धर्मशास्त्रहरू
३ नफी २७


अध्याय २७

येशूले चर्चलाई आफ्नो नाउँमा बोलाउन उनीहरूलाई आज्ञा दिनुहुन्छ—उहाँको सेवा र प्रायश्चित्तको बलिदानले उहाँको सुसमाचारलाई सङ्गठित गर्छ—मानिसहरूलाई पश्चात्ताप गर्न र बप्तिस्मा लिन आज्ञा दिइन्छ ताकि उनीहरूलाई पवित्र आत्माद्वारा पवित्र पारियोस्—उनीहरू येशू जस्तै हुनुपर्दछ। लगभग ई.सं. ३४–३५।

अनि यस्तो हुन गयो कि जब येशूका शिष्यहरू यात्रा गरिरहेका थिए र ती कुराहरूको प्रचार गरिरहेका थिए जुन उनीहरूले देखेका र सुनेका दुबै थिए र येशूको नाउँमा बप्तिस्मा दिइरहेका थिए, यस्तो हुन गयो कि शिष्यहरू एकसाथ भेला भए र शक्तिशाली प्रार्थनामा र उपवासमा एकीकृत भए।

अनि येशू आफैँ उनीहरूसामु देखिनुभयो, किनकि उनीहरूले पितासामु उहाँको नाउँमा प्रार्थना गरिरहेका थिए; र येशू आउनुभयो र उनीहरूमाझ खडा हुनुभयो र उनीहरूलाई भन्नुभयो: तिमीहरू के चाहान्छौ कि मैले तिमीहरूलाई दिऊँ?

अनि उनीहरूले उहाँसामु भने: परमप्रभु, हामी चाहान्छौँ कि हजुरले हामीलाई नाउँ भनिदिनुहोस् जसबाट हामीले यो चर्चलाई बोलाउनेछौँ; किनकि जनमाझ यो विषयका बारेमा विवादहरू छन्।

अनि परमप्रभुले उनीहरूसामु भन्नुभयो: साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, यो किन हो कि जनले यो कुराको कारण गनगनाउन र विवाद गर्न पर्छ?

के उनीहरूले धर्मशास्त्र पढेका छैनन्, जसले भन्छ तिमीहरूले आफूमाथि ख्रीष्टको नाउँ लिनुपर्छ, जुन मेरो नाउँ हो? किनकि यो नाउँद्वारा नै तिमीहरूलाई पछिल्ला दिनमा बोलाइनेछ।

अनि जसले मेरा नाउँ आफूमा लिन्छ र अन्त्यसम्म सहन्छ, उसलाई अन्तिम दिनमा बचाइनेछ।

त्यसकारण, तिमीहरूले जे गर्छौ, त्यो तिमीहरूले मेरा नाउँमा गर्नेछौ; त्यसकारण तिमीहरूले चर्चलाई मेरा नाउँमा बोलाउनेछौ; र तिमीहरूले पितालाई मेरा नाउँमा पुकार्नेछौ ताकि उहाँले चर्चलाई मेरा निमित्त आशीष दिनुहुनेछ।

अनि यदि त्यो मेरा नाउँमा नबोलाइए कसरी त्यो मेरो चर्च हुन्छ? किनकि यदि एक चर्च मोशाको नाउँमा बोलाइन्छ भने तब त्यो मोशाको चर्च हुन्छ; अथवा यदि चर्च एउटा मानिसको नाउँमा बोलाइन्छ भने तब त्यो मानिसको चर्च हुन्छ; तर यदि यो मेरा नाउँमा बोलाइन्छ भने त्यो मेरो चर्च हुन्छ, यदि यस्तो भयो कि ती मेरा सुसमाचारमा बनेका हुन्।

साँचै नै म तिमीहरूलाई भन्छु, कि तिमीहरू मेरा सुसमाचारमा बनेका हौ; त्यसकारण तिमीहरूले जे भन्छौ त्यो मेरा नाउँमा भन्नू; त्यसकारण यदि तिमीहरूले चर्चका निम्ति पितामा पुकाऱ्यौ भने, यदि यो मेरा नाउँमा भएमा पिताले तिमीहरूलाई सुन्नुहुनेछ;

१० अनि यदि यस्तो भयो कि चर्च मेरो सुसमाचारमा बनेको छ तब पिताले आफ्ना कार्यहरू त्यसमा देखाउनुहुनेछ।

११ तर यदि त्यो मेरो सुसमाचारमा बनेको छैन र मानिसहरूको कार्यहरूमा, अर्थात सैतानको कार्यमा बनेको छ भने, साँचै नै म तिमीहरूसामु भन्छु उनीहरूले आफ्ना कार्यहरूमा एक मौसमका निम्ति खुसी पाउछन् र छिट्टै नै अन्त्य आउँछ र उनीहरूलाई काटेर ढालिन्छ र आगोमा फालिन्छ, जहाँबाट फिर्ता हुँदैनन्।

१२ किनकि उनीहरूका कार्यहरूले उनीहरूलाई पछ्याउँछन्, किनकि यो उनीहरूका कार्यहरूका कारण हो कि उनीहरूलाई काटेर ढालिएको हो; त्यसकारण ती कुराहरू सम्झ जुन मैले तिमीहरूलाई भनेको छु।

१३ हेर मैले तिमीहरूलाई मेरो सुसमाचार दिएको छु र यो त्यो सुसमाचार हो जुन मैले तिमीहरूलाई दिएको छु—कि म मेरा पिताको इच्छा पूरा गर्न संसारमा आएँ, किनभने मेरा पिताले मलाई पठाउनुभयो।

१४ अनि मेरा पिताले मलाई पठाउनुभयो कि म क्रुसमा उचालिन सकूँ; र मलाई क्रुसमा उचालिएपछि, कि म सबै मानिसहरूलाई आफूमा ल्याउन सकूँ, कि जसरी म मानिसहरूद्वारा उचालिए त्यसरी नै मेरा अगाडि खडा हुन र असल भए पनि खराब भए पनि आफ्ना कार्यहरूको न्याय गरिन मानिसहरू पनि पिताद्वारा उचालिनु पर्छ—

१५ अनि यसकारणका निम्ति म उचालिएको हुँ, त्यसकारण, पिताको शक्तिअनुसार म सबै मानिसहरूलाई मकहाँ ल्याउन सकूँ, कि उनीहरूले उनीहरूका कार्यअनुसार न्याय पाऊन्।

१६ अनि यस्तो हुन जानेछ, कि जसले पश्चात्ताप गर्दछ र मेरा नाउँमा बप्तिस्मा लिन्छ ऊ भरिनेछ; र यदि उसले अन्तिमसम्म सहन्छ भने, हेर उसलाई म पिताअगाडि त्यस दिनमा दोष रहित फेला पार्नेछु जब म संसारको न्याय गर्न खडा हुनेछु।

१७ अनि जसले अन्त्यसम्म सहँदैन, त्यो नै ऊ हो जसलाई काटेर ढाली आगोमा फ्यालिन्छ, जहाँबाट उनीहरू फर्कन सक्दैनन्, पिताको न्यायको कारणले।

१८ अनि यो त्यो वचन हो जुन उहाँले मानिसका छोराछोरीहरूलाई दिनुभएको छ। अनि यसकारणका निम्ति उहाँले ती वचनहरू पूरा गर्नुहुन्छ जुन उहाँले दिनुभएको छ र उहाँले ढाँट्नुहुन्न्, तर आफ्ना सबै वचनहरू पूरा गर्नुहुन्छ।

१९ अनि कुनै अशुद्ध कुरा उहाँको अधिराज्यमा प्रवेश गर्न सक्दैन; त्यसकारण जसले आफ्ना वस्त्रहरू मेरा रगतमा उनीहरूका आस्था र आफ्ना सबै पापहरूको पश्चात्ताप र उनीहरूको अन्तिमसम्मको आस्थावान्‌ताका कारण पखालेका छन् ती बाहेक कोही पनि उहाँको विश्रममा प्रवेश गर्दैनन्।

२० अब यो आज्ञा हो: पश्चात्ताप गर, पृथ्वीका पल्लो छेउका तिमीहरू र मकहाँ आओ र मेरा नाउँमा बप्तिस्मा लिय, कि तिमीहरूलाई पवित्र आत्माको प्राप्तिद्वारा पवित्र पारियोस्, कि त्यो अन्तिम दिनमा मसमक्ष तिमीहरू बेदाग खडा हुन सक।

२१ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, यो मेरो सुसमाचार हो; र तिमीहरूलाई ती कुराहरू थाहा छ जुन तिमीहरूले मेरो चर्चमा गर्नुपर्दछ; किनकि ती कार्यहरू जुन मैले गरेको तिमीहरूले देखेका छौ त्यो तिमीहरूले पनि गर्नुपर्दछ; किनकि त्यो जुन मैले गरेको तिमीहरूले देखेका छौ त्यो समेत तिमीहरूले गर्नेछौ;

२२ त्यसकारण, यदि तिमीहरूले यी कुराहरू गऱ्यौ भने तिमीहरू आशीषित छौ, किनकि तिमीहरू अन्तिम दिनमा उत्थान गरिनेछौ।

२३ ती कुराहरू लेख जुन तिमीहरूले देखेका र सुनेका छौ, ती बाहेक जुन निषेधित गरिएका छन्।

२४ यी जनका कार्यहरू लेख, जुन हुनेछन्, लेखिएका जस्तै समेत, तीमध्ये जुन भएका छन्।

२५ किनकि हेर, ती पुस्तकहरूबाट जुन लेखिएका छन् र जुन लेखिनेछन्, यी जनको न्याय गरिनेछ, किनकि तीबाट उनीहरूका कार्यहरू मानिसहरूसामु चिनिनेछन्।

२६ अनि हेर, सबै कुराहरू पिताद्वारा लेखिएका हुन्; त्यसकारण ती पुस्तकहरूबाट जुन लेखिएका छन् संसारको न्याय गरिनेछ।

२७ अनि तिमीहरूले जान कि तिमीहरू यी जनका न्यायकर्ताहरू हुनेछौ, त्यो न्यायअनुसार जुन म तिमीहरूलाई दिनेछु, जुन न्यायोचित हुनेछ। त्यसकारण, तिमीहरू कस्तो तरिकाको मानिस हुनुपर्छ? साँचै नै म तिमीहरूलाई भन्छु, जस्तो म छु।

२८ अनि अब म पिताकहाँ जान्छु। अनि साँचै नै म तिमीहरूलाई भन्छु, जुन कुराहरू तिमीहरूले पितालाई मेरा नाउँमा माग्छौ त्यो तिमीहरूलाई दिइनेछ।

२९ त्यसकारण, माग र तिमीहरूले प्राप्त गर्नेछौ; ढक्ढक्याऊ र त्यो तिम्रा निम्ति खोलिनेछ; किनकि जसले माग्छ, उसले प्राप्त गर्छ; र जसले ढक्ढक्याउँछ उसलाई त्यो खोलिनेछ।

३० अनि अब, हेर, मेरो खुसी महान् छ, पूर्णतासम्म समेत, तिमीहरूका र यो पुस्ताका पनि कारणले; हो र पिताले समेत खुसी मनाउनुहुन्छ र सबै पवित्र स्वर्गदूतहरूले पनि खुसी मनाउँछन्, तिमीहरू र यो पुस्ताका कारणले; किनकि उनीहरूमध्ये कोही पनि हराएका छैनन्।

३१ हेर, म चाहान्छु कि तिमीहरूले बुझ्नुपर्छ; किनकि मेरा अर्थ ती हुन् जो अहिले यो पुस्तामा जीवित छन्; र तीमध्ये कोही पनि हराएका छैनन्; र उनीहरूमा मसँग आनन्दको परिपूर्णता छ।

३२ तर हेर, यो पुस्तादेखि को चौथो पुस्ताका कारण मलाई यसले दुखित गराउँछ, किनकि उनीहरूलाई दासत्वमा उसद्वारा अगुवाइ गरिन्छ जो विध्वंसको पुत्र जस्तै थियो; किनकि उनीहरूले मलाई सुनका निम्ति र चाँदीका निम्ति बेच्नेछन् र त्यसका निम्ति जसलाई कीराले भ्रष्ट पार्छ र जसलाई चोरहरूले घर फुटाउँछन् र चोर्छन्। अनि त्यस दिनमा म उनीहरूलाई उनीहरूका कार्यहरू उनीहरूको आफ्नो शिरमाथि फर्काउन समेत भेट्नेछु।

३३ अनि यस्तो हुन गयो कि जब येशूले यी भनाइहरूको अन्त्य गर्नुभएको थियो उहाँले आफ्ना शिष्यहरूसामु भन्नुभयो: तिमीहरू साँघुरो ढोकाबाट प्रवेश गर; किनकि ढोका साँघुरो छ र बाटो पनि साँघुरो छ जसले जीवनतिर अगुवाइ गर्छ र त्यसलाई फेला पार्ने थोरै छन्; तर ढोका चौडा छ र बाटो फराकिलो छ जुनले मृत्युतिर अगुवाइ गर्दछ र रात नआइन्जेलसम्म त्यसमा यात्रा गर्ने धेरै छन्, जसमा कुनै मानिसले पनि कर्म गर्न सक्दैन।