धर्मशास्त्रहरू
अल्मा ३७


अध्याय ३७

जीवात्माहरूलाई मुक्तिमा ल्याउन काँसका पाताहरू र अन्य धर्मशास्त्रहरूको संरक्षण गरिएको हो—येरेदीहरूको विनाश उनीहरूको दुष्टताका कारण भएको हो——उनीहरूका गोप्य शपथहरू र करारहरू जनबाट लुकाइनु पर्छ—तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श लिनू—जसरी लियाहोनाले नफीहरूलाई बाटो देखाएको थियो, त्यसरी नै ख्रीष्टका वचनहरूले मानिसहरूलाई अनन्त जीवनतिर अगुवाइ गर्छ। लगभग ई.पू. ७४।

अनि अब, मेरो छोरा हेलामान, म तिमीलाई आज्ञा दिन्छु कि तिमीले यी अभिलेखहरू लैजाऊ जुन तिमीलाई जिम्मा लगाइएको छ।

अनि म तिमीलाई यो पनि आज्ञा दिन्छु कि तिमीले यी जनको अभिलेख राख्नू, मैले गरेअनुसार, नफीका पाताहरूमा र यी सबै कुराहरूलाई पवित्र राख्नू जुन मैले राखेको छु, जसरी मैले ती राखेको छु, किनकि यो एक विवेकी प्रयोजनका निम्ति राखिएको हो।

अनि यी काँसका पाताहरू, जुनमा यी कुँदाइहरू समेटिएका छन्, जुनमा पवित्र धर्मशास्त्रहरूका अभिलेखहरू कुँदिएका छन्, जुनमा प्रारम्भदेखिकै हाम्रा पितापुर्खाहरूको वंशावली छ—

हेर, हाम्रा पितापुर्खाहरुद्वारा यो अगमवाणी गरिएको छ, कि ती राखिनु पर्दछ र एक पिँढीदेखि अर्कोसम्म हस्तान्तरण गरिनु पर्दछ र प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जनसामु गएर उनीहरूले त्यसमा समेटिएका रहस्यहरू नजानेसम्म परमप्रभुको हातद्वारा राखिनु र संरक्षण गरिनु पर्दछ।

अनि अब हेर, यदि ती राखिन्छन भने तिनले तिनीहरूको चमक राख्नु पर्दछ र तिनले आफ्नो चमक राख्नेछन्; हो, र ती सबै पाताहरू जसले पवित्र लेखाइलाई राख्नेछन्।

अब तिमीले ठान्न सक्छौ कि यो ममा भएको मूर्खता हो; तर हेर म तिमीसामु भन्दछु, कि साना र साधारण कुराहरूद्वारा महान् कुराहरू ल्याइन्छन्; र धेरै पटक साना उपायहरूले विद्वानलाई पराजित गर्छ।

अनि परमप्रभु परमेश्वरले उपायहरूद्वारा उहाँका महान् र अनन्त प्रयोजनहरू ल्याउन कार्य गर्नुहुन्छ; र अति साना उपायहरूद्वारा परमप्रभुले विवेकीलाई पराजित गर्नुहुन्छ र धेरै जीवात्माहरूको मुक्ति ल्याउनु हुन्छ।

अनि अब, यो अहिलेसम्म परमेश्वरमा ज्ञान भएको छ कि यी कुराहरूको संरक्षण गरिनु पर्छ; किनकि हेर, तिनले यी जनको सम्झनालाई विस्तार गरेको छ, हो, उनीहरूका मार्गहरूको गल्ती बारे धेरैलाई विश्वास दिलाएको छ र उनीहरूलाई आफ्नो जीवात्माको मुक्तिका लागि उनीहरूको परमेश्वरको ज्ञानतिर ल्याएको छ।

हो, म तिमीलाई भन्दछु, यदि यी अभिलेखमा भएका यी कुराहरू नभएको भए, जुन यी पाताहरूमा छन्, अम्मोन र उनका बन्धुहरूले लमानीहरूका त्यति धेरै हजारौँलाई उनीहरूका पितापुर्खाहरुको गलत परम्पराहरूको बारेमा विश्वास दिलाउन सक्दैनथे; हो, यी अभिलेखहरू र यी वचनहरूले उनीहरूलाई पश्चात्तापमा ल्याए; त्यो हो, तिनले येशू ख्रीष्ट उनीहरूका उद्धारकर्तामा आनन्द लिन उनीहरूलाई परमप्रभु आफ्ना परमेश्वरको ज्ञानतिर ल्याए।

१० अनि कसलाई थाहा छ यदि ती उनीहरूमध्ये हजारौँलाई, हो, हाम्रा हठी बन्धुहरूमध्ये धेरै हजारलाई, नफीहरूलाई पनि, ल्याउन माध्यमहरू हुनेछन्, जो अहिले पापहरू र दुष्टताहरूमा उनीहरूको उद्धारकर्ताको ज्ञानमा उनीहरूले आफ्ना हृदयहरू कठोर बनाएका छन्?

११ अब यी रहस्यहरू मलाई अझै पूरै अवगत गराइएको छैन; त्यसकारण म रोकिनेछु।

१२ अनि यो पर्याप्त छ यदि मैले यति मात्र भने ती एक विवेकी प्रयोजनका निम्ति संरक्षण गरिएको छ, जुन प्रयोजन परमेश्वरलाई थाहा छ; किनकि उहाँले आफ्ना सबै कार्यहरूका निम्ति विवेकमा परामर्श दिनुहुन्छ र उहाँका मार्गहरू सिधा छन् र उहाँका बाटा एक अनन्त चक्र हो।

१३ हे सम्झ, सम्झ, मेरो छोरा हेलामान, कति खारा छन् परमेश्वरका आज्ञाहरू। अनि उहाँले भन्नुभयो: जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछौ तिमीहरू यस भूमिमा उन्नति गर्नेछौ; र जहाँसम्म तिमीहरूले मेरा आज्ञाहरूको पालना गर्नेछैनौ तिमीहरूलाई मेरो उपस्थितिबाट अलग्याइनेछ।

१४ अनि अब सम्झ, मेरो छोरा, कि परमेश्वरले तिमीलाई यी कुराहरूको जिम्मा लगाउनुभएको छ, जुन पवित्र छन्, जुन उहाँले पवित्र राख्नु भएको छ र यो पनि जुन उहाँले राख्नु हुनेछ र उहाँमा विवेकी प्रयोजनका निम्ति संरक्षण गर्नुहुनेछ, कि उहाँले भावी पिँढीहरूलाई आफ्नो शक्ति देखाउन सक्नुहुनेछ।

१५ अनि अब हेर, म अगमवाणीको आत्माद्वारा भन्दछु, कि यदि तिमीले परमेश्वरका आज्ञाहरू उल्लङ्घन गऱ्यौ भने, हेर, यी कुराहरू जुन पवित्र छन् ती परमेश्वरको शक्तिद्वारा तिमीबाट लगिनेछन् र तिमीहरूलाई सैतानसामु दिइनेछ, कि उसले तिमीलाई बतासले भुस निफनेझैँ निफन्न सकोस्।

१६ तर यदि तिमीले परमेश्वरका आज्ञाहरू पालना गऱ्यौ भने र परमप्रभुले तिमीलाई आज्ञा दिएअनुसार ती पवित्र कुराहरू गऱ्यौ भने, (किनकि तिनलाई तिमी जे गर्नु पर्दछ त्यो सबै तिमीले परमप्रभुमा निवेदन गर्नु पर्दछ) हेर, पृथ्वी र नरकका कुनै शक्तिले तिनलाई तिमीबाट लैजान सक्दैन, किनकि परमेश्वर उहाँका सबै वचनहरू पूरा गर्न शक्तिशाली हुनुहुन्छ।

१७ किनकि उहाँले आफ्ना सबै वाचाहरू पूरा गर्नु हुनेछ जुन उहाँले तिमीसँग गर्नुहुनेछ; किनकि उहाँले हाम्रा पितापुर्खाहरुसँग गरेको वाचाहरू पूरा गर्नुभएको छ।

१८ किनकि उहाँले उनीहरूसामु वाचा गर्नुभयो कि उहाँले यी कुराहरू उहाँमा विवेकी प्रयोजनका निम्ति संरक्षण गर्नु हुन्छ, कि उहाँले आफ्नो शक्ति भावी पिँढीहरूसामु देखाउन सक्नुहोस्।

१९ अनि अब हेर, एक प्रयोजन पूरा गर्नुभएको छ, लमानीहरूमध्ये हजारौँलाई सत्यताको ज्ञानमा पुनर्स्थापित गर्नमा समेत; र उहाँले आफ्नो शक्ति उनीहरूमा देखाउनु भएको छ र उहाँले अझै पनि भावी पिँढीहरूसामु तिनमा आफ्नो शक्ति देखाउनु हुनेछ; त्यसकारण तिनलाई संरक्षण गरिनेछ।

२० त्यसकारण म तिमीलाई आज्ञा दिन्छु, मेरो छोरा हेलामान, कि तिमी मेरा सबै वचनहरू पूरा गर्न लगनशील हुनू र तिमी लेखिएका परमेश्वरका आज्ञाहरू पालना गर्नमा लगनशील हुनू।

२१ अनि अब, म तिमीसामु ती चौबीस पाताहरूका बारेमा बोल्छु, कि तिमीले ती राख्नु, कि रहस्यहरू र अन्धकारका कामहरू र उनीहरूका गोप्य कार्यहरू, अथवा विनाश गरिएका ती जनका गोप्य कार्यहरू, जनसामु प्रकट गर्न सकियोस्; हो, उनीहरूका सबै हत्या र ठगाइ र उनीहरूका लुट र उनीहरूका सबै दुष्टता र कुकर्म, यी जनसामु प्रकट गरिन सकियोस्; हो र तिमीले यी भाषान्तरकारहरूको संरक्षण गर्नू।

२२ किनकि हेर, परमप्रभुले देख्नुभयो कि उहाँका जनले अन्धकारमा कार्य गर्न थाले, हो, गोप्य हत्याहरू र कुकर्मका कार्य गर्न; त्यसकारण परमप्रभुले भन्नुभयो, यदि उनीहरूले पश्चात्ताप नगरे उनीहरूलाई पृथ्वीको सतहबाट विनाश गरिनु पर्दछ।

२३ अनि परमप्रभुले भन्नुभयो: म मेरो सेवक गाजेलेमलाई एक ढुङ्गा तयार गर्नेछु, जुन अन्धकारमा प्रकाशका साथ चम्किनेछ, कि मैले मलाई सेवा गर्ने मेरा जनलाई फेला पार्न सकूँ; कि मैले तिनीहरूसामु उनीहरूका बन्धुहरूका कार्यहरू फेला पार्न सकूँ, हो, उनीहरूका गोप्य कार्यहरू, उनीहरूका अन्धकारका कामहरू र उनीहरूका दुष्टता र कुकर्म।

२४ अनि अब, मेरो छोरा, यी भाषान्तरकारहरूलाई तयार गरिएको थियो कि परमेश्वरका वचनहरू पूरा होऊन्, जुन उहाँले बोल्नुभएको थियो, यसो भन्दै:

२५ म उनीहरूका सबै गोप्यता र उनीहरूका कुकर्महरू अन्धकारबाट उज्यालोमा ल्याउनेछु; र उनीहरूले पश्चात्ताप नगरे म उनीहरूलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु; र म उनीहरूका सबै गोप्यहरू र कुकर्महरू उज्यालोतिर अबदेखि यो भूमिलाई स्वामित्वमा लिने प्रत्येक राष्ट्रसामु ल्याउनेछु।

२६ अनि अब, मेरो छोरा, हामी देख्दछौँ कि उनीहरूले पश्चात्ताप गरेनन्; त्यसकारण उनीहरूको विनाश गरिएको छ र अहिलेसम्म परमेश्वरका वचन पूरा भएका छन्; हो, उनीहरूका गोप्य कुकर्महरू अन्धकारबाट ल्याइएको छ र हामीलाई अवगत गराइएको छ।

२७ अनि अब, मेरो छोरा, म तिमीलाई आज्ञा दिन्छु कि तिमीले उनीहरूका गोप्य कुकर्महरूमा उनीहरूका सबै शपथहरू र उनीहरूका करारहरू र उनीहरूका मञ्जुरिहरूलाई राख्नू; हो र उनीहरूका सबै चिन्हहरू र उनीहरूका आश्चर्यहरू तिमीहरूले यी जनबाट राख्नेछौ, कि उनीहरूले ती थाहा नपाऊन्, कथंकदाचित् कसै गरी उनीहरूपनि अन्धकारमा पतन नहोऊन् र विनाश नहोऊन्।

२८ किनकि हेर, यो सम्पूर्ण भूमिमाथि एक श्राप छ, कि ती सबै अन्धकारका कामदारहरूमाथि विनाश आउनेछ, परमेश्वरको शक्तिअनुसार, जब उनीहरू पापमा पूरै कुहिन्छन्; त्यसकारण, म चाहान्छु कि यी जनको विनाश नहोस्।

२९ त्यसकारण तिमीले उनीहरूका शपथहरूका र उनीहरूका करारहरूका यी गोप्य योजनाहरू यी जनबाट लुकाउनेछौ र उनीहरूको दुष्टता र उनीहरूका हत्याहरू र उनीहरूका कुकर्महरू तिमीले उनीहरूलाई अवगत गराउनेछौ; त तिमीले उनीहरूलाई त्यस्ता दुष्टता र कुकर्महरूलाई र हत्याहरूलाई घृणा गर्न सिकाउनेछौ; र तिमीहरूले उनीहरूलाई यो पनि सिकाउनेछौ कि यी जनलाई उनीहरूको दुष्टताको र कुकर्महरूको र उनीहरूको हत्याहरूका कारण विनाश गरिएको थियो।

३० किनकि हेर, उनीहरूले उनीहरूसामु उनीहरूका दुष्टताका बारेमा घोषणा गर्न उनीहरूमाझ आएका परमप्रभुका अगमवक्ताहरू सबैको हत्या गरे; उनीहरूले हत्या गरेकाहरूको रगत परमप्रभु उनीहरूका परमेश्वरसामु तिनीहरूको हत्या गर्नेहरू माथिको बदलाको निम्ति पुकाऱ्यो; अनि यसरी परमेश्वरका न्यायहरू अन्धकारका र गोप्य गुटबन्दीहरूका कामदारहरूमाथि आयो।

३१ हो, अनि अन्धकार र गोप्य गुटबन्दीहरूका कामदारहरूकासामु यो भूमि सदासर्वदा र सदाका लागि विनाश हुनेसम्म समेत श्रापित होओस्, उनीहरू पूरै कुहिनुअगाडि उनीहरूले पश्चात्ताप नगरे।

३२ अनि अब, मेरो छोरा, मैले तिमीसामु बोलेका वचनहरू सम्झ; ती गोप्य योजनाहरूका बारेमा यी जनमा भर नपर, तर उनीहरूलाई पाप र दुष्टताविरुद्ध चीरस्थायी घृणा सिकाऊ।

३३ उनीहरूलाई पश्चात्ताप र परमप्रभु येशू ख्रीष्टमाथिको आस्थाको प्रचार गरे; उनीहरूलाई आफैँलाई विनम्र तुल्याउन र हृदयमा विनम्र र कोमल हुन सिकाऊ; उनीहरूलाई परमप्रभु येशू ख्रीष्टमाथिको आस्थाद्वारा सैतानका प्रत्येक प्रलोभनको सामना गर्न सिकाऊ।

३४ उनीहरूलाई असल कार्यहरूबाट कहिल्यै थकित नहुन, तर हृदयमा विनम्र र कोमल हुन सिकाऊ; किनकि त्यस्ताले आफ्ना अन्तस्करणहरूमा आराम पाउनेछन्।

३५ हे, सम्झ, मेरो छोरा, अनि तिम्रो युवावास्थामै विवेक सिक; हो, तिम्रो युवावस्थामा परमेश्वरका आज्ञाहरू पालना गर्न सिक;

३६ हो, अनि तिम्रा सबै जीविकाको निम्ति परमप्रभुसामु पुकार; हो, तिम्रा सबै कामहरू परमप्रभुमा बनाऊ र तिमी जहाँ गए पनि त्यो परमप्रभुमा होओस्; हो, तिम्रा सबै विचारहरू परमप्रभुतिर निर्देशित होऊन्; हो,तिम्रा हृदयका मायाहरू सदासर्वदाका निम्ति परमप्रभुमाथि राखियून्।

३७ तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श गर र उहाँले तिमीलाई भलाईका निम्ति निर्देशन दिनुहुनेछ; हो, जब तिमी रातमा सुत्न जान्छौ परमप्रभुमा जाऊ, कि उहाँले तिम्रो निन्द्रामा तिमीलाई सुरक्षा गर्नुहुनेछ; अनि जब तिमी बिहान उठ्दछौ तिम्रो हृदयलाई परमेश्वरप्रतिको कृतज्ञताले भर; अनि यदि तिमीले यी कुराहरू गरेमा, तिमीलाई त्यो अन्तिम दिनमा उठाइनेछ।

३८ अनि अब, मेरो छोरा, मलाई हाम्रा पितापुर्खाहरुले गोल, अथवा दिशा निर्देशक भन्ने कुराको बारेमा केही भन्नुछ—अथवा हाम्रा पितापुर्खाहरुले त्यसलाई लीयाहोना भने, जुन, भाषान्तरण गर्दा, कम्पास हो; परमप्रभुले त्यसलाई तयार गर्नुभयो।

३९ अनि हेर, त्यहाँ कुनै मानिस छैन जसले त्यस्तो चाख लाग्दो शिल्पकलाअनुसार काम गर्न सकोस्। अनि, हेर, हाम्रा पितापुर्खाहरुलाई उजाड स्थानमा कुन दिशामा यात्रा गर्नुपर्छ भनेर देखाउन यसलाई तयार गरिएको थियो।

४० अनि यसले उनीहरूको परमेश्वरमाथिको आस्थाअनुसार काम गऱ्यो; त्यसकारण, यदि ती सुइहरू उनीहरू कहाँ जानु पर्दछ भनी देखाउन परमेश्वरले घुमाउन सक्नुहुन्छ भनी विस्वाश गर्न उनीहरूसँग आस्था भएमा, हेर, त्यो गरिन्थ्यो; त्यसकारण उनीहरूलाई त्यो आश्चर्यकर्म भयो, अनि दिन-दिनै अरु धेरै आश्चर्यकर्महरू पनि परमेश्वरको शक्तिद्वारा ल्याइएको थियो।

४१ तैपनि, किनभने ती आश्चर्य कर्महरू साना उपायहरूद्वारा गरिएकाले त्यसले उनीहरूसामु विश्मयकारी कार्यहरू देखायो। उनीहरू अल्छी थिए र उनीहरूको आफ्नो आस्थाको र लगनशीलताको अभ्यास गर्न विर्से र तब ती विस्मयकारी कार्यहरू रोकिए, अनि उनीहरूले आफ्नो यात्रामा प्रगति गरेनन्।

४२ त्यसकारण, उनीहरू उजाड स्थानमा बास बसे, अथवा, उनीहरूका उल्लङ्घनहरूका कारण, सिधा दिशामा यात्रा गरेनन् र भोक र तिर्खाले पीडित भए।

४३ अनि अब, मेरो छोरा, म चाहान्छु कि तिमीले बुझ्नु पर्दछ कि यी कुराहरू एक पूर्वाभासविनाका थिएनन्; किनकि जसरी हाम्रा पितापुर्खाहरु यो कम्पासमा वास्ता गर्न अल्छी थिए (अब यी कुराहरू लौकिक थिए) उनीहरूले उन्नति गरेनन्; आत्मिक कुराहरूमा समेत त्यस्तै हुन्छ।

४४ किनकि हेर, ख्रीष्टका वचनमा वास्ता गर्न सजिलो छ, जुनले अनन्त आनन्दको सिधा बाटो देखाउँछ, जसरी हाम्रा पितापुर्खाहरुका निम्ति उनीहरूलाई प्रतिज्ञाको भूमितिरको सिधा बाटोलाई देखाउने यो कम्पासलाई ध्यान दिनु थियो।

४५ अनि अब म भन्दछु, के यो कुरामा एक नमुना छैन? किनकि जति निश्चयका साथ यो निर्देशकले हाम्रा पितापुर्खाहरुलाई, त्यसको बाटो पछ्याएकोले, प्रतिज्ञाको भूमिमा ल्यायो, त्यसरी नै ख्रीष्टका वचनहरूले, यदि हामीले तिनका बाटाहरूलाई पछ्यायौँ भने, हामीलाई यो दु:खको पर्दा भन्दा पर अझ बढी उत्तम प्रतिज्ञाको भूमिमा लैजानेछन्।

४६ हे मेरो छोरा, मार्गको सरलताका कारण हामीलाई अल्छी हुन नदेऊ; किनकि हाम्रा पितापुर्खाहरुलाई पनि त्यस्तै थियो, किनकि उनीहरूका निम्ति तयार पारिएको थियो, कि यदि उनीहरूले हेरे भने उनीहरू जिउन सक्थे; हामीसँग पनि त्यस्तै छ। मार्ग तयार गरिएको छ, अनि यदि हामीले हेऱ्यौँ भने हामी सदासर्वदाका लागि जिउन सक्छौँ।

४७ अनि अब, मेरो छोरा, कहिलै नबिर्स कि यी पवित्र कुराहरूको हेरविचार गर, हो, कहिलै नबिर्स कि परमेश्वरतर्फ नजर लगाऊ र जिय; यी जनसामु जाऊ र वचनको घोषणा गर र गम्भीर होऊ। मेरो छोरा, बिदा।