी बनाएका थिए, यतिसम्म कि वध नगरिएका कोही पनि भागेनन्, उनीहरूले आफ्ना कैदीहरूलाई कारागारमा फ्याँके र परमेश्वरका वचन उनीहरूसामु प्रचार गर्न अह्राए; र जतिले आफ्ना पापहरूको पश्चात्ताप गर्छन् र करारमा प्रवेश गर्छन् कि उनीहरूले अरु हत्या गर्नेछैनन् उनीहरूलाई स्वतन्त्र बनाइयो।

तर करारमा प्रवेश नगर्ने र ती गोप्य हत्याहरूलाई आफ्ना हृदयहरूमा अझै राखिरहनेहरू जतिलाई, हो, आफ्ना बन्धुहरूविरुद्ध धम्कीहरू हुङ्कारेको फेला पारिएकाहरू जतिलाई दोषी ठहऱ्याइयो र कानुनअनुसार सजायँ दिइयो।

अनि यसरी ती सबै दुष्टता र गोप्य र घृणित गुटबन्दीहरूको अन्त्य गरियो, जुनमा त्यति धेरै दुष्टता थियो र त्यति धेरै हत्याहरू गरियो।

अनि बाइसौँ वर्ष र तेइसौँ वर्ष पनि र चौबीसौँ वर्ष, पच्चीसौँ वर्ष यसरी बिते; र पच्चीस वर्ष यसरी बितेका थिए।

अनि त्यहाँ धेरै कुराहरूहरू घटेका थिए जुन, केहीका नजरमा, महान् र अद्भुत हुन्थे; तैपनि, ती सबै यो पुस्तकमा लेख्न सकिन्न; हो, यो पुस्तकमा पच्चीस वर्षको अन्तरालमा त्यति धेरै जनमाझ गरिएका कुराहरूको एक सयांश पनि अटाउन सक्दैन;

तर हेर यी जनका सम्पूर्ण काम-कारवाहीहरू भएका अभिलेखहरू छन् र एउटा छोटो तर सत्य विवरण नफीद्वारा दिइएको थियो।

१० त्यसकारण मैले यी कुराहरूको अभिलेख नफीको अभिलेखअनुसार बनाएको छु, जुन नफीका पाताहरू भनिने पाताहरूमा कुँदिएको थियो।

११ अनि हेर, म मेरा आफ्नै हातहरूले बनाएका यी पाताहरूमा अभिलेख बनाउँछु।

१२ अनि हेर, मलाई मोर्मोन भनिन्छ, मोर्मोनको भूमिअनुसार भनिएकोले, त्यो भूमि जुनमा अल्माले जनमाझ चर्च, हो, पहिलो चर्च स्थापित गरे जुन उनीहरूको उल्लङ्घनपछाडि उनीहरूमाझ स्थापित गरियो।

१३ हेर, म परमेश्वरका पुत्र येशू ख्रीष्टको शिष्य हुँ। मलाई उहाँबाट उहाँका जनमाझ उहाँका वचन उद्घोष गर्न बोलावट गरिएको छ, कि उनीहरूले अजर जीवन पाऊन्।

१४ अनि यो आवश्यक भएको छ कि मैले, परमेश्वरको चाहानाअनुसार, कि तिनको प्रार्थनाहरू जो यस अघि गएका छन्, जो पवित्र थिए, उनीहरूको आस्थाअनुसार पूरा हुनुपर्दछ, गरिएका यी कुराहरूको अभिलेख बनाउनु पर्दछ—

१५ हो, तिनको सानो अभिलेख जुन लहीले यरुशलेम छाडेदेखि वर्तमान समयसम्म भएका छन्।

१६ त्यसकारण म मेरो अभिलेख ती विवरणहरूबाट बनाउँछु जुन मेरा दिनका प्रारम्भ नभइन्जेलसम्म म अघि आएको थिएँ उनीहरूले दिएका थिए;

१७ अनि तब म मेरा आफ्ना आँखाहरूले देखेका कुराहरूको अभिलेख बनाउँछु।

१८ अनि मलाई थाहा छ मैले बनाउने अभिलेख न्यायोचित र सत्य अभिलेख हो; तैपनि धेरै कुराहरू छन् जुन, हाम्रो भाषाअनुसार, हामी लेख्न सामर्थ्य छैनौँ।

१९ अनि अब म मेरो भनाइको अन्त्य गर्दछु, जुन आफ्नै हो र मेरा अगाडि भएका कुराहरूको विवरण दिन अघि बढ्दछु।

२० म मोर्मोन र लहीको शुद्ध सन्तति हुँ। मेरा परमेश्वर र मेरा मुक्तिदाता येशू ख्रीष्टको महिमा गर्ने कारण मसँग छ, कि उहाँले हाम्रा पितापुर्खाहरुलाई यरुशलेमको भूमिबाट ल्याउनुभयो, (र यो उहाँ आफैँलाई र उहाँले त्यो भूमिबाट ल्याउनुभएका ती बाहेक कसैलाई थाहा थिएन) र उहाँले मलाई र मेरा जनलाई हाम्रो मुक्तिका निम्ति यति धेरै ज्ञान दिनुभएको छ।

२१ निश्चय नै उहाँले याकूबको घरानालाई आशीषित गर्नुभएको छ र योसेफका सन्ततिप्रति कृपालु हुनु भएको छ।

२२ अनि जहाँसम्म लहीका छोराछोरीहरूले उहाँका आज्ञाहरू पालना गरेका छन् आफ्ना वचनअनुसार उहाँले उनीहरूलाई आशीष दिनुभएको छ र उनीहरूको उन्नति गराउनु भएको छ।

२३ हो, निश्चय नै उहाँले योसेफका सन्ततिको अवशेषलाई परमप्रभु उनीहरूका परमेश्वरको ज्ञानमा पुन: ल्याउनुहुनेछ।

२४ अनि जति निश्चयका साथ परमप्रभु जिउँदो हुनुहुन्छ, उहाँले पृथ्वीको चारै दिशाबाट याकूबका सन्ततिका सम्पूर्ण अवशेषहरूलाई भेला गर्नुहुनेछ, जो पृथ्वीका सम्पूर्ण सतहमा छरपष्ट पारिएका छन्।

२५ अनि जसरी उहाँले याकूबको सम्पूर्ण घरानासँग करार गर्नु भएको छ, त्यसरी उहाँले याकूबको घरानासँग गरेको करार आफ्नो समयमा पूरा हुनेछ, उहाँले उनीहरूसँग गरेको करारको ज्ञानमा याकूबको सम्पूर्ण घरानालाई पुनर्स्थापना गर्नमा।

२६ अनि तब उनीहरूले आफ्ना उद्धारकर्तालाई चिन्नेछन्, जो परमेश्वरका पुत्र येशू ख्रीष्ट हुनुहुन्छ; अनि तब उनीहरूलाई पृथ्वीका चारै दिशाबाट उनीहरूको आफ्नो भूमिमा भेला गरिनेछ, जहाँबाट उनीहरूलाई छरिएको छ; हो, जसरी परमप्रभु जिउँदो हुनुहुन्छ त्यसरी नै हुनेछ। आमिन।