धर्मशास्त्रहरू
अल्मा ५०


अध्याय ५०

मोरोनीले नफीहरूका भूमिहरूलाई बलियो बनाउँछन्—उनीहरूले धेरै नया सहरहरू बनाउँछन्—उनीहरूका दुष्टता र कुकर्महरूका दिनहरूमा नफीहरूमाथि युद्धहरू र विनाशहरू आइपऱ्यो—मोरियान्तोन र उससँगका भिन्न मतधारीहरूलाई तेयान्कुमले हराउँछन्—नफीहाह मर्छन् र उनको छोरा पहोरानले न्यायको आसन भर्दछन्। लगभग ई.पू. ७२–६७।

अनि अब यस्तो हुन गयो कि मोरोनीले युद्धको तयारी गर्न, अथवा आफ्ना जनलाई लमानीहरूका विरुद्ध सुरक्षा गर्न रोकेनन्; किनकि उनले अह्राए कि उनका सेनाहरू न्यायकर्ताहरूको शासनको बीसौँ वर्षको प्रारम्भमा सुरु गर्नु पर्छ, कि उनीहरूले नफीहरूका स्वामित्वमा भएका सबै भूमि भरिका सबै सहरहरू वरिपरि माटो खनेर थुपार्न सुरु गर्नु पर्छ।

अनि उनले अह्राए कि माटाका चुचुराहरूमाथि त्यहाँ काठहरू राखिनु पर्छ, हो, सहरहरूका वरिपरि, काठहरूका कार्यहरू एक मानिसको उचाई जति बनाइनु पर्छ,

अनि उनले अह्राए कि यी काठहरूका कार्यहरूमाथि वरिपरि एक घोचाका आकारमा हुनुपर्छ; अनि ती बलिया र अग्ला थिए।

उनले ती घोचाहरूका कार्यहरूलाई हेर्न धरहराहरू ठड्याउन अह्राए र उनले धरहराहरूमाथि सुरक्षाका स्थानहरू बनाइन अह्राए, कि लमानीहरूका ढुङ्गाहरू र बाणहरूले उनीहरूलाई घाइते बनाउन सकेनन्।

अनि उनीहरू तयार थिए कि उनीहरूले त्यसमाथिबाट ढुङ्गाहरू हान्न सक्थे, उनीहरूको चाहनाहरू र उनीहरूको शक्तिअनुसार र सहरका पर्खालहरूका नजिक आउन प्रयास गर्नेहरूको बध गर्न सक्थे।

यसरी मोरोनीले शत्रुहरूको आगमनको विरुद्ध, सम्पूर्ण भूमिका सहरहरू वरिपरि, किल्लाहरूको तयारी गरे।

अनि यस्तो हुन गयो कि मोरोनीले अह्राए कि उनका सेनाहरू पूर्वको उजाड स्थानतिर जानु पर्दछ; हो, अनि उनीहरू अघि गए र पूर्वको उजाड स्थानमा भएका लमानीहरूलाई उनीहरूको आफ्नो भूमिमा लखेटे, जुन जरहेम्लाको दक्षिणमा थियो।

अनि नफीको भूमि पूर्व समुन्द्रदेखि पश्चिमसम्म सिधा दिशामा जान्थ्यो।

अनि यस्तो हुन गयो कि जब मोरोनीले लमानीहरूलाई पूर्वको उजाड स्थानबाट लखेटेका थिए, जुन उनीहरूका अधीनमा भएको भूमिहरूको उत्तरमा थियो, उनले अह्राए कि जरहेम्लाको भूमिका र वरिपरिका बासिन्दाहरूलाई पूर्वको उजाड स्थान, समुन्द्रको तटका सिमानाहरूसम्म समेत जानु पर्छ र भूमि स्वामित्वमा लिन पर्छ।

१० अनि उनले दक्षिणमा, उनीहरूको अधीनमा रहेको सिमानाहरूमा, सैनिकहरू पनि तैनाथ गरे र उनीहरूलाई किल्लाहरू खडा गर्न अह्राए कि उनीहरूले आफ्ना सिमानाहरू र आफ्ना जनलाई उनीहरूका शत्रुहरूबाट सुरक्षित गर्न सकून्।

११ अनि यसरी उनले लमानीहरूका पूर्वका उजाड स्थानका किल्लाहरू सबैलाई अलग्याए, हो, अनि पश्चिममा पनि, नफीहरूको र लमानीहरूको बीचको रेखालाई अझ बलियो बनाउँदै, जरहेम्लाको भूमि र नफीको भूमिबीच, पश्चिम समुन्द्रदेखि, सिदोनको नदीको शिरसम्म लम्बिँदै—उत्तरमा भएको सबै भूमि नफीहरूको स्वामित्वमा, हो, बाउन्टिफूल भूमिको उत्तरमा रहेको सबै भूमि समेत, उनीहरूको इच्छाअनुसार।

१२ यसरी मोरोनी, उनका सेनाहरू, जुन उनका कार्यहरूले गर्दा उनीहरूमा ल्याएको सुरक्षाको निश्चितताका कारण दैनिक रुपमा बढे, तिनीहरूले लमानीहरूको शक्ति र क्षमता उनीहरूको अधीनका भूमिबाट हटाउन खोजे, ताकि उनीहरूसँग नफीहरूका अधीनका भूमिहरूमाथि कुनै शक्ति हुनेछैन।

१३ अनि यस्तो हुन गयो कि नफीहरूले सहरको जग प्रारम्भ गरे र उनीहरूले त्यो सहरको नाउँ मोरोनी राखे; अनि यो पूर्वको समुन्द्र नजिक थियो; अनि यो दक्षिणमा लमानीहरूको स्वामित्वको सिमानानजिक थियो।

१४ अनि उनीहरूले मोरोनीको सहर र हारुनको सहरबीचमा पनि हारुन र मोरोनीका सिमानाहरूसँग जोडिने गरी एक सहरको जग बसाल्न थाले; अनि उनीहरूले त्यो सहरको, अथवा त्यस भूमिको, नाउँ नफीहाह राखे।

१५ अनि उनीहरूले त्यो सोही वर्ष उत्तरमा एक विशेष किसिमले सहरहरू बनाउन पनि थाले, जसलाई उनीहरूले लही भने, जुन उत्तरमा समुन्द्रको किनाराको सिमाना नजिक थियो।

१६ अनि यसरी बीसौँ वर्षको अन्त्य भयो।

१७ अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको एक्काइसौँ वर्षको प्रारम्भमा नफीका जन यी उन्नतिका अवस्थाहरूमा थिए।

१८ अनि उनीहरूले अत्यन्तै उन्नति गरे; अनि उनीहरू अत्यन्तै धनी भए, हो, अनि उनीहरू भूमिमा फैलिए र बलिया भए।

१९ अनि यसरी हामी देख्छौँ मानिसका छोराछोरीहरूप्रतिका आफ्ना वचनहरू पूरा गर्न परमप्रभुका सबै व्यवहारहरू कति कृपालु र न्यायोचित छन; हो, हामी हेर्न सक्छौँ कि उहाँका वचनहरू पुष्टि भएका छन्, यस समयमा समेत, जुन उहाँले लहीसामु भन्नु भएको थियो, यसो भन्दै:

२० तिमी र तिम्रा छोराछोरीहरू आशीषित होओ; अनि उनीहरू आशीषित हुनेछन्, जहाँसम्म उनीहरूले मेरा आज्ञाहरू पालना गर्नेछन् उनीहरूले यो भूमिमा उन्नति गर्नेछन्। तर सम्झ, जहाँसम्म उनीहरूले मेरा आज्ञाहरू पालना गर्ने छैनन् उनीहरूलाई परमप्रभुको उपस्थितिबाट अलग्याइने छ।

२१ अनि हामी देख्छौ कि यी बाचाहरू नफीका जनमा पुष्टि भएका छन्, किनकि यी उनीहरूमाझ भएका उनीहरूका झगडा र उनीहरूका कलह, हो, उनीहरूका हत्या र उनीहरूका लुट, उनीहरूका मूर्ति पूजा, उनीहरूका वेश्यावृत्ति र उनीहरूका कुकर्महरू थिए, जुन उनीहरूमाझमा थिए, जसले उनीहरूमाथि उनीहरूका युद्ध र विनाश ल्यायो।

२२ अनि यी जो परमप्रभुका आज्ञाहरू पालना गर्नमा आस्थावान थिए उनीहरूलाई सबै समयहरूमा मुक्त गरिएको थियो, जबकि उनीहरूका हजारौँ दुष्ट बन्धुहरूलाई दासत्वमा, अथवा तरबारद्वारा नाश हुन, अथवा विश्वासमा क्षीण हुन र लमानीहरूसँग मिसिन पठाइएका थिए।

२३ तर हेर नफीका दिनहरूदेखि, नफीका जनमाझ, मोरोनीका दिनहरूभन्दा, हो, यो समय समेतमा, न्यायकर्ताहरूको शासनको एक्काइसौँ वर्षमा, कहिल्यै यो भन्दा बढी खुसीको समय थिएन।

२४ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको बाइसौँ वर्ष पनि शान्तिमा अन्त्य भयो; हो, तेइसौँ वर्ष पनि।

२५ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको चौबिसौँ वर्षको प्रारम्भमा, त्यहाँ नफीका जनमाझ शान्ति हुने थियो यदि उनीहरूमाझ लहीको भूमि र लहीका सिमानाहरूसँग जोडिएको मोरियान्तोनको भूमिका बारेमा भएको कलह नभएको भए; जुन दुबै समुन्द्र तटका सिमानाहरूमा थिए।

२६ किनकि हेर, मोरियान्तोनको भूमि स्वामित्वमा लिने जनले लहीको भूमिको एक भागको दावा गरे; त्यसकारण उनीहरूमाझ उत्तेजित कलह हुन थाल्यो, यतिसम्म कि मोरियान्तोनका जनले उनीहरूका बन्धुहरूविरुद्ध हतियार उठाए र उनीहरूले तरबारद्वारा तिनीहरूको बध गर्न सङ्कल्प थिए।

२७ तर हेर, लहीको भूमि स्वामित्वमा लिनेहरू मोरोनीको शिविरतिर भागे र उनीसामु सहयोगका निम्ति बिन्ती गरे; किनकि हेर उनीहरू गल्तीमा थिएनन्।

२८ अनि यस्तो हुन गयो कि जब मोरियान्तोनका जन, जसलाई मोरियान्तोन नाउँ गरेको मानिसले अगुवाइ गरिएको थियो, उनीहरूले पत्ता लगाए कि लहीका जन मोरोनीको शिविरतिर भागेका थिए, उनीहरू अत्यन्तै त्रसित भए कथंकदाचित मोरोनीका सेना उनीहरूमाथि आउनेछन् र उनीहरूलाई विनाश गर्नेछन्।

२९ त्यसकारण, मोरियान्तोनले उनीहरूका हृदयमा राख्यो कि उनीहरू उत्तरतिरको भूमितिर भाग्नु पर्दछ, जुन पानीका ठूला भागले ढाकिएका थिए र उत्तरतिरको भूमि स्वामित्वमा लिनु पर्छ।

३० अनि हेर, उनीहरूले यो योजनालाई प्रभावकारी बनाउन सक्दथे, (जुन विलाप गर्ने कारण हुन्थ्यो) तर हेर, मोरियान्तोन धेरै जोशको मानिस भएकाले, त्यसकारण ऊ उसको एक सेविकासँग रिसायो र ऊ उनीमाथि जाइलाग्यो र उनलाई धेरै कुट्यो।

३१ अनि यस्तो हुन गयो कि उनी भागिन् र मोरोनीको शिविरमा आइन् र मोरोनीलाई त्यस विषयका बारेमा सबै कुराहरू र उनीहरूको उत्तरतिरको भूमितर्फ भाग्ने योजनाका बारेमा भनिन्।

३२ अब हेर, बाउन्टिफुल भूमिमा भएका जन, अथवा बरु मोरोनी डराए कि उनीहरूले मोरियान्तोनका वचनहरू सुन्नेछन् र उसका जनसँग एकीकृत हुनेछन् र यसरी उनले भूमिका ती भागहरू स्वामित्वमा लिनेछन्, जसले नफीका जनमाझ एक गम्भीर नतिजाको जग बसाल्नेछ, हो, जुन नतिजाले उनीहरूको स्वन्तन्त्रतालाई गुमाउन अगुवाइ गर्नेछ।

३३ त्यसकारण मोरोनीले सेना पठाए, उनीहरूको शिविर सहित, मोरियान्तोनका जन भन्दाअगाडि जान, उनीहरूको उत्तरतर्फको भगाइलाई रोक्न।

३४ अनि यस्तो हुन गयो कि उजाड भूमिको सिमानाहरू नआइन्जेल तिनीहरूले उनीहरूलाई उछिनेनन्; अनि त्यहाँ उनीहरूले तिनीहरूलाई उछिने, एक साँघुरो घाँटी हुँदै जसलाई समुन्द्रद्वारा उत्तरतिर अगुवाइ गरिएको थियो, हो, समुन्द्र नजिक, पश्चिममा र पूर्वमा।

३५ अनि यस्तो हुन गयो कि मोरोनीले पठाएको सेनाले, जसलाई तेयान्कुम नाम भएको मानिसले अगुवाइ गरिएको थियो, मोरियान्तोनका जनलाई भेटे; र मोरियान्तोनका जन यति अटेरी थिए(उनीहरू उसको दुष्टता र चाप्लुसिका वचनहरूद्वारा प्रेरित भएकाले) कि तिनीहरूबीच युद्ध प्रारम्भ भयो, जसमा तेयान्कुमले मोरियान्तोनको बध गरे र उसका सेनाहरूलाई हराए र उनीहरूलाई कैदीहरू बनाए र मोरोनीको शिविरतर्फ फर्के। अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको चौबीसौँ वर्ष अन्त्य भयो।

३६ अनि यसरी मोरियान्तोनका जनलाई फिर्ता ल्याइयो। अनि शान्ति राक्ने करार गरेपछि, उनीहरूलाई मोरियान्तोनको भूमिमा पुनर्स्थापित गरियो र उनीहरू र लहीका जनबीच एकीकरण भयो र तिनीहरूलाई पनि उनीहरूको भूमिमा पुनर्स्थापित गरियो।

३७ अनि यस्तो हुन गयो कि सोही वर्षमा कि नफीका जनमा शान्तिको पुनर्स्थापना गरियो, कि नफीहाह, दोस्रो प्रधान न्यायकर्ता, मरे, परमेश्वरअगाडि न्यायको आसनको पूर्ण इमान्दारीताका साथ परिपूर्ण गरेर।

३८ तैपनि, उनले ती अभिलेखहरू र अल्मा र उनका पितापुर्खाहरुले अति पवित्र भनेर ठानेका ती कुराहरू अल्मालाई स्वामित्वमा दिलाउन अस्वीकार गरेका थिए; त्यसकारण अल्माले तिनलाई उनका छोरा, हेलामानलाई प्रदान गरेका थिए।

३९ हेर, यस्तो हुन गयो कि नफीहाहका छोरालाई, उनका पिताको सट्टामा, न्यायको आसन भर्न नियुक्त गरियो; हो उनलाई धार्मिकताका साथ न्याय गर्न र जनको शान्ति र स्वतन्त्रताको कायम राख्न र उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्वरलाई आराधना गर्ने पवित्र सुविधाहरू दिन, हो, उनका सम्पूर्ण दिनहरूमा परमेश्वरका कारणलाई समर्थन र सुचारु गर्न र दुष्टहरूलाई उनीहरूले गरेको अपराधअनुसार न्यायमा ल्याउन एक शपथ र पवित्र विधिका साथ, जनमाथि प्रधान न्यायकर्ता र राज्यपालमा नियुक्त गरियो।

४० अब हेर, उनको नाउँ पहोरान थियो। अनि पहोरानले आफ्ना पिताका आसनमा बसे र नफीका जन माथिको आफ्नो शासन चैबीसौँ वर्षको अन्त्यमा आरम्भ गरे।