धर्मशास्त्रहरू
अल्मा ६१


अध्याय ६१

पहोरानले मोरोनीलाई सरकारविरुद्धको राजद्रोह र विद्रोहको बारेमा भन्दछन्—राजावादीहरूले जरहेम्ला लिन्छन् र लमानीहरूसँग मिलोमतोमा छन्—पहोरानले विद्रोहीहरूका विरुद्ध सैनिक सहयोगको अनुरोध गर्छन्। लगभग ई.पू. ६२।

हेर, अब यस्तो हुन गयो कि मोरोनीले प्रधान राज्यपाललाई आफ्नो पत्र पठाएपछि तुरुन्त उनले प्रधान राज्यपाल पहोरानबाट एक पत्र प्राप्त गरे। अनि उनले प्राप्त गरेका वचनहरू यी थिए:

म, पहोरान, जो यो भूमिको प्रधान राज्यपाल हुँ, सेनाका प्रधान कप्तान मोरोनीसामु यी वचनहरू पठाउँछु। हेर म तिमीसामु भन्छु, मोरोनी, कि म तिमीहरूकामहान् कष्टहरूमा खुसी मनाउँदिन, हो, यसले मेरो आत्मालाई दुखित तुल्याउँछ।

तर हेर, त्यहाँ ती छन् जो तिमीहरूका कष्टहरूमा खुसी मनाउँछन्, हो, यतिसम्म कि तिनीहरू मेरा र मेरा जनमध्येका ती स्वतन्त्रतावादी जनविरुद्ध पनि विद्रोहमा उठेका छन्, हो, अनि जो उठेका छन् उनीहरू अत्यन्तै अनगिन्ती छन्।

अनि जसले मबाट न्यायको आसन लिन खोजेका छन् उनीहरूनै यो अधिक दुष्टताको कारण भएका छन्; किनकि उनीहरूले महान् चाप्लुसी प्रयोग गरेका छन् र धेरै जनका हृदयहरूको अगुवाइ गरेका छन् जुन हामीमाझ पीडादायी कष्टको कारण हुनेछ; उनीहरूले हाम्रा बन्दोबस्तीका सामानहरू रोकेका छन् र हाम्रा स्वतन्त्रतावादीहरूलाई निरुत्साहित बनाएका छन् कि उनीहरू तिमीसामु आएका छैनन्।

अनि हेर, उनीहरूले हामीलाई उनीहरूअगाडि लखेटेका छन् र म जति मानिसहरूलाई पाउन सम्भव थियो त्यत्तिका साथ गिदोनको भूमिमा भागेको छु।

अनि हेर, मैले भूमिको यो भागभरी घोषणा पठाएको छु; अनि हेर, उनीहरू दिनदिनै, उनीहरूका हतियारसहित, उनीहरूको देशको र उनीहरूको स्वतन्त्रताको सुरक्षामा, हामीमाथिको गलतको बदला लिन हामीतिर जम्मा भइरहेका छन्।

अनि उनीहरू हामीसमक्ष आएका छन्, यतिसम्म कि हाम्रा विरुद्ध विद्रोहमा उठेकाहरू विरोधमा स्थापित छन्, हो, यतिसम्म कि उनीहरू हामीसँग डराउँछन् र हामीविरुद्ध लड्न आउन आँट गर्दैनन्।

उनीहरूले जरहेम्लाको भूमि अर्थात् सहरलाई अधीनमा लिएका छन्; उनीहरूले आँफूहरूमाथि राजाको नियुक्त गरेका छन् र उनले लमानीहरूका राजालाई लेखेका छन्, जसमा उनले तिनीसँग सम्झौतामा सहमत भएका छन्; जुन सम्झौतामा उनले जरहेम्लाको सहर कायम राख्न मञ्जुर गरेका छन्, जुन व्यवस्थापनले उनले सोच्छन् लमानीहरूलाई बाँकी भूमिमाथि विजय पाउन सामर्थ्य दिनेछ र जब लमानीहरूले उनीहरूलाई जित्दछन् उनलाई यी जनमाथि राजा बनाउने छन्।

अनि अब, तिम्रो पत्रमा तिमीले मेरो आलोचना गरेका छौ, तर यसको मतलब छैन, म रिसाउँदिन; तर तिम्रो हृदयको महान्‌तामा खुसी मनाउँदछु। मेरा जनका अधिकारहरू र स्वतन्त्रताको जगेर्ना गर्न सकूँ भनी मेरो न्यायको आसन प्राप्त गर्न बाहेक म, पहोरान, शक्ति खोज्दिनँ। मेरो त्यो आत्मा स्वतन्त्रतामा दह्रो भएर खडा छ जसमा परमेश्वरले हामीलाई मुक्त बनाउनु भएको छ।

१० अनि अब, हेर, हामी दुष्टताको रक्तपातसम्म समेत विरोध गर्नेछौँ। यदि लमानीहरू उनीहरूको आफ्नै भूमिमा बस्ने भए हामी उनीहरूको रगत बगाउने थिएनौं।

११ हामीहरू हाम्रा बन्धुहरूको रगत बगाउने थिएनौँ यदि उनीहरू हाम्राविरुद्ध विद्रोहमा नउठे र तरबार नउठाए।

१२ यदि परमेश्वरको न्यायका निम्ति आवश्यक भए, अथवा परमेश्वरले हामीलाई त्यसो गर्न आज्ञा दिनुहुन्छ भने, हामी आफैँ दासत्वको जुवामा बाँधिने थियौँ।

१३ तर हेर उहाँले हामीलाई आज्ञा दिनुभएको छैन कि हामीहरू आफ्ना शत्रुहरूका अधीनमा हुनुपर्छ, तर आज्ञा दिनुभएको छ कि हामीले उहाँमा भरोसा राख्नुपर्छ, अनि उहाँले हामीलाई मुक्त गर्नुहुनेछ।

१४ त्यसकारण, मेरो प्रिय बन्धु, मोरोनी, हामीले दुष्टको विरोध गरौँ र जुन दुष्टता हामीले हाम्रा वचनहरूद्वारा विरोध गर्न सक्दैनौँ, जस्तै विद्रोहहरू र मतभेदहरू, तिनलाई हामीले तरबारहरूद्वारा विरोध गरौँ, कि हामीले हाम्रो स्वतन्त्रता राख्न सकौँ, कि हामी हाम्रा चर्चको महान् सुविधामा र हाम्रा उद्धारकर्ता र हाम्रा परमेश्वरको लक्ष्यमा खुसी मनाउन सकौँ।

१५ त्यसकारण, तिम्रा मानिसहरूमध्ये केहीका साथ द्रूतगतिले मसमक्ष आऊ र बाँकीलाई लही र तेयान्कुमका नियन्त्रणमा छाड; परमेश्वरको आत्माअनुसार, जुन उनीहरूमा भएको स्वतन्त्रताको आत्मा पनि हो, सोहीअनुसार उनीहरूलाई भूमिको त्यो भागमा युद्ध सञ्चालन गर्ने शक्ति देऊ।

१६ हेर मैले उनीहरूलाई केही बन्दोवस्तीका सामानहरू पठाएको छु, कि तिमीहरू मसमक्ष आउन सक्ने नहोइन्जेलसम्म उनीहरू नाश नहोऊन्।

१७ तिमीले यात्रामा यहाँ जम्मा गर्न सक्ने फौज एक साथ भेला गर र हामीमा भएको आस्थाअनुसार परमेश्वरको शक्तिमा हामी द्रूतगतिले ती भिन्न मतधारीहरूविरुद्ध जानेछौँ।

१८ अनि हामी जरहेम्लाको सहरलाई अधीनमा लिनेछौँ, कि हामीले लही र तेयान्कुमसामु पठाउन अरु खाना प्राप्त गर्न सकूँ; हो, हामी उनीहरूविरुद्ध परमप्रभुको शक्तिमा जानेछौँ र हामीले यो महान् दुष्टताको अन्त्य गर्नेछौँ।

१९ अनि अब, मोरोनी, म तिम्रो पत्र प्राप्त गर्नमा खुसी मनाउँछु, किनकि हामीले के गर्नुपर्दछ भन्ने बारेमा म केही चिन्तित थिएँ, कि हामी हाम्रा बन्धुहरूविरुद्ध जान हामीमा न्यायिक हुन्छ कि हुन्न।

२० तर तिमीले भनेका छौ, उनीहरूले पश्चात्ताप नगरे परमप्रभुले तिमीलाई आज्ञा दिनुभएको छ कि तिमीहरू उनीहरूविरुद्ध जानुपर्छ।

२१ यो हेर कि तिमीले लहीलाई र तेयान्कुमलाई परमप्रभुमा बलियो बनाउनू, उनीहरूलाई नडराउनु भन्नू, किनभने परमेश्वरले मुक्त गर्नुहुनेछ उनीहरूलाई, हो र ती सबैलाई पनि जो त्यो स्वतन्त्रतामा दह्रो भएर खडा छन् जसद्वारा परमेश्वरले उनीहरूलाई मुक्त बनाउनु भएको छ। अनि अब म मेरा प्रिय बन्धु मोरोनीका लागिको मेरो पत्र बन्द गर्छु।