धर्मशास्त्रहरू
अल्मा ३२


अध्याय ३२

अल्माले कष्टले विनम्र बनाएका गरिबलाई सिकाउँछन्—नदेखिने सत्य माथिको आशा आस्था हो—अल्माले गवाही दिन्छन् कि स्वर्गदूतहरूले मानिस, स्त्रीहरू र बालबालिकाहरूको सेवा गर्छन्—अल्माले वचनलाई एक बीउसँग तुलना गर्दछन्—यसलाई रोप्नु पर्दछ र पालनपोषण गर्नुपर्दछ—तब यो बढेर एक वृक्ष हुनेछ जसबाट अनन्त जीवनको फल टिपिन्छ। लगभग ई.पू. ७४।

अनि यस्तो हुन गयो कि उनीहरू अघि गए र परमेश्वरका वचन जनसामु प्रचार गर्न थाले, उनीहरूको सभाघरहरूमा र उनीहरूका घरहरूमा प्रवेश गर्दै; उनीहरूका सडकहरूमा समेत उनीहरूले वचनको प्रचार गरे।

अनि यस्तो हुन गयो कि उनीहरूमाझ धेरै परिश्रमपछि, उनीहरूले जनका गरिब बर्गमाझ सफलता पाउन थाले; किनकि हेर, उनीहरूलाई आफ्नो वस्त्रको असिष्टताको कारण सभाघरबाट निकाला गरिएको थियो—

त्यसकारण उनीहरूलाई परमेश्वरको आराधना गर्न सभा-घरभित्र प्रवेश गर्न अनुमति दिइएन, घिनलाग्दो ठानेर; त्यसकारण उनीहरू गरिब थिए; हो, उनीहरूका बन्धुहरूले उनीहरूलाई किट ठानेका थिए; त्यसकारण उनीहरू संसारका कुराहरूमा गरिब थिए; र हृदयमा पनि उनीहरू गरिब थिए।

अब, जब अल्माले जनसामु ओनीदाहको डाँडामा सिकाइरहेका र बोलिरहेका थिए, त्यहाँ ठूलो भीड उनीसामु आयो, जसका बारेमा हामीहरू बोलिरहेका छौँ, जो हृदयमा गरिब थिए, संसारका कुराहरूमा उनीहरूको गरिबीका कारण।

अनि उनीहरू अल्मासामु आए; र उनीहरूमध्येका सबभन्दा अगाडिकोले उनीसामु भन्यो: हेर, मेरा यी बन्धुहरूले के गर्ने, किनकि उनीहरूलाई तिनीहरूको गरिबीको कारण सबै मानिसहरूबाट अपमान गरिन्छ, हो, विशेष गरी हाम्रा पादरीहरूद्वारा; किनकि हामीले हाम्रा हातहरूद्वारा प्रचूर मात्रामा परिश्रम गरी बनाएका हाम्रा सभा-घरहरूबाट उनीहरूले हामीलाई निकाला गरेका छन्; र हाम्रो अत्यन्त गरिबीको कारण उनीहरूले हामीलाई निकाला गरेका हुन्; हामीले हाम्रा परमेश्वरको आराधना गर्ने कुनै ठाउँ छैन; अनि हेर, हामीले के गर्ने?

अनि अब जब अल्माले यो सुने, उनले आफैलाई पूरा फर्काए, आफ्नो अनुहार सिधै उनीतिर फर्काए र उनले महान् खुसीका साथ हेरे; किनकि उनले देखे कि उनीहरूका कष्टहरूले उनीहरूलाई साँचै विनम्र बनाएको थियो र उनीहरू वचन सुन्न तयारीमा थिए।

त्यसकारण उनले अर्को भीडलाई थप अरु भनेनन्; तर उनले आफ्ना हात फैलाएर बिन्ती गरे र आफूले देखेका तिनीहरूलाई, जो साँचै नै पछुताएका थिए, उनीहरूसामु भने:

मैले हेरेँ कि तिमीहरू हृदयमा विनम्र छौ; यदि त्यसो भए, तिमीहरू आशीषित छौ।

हेर तिम्रा दाजुभाइले भनेका छन्, हामीले के गर्ने?—किनकि हामीलाई हाम्रा सभा-घरहरूबाट निकाला गरिएको छ, कि हामी आफ्ना परमेश्वरको आराधना गर्न सक्दैनौँ।

१० हेर म तिमीहरूसामु भन्दछु, के तिमीहरू ठान्छौ कि तिमीहरूले तिमीहरूको सभा-घरहरूमा बाहेक अन्यत्र परमेश्वरको आराधना गर्न सक्दैनौ?

११ अझ अरु, म सोध्न चाहान्छु, के तिमीहरू ठान्दछौ कि तिमीहरूले हप्तामा एक दिन मात्र आराधना गर्नुपर्छ?

१२ म तिमीहरूसामु भन्दछु, यो ठीक हो कि तिमीहरूलाई तिमीहरूका सभाघरहरूबाट निकाला गरिएको छ, कि तिमीहरू विनम्र होओ र तिमीहरूले विवेक सिक्न सक; किनकि यो आवश्यक छ कि तिमीहरूले विवेक सिक्नुपर्छ; किनकि यो किनभने कि तिमीहरूलाई निकाला गरिएको छ, कि तिमीहरूलाई आफ्ना बन्धुहरूद्वारा अपमान गरिएको छ तिमीहरूको अत्यन्त गरिबीका कारण, कि तिमीहरूलाई हृदयको विनम्रतामा ल्याइएको छ; किनकि तिमीहरूलाई आवश्यकतापुर्वक विनम्र हुन ल्याइएको हो।

१३ अनि अब, किनभने तिमीहरूलाई विनम्र हुन बाध्य गराइएको छ तिमीहरू आशीषित होऊ; किनकि मानिस कहिलेकाहीँ, यदि उसलाई विनम्र हुन बाध्य गरिएमा, पश्चात्ताप खोज्दछ; अनि अब निश्चय नै, जसले पश्चात्ताप खोज्दछ उसले कृपा फेला पार्छ र जसले कृपा फेला पार्छ र अन्त्यसम्म सहन्छ उसलाई बचाइनेछ।

१४ अनि अब, जसरी मैले तिमीहरूसामु भनेँ, कि किनभने तिमीहरूलाई विनम्र हुन बाध्य गराइएको छ तिमीहरू आशीषित होऊ, के तिमीहरू ठान्दछौँ कि वचनका कारण आफैँ साँचै विनम्र हुनेहरू बढी अशिषित छन्?

१५ हो, ऊ जो साँचै आफैँ विनम्र हुन्छ र आफ्ना पापहरूको पश्चात्ताप गर्छ र अन्त्यसम्म सहन्छ, ऊ आशीषित हुनेछ—हो, आफ्ना गरिबीका कारण विनम्र हुन बाध्य गराइएकाहरूभन्दा बढी अशिषित हुनेछ।

१६ त्यसकारण, विनम्र हुन बाध्य नगराइकन आफैँ विनम्र हुनेहरू आशीषित होऊन्; अथवा अर्को शब्दमा, ऊ आशीषित होओस् जो परमेश्वरका वचनमा विश्वास गर्छ र हृदयको हठीपना बिना बप्तिस्मा लिन्छ, हो, उनीहरूले विश्वास गर्नुभन्दा अगाडि वचनको ज्ञानमा नल्याईकन, अथवा जान्न बाध्य नगरीकन।

१७ हो, त्यहाँ धेरै छन् जो भन्दछन्: यदि तिमीले हामीसामु स्वर्गबाट एक चिन्ह देखायौ भने, तब हामी निश्चितताका साथ थाहापाउनेछौँ; तब हामी विश्वास गर्नेछौँ।

१८ अब, म सोध्दछु, के यो आस्था हो? हेर, म तिमीहरूसामु भन्दछु, होइन; किनकि यदि मानिसलाई कुरा थाहा छ भने उसलाई विश्वास गर्नुपर्ने कुनै कारण छैन, किनकि उसलाई यो थाहा छ।

१९ अनि अब, जसलाई परमेश्वरको इच्छा थाहा छ र त्यो गर्दैन ऊ कति बढी श्रापित छ, ऊ भन्दा जो विश्वास मात्रै गर्छ अथवा विश्वास गर्ने कारण मात्र छ र उल्लङ्घनमा पतन भएको छ?

२० अब यी कुराको तिमीहरूले मूल्याङ्कन गर्नु पर्छ। हेर, म तिमीहरूसामु भन्छु, कि यो एक हातमा जे छ अर्को हातमा उस्तै छ; अनि प्रत्येक मानिसमा यो उसको कार्यअनुसार हुनेछ।

२१ अनि अब जसरी मैल तिमीहरूलाई आस्थाका बारेमा भने—आस्था कुराहरूको पूर्ण ज्ञान हुनु होइन; त्यसकारण यदि तिमीहरूसँग आस्था छ भने तिमीहरू ती कुराहरूमा आशा गर्छौ, जुन देखिँदैनन्, जुन सत्य छन्।

२२ अनि अब, हेर, म तिमीहरूसामु भन्छु र म चाहन्छु कि तिमीहरूले सम्झनु पर्छ, कि परमेश्वर उहाँको नाउँमा विश्वास गर्नेहरू सबैप्रति कृपालु हुनुहुन्छ; त्यसकारण उहाँले चाहानुहुन्छ, सबैभन्दा पहिले, कि तिमीहरूले विश्वास गर्नु पर्दछ, हो, उहाँका वचनमा समेत।

२३ अनि अब उहाँले आफ्ना वचन स्वर्गदूतमार्फत् पुरुषहरूसामु दिनुहुन्छ, हो, पुरुषहरूलाई मात्र होइन स्त्रीहरूलाई पनि। अब यो सबै होइन; साना बालबालिकाहरूलाई पनि धेरै पटक उनीहरूलाई वचनहरू दिइएको छ, जुनले विवेकी र शिक्षितलाई लज्जामा पार्दछन्।

२४ अनि अब, मेरा प्रिय बन्धुहरू, जसरी तिमीहरूले मबाट थाहा पाउने चाहाना गरेका छौ तिमीहरूले के गर्नुपर्छ किनभने तिमीहरूलाई कष्ट दिएको छ र निकाला गरिएको छ—अब म चाहान्न्ँ कि तिमीहरूले ठान्नु पर्छ कि सत्यअनुसार मात्र तिमीहरूको न्याय गर्नु मेरो अर्थ हो—

२५ किनकि मेरो अर्थ यो होइन कि तिमीहरू सबैलाई आफैँ विनम्र हुन बाध्य गराइएको छ; किनकि म साँचै विश्वास गर्छु कि तिमीहरूमाझ आफैँ विनम्र हुनेहरू कोही छौ, उनीहरूलाई उनीहरू जुन परिस्थितिमा छन् त्यही हुन देऊ।

२६ अब जसरी मैले आस्थाका बारेमा भनेँ—कि यो पूर्ण ज्ञान होइन—मेरा वचनहरू पनि त्यस्तै हुन्। जसरी आस्था पूर्ण ज्ञान होइन त्यसरी तिमीहरूले पहिला तिनका निश्चितताका बारेमा पूर्ण रुपमा थाहा पाउन सक्दैनौ।

२७ तर हेर, यदि तिमीहरूले आफ्ना शक्तिलाई, मेरा वचनहरूमाथि परीक्षणमा समेत उठायौ र जगायौ, अनि आस्थाको एक अंशको अभ्यास गऱ्यौ भने, हो, यदि तिमीहरूमा विश्वास गर्ने चाहनाभन्दा बढी हुन नसके पनि, यो चाहानालाई तिमीमा कार्य गर्न देओ, तिमीहरूले एक प्रकारले विश्वास गर्न नसकेसम्म कि तिमीहरूले मेरा वचनहरूको एक भागलाई स्थान दिन सक।

२८ अब, हामी वचनलाई एक बीउसँग तुलना गर्नेछौँ। अब, यदि तिमीहरूले स्थान दियौ भने, कि बीउ तिमीहरूको हृदयमा रोपियोस्, यदि यो सत्य बीउ, अथवा असल बीउ भएमा, यदि तिमीहरूले यसलाई तिमीहरूको अविश्वासद्वारा यसलाई निकाला गरेनौ भने, कि तिमीहरूले परमप्रभुको आत्माको प्रतिरोध गर्नेछौ, हेर, यो तिमीहरूको छातीभित्र फुल्न थाल्ने छ र जब तिमीले यी फुल्ने भावनाहरूको अनुभव गर्छौ, तिमीहरूले आफ्नै भित्र भन्न थाल्नेछौ—यो आवश्यक छ कि यो असल बीउ हो, अथवा यो वचन असल वचन हो, किनकि यसले मेरो जीवात्मालाई फैलाउन थाल्छ; हो, यसले मेरो सुझबुझलाई ज्ञान दिन थाल्छ, हो, यो मेरो लागि मीठो हुन थाल्छ।

२९ अब हेर, के यसले तिम्रो आस्थालाई बढाउँदैन? म तिमीहरूलाई भन्दछु, बढाउँछ; तैपनि यो एक पूर्ण ज्ञानमा बढेको छैन।

३० तर हेर, जब यो बीउ फुल्दछ र उम्रन्छ र बढ्न थाल्छ, तब तिमीहरूले अवश्य भन्दछौ कि यो बीउ असल हो; किनकि हेर यो फुल्छ र उम्रन्छ र बढ्न थाल्छ। अनि अब, हेर, के यसले तिम्रो आस्थालाई बलियो बनाउँदैन? हो, यसले तिम्रो आस्थालाई बलियो बनाउँछ, किनकि तिमीहरूले भन्नेछौ मलाई थाहा छ कि यो असल बीउ हो; किनकि हेर यो उम्रन्छ र बढ्न थाल्छ।

३१ अनि अब, हेर, के तिमीहरू निश्चित छौ कि यो एक असल बीउ हो? म तिमीहरूलाई भन्दछु, हो; किनकि प्रत्येक बीउले आफूजस्तै फल ल्याउँछ।

३२ त्यसकारण, यदि बीउ बढ्दछ भने यो असल हो, तर यदि यो बढ्दैन भने, हेर यो असल होइन, त्यसकारण यसलाई निकाला गरिन्छ।

३३ अनि अब, हेर, किनभने तिमीहरूले परीक्षण गरेका छौ र बीउ रोपेका छौ र यो फुल्दछ र उम्रन्छ र बढ्न थाल्दछ, तिमीहरूले थाहा पाउन आवश्यक छ कि बीउ असल हो।

३४ अनि अब, हेर, के तिम्रो ज्ञान पूर्ण छ? हो, तिमीहरूको ज्ञान त्यो कुरामा पूर्ण छ र तिमीहरूको आस्था निष्क्रिय छ; र यो किनभने तिमीहरूलाई थाहा छ, किनकि तिमीहरूलाई थाहा छ कि वचनले तिमीहरूको जीवात्मालाई प्रफुलित बनाएको छ र तिमीहरूलाई यो पनि थाहा छ कि यो उम्रेको छ र तिमीहरूको सुझबुझले ज्ञान पाउन थाल्दछ र तिमीहरूको मस्तिष्क विस्तारित हुन थाल्दछ।

३५ हे त्यसो भए, के यो सत्य होइन? म तिमीहरूलाई भन्छु, हो, किनभने यो प्रकाश हो; र जे प्रकाश हो त्यो असल हो, किनभने यो बुझ्न सकिन्छ, त्यसकारण तिमीहरूले जान्न पर्दछ कि यो असल हो; र अब हेर, तिमीहरूले यो प्रकाश चाखेपछि के तिम्रो ज्ञान पूर्ण छ?

३६ हेर म तिमीहरूसामु भन्छु, होइन, न त तिमीहरूले आफ्नो आस्थालाई त्याग्न पर्छ, किनकि तिमीहरूले बीउ रोप्न आफ्नो आस्थाको अभ्यास मात्र गरेका छौ कि तिमीहरूले यदि यो बीउ असल हो कि भनी परीक्षण गर्न सकोस्।

३७ अनि हेर, जब वृक्ष बढ्न थाल्दछ, तिमीहरूले भन्नेछौ: हामी यसको अत्याधिक हेरविचारका साथ पालनपोषण गरौँ, कि यसले जरा हाल्न साकोस्, कि यो बढ्न सकोस् र हामीलाई फल दिन सकोस्। अनि अब हेर, यदि तिमीहरूले धेरै हेरविचारका साथ पालनपोषण गऱ्यौ भने, यसले जरा हाल्नेछ र बढ्नेछ र फल दिनेछ।

३८ तर यदि तिमीहरूले वृक्षको बेवास्ता गर्र्यौ र यसको पालनपोषणको कुनै विचार गरेनौ भने, हेर यसले कुनै जरा हाल्ने छैन; र जब सूर्यको ताप आउँदछ र यसलाई डढाउँछ, किनभने यसको जरा छैन यो ओइलाउनेछ र तिमीहरूले यसलाई उखाल्ने छौ र फ्याँक्ने छौ।

३९ अब, यो बीउ असल नभएको कारणले होइन, न त यो त्यसको फल चाहाना योग्य नभएको कारणले हो; यो तिमीहरूको जमिन बाँझो भएको कारणले हो, अनि तिमीहरूले वृक्षको पालनपोषण नगरेर हो, त्यसकारण तिमीहरूले त्यसको फल पाउन सक्दैनौ।

४० अनि त्यसरी, यदि तिमीहरूले आस्थाको एक दृष्टिका साथ त्यो फलको प्रतीक्षा गर्दै वचनको पालनपोषण गरेनौ भने, तिमीहरूले कहिल्यै जीवनको वृक्षको फल टिप्न सक्नेछैनौ।

४१ तर यदि तिमीहरूले वचनको पालनपोषण गऱ्यौ, हो जब यो बढ्न थाल्दछ, तिमीहरूको आस्थाद्वारा ठूलो लगनशीलताका साथ र धैर्यका साथ, त्यसको फलको प्रतीक्षा गर्दै पालनपोषण गऱ्यौ भने, यसले जरा हाल्नेछ; र हेर यो वृक्ष अजर जीवनमा बढ्नेछ।

४२ अनि यसको पोषणमा तिमीहरूको वचनसँगको लगनशीलताको र तिमीहरूको आस्थाको र तिमीहरूको धैर्यका कारण, कि यसले तिमीमा जरा हाल्न सक्छ, हेर छिट्टै तिमीहरूले यसको फल टिप्न सक्नेछौ, जुन सबभन्दा मूल्यवान छ, जुन सबै गुलियो भन्दा गुलियो छ र जुन सबै सेतोभन्दा सेतो छ, हो र सबै शुद्धभन्दा शुद्ध छ; र तिमीहरूले आफू नअघाइन्जेलसम्म यो फलमा भोज गर्नेछौ, कि तिमीहरू भोकाउने छैनौ, न त तिमीहरू तिर्खाउने छौ।

४३ तब, मेरा बन्धुहरू, तिमीहरूसामु त्यो वृक्षको फल ल्याउने प्रतीक्षा गर्दाको तिमीहरूको आस्थाको र तिमीहरूको लगनशीलताको र धैर्यको र शहनशीलताको तिमीहरूले पुरस्कार पाउनेछौ।