धर्मशास्त्रहरू
३ नफी २


अध्याय २

जनहरूमाझ दुष्टता र कुकर्महरू बढ्दछन्—नफीहरू र लमानीहरू गादियान्तोन डाँकाहरूविरुद्ध आफ्नो सुरक्षा गर्न एकीकृत हुन्छन्—परिवर्तित लमानीहरू गोरा बन्छन् र नफीहरू भनिन्छन्। लगभग इ.सं. ५–१६।

अनि यस्तो हुन गयो कि पन्चानब्बेयौँ वर्ष पनि बित्यो र जनले ती चिन्हहरूलाई र आश्चर्यहरूलाई बिर्सन थाले जुन उनीहरूले सुनेका थिए र स्वर्गबाट आएका चिन्हहरूमा र आश्चर्यमा कमभन्दा कम आश्चर्यचकित हुन थाले, यतिसम्म कि उनीहरू आफ्ना हृदयहरूमा कठोर हुन र मस्तिष्कहरूमा अन्धा हुन थाले र उनीहरूले सुनेका सबै कुराहरूलाई अविश्वास गर्न थाले—

उनीहरूका हृदयहरूमा केही व्यर्थका कुराहरू कल्पना गर्दै, कि यो मानिसहरूद्वारा र सैतानको शक्तिद्वारा अगुवाइ गरिन र जनका हृदयहरूलाई छकाउन भएको थियो; र यसरी सैतानले जनका हृदयहरूलाई पुन: अधीनमा पायो, यतिसम्म कि उसले उनीहरूका आँखाहरूलाई अन्धा बनायो र उनीहरूलाई विश्वास गर्न अगुवाइ गऱ्यो कि ख्रीष्टको सिद्धान्त एक मुर्ख र व्यर्थको कुरा हो।

अनि यस्तो हुन गयो कि जन दुष्टता र कुकर्महरूमा बलिया हुन थाले; र उनीहरूले विश्वास गरेनन् कि अरु कुनै चिन्हहरू र आश्चर्यहरू दिइनेछ; र सैतान जनका हृदयहरूलाई अगुवाइ गर्दै, उनीहरूलाई लोभ्याउँदै र उनीहरूलाई अह्राउँदै वरिपरि गयो कि उनीहरूले भूमिमा भयानक दुष्टता गर्नुपर्छ।

अनि यसरी छयानब्बेयौं वर्ष; र सन्तानब्बेयौँ वर्ष पनि; र अन्ठान्ब्बेयौँ वर्ष पनि; र उनान्सयौँ वर्ष पनि बिते।

अनि मोसीयाहका दिनहरूदेखि एक सय वर्ष पनि बिते, जो नफीका जनमाथि राजा थिए।

अनि लहीले यरुशलेम छाडेदेखि छ सय नौ वर्ष बिते।

अनि त्यो समयदेखि नौं वर्ष बिते जब चिन्ह दिइएको थियो, जुन अगमवक्ताद्वारा बोलिएको थियो, कि ख्रीष्ट संसारमा आउनुहुनेछ।

अब नफीहरूले आफ्नो समय त्यो अवधिदेखि गणना गर्न थाले जब चिन्ह दिइएको थियो, अथवा ख्रीष्टको आगमनदेखि; त्यसकारण नौ वर्ष बितेका थिए।

अनि नफी, जो नफीका पिता थिए, जोसँग अभिलेखहरूको जिम्मेवारी थियो, जरहेम्लाको भूमिमा फर्केनन् र सम्पूर्ण भूमिमा कँही पनि फेला पार्न सकिएन।

१० अनि यस्तो हुन गयो कि जन अझै दुष्टतामा रहे, उनीहरूमाझ पठाइएको धेरै प्रवचन र अगमवाणी हुँदाहुँदै; र दसौँ वर्ष पनि यसरी बित्यो र एघारौँ वर्ष पनि दुष्टतामा बित्यो।

११ अनि यस्तो हुन गयो कि तेह्रौँ वर्षमा भूमि भरि युद्ध र लडाइँ हुन थाल्यो; किनकि गादियान्तोन डाँकाहरू यति अनगिन्ती भए र यति धेरै मानिसहरूको बध गरे र यति धेरै सहरहरूलाई उजाड बनाए र भूमिभरि यति धेरै मृत्यु र हिंसा फैलाए कि यो आवश्यक भयो कि सबै जन, नफीहरू र लमानीहरू दुबैले उनीहरूका विरुद्ध हतियार लिनु पऱ्यो।

१२ त्यसकारण, परमप्रभुमा परिवर्तित भएका सबै लमानीहरू उनीहरूका बन्धुहरू नफीहरूसँग एकीकृत भए र उनीहरूका जीवनहरू र उनीहरूका स्त्रीहरू र उनीहरूका छोराछोरीहरूको सुरक्षाका निम्ति, हो, आफ्ना अधिकार पनि र आफ्ना चर्च र आफ्ना आराधनाका र आफ्ना स्वतन्त्रता र मुक्तिका सुविधा कायम राख्नका निम्ति ती गादियान्तोन डाँकाहरूविरुद्ध हतियारहरू लिन बाध्य भए।

१३ अनि यस्तो हुन गयो कि यो तेर्हौँ वर्ष बित्नुभन्दा अगाडि नफीहरूलाई युद्धका कारण पूरा विनाशका साथ धम्क्याइएको थियो, जुन अत्यन्त कष्टप्रद भएको थियो।

१४ अनि यस्तो हुन गयो कि नफीहरूसँग एकीकृत भएका लमानीहरूलाई नफीहरूमाझ गनियो;

१५ अनि श्राप उनीहरूबाट हटाइयो र उनीहरूका छाला गोरा भए नफीहरू जस्तै;

१६ अनि उनीहरूका युवाहरू र उनीहरूका छोरीहरू अत्यन्त सुन्दर भए र उनीहरू नफीहरूमाझ गनिए र नफीहरू भनिए। यसरी तेह्रौँ वर्षको अन्त्य भयो।

१७ अनि चौधौँ वर्षको प्रारम्भमा यस्तो हुन गयो, डाँकाहरू र नफीका जनमाझको युद्ध निरन्तर चल्यो र अन्त्यन्त कष्टप्रद बन्यो; तैपनि, नफीका जनले डाँकाहरूमाथि केही फाइदा पाए, यतिसम्म कि उनीहरूले तिनीहरूलाई आफ्ना भूमिहरूबाट पर्वतहरूतिर र तिनीहरूका गोप्य स्थानहरूतिर लखेटे।

१८ अनि चौधौँ वर्ष यसरी अन्त्य भयो। अनि पन्ध्रौँ वर्षमा तिनीहरू नफीका जनविरुद्ध अघि आए; र नफीका जनको दुष्टता र उनीहरूका धेरै कलहहरू र मतभेदहरूका कारण, गादियान्तोन डाँकाहरूले उनीहरूबात धेरै फाइदा पाए।

१९ अनि पन्ध्रौँ वर्षको यसरी अन्त्य भयो र यसरी जन धेरै कष्टहरूको अवस्थामा थिए र विनाशको तरबार उनीहरूमाथि झुण्डियो, यतिसम्म कि उनीहरू यसद्वारा झन्डै प्रताडित हुन लागेका थिए र यो उनीहरूको दुष्टताका कारण थियो।