धर्मशास्त्रहरू
अल्मा २४


अध्याय २४

लमानीहरू परमेश्वरका जनविरुद्ध आउँदछन्—अन्टी-नफी-लहीहरू ख्रीष्टमा खुसी हुन्छन् र स्वर्गदूतहरूद्वारा भेटिन्छन्—उनीहरू आफ्नो सुरुक्षा गर्नभन्दा मृत्यु सहन चुन्दछन्—अरु लमानीहरू परिवर्तित हुन्छन्। लगभग ई.पू. ९०–७७।

अनि यस्तो हुन गयो कि अमालेकीहरू र अमुलोनीहरू र लमानीहरू जो अमुलोनको भूमिमा र हेलामको भूमिमा पनि थिए र जो यरुशलेमको भूमिमा थिए र निष्कर्षमा, वरिपरिको सम्पूर्ण भूमिमा थिए, जो परिवर्तित भएका थिएनन् र आफ्नो नाउँ अन्टी-नफी-लही लिएका थिएनन्, उनीहरूलाई अमालेकीहरूद्वारा र अमुलोनीहरूद्वारा उनीहरूका बन्धुहरूविरुद्ध रिसमा भड्काइयो।

अनि उनीहरूविरुद्धको उनीहरूको घृणा अत्यन्त कष्टप्रद बन्यो, यतिसम्म कि उनीहरूले आफ्ना राजाविरुद्ध विद्रोह गर्न थाले, यतिसम्म कि उनीहरूले चाहेनन् कि उनी उनीहरूको राजा हुनपर्छ; त्यसकारण, उनीहरूले अन्टी-नफी-लहीका जनविरुद्द हतियार उठाए।

अब राजाले अधिराज्य आफ्ना छोरालाई दिए र उनले उनको नाउँ अन्टी-नफी-लही बोलाए।

अनि लमानीहरूले परमेश्वरका जनविरुद्ध युद्ध गर्न तयारी गर्न थालेको सोही वर्ष राजाको मृत्यु भयो।

अब जब अम्मोन र उनका बन्धुहरू र उनीसँग आएका सबैले लमानीहरूले उनीहरूका बन्धुहरूलाई विनाश गर्न तयारी गरेको देखे, उनीहरू मिद्धानको भूमिमा आए र अम्मोनले उनका सबै बन्धुहरूलाई भेटे; अनि त्यहाँबाट इश्माएलको भूमिमा आए कि उनीहरूले लमोनीसँग र उनका भाइ अन्टी-नफी-लहीसँग पनि बैठक बस्न सकून्, कि उनीहरूले आफ्नो सुरक्षा गर्न लमानीहरूविरुद्ध के गर्नु पर्दछ।

अब त्यहाँ परमप्रभुमा परिवर्तित भएका सबै जनमध्ये उनीहरूका बन्धुहरूका विरुद्ध हतियारहरू उठाउने एक जीवात्मा पनि थिएन; होइन, उनीहरूले युद्धको तयारी समेत गरेनन्, हो र उनीहरूका राजाले पनि उनीहरूलाई आज्ञा दिएका थिए कि उनीहरूले त्यसो गर्न हुँदैन।

अब, यी वचनहरू हुन् जुन उनले जनसामु यस विषयका बारेमा भने: म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु, मेरा प्रिय जन, कि हाम्रो महान् परमेश्वरले कृपामा हाम्रा यी बन्धुहरू, नफीहरूलाई हामीसामु, हामीलाई प्रवचन दिन र हाम्रा दुष्ट पितापुर्खाहरुका परम्पराहरूका बारेमा विश्वास दिलाउन पठाउनुभयो।

अनि हेर, म मेरो महान् परमेश्वरलाई धन्यवाद दिन्छु कि हाम्रा हृदयहरूलाई कोमल पार्न उहाँले आफ्नो आत्माको एक अंश हामीलाई दिनुभएको छ, कि हामीहरूले यी हाम्रा बन्धुहरू, नफीहरूसँग सम्पर्क खोलेका छौँ।

अनि हेर, म मेरा परमेश्वरलाई यो पनि धन्यवाद दिन्छु, कि यो सम्पर्क खोलेर, हामीलाई हाम्रा पापहरू र हामीले गरेका धेरै हत्याहरूको बारेमा विश्वास दिलाइएको छ।

१० अनि म मेरा परमेश्वरलाई, हो, मेरा महान् परमेश्वरलाई यो पनि धन्यवाद दिन्छु कि उहाँले हामीलाई यी कुराहरू दिनुभएको छ कि हामीले यी कुराहरूको पश्चात्ताप गर्न सकौँ, अनि यो पनि कि उहाँले हामीले गरेका धेरै पापहरू र हत्याहरूको क्षमा दिनुभएको छ र आफ्नो पुत्रको योग्यता मार्फत्, दोष हाम्रा हृदयहरूबाट लगिदिनुभएको छ।

११ अनि अब हेर, मेरा बन्धुहरू, किनकि हामीले गरेका हाम्रा सबै पापहरू र हत्याहरूको पश्चात्ताप गर्न र हाम्रा हृदयहरूबाट तिनीहरूलाई परमेश्वरले हटाइदिन हामीले गर्न सक्ने सबै गरेका छौँ (जब कि सम्पूर्ण मानव जातिमा सबैभन्दा बढी हराइएका हामी थियौँ), किनकि परमेश्वरअगाडि पर्याप्त पश्चात्ताप गर्न हामीले गर्न सक्ने सबै यो थियो कि उहाँले हाम्रा दाग हटाइदिनु हुन्छ—

१२ अब, मेरा अति प्रिय बन्धुहरू, किनकि परमेश्वरले हाम्रा कलङ्कहरू हटाइदिनुभएको छ र हाम्रा तरबारहरू चम्किला बनेका छन्, त्यसैले हाम्रा तरबारहरूलाई हाम्रा बन्धुहरूका रगतले अरु कलाङ्कीत नबनाऔँ।

१३ हेर, म तिमीहरूलाई भन्छु, होइन, हामीले हाम्रा तरबारहरू राखौँ कि तिनलाई हाम्रा बन्धुहरूका रगतको कलाङ्क नलागून्; किनकि सम्भवत:, यदि हामीले हाम्रा तरबारहरूलाई फेरि कलाङ्क लगायौँ भने, ती हाम्रा पापहरूको प्रयाश्चित्तका निम्ति बगाइने हाम्रा महान् परमेश्वरका पुत्रको रगतमार्फत् चम्किलो बनाइने गरी अरु धुन सकिँदैन।

१४ अनि महान् परमेश्वरले हामीमाथि कृपा गर्नुभएको छ र यी कुराहरू हामीलाई अवगत गराउनु भएको छ कि हाम्रो नाश नहोस्; हो, उहाँले यी कुराहरू हामीलाई हुनुभन्दा पहिलेनै अवगत गराउनु भएको छ, किनभने उहाँले हाम्रा जीवात्माहरूलाई माया गर्नुहुन्छ र उहाँले हाम्रा छोराछोरीहरूलाई माया गर्नुहुन्छ; त्यसकारण, उहाँको कृपामा उहाँले आफ्ना स्वर्गदूतहरूद्वारा हामीलाई भेट्नुहुन्छ, कि मुक्तिको योजना हामीलाई र हाम्रा भावी पिँढीहरूलाई अवगत गराइयोस्।

१५ हे, हाम्रा परमेश्वर कति कृपालु हुनुहुन्छ! अनि अब हेर, किनकि हाम्रा दागहरू हामीबाट हटाउन हामीले गर्न सक्ने जति गरेका छौँ र हाम्रा तरबारहरू चम्किला बनाइएका छन्, हामीले ती लुकाऔँ, कि ती चम्किला रहून्, त्यो अन्तिम दिनमा हाम्रा परमेश्वरलाई एक गवाहीका रुपमा, अथवा त्यस दिनमा जब हामीलाई न्याय गरिन उहाँअगाडि खडा हुन ल्याइने छ, कि उहाँले हामीलाई उहाँका वचनहरू दिनुभयो र त्यसैबाट हामीलाई सफा बनाएदेखि हामीले हाम्रा तरबारहरू हाम्रा बन्धुहरूका रगतबाट कलङ्कीत बनाएका छैनौँ।

१६ अनि अब, मेरा बन्धुहरू, यदि हाम्रा बन्धुहरूले हाम्रो विनाश गर्न खोज्छन् भने, हेर, हामीले हाम्रा तरबारहरू लुकाउने छौँ, हो, हामीले तिनलाई पृथ्वीभित्र समेत गहिरोसँग गाड्नेछौँ, कि ती चम्किला रहून्, अन्तिम त्यस दिनमा; एक गवाहीको रुपमा कि ती हामीले कहिल्यै प्रयोग गरेनौँ, यदि हाम्रा बन्धुहरूले हामीलाई विनाश गरे भने, हेर, हामी हाम्रा परमेश्वरमा जानेछौं र हामीलाई बचाइनेछ।

१७ अनि अब यस्तो हुन गयो कि जब राजाले यी भनाइहरूको अन्त्य गरेका थिए र सबै जन एक साथ भेला भएका थिए, उनीहरूले आफ्ना तरबारहरू र मानिसको रगत बगाउन प्रयोग गरिएका सबै हतियारहरू लगे र उनीहरूले ती पृथ्वीभित्र गहिरोसँग गाडे।

१८ अनि उनीहरूले यसो गरे, यो उनीहरूको दृष्टिमा परमेश्वरसामु र मानिसहरूसामु पनि एक गवाही भएकाले, कि उनीहरूले हतियारहरू मानिसको रगत बगाउन फेरि कहिल्यै प्रयोग गर्ने छैनन्; र उनीहरूले यसो गरे, परमेश्वरसँग पुष्टि गर्दै र करार गर्दै, कि उनीहरूका बन्धुहरूको रगत बगाउनभन्दा उनीहरू आफ्ना जीवनहरू दिनेछन्; र एक बन्धुबाट लिनभन्दा उनीहरू उनलाई दिनेछन्; र आलस्यमा उनीहरूका दिनहरू बिताउनभन्दा उनीहरू आफ्ना हातहरूले प्रचूरमात्रामा परिश्रम गर्नेछन्।

१९ अनि यसरी हामी देख्छौँ कि, जब यी लमानीहरूलाई सत्यतामा विश्वास गर्न र चिन्न ल्याइएको थियो, उनीहरू स्थिर थिए र पाप गर्न भन्दा उनीहरू मृत्य सहन्थे; र यसरी हामी देख्न सक्छौँ कि उनीहरूले आफ्ना शान्तिका हतियारहरू गाडे, अथवा शान्तिका निम्ति, उनीहरूले युद्धका हतियारहरू गाडे।

२० अनि यस्तो हुन गयो कि उनीहरूका बन्धुहरू, लमानीहरू, युद्धको तयारीहरू गरे र राजाको विनाश गरेर र उनको सट्टामा अर्को स्थापना गर्ने र अन्टी-नफी-लहीका जनलाई भूमिबाट विनाश गर्ने प्रयोजनका निम्ति नफीको भूमिसम्म आए।

२१ अब जब जनले देखे कि उनीहरू आफूविरुद्ध आइरहेका थिए उनीहरू उनीहरूलाई भेट्न गए र उनीहरू तिनीहरूअगाडि पृथ्वीमा लम्पसार परे र परमप्रभुको नाउँ लिन थाले; र यसरी उनीहरू यो प्रवृतिमा थिए जब लमानीहरू उनीहरूमाथि जाइलाग्न थाले र उनीहरूलाई तरबारले बध गर्न थाले।

२२ अनि यसरी कुनै प्रतिरोधबिना, उनीहरूले उनीहरूमध्ये एक हजार पाँचको बध गरे; र हामीलाई थाहा छ कि उनीहरू आशीषित छन्, किनकि उनीहरू आफ्नो परमेश्वरसँग बस्न गएका छन्।

२३ अब जब लमानीहरूले देखे कि उनीहरूका बन्धुहरू तरबारबाट भागेनन्, न त उनीहरू दाहिने हाततिर फर्के अथवा देब्रेतिर, तर उनीहरू भूइँमा पल्टिए र नाश भए र परमेश्वरको जयजयकार गरे, तरबार मुनि नाश हुने सोही कार्यमा समेत—

२४ अब जब लमानीहरूले यो देखे उनीहरूले उनीहरूको बध गर्न रोके; र त्यहाँ धेरै थिए जसका हृदयहरू तरबारमुनि ढलेका उनीहरूका बन्धुहरूका निम्ति दु:खी भएका थिए, किनकि उनीहरूले आफूले गरेका कुराहरूको पश्चात्ताप गरे।

२५ अनि यस्तो हुन गयो कि उनीहरूले आफ्ना युद्धका हतियारहरू फ्याँके र उनीहरूले ती फेरि लिएनन्, किनकि उनीहरू आफूले गरेका हत्याहरूका निम्ति चिलिएका थिए; र उनीहरू आफ्ना बन्धुहरूजस्तै तल आए, उनीहरूका कृपाहरूमा भर पर्दै जसका पाखुराहरू उनीहरूलाई बध गर्न उठाइएका थिए।

२६ अनि यस्तो हुन गयो कि त्यो दिन परमेश्वरका जनमा सम्मिलित भएकाहरू बध गरिएका सङ्ख्याभन्दा बढी थिए; अनि ती जो बध गरिएका थिए उनीहरू धर्मी जन थिए, त्यसकारण, हामीलाई सङ्का गर्ने कुनै कारण छैन कि उनीहरू बचे।

२७ अनि त्यहाँ उनीहरूमाझ एउटा पनि दुष्ट मानिसको बध गरिएको थिएन; तर त्यहाँ हजारभन्दा बढीलाई सत्यताको ज्ञानमा ल्याइएको थियो; यसरी हामी देख्न सक्छौँ कि परमप्रभु धेरै तरिकाहरूबाट आफ्ना जनको मुक्तिका लागि काम गर्नुहुन्छ।

२८ अब आफ्ना त्यति धेरै बन्धुहरूको बध गर्ने लमानीहरूमध्येको सबभन्दा बढी सङ्ख्या अमालेकीहरू र अमुलोनीहरू थिए, जसको सबभन्दा बढी सङ्ख्या नेहोरको अनुक्रमअनुसार थिए।

२९ अब, परमप्रभुका जनमा सम्मिलित हुनेहरूमाझ, त्यहाँ कोही अमालेकीहरू र अमुलोनीहरू थिएनन्, अथवा जो नेहोरको अनुक्रमका थिए, तर उनीहरू लमान र लेमुएलका वास्तविक सन्ततीहरू थिए।

३० अनि यसरी हामी स्पष्टताका साथ छुट्याउन सक्छौँ, कि जन एक पटक परमेश्वरको आत्माद्वारा ज्ञान पाएर र धार्मिकतासँग सरोकारका कुराहरूको महान् ज्ञान पाएपछि र त्यसपछि पाप र उल्लङ्घनमा पतन हुन्छन् भने, उनीहरू अझ बढी कठोर बन्दछन् र यसरी उनीहरूको अवस्था उनीहरूले यी कुराहरू कहिल्यै थाहा नपाएको भन्दा पनि खराब हुन्छ।