धर्मशास्त्रहरू
अल्मा ४६


अध्याय ४६

अमलिकीयाहल राजा हुन षडयन्त्र गर्दछ—मोरोनीले स्वतन्त्रताको ध्वजा उठाउँछन्—उनले जनलाई आफ्नो धर्मको सुरक्षा गर्न जम्मा गर्छन्—सच्चा विश्वासीहरूलाई ख्रीष्टियनहरू भनिन्छ—योसेफको अवशेषको संरक्षण गरिनेछ—अमलिकीयाह र भिन्न मतधारी नफीको भूमितिर भाग्छन्—स्वतन्त्रताको कारणको समर्थन नगर्नेहरूलाई मारिन्छ। लगभग ई.पू. ७३–७२।

अनि यस्तो हुन गयो कि जत्तिले हेलामानका र उनका बन्धुहरूका वचनहरूलाई सुनेनन् उनीहरू आफ्ना बन्धुहरूका विरुद्धमा एक साथ भेला भए।

अनि अब हेर, उनीहरू अत्यन्त क्रुद्ध थिए, यतिसम्म कि उनीहरू तिनीहरूलाई बध गर्न दृढ थिए।

अब आफ्ना बन्धुहरूसँग क्रुद्ध हुनेहरूको अगुवा ठूलो र बलियो मानिस थियो; र उसको नाउँ अमलिकीयाह थियो।

अनि अमलिकीयाह राजा हुन इच्छुक थियो; र ती जन जो क्रूद्ध थिए उनीहरू पनि इच्छुक थिए कि ऊ उनीहरूको राजा हुनु पर्दछ; र उनीहरूमध्ये ठूलो भाग भूमिका तल्लो न्यायकर्ताहरू थिए, अनि उनीहरूले शक्ति खोज्दै थिए।

अनि उनीहरूलाई अमलिकीयाहका फुर्क्याइद्वारा अगुवाइ गरिएको थियो, कि यदि उनीहरूले उसलाई समर्थन गरे र राजाको रुपमा स्थापना गरे भने कि उसले उनीहरूलाई जनमाथिको शासक बनाउने छ।

यसरी उनीहरूलाई अमलिकीयाहले मतभेदहरूतिर अगुवाइ गरेको थियो, हेलामान र उनका बन्धुहरूका प्रवचन हुँदाहुँदै, हो, उनीहरूको चर्चमाथिको अत्यन्त हेरविचार हुँदाहुँदै, किनकि उनीहरू चर्चमाथि उच्च पादरीहरू थिए।

अनि चर्चमा अमलिकीयाहका फुर्क्याइहरूको विश्वास गर्ने धेरै थिए, त्यसकारण उनीहरू चर्चबाट समेत विमति भएका थिए; अनि यसरी उनीहरूको लमानीहरूमाथिको महान् विजय र परमप्रभुको हातद्वाराको उनीहरूको मुक्तिका कारणको उनीहरूको महान् खुसियाली हुँदाहुँदै पनि, नफीका जनको चर्चको कारोबार अत्यन्त अनिश्चित र खतराजनक थियो।

यसरी हामी देख्न सक्छौ कति छिट्टै मानिसका छोराछोरीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई बिर्सन्छन्, हो, कति छिट्टै दुष्टता गर्छन् र सैतानद्वारा अगुवाइ गरिइन्छन्।

हो, अनि हामी एक ज्यादै दुष्ट मानिसले मानिसका छोराछोरीहरूमाझ गर्न सक्ने महान् दुष्टता पनि देख्न सक्छौँ।

१० हो, हामी देख्छौँ कि अमलिकीयाह, किनभने ऊ धूर्त तरिकाहरूको मानिस र धेरै चाप्लुसी बोल्ने मानिस थियो, कि उसले धेरै जनका हृदयहरू दुष्टतापूर्वक गर्न, हो र परमेश्वरका चर्चको विनाश गर्न खोज्न र उनीहरूलाई परमेश्वरले दिनुभएको, अथवा जुन आशीष परमेश्वरले धर्मीका निमित्त भूमिका सतहमाथि पठाउनुभएको थियो, त्यसको स्वतन्त्रताको जगको विनाश गर्न अगुवाइ गरेर लग्यो।

११ अनि अब यस्तो हुन गयो कि जब नफीका सेनाहरूका मुख्य सेनानी मोरोनीले यी मतभेदहरूका बारेमा सुनेका थिए, उनी अमलिकीयाहसँग रिसाए।

१२ अनि यस्तो हुन गयो कि उनले आफ्नो कोट टुक्रा टुक्रा पारे; र त्यसको एक टुक्रा लिए र त्यसमाथि लेखे—हाम्रा परमेश्वर, हाम्रो धर्म र स्वतन्त्रता र हाम्रो शान्ति, हाम्रा पत्नीहरू र हाम्रा छोराछोरीहरूका सम्झनामा—र एक लठ्ठीको टुप्पोमा त्यसलाई बाँधे।

१३ अनि उनले आफ्नो शिर-कवच र आफ्नो वक्ष-कवच र उनका ढालहरू बाँधे र आफ्नो नितम्ब वरिपरि कवच बाँधे; र उनले त्यो लठ्ठी लिए, जसको टुप्पोमा उनको टुक्राटुक्रा गरिएको कोट थियो, (अनि उनले त्यसलाई स्वतन्त्रताको ध्वजा भने) र उनले जमिनमा निहुरे र उनले परमेश्वरसामु स्वतन्त्रताको आशीष भूमि ख्रीष्टियानहरूको एक समूहको स्वामित्वमा रहुन्जेलसम्म उनीहरूका बन्धुहरूमा रहनका लागि प्रार्थना गरे।

१४ किनकि परमेश्वरको चर्चको मातहतमा रहेका ख्रीष्टका सच्चा विश्वासीहरू सबैलाई चर्चको मातहतमा नरहेकाहरूले यसरी बोलाउँथे।

१५ अनि ती जो चर्चको मातहतमा थिए आस्थावान् थिए; हो, ती सबै जो ख्रीष्टका सच्चा विश्वासी थिए आउनुहुने ख्रीष्टमाथिको उनीहरूको विश्वासका कारण उनीहरूले आफैँमा ख्रीष्टको नाउँ, अथवा उनीहरूलाई बोलाइएजस्तै ख्रीष्टियान नाउँ खुसीका साथ लिए।

१६ अनि त्यसकारण, यो समयमा, मोरोनीले प्रार्थना गरे कि ख्रीष्टियानहरूको र भूमिको स्वतन्त्रताको लक्ष्य प्राप्त हुन सकोस्।

१७ अनि यस्तो हुन गयो कि जब उनले आफ्नो आत्मा परमेश्वरमा खन्याएका थिए, उनले उजाडको भूमिको दक्षिणमा रहेको सबै भूमिलाई, हो, निष्कर्षमा, उत्तर र दक्षिण दुबैका सबै भूमिलाई—एक चुनिएको भूमि र स्वतन्त्रताको भूमि भनि नामाकरण गरे।

१८ अनि उनले भने, परमेश्वरले निश्चय नै अनुमति दिनुहुनेछैन कि, हामी, जो अपमानित छौँ किनभने हामीले आफूमा ख्रीष्टको नाउँ लिन्छौँ, हामीहरूलाई हामीले हाम्रा आफ्नै उल्लङ्घनहरू मार्फत् आफैँमा यो नल्याए किचिमिची पारिनेछ र विनाश गरिनेछ।

१९ अनि जब मोरोनीले यी वचनहरू भनेका थिए, उनी जनमाझ अघि गए, उनको टुक्रा टुक्रा गरिएको वस्त्रको भाग हावामा हल्लाउँदै; कि सबैले टुक्रा टुक्रा गरिएको भागमा लेखिएको लेखाइ देख्न सकून् र ठूलो स्वरले कराउँदै, यसो भन्दै:

२० हेर, जसले भूमिमाथि यो ध्वजालाई राख्नेछ, उसलाई परमप्रभुको शक्तिमा आघि आउन देऊ र एक करारमा प्रवेश गर्न देऊ कि उनीहरूले आफ्ना अधिकारहरू र आफ्नो धर्म, जोगाउन सकून्, कि परमप्रभु परमेश्वरले उनीहरूलाई आशीष दिनुहुनेछ।

२१ अनि यस्तो हुन गयो कि जब मोरोनीले यी वचनहरूको घोषणा गरेका थिए, हेर, जन दौडदैँ उनीहरूका आफ्ना नितम्बहरू वरिपरि कवच बाँधेर, आफ्ना वस्त्रहरू सङ्केतका रुपमा, अथवा करारका रुपमा टुक्रा टुक्रा पारेर एक साथ आए, कि उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई त्याग्ने छैनन्; अथवा, अर्को शब्दमा, यदि उनीहरूले परमेश्वरका आज्ञाहरूको उल्लङ्घन गरे, अथवा उल्लङ्घनमा पतन भए र ख्रीष्टको नाउँ लिनमा लज्जित भए, उनीहरूले आफ्ना वस्त्रहरू टुक्रा टुक्रा गरे जस्तै परमप्रभुले उनीहरूलाई टुक्रा-टुक्रा गर्नुहुनेछ।

२२ अब यो उनीहरूले गरेको करार थियो र उनीहरूले आफ्ना वस्त्रहरू मोरोनीका पाउमा फ्याँके, यसो भन्दै: हामी हाम्रा परमेश्वरसँग करार गर्छौं, कि हामीलाई हाम्रा उत्तरतिरका बन्धुहरूको जस्तै, विनाश गरिनेछ, यदि हामी उल्लङ्घनमा पतन भयौँ भने; हो, यदि हामी उल्लङ्घनमा पतन भयौँ भने, उहाँले हामीलाई हाम्रा शत्रुहरूका पाउहरूमा फ्याँक्न सक्नुहुनेछ, जसरी हामीले हाम्रा वस्त्रहरू तिम्रा पाउहरूमा तिम्रो पैतालामुनि किचिमिची गर्न फ्याँकेका छौँ।

२३ मोरोनीले उनीहरूसामु भने: हेर, हामी याकूबका सन्ततिका अवशेष हौँ; हो, हामी योसेफका सन्ततिका अवशेष हौँ, जसको कोट उनका बन्धुहरूले धेरै टुक्राहरूमा टुक्रा-टुक्रा पारेका थिए; हो, अनि अब हेर, हामीले परमेश्वरका आज्ञाहरू पालना गर्न सम्झिऔँ, अन्यथा हाम्रा वस्त्रहरू हाम्रा बन्धुहरूद्वारा टुक्रा-टुक्रा गरिनेछ र हामीलाई कारागारमा फ्याँकिनेछ, अथवा बेचिनेछ, अथवा वध गरिनेछ।

२४ हो, हामीले योसेफका अवशेषका रुपमा आफ्ना स्वतन्त्रताको संरक्षण गरौँ; हो, याकूबका उनको मृत्युअगाडिका वचनहरूलाई सम्झौँ, किनकि हेर, उनले देखे कि योसेफको कोटको अवशेषको एक भाग संरक्षण गरिएको थियो र कुहिएको थिएन। अनि उनले भने—जसरी मेरो छोराको वस्त्रको यो अवशेषलाई संरक्षण गरिएको छ, त्यसरी मेरो छोराका सन्ततिको अवशेषलाई परमेश्वरका हातद्वारा संरक्षण गरिनेछ र उहाँ आफैँमा लिनुहुनेछ, जब कि योसेफका सन्ततिका बाँकी अवशेषको उनका वस्त्रको बाँकी अवशेषको जस्तै नाश हुनेछ।

२५ अब हेर, यसले मेरो जीवात्मालाई दु:ख दिन्छ; तैपनि, मेरो जीवात्मा मेरो छोरामा खुसी लिन्छ, परमेश्वरमा लिइने उसका सन्तानको एक भागका कारण।

२६ अनि हेर, याकूबको भाषा यस्तो थियो।

२७ अनि अब कसलाई थाहा छ तर योसेफका सन्ततिको कुन भाग, जुनको उनको वस्त्रको जस्तै नाश हुनेछ, के ती हामीबाट मतभेद प्रकट गर्नेहरू हुन्?हो, अनि त्यो हामी पनि हुन सक्छौँ यदि हामी ख्रीष्टको विश्वासमा अडिग भएनौँ भने।

२८ अनि अब यस्तो हुन गयो कि जब मोरोनीले यी वचनहरू भनेका थिए उनी अघि गए र विमतीहरु भएका भूमिका सबै भागहरूमा पनि पठाए र स्वतन्त्रता जोगाउन, अमलिकीयाहीहरू भनिने अमलिकीयाह र मतभेद प्रकट गरेका तिनका विरुद्ध खडा हुन इच्छुक सबै जन एक साथ भेला भए।

२९ अनि यस्तो हुन गयो कि जब अमलिकीयाहले देख्यो कि मोरोनीका जन अमलिकीयाहीहरू भन्दा धेरै थिए—अनि उसले यो पनि देख्यो कि उसका जन उनीहरूले लिएको लक्ष्यको न्याय बारेमा शंङ्कालु थिए—त्यसकारण, लक्ष्य प्राप्त गर्न सकिदैन कि भन्ने डरले, उस्ले जान चाहने उसका जनलाई लियो र नफीको भूमितिर प्रस्थान गऱ्यो।

३० अनि मोरोनीले सोचे यो आवश्यक थिएन कि लमानीहरूले अरु शक्ति प्राप्त गर्नुपर्छ; त्यसकारण उनले सोचे अमलिकीयाहका जनको बाटो काटिनु पर्छ, अथवा उनीहरूलाई लिएर फिर्ता ल्याउनु पर्दछ र अमलिकीयाहलाई मृत्युमा पार्नु पर्छ; हो, किनकि उनलाई थाहा थियो कि उसले लमानीहरूलाई उनीहरूका विरुद्ध रिसमा भड्काउनेछ र उनीहरूलाई नफीहरूका विरुद्ध लडाइँ गर्न आउन लगाउनेछ; अनि उनले यो थाहा पाए कि अमलिकीयाहले त्यसो गर्ने छ ताकि उसले आफ्ना प्रयोजनहरू प्राप्त गर्न सकोस्।

३१ त्यसकारण मोरोनीले सोचे कि यो आवश्यक थियो कि उनले आफ्ना सेनाहरूलाई लिनु पर्दछ, जो एक साथ भेला भएका थिए र आफैँ हातियारले सज्जिएका थिए र शान्ति राख्ने करारमा प्रवेश गरेका थिए—अनि यस्तो हुन गयो कि उनले आफ्ना सेना लिए र उजाड स्थानमा अमलिकीयाहको बाटो काट्न आफ्ना पालहरू सहित उजाड स्थानतिर अघि बढे।

३२ अनि यस्तो हुन गयो कि उनले आफ्नो चाहानाअनुसार गरे र उजाड स्थान र अमलिकीयाहका सेनाहरू तिर अघि बढे।

३३ अनि यस्तो हुन गयो कि अमलिकीयाह आफ्नो मानिसहरूको सानो सङ्ख्याका साथ भाग्यो र बाँकीलाई मोरोनीको हातमा हस्तान्तरण गरेको थियो र जरहेम्लाको भूमितिर फर्काइएको थियो।

३४ अब, मोरोनी प्रधान न्यायकर्ताहरू र जनताका मतद्वारा नियुक्त गरिएको एक मानिस भएकाले, त्यसकारण उनीसँग नफीका सेनाहरूमाथि अधिकारको स्थापना गर्न र अभ्यास गर्न उनीहरूलाई आफ्नो इच्छाअनुसार गर्ने शक्ति थियो।

३५ अनि यस्तो हुन गयो कि अमलिकीयाहीहरूमध्ये जसले स्वन्तत्रताको लक्ष्यको समर्थन गर्न करारमा प्रवेश गरेन, कि एक स्वतन्त्र सरकारको कायम होओस्, उनले मार्न लगाए; र तर स्वतन्त्रताको करारको अस्वीकार गर्ने थोरैमात्र थिए।

३६ अनि यस्तो पनि हुन गयो, कि उनले नफीहरूको अधीनमा भएको सम्पूर्ण भूमिमा रहेका प्रत्येक धरहरामा स्वतन्त्रताको ध्वजा उचाल्न लगाए; अनि यसरी मोरोनीले नफीहरूमाझ स्वतन्त्रताको ध्वजा गाडे।

३७ अनि उनीहरूमाझ भूमिमा फेरि शान्ति हुन थाल्यो; अनि यसरी उनीहरूले न्यायकर्ताहरूको शासनको उन्नाइसौँ वर्षको करिब अन्त्यसम्म शान्ति कायम राखे।

३८ अनि हेलामान र उच्च पादरीहरूले पनि चर्चमा अनुक्रम कायम राखे; हो, चार वर्षको अन्तरालसम्म उनीहरूमाझ चर्चमा धेरै शान्ति र खुसियाली थियो।

३९ अनि यस्तो हुन गयो कि धेरै थिए जो दृढताका साथ विश्वास गर्दै मरे कि परमप्रभु येशू ख्रीष्टद्वारा उनीहरूका जीवात्माहरूको उद्धार गरिएको थियो; यसरी उनीहरू यस संसारबाट खुसीका साथ गए।

४० अनि त्यहाँ केही थिए जो ज्वरोले मरे, जुन वर्षको कुनै ऋतुहरूमा भूमिमा बारम्बार थियो—तर जरोबाट त्यति होइन, रोगहरूका कारणहरू हटाउन परमेश्वरले दिनुभएका अति गुणस्तरका धेरै विरुवाहरू र जराहरूका कारण, जुनप्रति मानिसहरू हावापानीको प्रकृतिको अधीनमा थिए—

४१ तर बृद्ध अवस्थाका कारण मर्नेहरू धेरै थिए; अनि ख्रीष्टको आस्थामा मर्नेहरू उहाँमा खुसी थिए, हामीले त्यस्तै अनुमान गर्नु आवश्यक छ।