धर्मशास्त्रहरू
अल्मा ४


अध्याय ४

अल्माले हजारौँ परिवर्तित हुनेहरूलाई बप्तिस्मा दिन्छन्—दुष्टता चर्चमा प्रवेश गर्दछ र चर्चको प्रगति रोकिन्छ—नफीहाहलाई प्रधान न्यायकर्ता नियुक्त गरिन्छ—अल्मा, उच्च पादरीका रुपमा, सेवामा आफैँलाई अर्पन्छन्। लगभग ई.पू. ८६–८३।

अब यस्तो हुन गयो कि नफीका जनमाथि न्यायकर्ताहरूको शासनको छैठौं वर्षमा, जरहेम्लाको भूमिमा न त कुनै कलहहरू भए न त कुनै युद्धहरूनै भए।

तर जन, उनीहरूका बन्धुहरू गुमाउँदा र उनीहरूका बथान र झुण्डहरू गुमाउँदा र लमानीहरूद्वारा पैतालाले किचिमिची गरिएर विनाश गरिएका जमिनका अन्न पनि गुमाउँदा पीडित, हो, अत्यन्त पीडित भए।

अनि उनीहरूका कष्टहरू यति महान् थिए कि प्रत्येक जीवात्मालाई शोक गर्ने कारण थियो; र उनीहरूले विश्वास गरे कि यी उनीहरूका दुष्टताहरू र उनीहरूका कुकर्महरूका कारण उनीहरूमाथि पठाइएको परमेश्वरका न्यायहरू थिए त्यसकारण उनीहरूलाई आफ्ना कर्तव्यको सम्झनामा ब्यूँझाइएको थियो।

अनि उनीहरूले चर्च अझ पूर्ण रुपमा स्थापना गर्न थाले; हो र धेरैले सिदोनका पानीमा बप्तिस्मा लिए र परमेश्वरको चर्चमा सम्मिलित भए; हो, उनीहरूलाई अल्माका हातद्वारा बप्तिस्मा दिइएको थियो, जसलाई, उनका पिता अल्माको हातद्वारा, चर्चका जनमाथि उच्च पादरी पवित्रीकृत गरिएका थिए।

अनि न्यायकर्ताहरूको शासनको सातौँ वर्षमा यस्तो हुन गयो त्यहाँ तीन हजार पाँच सय जीवात्माहरू थिए जो परमेश्वरको चर्चमा आफैँ एकीकृत भएर बप्तिस्मा लिए। अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको सातौँ वर्ष अन्त्य भयो; अनि त्यहाँ यो सबै समयमा निरन्तर शान्ति थियो।

अनि न्यायकर्ताहरूको शासनको आठौँ वर्षमा यस्तो हुन गयो, कि चर्चका जन घमण्डी बन्न थाले, उनीहरूका अत्यन्त धनका कारण र उनीहरूका असली रेशम र उनीहरूका मसिनो गरी बाटीएका सुती कपडाहरूका कारण र उनीहरूका धेरै बथान र झुण्डका कारण र उनीहरूका सुन र उनीहरूका चाँदी र उनीहरूका उद्धमद्वारा प्राप्त गरेका सबै प्रकारका मूल्यवान् कुराहरू र यी सबै कुराहरूका कारण उनीहरू उनीहरूका आँखाको घमण्डमा उचालिएका थिए, किनकि उनीहरूले ज्यादै महङ्गा वस्त्र पहिरन थाले।

अब अल्माको लागि, हो, चर्चमाथि शिक्षकहरू, पादरीहरू र एल्डरहरू हुन अल्माले पवित्रीकृत गरिएका जनमध्ये धेरैका लागि यो धेरै कष्टको कारण थियो; हो, उनीहरूमध्ये धेरै दुष्टताका लागि अत्यन्त शोकाकूल भए जुन उनीहरूले उनीहरूका जनमाझ हुन थालेको देखे।

किनकि उनीहरूले महान् दु:खका साथ देखे र हेरे कि चर्चका जन उनीहरूका आँखाहरूको घमण्डमा उचालिन र उनीहरूका हृदयहरू धनमा र संसारका व्यर्थका कुराहरूमा राख्न थाले, कि उनीहरू, एक अर्काप्रति तिरस्कारपूर्ण हुन थाले र उनीहरूले तिनीहरूलाई सताउन थाले जसले तिनीहरूको आफ्नै इच्छा र खुशीअनुसार विश्वास गरेनन्।

अनि यसरी, न्यायकर्ताहरूको शासनको आठौँ वर्षमा, चर्चका जनमाझ भयानक कलहहरू हुन थाले; हो, त्यहाँ ईर्ष्या, कलह र द्वैष र सतावट र घमण्ड, परमेश्वरका मातहतमा नरहेकाहरूलाई समेत उछिन्ने घमण्ड थियो।

१० अनि न्यायकर्ताहरूको शासनको आठौं वर्ष यसरी अन्त्य भयो; र चर्चको दुष्टता चर्चका मातहतमा नभएकाहरूका लागि ठेस लगाउने ढुङ्गा थियो; र यसरी चर्च यसको प्रगतिमा असफल हुन थाल्यो।

११ अनि नवौं वर्षको प्रारम्भमा यस्तो हुन गयो, अल्माले चर्चका दुष्टतालाई देखे र अल्माले यो पनि देखे कि चर्चको उदाहरणले अविश्वासीहरूलाई एउटा दुष्टतादेखि अर्कोसम्म अगुवाइ गर्न थाल्यो, यसरी जनको विनाश ल्याउँदै।

१२ हो, उनले जनमाझ महान् असमानता देखे, केही आफैँलाई उनीहरूको घमण्डमा उचाल्दै, अरुको अपमान गर्दै, आवश्यकतामा परेका र नाङ्गा र भोका र तिर्खाएका र विरामी र पीडितहरूतर्फ उनीहरूको पिठ्यूँ फर्काउँदै।

१३ अब यो जनमाझ विलापहरूको महान् कारण थियो, जब अरुहरू, सहायताको आवश्यकतामा परेकालाई सहायता दिँदै आफैँलाई विनम्र तुल्याउँदै थिए, जस्तै गरिब र आवश्यकतामा परेकालाई आफ्नो सम्पत्ति बाँड्दै, भोकालाई खुवाउँदै, सबै प्रकारका कष्टहरू सहँदै, अगमवाणीको आत्माअनुसार आउनुहुने ख्रीष्टका निमित्त।

१४ त्यो दिनको प्रतीक्षा गर्दै, त्यसरी आफ्ना पापबाटको छुट्कारालाई यथावत राख्दै; मृत्युका बन्धनबाट येशू ख्रीष्टको इच्छा र शक्ति र उद्धारअनुसार, मृतकको पुनरुत्थानका कारण महान् हर्षले भरिँदै।

१५ अनि अब यस्तो हुन गयो कि अल्मा, परमेश्वरका विनम्र अनुयायीहरूको कष्टहरूलाई र उनीहरूमाथि उनका बाँकी जनले थुपारेका सतावटलाई देखेर र उनीहरूको सबै असमानता देखेर, ज्यादै दुखित हुन थाले; तैपनि परमप्रभुको आत्माले उनलाई त्यागेन।

१६ अनि उनले चर्चका एल्डरहरूमध्ये एक विवेकी मानिसलाई छाने र जनताको मतअनुसार उनलाई शक्ति दिए, कि उनीसँग दिइएका नियमहरूअनुसार कानून बनाउन र जनको दुष्टता र अपराधअनुसार ती लागू गर्न क्षमता होओस्।

१७ अब यी मानिसको नाउँ नफीहाह थियो र उनलाई प्रधान न्यायकर्ता नियुक्त गरियो; र उनी न्याय गर्न र जनको सञ्चालन गर्न न्यायको आसनमा बसे।

१८ अल्माले उनलाई चर्चमाथिको उच्च पादरीको जिम्मेवारी दिएनन्, तर उनले उच्च पादरीको जिम्मेवारी आफैँलाई राखे; तर उनले न्यायको आसन नफीहाहलाई हस्तान्तरण गरे।

१९ अनि यो उनले गरे कि उनी आफैँ उनका जन, अथवा नफीका जनमाझ जान सकून्, कि उनले उनीहरूसामु, उनीहरूको कर्तव्य सम्झाउन परमेश्वरका वचनको प्रवचन दिन सकून् र उनले परमेश्वरको वचनद्वारा उनका जनमाझ भएको सबै कलह र सबै कपट र सबै कलहलाई झार्न सकून्, उनीहरूलाई फर्काउन उनले तिनका विरुद्ध शुद्ध गवाही दिभन्दा बाहेक अरु उपाय नदेखेकाले।

२० अनि यसरी नफीका जनमाथि न्यायकर्ताहरूको शासनको नवौँ वर्षको प्रारम्भमा, अल्माले नफीहाहलाई न्यायको आसन हस्तान्तरण गरे र परमेश्वरको पवित्र अनुक्रमको उच्च पादरित्वमा, वचनको गवाहिमा, प्रकाश र अगमवाणीको आत्माअनुसार, पूर्ण रुपमा आफैँलाई सीमित गरे।