धर्मशास्त्रहरू
अल्मा १५


अध्याय १५

अल्मा र अमुलेक सिदोम जान्छन् र चर्चको स्थापना गर्छन्—अल्माले जीस्रोमलाई चङ्गाइ दिन्छन्, जो चर्चमा सम्मिलित हुन्छन्—धेरैले बप्तिस्मा लिन्छन् र चर्चको उन्नति हुन्छ—अल्मा र अमुलेक जरहेम्ला जान्छन्। लगभग ई.पू. ८१।

अनि यस्तो हुन गयो कि अल्मा र अमुलेकलाई सहरबाहिर प्रस्थान गर्न आज्ञा गरियो र उनीहरू प्रस्थान गरे र सिदोमको भूमितर्फ समेत आए; र हेर, त्यहाँ तिनीहरूले अल्माका वचनहरूमा विश्वास गरेका कारणले निकाला गरिएका र ढुङ्गाले हानिएका अम्मोनीहाहको भूमिबाट प्रस्थान गरेका सबै जनलाई फेला पारे।

अनि उनीहरूले आफ्ना पत्नीहरू र छोराछोरीहरूमाथि भएका सबै र आफ्नै र उनीहरूको मुक्तिको शक्तिका बारेमा उनीहरूलाई बताए।

अनि जीस्रोम पनि सिदोममा, एक बल्दो ज्वरोले बिरामी भई पल्टेको थियो, जुन उसको दुष्टताले उसको मस्तिष्कको विपत्तिहरूका कारण भएको थियो, किनकि उसले ठान्यो कि अल्मा र अमुलेक अब छैनन्; र उसले ठान्यो कि उसको दुष्टताका कारण उनीहरूको बध गरिएको थियो। अनि यो महान् पाप र उसका अरु धेरै पापहरूले, मुक्ति नहुने भएकाले यो अत्यन्त कष्टप्रद नभइन्जेलसम्म उसको मस्तिष्कको खेदो खन्यो; त्यसकारण ऊ एक बल्दो तापले रन्थनिन थाल्यो।

अब, जब उसले सुन्यो कि अल्मा र अमुलेक सिदोमको भूमिमा छन्, उसको हृदयले साहस लिन थाल्यो; अनि उसले, उनीहरूलाई आफूसमक्ष आइदिने चाहना गर्दै, तुरुन्त उनीहरूसमक्ष एक सन्देश पठायो।

अनि यस्तो हुन गयो कि उनीहरू तुरुन्त गए, उसले उनीहरूलाई पठाएको सन्देशको पालना गर्दै; र उनीहरू जीस्रोमको घरभित्र गए; र उनीहरूले उसलाई उसको बिछ्यौनामा, बिरामी, एक बल्दो जरोले कमजोर भएको फेला पारे; र उसको मस्तिष्क पनि उसका दुष्टताहरूका कारण अत्यन्त कष्टप्रद थियो; र जब उसले उनीहरूलाई देख्यो उसले आफ्नो हात फैल्यायो र उनीहरूलाई बिन्ती गऱ्यो कि उनीहरूले उसको चङ्गाइ गरून्।

अनि यस्तो हुन गयो कि अल्माले उसलाई भने, उसलाई हातमा समातेर: के तँ मुक्तिका निम्ति ख्रीष्टको शक्तिमा विश्वास गर्छस्?

अनि उसले उत्तर दियो र भन्यो: हो, म तिमीले सिकाएका सबै वचनहरूको विश्वास गर्छु।

अनि अल्माले भने: यदि तँ ख्रीष्टको उद्धारमा विश्वास गर्दछस् भने तैँले चङ्गाइ पाउन सक्छस्।

अनि उसले भन्यो: हो, म तिम्रा वचनअनुसार विश्वास गर्छु।

१० अनि तब अल्माले परमप्रभुसामु पुकारे, यसो भन्दै: हे परमप्रभु हाम्रा परमेश्वर, यो मानिसमाथि कृपा गरिदिनुहोस् र ख्रीष्टमा भएको उसको विश्वासअनुसार उसलाई चङ्गाइ गरिदिनुहोस्।

११ अनि जब अल्माले यी वचनहरू बोलेका थिए, जीस्रोम आफ्नो खुट्टामा उफ्रियो र हिँड्न थाल्यो; अनि यो सबै जनको ठूलो आश्चर्यमा गरिएको थियो; र यसको ज्ञान सिदोमको सम्पूर्ण भूमिभरि फैलियो।

१२ अनि अल्माले जेस्रोमलाई परमप्रभुसामु बप्तिस्मा दिए; र उसले त्यससमय पश्चात् जनसामु प्रवचन दिन थाल्यो।

१३ अनि अल्माले सिदोमको भूमिमा चर्चको स्थापना गरे र त्यो भूमिमा बप्तिस्मा लिन इच्छुक भएकाहरूलाई परमप्रभुमा बप्तिस्मा दिन पादरीहरू र शिक्षकहरूलाई पवित्रीकृत गरे।

१४ अनि यस्तो हुन गयो कि उनीहरू धेरै थिए, किनकि सिदोमको वरिपरिको सम्पूर्ण क्षेत्रबाट उनीहरू ठूलो सङ्ख्यामा आए र बप्तिस्मा लिए।

१५ तर अम्मोनीहाहको भूमिका जनका सम्बन्धमा, उनीहरू एक कठोर हृदय भएका हठी जन रहे; अनि उनीहरूले अल्मा र अमुलेकको सबै शक्तिलाई सैतानको हो भन्दै आफ्ना पापहरूको पश्चात्ताप गरेनन्; किनकि उनीहरू नेहोरको घोषित आस्थाका थिए र आफ्ना पापहरूको पश्चात्तापमा विश्वास गरेनन्।

१६ अनि यस्तो हुन गयो कि अल्मा र अमुलेक, अमुलेकले परमेश्वरका वचनका निम्ति उनका अम्मोनीहाहको भूमिमा भएका सबै सुन र चाँदी र उनका मूल्यवान् कुराहरू त्यागेकाले, एक समयका उनका मित्रहरूद्वारा, उनका पिता र उनका कुटुम्बद्वारा पनि उनलाई अस्वीकार गरिएकाले;

१७ त्यसकारण, अल्माले सिदोममा चर्चको स्थापना गरेपछि, एक महान् नियन्त्रण देखेर, हो, देखेर कि जन उनीहरूका हृदयका घमण्डका सम्बन्धमा नियन्त्रित थिए र परमेश्वरअगाडि आफूलाई विनम्र बनाउन थाले र परमेश्वरको आराधना गर्न उनीहरूका आरक्षणका स्थानहरूमा वेदीअगाडि एक साथ भेला हुन थाले, होसियार हुँदै र निरन्तर प्रार्थना गर्दै, ताकि उनीहरूले सैतानबाट र मृत्युबाट र विनाशबाट मुक्ति पाउन सकून्—

१८ अब जसरी मैले भने, अल्माले यी सबै कुराहरू देखेकाले, त्यसकारण उनले अमुलेकलाई लगे र जरहेम्लाको भूमिमा आए र तिनलाई उनको आफ्नो घरमा लगे र उनका विपत्तिहरूमा उनको सेवा गरे र परमप्रभुमा उनलाई बलियो बनाए।

१९ अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको दशौँ वर्ष यसरी अन्त्य भयो।