धर्मशास्त्रहरू
३ नफी ६


अध्याय ६

नफीहरूले उन्नति गर्दछन्—घमण्ड, धन र वर्ग विभाजन चर्कन्छ—चर्चमा भएका मतभेदहरूका कारण टुक्रा-टुक्रा हुन्छ—सैतानले जनलाई खुल्ला विद्रोहमा अगुवाइ गर्दछ—धेरै अगमवक्ताहरूले पश्चात्तापको घोषणा गर्दछन् र उनीहरूको वध गरिन्छ—हत्याराहरूले सरकार हत्याउने षडयन्त्र गर्दछन्। लगभग ई.सं. २६–३०।

अनि अब यस्तो हुन गयो कि नफीका जन सबै छब्बिसौँ वर्षमा प्रत्येक मानिस आफ्नो परिवार, आफ्ना वथानहरू र आफ्ना झुण्डहरू, आफ्ना घोडाहरू र आफ्ना गाईवस्तुहरू र उनीहरूसँग भएको सबै कुराहरूका साथ आफ्ना भूमिहरूमा फर्के।

अनि यस्तो हुन गयो कि उनीहरूले उनीहरूको सबै बन्दोबस्तीका सामानहरू खाएर सकेका थिएनन्; त्यसकारण उनीहरूले उपभोग नगरी रहेको प्रत्येक किसिमका आफ्ना अन्न, उनीहरूका सुन, आफ्ना चाँदी र हरेक किसिमका सबै मूल्यवान् कुराहरू सबै आफूसँग लगे र उनीहरू उनीहरूका आफ्ना भूमिहरूमा र आफ्ना मातहतकामा, उत्तरमा र दक्षिण दुबैमा, उत्तरतर्फको भूमिमा र दक्षिणतर्फको भूमि दुबैमा फर्के।

अनि भूमिको शान्ति राख्न करारमा प्रवेश गरेका ती डाँकाहरूलाई, जो लमानी नै रहन इच्छुक थिए, उनीहरूले तिनीहरूको सङ्ख्याअनुसार भूमिहरू दिए, कि उनीहरूसँग, आफ्नो परिश्रमका साथ जीविका गर्ने उपाय होओस्; र यसरी उनीहरूले सम्पूर्ण भूमिमा शान्ति स्थापना गरे।

अनि उनीहरू उन्नति गर्न र विशाल हुन थाले; र छब्बीसौँ र सत्ताइसौँ वर्ष बित्यो र भूमि अत्यन्त व्यस्थित थियो; र उनीहरूले समानता र न्यायअनुसार आफ्ना कानूनहरू बनाएका थिए।

अनि अब उनीहरू उल्लङ्घनमा पतन हुनु बाहेक जनलाई निरन्तर उन्नति गर्नबाट वन्चित गर्ने सम्पूर्ण भूमिमा केही थिएन।

अनि अब यो गिद्गीद्दोनी र न्यायकर्ता, लाखोनेउस र अगुवाहरूका रुपमा नियुक्त गरिएका ती थिए जसले भूमिमा यो महान् शान्ति स्थापना गरेका थिए।

अनि यस्तो हुन गयो कि त्यहाँ धेरै नयाँ सहरहरू बनाइयो र त्यहाँ धेरै पुराना सहरहरूको मर्मत गरियो।

अनि त्यहाँ धेरै राजमार्गहरू उचालिए र धेरै सडकहरू बनाइए, जुनले एउटा सहरदेखि अर्को सहरसम्म र एउटा भूमिदेखि अर्को भूमिसम्म र एउटा स्थानदेखि अर्को स्थानसम्म डोऱ्याउँथे।

अनि अठाइसौँ वर्ष यसरी बित्यो र जनमाझ निरन्तर शान्ति थियो।

१० तर उनान्तीसौँ वर्षमा यस्तो हुन गयो जनमाझ केही विवादहरू हुन थाल्यो; र केही उनीहरूको अत्याधिक धनका कारण घमण्डमा र शेखीमा, हो, भयानक सतावटसम्म पनि उचालिए।

११ किनकि भूमिमा धेरै व्यापारीहरू र धेरै वकिलहरू पनि र धेरै अधिकारिहरू थिए।

१२ अनि जनले दर्जाद्वारा, उनीहरूको धनहरू र उनीहरूको सिक्ने अवसरहरूअनुसार चिनिन थाले; हो, कोही उनीहरूको गरिबीका कारण अज्ञान थिए र अरुले उनीहरूका धनहरूका कारण धेरै ज्ञान प्राप्त गरे।

१३ कोही घमण्डमा उचालिएका थिए र अरु अत्यन्त विनम्र थिए; कसैलेले पीडाका निम्ति पीडा फर्काए, जबकी अरुले पीडा र सताई र सबै प्रकारका कष्टहरू प्राप्त गर्थे र फर्कदैनथे र फेरि आलोचना गर्दैनथे, तर, परमेश्वरअगाडि विनम्र हुन्थे र पछुताउँथे।

१४ अनि यसरी सम्पूर्ण भूमिमा एक महान् असमानता भयो, यतिसम्म कि चर्चको विभाजन हुन थाल्यो; हो, यतिसम्म कि तीसौँ वर्षमा सत्य आस्थामा परिवर्तित भएका केही लमानीहरूमाझ बाहेक सम्पूर्ण भूमिमा चर्चको विभाजन हुन् थाल्यो; र उनीहरूले त्यसबाट हटेनन्, किनकि उनीहरू स्थिर र अडिग र विचलन रहित, सम्पूर्ण लगनशीलताका साथ परमप्रभुका आज्ञाहरू पालना गर्न इच्छुक थिए।

१५ अब जनको दुष्टताको कारण यो थियो—जनहरूलाई सबै प्रकारका दुष्टता गर्न र घमण्डले उनीहरूलाई फुलाउन उक्साउनमा, शक्ति र अधिकार र धनहरू र संसारका व्यर्थ कुराहरू खोज्न लोभ्याउनमा सैतानको भयानक शक्ति थियो।

१६ अनि सैतानले यसरी जनका हृदयहरूलाई सबै प्रकारका दुष्टता गर्न अगुवाइ गऱ्यो; त्यसकारण उनीहरूले शान्ति केही वर्षका लागि मात्र पाए।

१७ अनि यसरी तीसौँ वर्षको प्रारम्भमा—सैतानको प्रलोभनहरूद्वारा उनीहरूलाई उसले जहाँ चाह्यो त्यहीँ लैजान र उसले जे चाह्यो उनीहरूले त्यही दुष्टता गर्न एउटा लामो समयको अन्तरालका लागि जनलाई हस्तान्तरण गरिएको हुनाले—अनि यसरी यो, तीसौँ वर्षको प्रारम्भमा, उनीहरू भयावह दुष्टताको अवस्थामा थिए।

१८ अब उनीहरूले अज्ञानतामा पाप गरेनन्, किनकि उनीहरूलाई आफ्ना बारेको परमेश्वरको इच्छा थाहा थियो, किनकि उनीहरूलाई यो सिकाइएको थियो; त्यसकारण उनीहरूले इच्छापूर्वक परमेश्वरविरुद्ध विद्रोह गरे।

१९ अनि अब यो लाखोनेउसका छोरा, लाखोनेउसका दिनहरूमा भएको थियो, किनकि लाखोनेउसले उनका पिताको आसनमा बसे र त्यो वर्ष जनको शासन गरे।

२० अनि त्यहाँ स्वर्गबाट प्रेरित भएका मानिसहरू आउन थाले, सम्पूर्ण भूमिमा जनमाझ खडा हुँदै, साहासका साथ जनका पापका र दुष्टताका गवाही दिँदै र उनीहरूसामु परमप्रभुले उहाँका जनका निम्ति गर्ने उद्धारका बारेमा, अथवा अर्को शब्दमा, ख्रीष्टको पुनरुत्थानका बारेमा गवाही दिँदै; र उनीहरूले उहाँको मृत्यु र कष्टहरूका बारेमा साहसका साथ गवाही दिए।

२१ अब त्यहाँ धेरै जन थिए जो ती कुराहरूको गवाही दिने तिनीहरूका कारण अत्यन्तै रिसाए; र रिसाउनेहरू मुख्यत: प्रधान न्यायकर्ताहरू र तिनीहरू थिए जसलाई उच्च पादरीहरू र वकिलहरू बनाइएको थिए, हो, तिनीहरू सबै जो वकीलहरू थिए तिनीहरू ती कुराहरूको गवाही दिनेहरूसँग रिसाएका थिए।

२२ अब न त त्यहाँ कुनै वकिल न त न्यायकर्ता न त उच्च पादरी थिए जसले भूमिको राज्यपालको सही गरेको दण्डाज्ञा बिना कसैलाई मृत्युको दोषी ठहऱ्याउन सक्थे।

२३ अब त्यहाँ ख्रीष्टका सम्बन्धमा सहासका साथ गवाही दिने धेरै थिए, जसलाई न्यायकर्ताहरूद्वारा गोप्य रुपमा लगियो र मारियो, कि उनीहरूको मृत्युको ज्ञान उनीहरूको मृत्यु पछिसम्म भूमिको राज्यपालसम्म आएन।

२४ अब हेर, यो भूमिका कानुनहरू विपरीत थियो, कि कुनै पनि मानिसलाई भूमिको राज्यपालबाटको अधिकारबिना मृत्युदण्ड दिइओस्—

२५ त्यसकारण जरहेम्लाको भूमिमा, भूमिका राज्यपालसामु, परमप्रभुका अगमवक्ताहरूलाई, कानुनअनुसार नभए पनि मृत्यु दण्डको दोषी ठहऱ्याएका यी न्यायकर्ताहरूको विरोधमा गुनासो आयो।

२६ अनि यस्तो हुन गयो कि उनीहरूले गरेको अपराधको जनद्वारा दिइएको कानुनआनुसार सजायँ दिन उनीहरूलाई लगियो र न्यायकर्ताअगाडि ल्याइयो।

२७ अनि यस्तो हुन गयो कि ती न्यायकर्ताहरूका धेरै मित्रहरू र कुटुम्बहरू थिए; र बाँकी, हो, लगभग सबै वकिलहरू र उच्च पादरीहरूसमेत, एकसाथ भेला भए र कानुनआनुसार वकालत गरिएका ती न्यायकर्ताहरूका कुटुम्बहरूसँग एकीकृत भए।

२८ अनि उनीहरू एक अर्कासँग करारमा प्रवेश गरे, हो, त्यो करारमा समेत जुन प्राचीन समयका उनीहरूद्वारा दिइएको थियो, जुन करार सैतानद्वारा सम्पूर्ण धार्मिकताविरुद्ध सङ्गठित हुन दिइएको थियो र सञ्चालन गरिको थियो।

२९ त्यसकारण उनीहरू परमप्रभुका जनविरुद्ध सङ्गठित भए र उनीहरूको विनाश गर्न र हत्याका दोषीहरूलाई कानुनअनुसार गर्न लागिएको न्यायको कठघराबाट मुक्त गर्न करारमा प्रवेश गरे।

३० अनि उनीहरूले आफ्नो देशका कानुन र अधिकारहरूको विरुद्धमा स्थापित भए; र उनीहरूले एक अर्कासँग राज्यपालको विनाश गर्ने र भूमिमाथि राजाको स्थापना गर्ने करार गरे, ताकि उनीहरू अब अरु स्वतन्त्र हुनुहुदैन तर राजाका अधीनमा हुनुपर्दछ।