धर्मशास्त्रहरू
अल्मा २७


अध्याय २७

परमप्रभुले अन्टी-नफी-लहीका जनलाई सुरक्षातिर अगुवाइ गर्न अम्मोनलाई आज्ञा दिनुहुन्छ—अल्मालाई भेट्दा अम्मोनको खुसीले उनको शक्ति रित्याउँछ—नफीहरूले अन्टी-नफी-लहीहरूलाई येर्शोनको भूमि दिन्छन्—उनीहरूलाई अम्मोनका जन भनिन्छ। लगभग ई.पू. ९०–७७।

अब यस्तो हुन गयो कि नफीहरूविरुद्ध युद्ध गर्न गएका ती लमानीहरूले, उनीहरूलाई विनाश गर्न आफ्ना धेरै संघर्षहरू पछि, पत्ता लगाए कि उनीहरूको विनाश खोज्नु व्यर्थ रहेछ, उनीहरू नफीको भूमिमा पुन: फर्किए।

अनि यस्तो हुन गयो कि अमालेकीहरू, उनीहरूको क्षतिका कारण, अत्यन्तै रिसाए। अनि जब उनीहरूले देखे कि उनीहरूले नफीहरूबाट बदला लिन सकेनन्, उनीहरूले जनलाई उनीहरूका बन्धुहरू, अन्टी-नफी-लहीका जनविरुद्ध भड़्काउन थाले; त्यसकारण उनीहरूले तिनीहरूको फेरि विनाश गर्न थाले।

अब यी जनले पुन: हतियार उठाउन अस्वीकार गरे र उनीहरूले आफ्ना शत्रुहरूका चाहानाहरूअनुसार आफ्नो बध गरिएको सहे।

अब जब अम्मोन र उनका बन्धुहरूले उनीहरूले त्यति प्रियताका साथ माया गर्नेहरूमाझका र उनीहरूलाई त्यस्तो प्रीतिका साथ माया गर्नेहरूमाझका विनाशका यी कार्यहरू देखे—किनकि उनीहरूलाई चीरस्थायी विनाशबाट बचाउन परमेश्वरले पठाउनु भएका स्वर्गदूतहरू जस्तो व्यवहार उनीहरूप्रति गरिएको थियो—त्यसकारण, जब अम्मोन र उनका बन्धुहरूले यो महान् विनाशका कार्यहरू देखे, उनीहरू सहानुभूतिले विचलित भए र उनीहरूले राजासामु भने:

यी परमेश्वरका जनलाई एक साथ भेला गरौँ र हाम्रा बन्धु नफीहरूसामु जरहेम्लाको भूमितिर जाऔँ र हाम्रा शत्रुहरूका हातहरूबाट भागौँ, कि हाम्रो विनाश नहोस्।

तर राजाले उनीहरूसामु भने: हेर, नफीहरूले हामीले उनीहरूविरुद्ध गरेका हत्याहरू र पापहरूका कारण हाम्रो विनाश गर्नेछन्।

अनि अम्मोनले भने: म जानेछु र परमप्रभुलाई सोध्नेछु र यदि उहाँले हामीलाई, हाम्रा बन्धुहरूसामु जाओ भन्नुभयो भने, के तपाईँ जानुहुन्छ?

अनि राजाले उनीसामु भने: हो, यदि परमप्रभुले हामीलाई जाओ भन्नुभयो भने, हामीहरू हाम्रा बन्धुहरूसामु जानेछौँ र हामीले गरेका हत्याहरू र पापहरूको उनीहरूसामु सुधार नगरिन्जेलसम्म हामी उनीहरूका दासहरू बन्नेछौँ।

तर अम्मोनले उनीसामु भने: यो हाम्रो कानुनविरुद्ध हो, जुन मेरा पिताद्वारा स्थापित गरिएको थियो, कि उनीहरूमाझ कुनै दासहरू हुनुहुन्न; त्यसकारण हामी जाऔँ र हाम्रा बन्धुहरूका कृपाहरूमा भर परौँ।

१० तर राजाले उनीसामु भने: परमप्रभुसँग सोधपुछ गर र यदि उहाँले हामीलाई जाओ भन्नुभयो भने, हामी जानेछौँ; अन्यथा हामी यो भूमिमा नाश हुनेछौँ।

११ अनि यस्तो हुन गयो कि अम्मोन गए र परमप्रभुसँग सोधपुछ गरे, परमप्रभुले उनीसामु भन्नुभयो:

१२ यी जनलाई यो भूमिबाट बाहिर लैजाऊ, कि उनीहरूको नाश नहोस्; किनकि सैतानले लमानीहरूलाई उनीहरूका बन्धुहरूविरुद्ध उनीहरूको वध गर्न रिस उठाउन भड्काउने अमालेकीहरूका हृदयहरूमाथि महान् अधीन जमाएको छ; त्यसकारण आफूलाई यो भूमिबाट बाहिर लैजाऊ र यो पिँढीमा यी जन आशीषित छन्, किनकि म उनीहरूलाई संरक्षण गर्नेछु।

१३ अनि यस्तो हुन गयो कि अम्मोन गए र राजालाई परमप्रभुले आफूलाई भन्नु भएका सबै वचनहरू भने।

१४ अनि उनीहरूले आफ्ना सबै जनलाई एक साथ भेला गरे, हो, परमप्रभुका सबै जनलाई र उनीहरूका बथान र झुण्ड एक साथ भेला गरे र त्यो भूमिबाट प्रस्थान गरे र त्यो उजाड स्थानमा आए जुनले नफीको भूमि र जरहेम्लाको भूमिलाई छुट्याउँछ र भूमिको सिमानाहरू नजिक आए।

१५ अनि यस्तो हुन गयो कि अम्मोनले उनीहरूसामु भने: हेर, म र मेरा बन्धुहरू जरहेम्लाको भूमितिर अघि जानेछौँ र हामी नफर्केसम्म तिमीहरू यहाँ रहनू; र हामी हाम्रा बन्धुहरूका हृदयहरू बुझ्नेछौँ, के उनीहरू चाहान्छन् कि तिमीहरू उनीहरूको भूमिमा आओ।

१६ अनि यस्तो हुन गयो कि जब अम्मोन आफ्नो भूमितिर अघि जाँदै थिए, कि उनी र उनका बन्धुहरूले अल्मालाई त्यो स्थानमा भेटे जुनका बारेमा बोलिएको छ; र हेर, यो एक आनन्ददायक भेट थियो।

१७ अब अम्मोनको आनन्द त्यति महान् समेत थियो कि उनी परिपूर्ण थिए; हो, उनी आफ्ना परमेश्वरको आनन्दमा निलिएका थिए, आफ्ना सबै शक्तिसमेत सकिने गरी; र उनी पुन: पृथ्वीमा ढले।

१८ अब के यो अत्यन्त आनन्द थिएन? हेर, यो हर्ष हो जुन साँचिकै पछुताउने र खुसीको विनम्र खोजी गर्ने बाहेक कसैले प्राप्त गर्दैन।

१९ अब आफ्ना बन्धुहरूलाई भेट्दा अल्माको आनन्द र हारुनको, ओम्नरको र हिम्नीको आनन्द पनि, साँचिकै महान् थियो; तर उनीहरूको आनन्दले उनीहरूका शक्तिलाई जितेको थिएन।

२० अनि अब यस्तो हुन गयो कि अल्माले आफ्ना बन्धुहरूलाई जरहेम्लाको भूमितिर अगुवाइ गरे; आफ्नो घरसम्म समेत। अनि उनीहरू गए र प्रधान न्यायकर्तालाई नफीको भूमिमा, आफ्ना बन्धुहरू, लमानीहरूमाझ भएका सबै कुराहरू भने।

२१ अनि यस्तो हुन गयो कि प्रधान न्यायकर्ताले भूमिभरि एक घोषणा पठाए, आफ्ना बन्धुहरू, जो अन्टी-नफी-लहीका जन थिए, उनीहरूलाई प्रवेश दिने कि भन्ने सम्बन्धमा जनको इच्छा चाहेर।

२२ अनि यस्तो हुन गयो कि जनको मत आयो, यसो भन्दै: हेर, हामी बाउन्टिफूल भूमिको दक्षिणमा रहेको, बाउन्टिफूल भूमिसँग जोडिएको, पूर्वमा समुन्द्र नजिक भएको येर्शोनको भूमि दिन्छौँ; र यो भूमि येर्शोन भूमि हो जुन हामी हाम्रा बन्धुहरूलाई रिक्थका लागि दिनेछौँ।

२३ अनि हेर, हामी हाम्रा सेनाहरूलाई येर्शोन भूमि र नफी भूमि बीच तैनाथ गर्नेछौँ, कि हामीहरूले हाम्रा बन्धुहरूलाई येर्शोन भूमिमा सुरक्षा गर्न सकौँ; र हामी यो हाम्रा बन्धुहरूका निम्ति गर्छौं, उनीहरूका आफ्ना बन्धुहरूविरुद्द हतियार उठाउने उनीहरूको डरको विवरणअनुसार कथंकदाचित उनीहरूले पाप गरून्; अनि उनीहरूले गरेको धेरै हत्याहरू र उनीहरूका भयावह दुष्टताहरूका विवरणअनुसार उनीहरूसँग भएको त्यो कष्टप्रद पश्चात्तापका कारणले यो उनीहरूको भयानक डर आयो।

२४ अनि अब हेर, यो हामी आफ्ना बन्धुहरूलाई गर्नेछौँ, कि उनीहरूले येर्शोन भूमि रिक्थमा प्राप्त गरून्; र हामी हाम्रा सेनाहरूले उनीहरूका शत्रुहरूबाट उनीहरूलाई शुरक्षा गर्नेछौँ, यो सर्तमा कि उनीहरूले आफ्ना सम्पत्तिको एक भाग हामीलाई दिनेछन् कि हामीले हाम्रा सेनाहरूको व्यवस्था गर्न सकौँ।

२५ अब, यस्तो हुन गयो कि जब अम्मोनले यो सुनेका थिए, उनी अन्टी-नफी-लहीका जनसामु फर्के र अल्मा पनि उनीसँगै, उजाड स्थानतिर, जहाँ उनीहरूले आफ्ना पालहरू टाँगेका थिए र उनीहरूसामु यी सबै कुराहरू अवगत गराए। अनि अल्माले अम्मोन र हारुन र उनका बन्धुहरूसँगका आफ्नो परिवर्तन पनि उनीहरूसामु व्याख्या गरे।

२६ अनि यस्तो हुन गयो कि त्यसले उनीहरूमाझ धेरै खुसी ल्यायो। अनि उनीहरू येर्शोनको भूमितिर गए र येर्शोनको भूमिलाई स्वामित्वमा लिए; र उनीहरूलाई नफीहरूद्वारा अम्मोनका जन भनेर बोलाइयो; त्यसकारण उनीहरू त्यसपछि सदा त्यो नाउँबाट चिनिए।

२७ अनि उनीहरू नफीका जनमाझ थिए र परमेश्वरका चर्चका जनमाझ गणना पनि गरिए। अनि उनीहरूलाई उनीहरूका परमेश्वरप्रतिको र मानिसहरूप्रतिको समेत उत्साहबाट पनि चिनियो; किनकि उनीहरू सबै कुराहरूमा पूर्णरुपमा इमान्दार र सिधा थिए र उनीहरू ख्रीष्टको आस्थामा अन्त्यसम्म समेत स्थिर थिए।

२८ अनि उनीहरूले बन्धुहरूको रगत बगाउनुलाई महान् घृणाका साथ हेरे; र उनीहरूलाई आफ्ना बन्धुहरूका विरुद्ध हतियार उठाउन कहिल्यै मनाउन सकिएन; र उनीहरूले मृत्युलाई कहिल्यै कुनै स्तरको त्रासले हेरेनन्, उनीहरूको ख्रीष्ट र पुनरुत्थानप्रतिको आशा र सोचाइहरूका कारणले; त्यसकारण मृत्युलाई उनीहरूका निम्ति ख्रीष्टको यसमाथिको विजयद्वारा निलिएको थियो।

२९ त्यसकारण, उनीहरूले आफ्ना बन्धुहरूलाई प्रहार गर्न तरबार अथवा खुँडा उचाल्नुअगाडि उनीहरूले आफ्ना बन्धुहरूले दिएको सबभन्दा क्रुद्ध र कष्टप्रद तरिकाको मृत्यु सहन्थे।

३० अनि यसरी उनीहरू एक अत्युत्साहित र प्रिय जन, परमप्रभुबाट अति नै कृपा पाएका मानिसहरू थिए।