धर्मशास्त्रहरू
अल्मा ५


परमेश्वरको पवित्र अनुक्रमअनुसारका उच्च पादरी अल्माले जनसामु भूमिभरि उनीहरूको सहरहरू र गाउँहरूमा दिएका वचनहरू।

अध्याय ५ बाट आरम्भ

अध्याय ५

मुक्ति प्राप्त गर्न, मानिसले पश्चात्ताप गर्नुपर्दछ र आज्ञाहरू पालना गर्नुपर्दछ, पुन: जन्मनु पर्दछ, उनीहरूका वस्त्र ख्रीष्टको रगतमार्फत् सफा पारिनु पर्छ, विनम्र हुनुपर्छ, घमण्ड र ईर्ष्यालाई त्याग्नुपर्छ र धार्मिक कार्यहरू गर्नु पर्छ—असल गोठालो उहाँका जनलाई बोलाउनुहुन्छ—दुष्ट कार्य गर्नेहरू सैतानका छोराछोरीहरू हुन्—अल्मा उहाँको सिद्धान्तको सत्यताको गवाही दिन्छन् र मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिन्छन्—धर्मीहरूका नाउँ जीवनको पुस्तकमा लेखिनेछ। लगभग ई.पू. ८३।

अब यस्तो हुन गयो कि अल्माले जनसामु परमेश्वरका वचन दिन थाले, पहिला जरहेम्लाको भूमिमा र त्यहाँबाट सबै भूमिभरि।

अनि जरहेम्लाको सहरमा स्थापित चर्चमा जनसामु उनले बोलेका वचनहरू यी थिए, उनको आफ्नो अभिलेखअनुसार, यसो भन्दै:

म अल्मा, मेरा पिता, अल्माद्वारा, परमेश्वरको चर्चमाथि उच्च पादरी हुन पवित्रीकृत गराइएकोले, उहाँले यी कुराहरू गर्न शक्ति र अधिकार परमेश्वरबाट पाएकाले, हेर, म तिमीहरूसामु भन्दछु कि उहाँले नफीको सिमानाहरूमा रहेको भूमिमा एक चर्चको स्थापना गर्न थाल्नुभयो; हो, त्यो भूमि जसलाई मोर्मोनको भूमि भनिन्थ्यो; हो, उहाँले आफ्ना बन्धुहरूलाई मोर्मोनका पानीमा बप्तिस्मा दिनुभयो।

अनि हेर, म तिमीहरूसामु भन्छु, उनीहरूलाई, परमेश्वरको कृपा र शक्तिद्वारा नोआ राजाका जनका हातहरूबाट मुक्त गरिएको थियो।

अनि हेर, त्यसपछि, उनीहरूलाई उजाड स्थानमा लमानीहरूका हातहरूद्वारा दासत्वमा ल्याइयो; हो, म तिमीहरूसामु भन्दछु, उनीहरू बन्धनमा थिए, अनि पुन: परमप्रभुले उहाँका वचनको शक्तिद्वारा उनीहरूलाई दासत्वबाट मुक्त गर्नुभयो; अनि हामीहरूलाई यो भूमिमा ल्याइयो र यहाँ हामीले यो भूमिभरि परमेश्वरको चर्च स्थापना गर्न थाल्यौँ।

अनि अब हेर, म तिमीहरूसामु भन्दछु, मेरा बन्धुहरू, तिमीहरू जो चर्च अन्तर्गत छौ, के तिमीहरूले आफ्ना पितापुर्खाहरुको बन्धनलाई पर्याप्तमात्रामा सम्झनामा राखेका छौ? हो र के तिमीहरूले उनीहरूप्रतिको उहाँको कृपा र धीरतालाई पर्याप्तमात्रामा सम्झनामा राखेका छौ? अनि अरु, के तिमीहरूले पर्याप्तमात्रामा सम्झनामा राखेका छौ कि उहाँले उनीहरूका जीवात्माहरूलाई नरकबाट मुक्त गर्नुभएको छ।

हेर, उहाँले उनीहरूका हृदयलाई परिवर्तन गर्नुभयो; हो, उहाँले उनीहरूलाई गहिरो निन्द्राबाट बिउझाउनुभयो र उनीहरू परमेश्वरमा व्युँझे। हेर, उनीहरू अन्धकारको माझमा थिए; तैपनि, उनीहरूको जीवात्माहरू चीरस्थायी वचनको प्रकाशद्वारा प्रज्ज्वलित थिए; हो, उनीहरूलाई मृत्युको बन्धनहरूले र नरकका साङ्गलाहरूले वरिपरि घेरिएको थियो र एक चीरस्थायी विनाशले उनीहरूलाई पर्ख्यो।

अनि अब म तिमीहरूलाई सोध्छु, मेरा बन्धुहरू, के उनीहरू विनाश भए? हेर, म तिमीहरूसामु भन्छु, भएनन्, उनीहरू भएनन्।

अनि फेरि म सोध्दछु, के मृत्युका बन्धनहरू र उनीहरूको वरिपरि घेरिएका नरकका साङ्गलाहरू तोडिएका थिए, के ती खुकुलो बनाइएका थिए? म तिमीहरूसामु भन्छु, हो, तिनीहरू खुकुलो बनाइएका थिए र उनीहरूको जीवात्मा फैलियो र उनीहरूले उद्धार गर्ने माया गाए। अनि म तिमीहरूलाई भन्दछु कि उनीहरूलाई बचाइएको छ।

१० अनि अब म तिमीहरूलाई सोध्दछु कुन सर्तमा उनीहरूलाई बचाइएको छ? हो, के को आधारमा उनीहरूले मुक्तिको आशा गरेका थिए? उनीहरूको मृत्युका बन्धनहरू, हो र नरकका साङ्गलाहरू पनि खुकुलो हुनाको कारण के हो?

११ हेर, म तिमीहरूलाई भन्न सक्दछु—के मेरा पिता अल्माले अबिनादीको मुखबाट दिइएका वचनहरूमा विश्वास गर्नुभएन? र के उहाँ पवित्र अगमवक्ता हुनुहुन्नथ्यो? के उहाँले परमेश्वरका वचन बोल्नुभएन र मेरा पिता अल्माले तिनमा विश्वास गर्नुभयो?

१२ अनि उहाँको आस्थाअनुसार उहाँको हृदयमा एक शक्तिशाली परिवर्तन भएको थियो। हेर म तिमीहरूसामु भन्दछु कि यो सबै सत्य हो।

१३ अनि हेर, उहाँले तिमीहरूका पिताहरूसामु वचनको प्रचार गर्नुभयो र उनीहरूमा पनि शक्तिशाली परिवर्तन ल्याइयो र उनीहरूले आफैँलाई विनम्र बनाए र उनीहरूको भरोसा साँचो र जीवित परमेश्वरमा राखे। अनि हेर, उनीहरू अन्त्यसम्म आस्थावान थिए; त्यसकारण उनीहरूलाई बचाइयो।

१४ अनि अब हेर, म तिमीहरूलाई सोध्दछु, मेरा चर्चका बन्धुहरू, के तिमीहरूलाई आत्मिक रुपमा परमेश्वरबाट जन्माइएको छ? के तिमीहरूले उहाँको स्वरूप तिम्रो मुहारमा प्राप्त गरेका छौ? के तिमीहरूले आफ्ना हृदयमा यो शक्तिशाली परिवर्तन अनुभव गरेका छौ?

१५ के तिमीहरूले तिमीहरूको सृष्टि गर्ने उहाँको उद्धारमा आस्थाको अभ्यास गरेका छौ? मरणशील शरीरमा गरिएका कार्यहरूअनुसार न्याय गरिन परमेश्वरअगाडि खडा हुन के तिमीहरूले आस्थाको नजरका साथ प्रतीक्षा गर्दछौ र यो मरणशीललाई अमरत्वमा उठाइएको र अपभ्रंसलाई शुद्धतामा उठाइएको सोच्दछौ?

१६ म तिमीहरूसामु भन्दछु, के तिमीहरूले आफैँलाई कल्पना गर्न सक्छौ कि तिमीहरूले त्यो दिनमा परमप्रभुको आवाज सुन्छौ, तिमीहरूसामु यसो भन्दै: मसमक्ष आऊ तिमी आशीषित, किनकि हेर, पृथ्वीको सतहमाथिका तिम्रा कार्यहरू धार्मिकताका कार्यहरू भएका छन्?

१७ अथवा के तिमीहरूले आफैँले कल्पना गर्न सक्छौ कि तिमीहरूले त्यो दिनमा परमप्रभुसामु ढाँट्न र भन्न सक्छौ—परमप्रभु, हाम्रा कार्यहरू पृथ्वीको सतहमाथि धर्मी कार्यहरू भएका छन्—र उहाँले तिमीहरूलाई बचाउनु हुनेछ?

१८ अथवा अन्यथा, के तिमीहरूले आफैँ कल्पना गर्न सक्छौ परमेश्वरको न्यायलयअगाडि तिमीहरूका जीवात्मामाथि ल्याइएको दोष र पछुतोले भरिएर, तिमीहरूका सबै दोषको सम्झना भएर, हो, तिमीहरूका सबै दुष्टताको पूर्ण सम्झना, हो, त्यस्तो सम्झना कि तिमीहरूले परमेश्वरको आज्ञाको विरोधमा स्थापित गरेका छौ?

१९ म तिमीहरूसामु भन्दछु, के तिमीहरू त्यो दिन एक शुद्ध हृदय र सफा हातहरूका साथ परमेश्वरतिर हेर्न सक्छौ? म तिमीहरूसामु भन्दछु, परमेश्वरको स्वरुप तिमीहरूको मुहारमा कुँदिएर, के तिमीहरूले माथि हेर्न सक्छौ?

२० म तिमीहरूसामु भन्दछु, के तिमीहरूलाई बचाइएको सोच्न सक्छौ जब तिमीहरूले सैतानको दास बन्न आफैँलाई समर्पण गरेका छौ?

२१ म तिमीहरूसामु भन्दछु, तिमीहरूले त्यस दिनमा थाहा पाउनेछौ कि तिमीहरूले मुक्ति पाउन सक्नेछैनौ, किनकि कुनै पनि मानिस उसका वस्त्रहरू धोएर सफा नभए; हो, आफ्ना जनलाई उनीहरूका पापहरूबाट उद्धार गर्न आउनुहुन्छ भनेर हाम्रा पितापुर्खाहरुद्वारा बोलिएका उहाँको रगतमार्फत् उसका वस्त्रहरूका सबै दागहरूबाट शुद्ध नभइन्जेलसम्म कुनै पनि मानिसले मुक्ति पाउनेछैन।

२२ अनि अब म तिमीहरूलाई सोध्दछु, मेरा बन्धुहरू, तिमीहरूले कस्तो अनुभव गर्नेछौ, यदि तिमीहरू, तिमीहरूको वस्त्र रगत र सबै प्रकारका घिनलाग्दा कलङ्कहरू लागेर, परमेश्वरका न्यायलयअगाडि खडा हुनेछौ भने? हेर, ती कुराहरूले तिमीहरूविरुद्ध के गवाही दिन्छ?

२३ हेर के तिनले गवाही दिँदैनन् कि तिमीहरू हत्याराहरू हौ, हो र तिमीहरू सबै प्रकारका दुष्टताको दोषी पनि छौ?

२४ हेर, मेरा बन्धुहरू, के तिमीहरू ठान्दछौ कि त्यस्तो व्यक्तिले वस्त्रहरू सफा गरिएर निष्कलङ्क, शुद्ध र सफा भएका अब्राहामसँग, इसहाकसँग र याकूब र सबै पवित्र अगमवक्ताहरूसँग पनि परमेश्वरको अधिराज्यमा बस्ने ठाउँ पाउन सक्दछ?

२५ म तिमीहरूसामु भन्दछु, सक्दैन, तिमीहरूले हाम्रा सृष्टिकर्तालाई प्रारम्भदेखि झुटो नबनाए, अथवा नठाने कि प्रारम्भदेखि उहाँ झुठो हुनुहुन्छ, तिमीहरूले ठान्न सक्दैनौ कि त्यस्ताले स्वर्गको अधिराज्यमा स्थान पाउन सक्नेछ; तर उनीहरूलाई निकाला गरिनेछ किनकि उनीहरू सैतानको अधिराज्यका छोराछोरीहरू हुन्।

२६ अनि अब हेर, म तिमीहरूसामु भन्दछु, मेरा बन्धुहरू, यदि तिमीहरूले हृदयको परिवर्तन अनुभव गरेका छौ र यदि तिमीहरूले उद्धार गर्ने मायाको भजन गाउने चाहाना गरेका छौ भने, म तिमीहरूलाई सोध्दछु, के तिमीहरूले अहिले त्यस्तो अनुभव गर्न सक्छौ?

२७ के तिमीहरू, परमेश्वरअगाडि आफैँलाई विना दोष राखेर हिँडेका छौ? के तिमीहरू भन्न सक्छौ, यदि तिमीहरूलाई यो समयमा मर्न बोलाइयो भने, आफैँ भित्र, कि तिमीहरू पर्याप्त विनम्र भएका छौ? कि तिमीहरूका वस्त्रहरू उहाँका जनलाई उनीहरूका पापबाट उद्धार गर्न आउनुहुने ख्रीष्टको रगतमार्फत् सफा गरेर सफेद बनाइएको छ?

२८ हेर, के तिमीहरू घमण्डबाट बञ्चित छौ? म तिमीहरूसामु भन्दछु, यदि तिमीहरू छैनौ भने तिमीहरू परमेश्वरलाई भेट्न तयारी छैनौ। हेर तिमीहरूले छिट्टै तयार गर्नु पर्दछ, किनकि स्वर्गको अधिराज्य तुरुन्त आउँदैछ र त्यस्तोले अनन्त जीवन पाउँदैन।

२९ हेर, म भन्दछु, के तिमीहरूमध्ये एउटा छ जो ईर्ष्याबाट बञ्चित छैन? म तिमीहरूसामु भन्दछु कि त्यस्तो एउटा तयार छैन; र म चाहन्छु कि उसले छिट्टै तयारी गर्नुपर्छ, किनकि घडी नजिक आउँदैछ र उसलाई थाहा छैन त्यो समय कहिले आउँछ; किनकि त्यस्तोलाई निर्दोष फेला पारिनेछैन।

३० अनि फेरि म तिमीहरूसामु भन्दछु, के तिमीहरूमध्ये एउटा छ जसले आफ्ना दाजुभाइको खिल्ली उडाउँछ, अथवा कि उसमाथि सतावट थुपार्छ?

३१ धिक्कार छ त्यस्तालाई, किनकि ऊ तयार छैन र समय नजिकै छ कि उसले पश्चात्ताप गर्नुपर्दछ अन्यथा उसले मुक्ति पाउन सक्दैन!

३२ हो, दुष्टताका कामदार तिमीहरू सबैलाई समेत धिक्कार छ; पश्चात्ताप गर, पश्चात्ताप गर, किनकि परमप्रभु परमेश्वरले बोल्नुभएको छ!

३३ हेर, उहाँले सबै मानिसहरूसामु एक निमन्त्रणा पठाउनु हुन्छ, किनकि कृपाका बाहुहरू उनीहरूतिर फैल्याइएका छन् र उहाँ भन्नुहुन्छ: पश्चात्ताप गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।

३४ हो, उहाँ भन्नुहुन्छ: मसमक्ष आऊ र तिमीहरूले जीवनको वृक्षको फल खानेछौ; हो, तिमीहरूले जीवनको रोटी र पानी सित्तैमा खानेछौ र पिउनेछौ;

३५ हो, मसमक्ष आओ र धार्मिकताका कार्यहरूलाई अघि ल्याओ र तिमीहरूलाई काटेर ढालिनेछैन र आगोमा फ्याकिनेछैन।

३६ किनकि हेर, समय नजिक छ कि जसले असल फल ल्याउँदैन, अथवा जसले धार्मिकताका कार्यहरू गर्दैन, उसले विलाप गर्ने र शोक गर्ने कारण छ।

३७ हे दुष्टताको कार्य गर्ने तिमीहरू, तिमीहरू जो संसारका व्यर्थ कुराहरूमा फुलिएका छौ, तिमीहरू जो आफूलाई धार्मिकताको मार्ग थाहा छ भन्छौ तैपनि पथभ्रष्ट भएका छौ, गोठालो नभएकाको भेडा झैँ, तिमीहरूलाई बोलाउनु भएको र बोलाउँदै हुनुहुने गोठालो हुँदाहुँदै, तर तिमीहरूले उहाँको अवाजलाई सुन्नेछैनौ।

३८ हेर, म तिमीहरूसामु भन्दछु, कि असल गोठालोले तिमीहरूलाई बोलाउनु भएको छ; हो, अनि उहाँको आफ्नो नाममा उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, जुन ख्रीष्टको नाम हो; र यदि तिमीहरूले असल गोठालोको आवाजलाई सुन्दैनौ, त्यो नाममा जुनद्वारा तिमीहरूलाई बोलाइन्छ, हेर, तिमीहरू असल गोठालोका भेडा होइनौ।

३९ अनि अब यदि तिमीहरू असल गोठालोका भेडा नभए, तिमीहरू कुन बथानका हौ? हेर, म तिमीहरूसामु भन्दछु, कि तिमीहरूको गोठालो सैतान हो र तिमीहरू उसका बथानका हौ; अनि अब, यसलाई कसले अस्वीकार गर्न सक्छ?हेर, म तिमीहरूसामु भन्दछु, जसले यसको अस्वीकार गर्दछ ऊ एक झुठ र सैतानको छोराछोरी हो।

४० किनकि म तिमीहरूसामु भन्दछु कि जे असल छ त्यो परमेश्वरबाट आउँछ र जे खराब छ त्यो सैतानबाट आउँछ।

४१ त्यसकारण, यदि एक मानिसले असल कार्यहरू अघि ल्याउँछ भने उसले असल गोठालोका आवाजलाई सुन्दछ र उसले उहाँलाई पछ्याउँछ; तर जसले खराब कार्यहरू अघि ल्याउँछ, ऊ सैतानको छोराछोरी बन्दछ; किनकि उसले उसको आवाजलाई सुन्दछ र उसलाई पछ्याउँछ।

४२ अनि यो गर्नेले उसबाट ज्याला प्राप्त गर्नु पर्दछ, किनकि उसले प्राप्त गर्ने उसको ज्याला मृत्यु हो, धार्मिकताको सरोकारका कुराहरूमा, सबै राम्रा कार्यहरूका निम्ति मृतक भएर।

४३ अनि अब, मेरा बन्धुहरू, म चाहान्छु कि तिमीहरूले मलाई सुन्नुपर्दछ, किनकि म मेरा जीवात्माको शक्तिमा बोल्दछु; किनकि हेर, मैले तिमीहरूसामु स्पष्टतापूर्वक बोलेको छु कि तिमीहरूले अन्यथा गर्न सक्दैनौ, अथवा परमेश्वरको आज्ञाहरूअनुसार बोलेको छु।

४४ किनकि मलाई यसप्रकारले बोल्न लगाइएको छ, परमेश्वरको पवित्र अनुक्रमअनुसार, जुन ख्रीष्ट येशूमा छ; हो, मलाई आउने कुराहरूका बारेमा हाम्रा पितापुर्खाहरुले बोलेका कुराहरू यी जनसामु खडा भएर गवाही दिन आज्ञा दिइएको छ।

४५ अनि यति मात्र होइन। के तिमीहरू ठान्दैनौ कि म आफैँलाई यी कुराहरू थाहा छ? हेर, म तिमीहरूसामु गवाही दिन्छु कि मलाई थाहा छ कि मैले बोलेका यी कुराहरू सत्य छन्। अनि मैले तिनको निश्चितता कसरी थाहा पाएँ भन्ने ठान्दछौ?

४६ हेर, म तिमीहरूसामु भन्दछु ती परमेश्वरको पवित्र आत्माद्वारा मेरासामु अवगत गराइयो। हेर, मैले धेरै दिन उपवास बसेको छु र प्रार्थना गरेको छु कि मैले आफैँले यी कुराहरू थाहापाउन सकूँ। अनि अब म आफैँलाई थाहा छ कि ती सत्य छन्; किनकि परमप्रभु परमेश्वरले उहाँको पवित्र आत्माद्वारा मसामु प्रकट गर्नुभएको छ; र यो ममा भएको प्रकाशको आत्मा हो।

४७ अनि अरु, म तिमीहरूसामु भन्दछु कि यो यसरी मसामु प्रकट गरिएको छ, कि हाम्रा पितापुर्खाहरुले बोलेका वचनहरू सत्य छन्, ममा भएको अगमवाणीका आत्माअनुसार समेत, जुन परमेश्वरको आत्माले देखाएअनुसार पनि हो।

४८ म तिमीहरूसामु भन्दछु, कि म आफैँलाई थाहा छ कि म आगामी कुराहरूका बारेमा म जे भन्दछु त्यो सत्य छ; र म तिमीहरूसामु भन्दछु, कि मलाई थाहा छ कि येशू ख्रीष्ट, हो, पुत्र, पिताबाट जन्माइएका एक मात्र पुत्र, अनुग्रहले र कृपाले र सत्यताले भरिएर आउनुहुनेछ। अनि हेर, संसारको पापहरू, हो, उहाँको नाउँमा दृढताका साथ विश्वास गर्ने प्रत्येक मानिसका पापहरू हरण गर्न आउनुहुने उहाँनै हो।

४९ अनि अब म तिमीहरूसामु भन्दछु कि यही नै त्यो अनुक्रममा, हो, जसमा मलाई बोलाइएको छ मेरा प्रिय बन्धुहरू, हो, यो भूमिमा बास गर्ने प्रत्येकसामु प्रवचन दिन; हो, वृद्ध र तरुण दुबै, दास र स्वतन्त्र दुबै सामु प्रवचन दिन; हो, म तिमीहरू उमेर पुगेका र मध्य आयुका पनि र हुर्कदो पिँढीका सामु भन्दछु; हो, उनीहरूसामु कराओ कि उनीहरूले पश्चात्ताप गर्नुपर्दछ र पुन: जन्मनु पर्दछ।

५० हो, आत्मा यसरी भन्दछ: पश्चात्ताप गर, पृथ्वीका पल्लो छेउका तिमीहरू सबै, किनकि स्वर्गको अधिराज्य तुरुन्त नजिक आउँदैछ; हो, परमेश्वरका पुत्र उहाँको महिमामा, उहाँको सामर्थ्य, माहानता, शक्ति र आधिपत्यमा आउनुहुन्छ। हो, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु भन्दछु, कि आत्माले भन्दछ: हेर पृथ्वीका सबैका राजाको महिमा; र स्वर्गका राजाको महिमा छिट्टै मानिसका छोराछोरीहरूमाथि चम्कने छ।

५१ अनि आत्माले यो पनि मसामु भन्दछ, हो, एक शक्तिशाली आवाजकासाथ मसामु कराउँछ, यसो भन्दै: अघि जाऊ र यी जनसामु भन—पश्चात्ताप गर, किनकि तिमीहरूले पश्चात्ताप नगरेमा तिमीहरूले कुनै पनि हालतमा परमेश्वरको अधिराज्य रिक्थमा प्राप्त गर्न सक्दैनौ।

५२ अनि फेरि म तिमीहरूसामु भन्दछु, आत्मा भन्दछ: हेर, बन्चरो वृक्षको जरामा हानिसकिएको छ त्यसकारण प्रत्येक असल फल नल्याउने वृक्षलाई काटेर ढालिनेछ र आगोमा फ्यालिनेछ, हो, एक आगो जुन कहिले भष्म हुन सक्दैन, एक निभाउन नसकिने आगो समेत। हेर र सम्झ, पवित्र उहाँले यो बोल्नुभएको छ।

५३ अनि अब मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु भन्दछु, के तिमीहरू यी भनाइहरू सहन सक्छौ; हो, के तिमीहरूले यी कुराहरूलाई वास्ता नगर्न र पवित्र उहाँलाई पाउमुनि किचिमिची गर्न सक्छौ; हो, के तिमीहरू आफ्ना हृदयका घमण्डमा फुल्न सक्छौ; हो, के तिमीहरू महङ्गा वस्त्रहरू पहिरिएर र आफ्नादयहरू संसारका व्यर्थका कुराहरूमा राख्न अझै जिद्दी गर्छौ?

५४ हो, के तिमीहरू आफूलाई एक अर्का भन्दा असल ठान्न जिद्दी गर्छौ; हो, के तिमीहरू आफ्ना बन्धुहरूलाई सताउन जिद्दी गर्छौ, जो विनम्र भएर परमेश्वरका पवित्र अनुक्रममा हिँड्दछन्, जहाँबाट उनीहरूलाई यो चर्चमा ल्याइएको छ, पवित्र आत्माद्वारा पवित्र बनाइएपछि र उनीहरूले पश्चात्तापका लागि योग्य कार्यहरू ल्याउँछन्—

५५ हो, अनि के तिमीहरू गरिबहरू, आवश्यकतामा परेकाहरूप्रति तिमीहरूको पिठ्यूँ फर्काउनमा र आफ्नो सम्पत्ति उनीहरूलाई नदिन जिद्दी गर्छौ?

५६ अनि अन्त्यमा, तिमीहरू सबै जो दुष्टतामा जिद्दी गर्छौ, म तिमीहरूसामु भन्छु कि यी तिनै हुन जसलाई उनीहरूले द्रूतगतिले पश्चात्ताप नगरे काटेर ढालिनेछ र आगोमा फ्याकिनेछ।

५७ अनि अब म तिमीहरूसामु भन्छु, तिमीहरू सबै जो असल गोठालोको आवाजलाई पछ्याउन इच्छुक छौ, तिमीहरू दुष्टताबाट बाहिर आओ र तिमीहरू भिन्न होऊ र अशुद्ध कुराहरूलाई नछोऊ; र हेर, उनीहरूका नाउँहरूलाई मेटाइनेछ, कि सैतानका नाउँ धर्मीहरूका नाउँमाझ गनिने छैन, कि परमेश्वरका वचन पूरा हुन सकून्, जसले भन्दछ: दुष्टहरूका नाउँ मेरा जनका नाउँहरूसँग मिसिने छैनन्;

५८ किनकि धर्मीका नाउँहरू जीवनको पुस्तकमा लेखिनेछ र उनीहरूलाई म मेरो दाहिने हाततिर रिक्थ दिनेछु। अनि अब, मेरा बन्धुहरू, यसका विरुद्धमा तिमीहरूलाई भन्नु के छ? म तिमीहरूसामु भन्दछु, यदि तिमीहरू यसको विरुद्ध बोल्छौ भने पनि यसको मतलब छैन, किनकि परमेश्वरका वचन पूरा हुनुपर्दछ।

५९ किनकि के तिमीहरूमाझ त्यहाँ कस्तो गोठालो छ जसले धेरै भेडाहरू भएर तिनीहरूको हेरचाह गर्दैन, कि ब्वाँसो नपसोस् र उसका बथानको नास नगरोस्? अनि हेर, यदि एक ब्वाँसो उसको बथानमा पस्दछ भने के उसले त्यसलाई लखेट्दैन? हो र अन्त्यमा, यदि उसले सकेमा, उसले त्यसको विनाश गर्नेछ।

६० अनि अब म तिमीहरूसामु भन्दछु कि असल गोठालोले तिमीहरूलाई बोलाउनुहुन्छ; र यदि तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने उहाँले तिमीहरूलाई आफ्नो बथानमा ल्याउनुहुनेछ र तिमीहरू उहाँका भेडा हौ; र उहाँले तिमीहरूलाई आज्ञा दिनुहुन्छ कि तिमीहरूले आफूमाझ भोको ब्वाँसो सहन नपरोस्, कि तिमीहरूको विनाश नहोस्।

६१ अनि अब, म, अल्मा, तिमीसामु मलाई आज्ञा दिनेको भाषामा आज्ञा दिन्छु, कि तिमीहरूले मैले तिमीहरूसामु बोलेका वचनहरूको पालना गर्नु।

६२ म चर्चको अन्तर्गतमा भएका तिमीहरूसामु आज्ञाद्वारा भन्दछु; र चर्चको अन्तर्गतमा नभएकाहरूलाई म निमन्त्रणाद्वारा भन्दछु, यसो भन्दै: आऊ र पश्चात्तापका निम्ति बप्तिस्मा लेऊ, कि तिमीहरू पनि जीवनको वृक्षको फल खान सक।